च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो । सन् १९९८ देखि सुरु… Continue reading च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न गर्दै राजावादी दलहरुले माहोल तताइरहेको समयमा उनीहरुबीच भेट भएको हो ।

यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् । क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू… Continue reading यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए

काठमाडौं । अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । जसमा मटर, तेलसहितका विभिन्न वस्तु रहेका छन् । रोयटर्सका अनुसार यसको सुरुवात भने क्यानडाले गरेको थियो । उसले चीनबाट आउने विद्युतीय सवारी साधन, इस्पात र आल्मुनियमका उत्पादनमा आयात… Continue reading अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए

भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

नयाँ दिल्ली । भारतको कर्नाटकमा इजरायली पर्यटकको एक समूहमाथि बदमासहरुले कुकर्म र हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कर्नाटकको प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा दुई पर्यटक महिलामाथि ग्याङरेप गरेका छन् । त्यसको प्रतिकार गर्दा पुरुष पर्यटकमाथि कुटपिट भएको छ । सो क्रममा एक पर्यटकको हत्या गरिएको छ । उनको शव फेला परेको भारतीय सञ्चारमाध्यमले लेखेका… Continue reading भारतको कर्नाटकमा इजरायली पर्यटकमाथि ग्याङरेप, पुरुष पर्यटकको हत्या

अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए । उनको नाम ब्रेड सिगमन रहेको बताइएको छ । उनिमाथि गोलि चलाइएको छ र मृत्युदण्ड दिइएको छ । उनी ६७ वर्षका थिए । उनले आफ्नी… Continue reading अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड

मध्य नेपालमा आज भूकम्पको धक्का

काठमाडौं । आज मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज म्याग्दी र बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो… Continue reading मध्य नेपालमा आज भूकम्पको धक्का

शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?

काठमाडौं । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश… Continue reading शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?

दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

काठमाडौं । राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए। उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत… Continue reading दिपक मनाङेले पाए २० प्रतिशत कैद छूट

मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित… Continue reading मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए… Continue reading पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता… Continue reading ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

काठमाडौं । सिरियामा भीषण लडाईं जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको राजधानी दमस्कमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र पूर्व शासक बशर अल असद समर्थकबीच भीषण लडाईं जारी रहेको समाचारमा उल्लेख छ । देशको उत्तर–पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एयरवेश नजिक लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं मानिस मारिएको खबर आएको छ । असदको… Continue reading सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ुजस्तोसुकै युद्धुका निम्ति तयार रहेको बताएको छ। ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन्। ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०.१५ प्रतिशत आयातशुल्क लगाएको छ… Continue reading चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार

बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

file

काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।… Continue reading बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन… Continue reading साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको… Continue reading नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे । ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो… Continue reading अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए । ‘४ सय मेगावाट उहाँहरू (भारत)लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो ।… Continue reading लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री

अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?

WASHINGTON, DC - FEBRUARY 04: President Donald Trump delivers the State of the Union address House Speaker Rep. Nancy Pelosi (D-CA) and Vice President Mike Pence look on in the chamber of the U.S. House of Representatives on February 04, 2020 in Washington, DC. President Trump delivers his third State of the Union to the nation the night before the U.S. Senate is set to vote in his impeachment trial. (Photo by Mark Wilson/Getty Images)

काठमाडौं । गत जनवरीमा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधवार पहिलो पटक अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकी सपना नरोकिने बताए । संसद्‌मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्। उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त… Continue reading अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?

निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल… Continue reading निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ । लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको… Continue reading पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १… Continue reading राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही… Continue reading प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक… Continue reading नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी… Continue reading पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा… Continue reading प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

काठमाडौं । आधिकारिक कागजात बिना नै अमेरिकामा रहेका ८ नेपाली निष्कासनमा परेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको छ । सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय… Continue reading अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची… Continue reading प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

काठमाडौं । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै… Continue reading कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ