बसमा अचेत भेटिएका वृद्धको मृत्यु

२६ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसबाट… Continue reading बसमा अचेत भेटिएका वृद्धको मृत्यु

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

२६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो । आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू… Continue reading नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

२६ साउन, काँक्रेबिहार । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्साङ्कनका आधारमा करिडोर बन्ने भएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत,… Continue reading कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

२६ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सन् २०२५ अगस्ट १५ मा अलास्कामा महत्वपूर्ण शिखर सम्मेलनको आयोजना हुन गइरहेको छ । उक्त बैठकमा युक्रेनमा युद्धविरामका सम्भावनाहरू छलफल गरिनेछ । यो सन् २०२१ पछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन… Continue reading अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

File Photo by Mohammed Elshamy/Anadolu Agency/Getty Images)

एजेन्सी२५ साउन, काठमाडौं । नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् । शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा… Continue reading नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

जनकपुरमा रेल र कार ठोक्किए

२५ साउन, महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१ ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले… Continue reading जनकपुरमा रेल र कार ठोक्किए

महाकालीमा दुई बालिका बेपत्ता

२५ साउन, दोधारा चाँदनी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् । “महाकालीमा नुहाउने क्रममा… Continue reading महाकालीमा दुई बालिका बेपत्ता

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

२५ साउन, रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेप्त्ता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच… Continue reading गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

२५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए । “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम… Continue reading जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

२५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु… Continue reading ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

२५ साउन, धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका… Continue reading सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

२५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा… Continue reading रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

file

२५ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी… Continue reading कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

२५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका… Continue reading एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

२५ साउन, काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा… Continue reading रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ, २५ साउनः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र… Continue reading आज गाईजात्रा पर्व मनाइँदै

अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी मूलका लागूऔषध तस्कर समूहहरूमाथि सम्भावित सैन्य कारबाहीको विकल्पहरूबारे समीक्षा गरिरहनुभएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यो पहल अमेरिकाद्वारा केही महिनाअघि यस्ता समूहहरूलाई ‘विदेशी आतङ्ककारी संगठन’ घोषणा गरेपछि अघि बढाइएको हो । न्यूयोर्क टाइम्स का अनुसार राष्ट्रपति ट्रम्पले पेन्टागनलाई ती कार्टेलहरू विरुद्ध आवश्यक सैन्य विकल्पहरू… Continue reading अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

एजेन्सी२५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट… Continue reading न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

एजेन्सी२४ साउन, काठमाडौं । थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही… Continue reading थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराए । प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद… Continue reading प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

सार्वजनिक रक्षाबन्धन कार्यक्रम दाङ, २४ साउनः दाङको घोराही उपमहानगरपालिका–७ स्थित श्री माता पवित्रादेवी साँग्वेद विद्यालय उत्तरवाहिनी क्षेत्र, सुक्वारीमा अध्ययनरत वटुकहरूले शनिवार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा घोराही बजारको बीपी चोकमा सर्वसाधारणलाई रक्षासूत्र बाँध्दै। तस्बिरः कुलदीप न्यौपाने÷रासस

२४ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज… Continue reading विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

२४ साउन, काठमाडौं । “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक ।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा… Continue reading असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

file

लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४… Continue reading पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

नदीले बगाएर एक जना बेपत्ता

file

२४ साउन, दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी… Continue reading नदीले बगाएर एक जना बेपत्ता

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

२३ साउन, नारायणगढ । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले… Continue reading स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

२३ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं… Continue reading तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

२३ साउन, गण्डकी । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले… Continue reading घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

(photo via AP)

एजेन्सी२३ साउन, काठमाडौं । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् । हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ… Continue reading ‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा हुनुहुन्छ र उहाँले तत्काल राजीनामा दिनुपर्छ,” सिनेटर टम कटनले इन्टेललाई पत्र लेखेर कार्यकारी प्रमुख लिप–बु टान र चिनियाँ कम्पनीबीचको सम्बन्धबारे प्रश्न उठाएको बताएको एक दिनपछि ट्रम्पले आफ्नो… Continue reading तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

२३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर… Continue reading समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन