विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई… Continue reading विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त गाडी चितवनबाट हेटौंडासिन्धुली… Continue reading सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

भारतमा १० माओवादी विद्रोहीको झडपमा परी मृत्यु

काठमाडौं । भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ भने विद्राह छत्तीसगढ राज्यको दुर्गम जङ्गल… Continue reading भारतमा १० माओवादी विद्रोहीको झडपमा परी मृत्यु

शंकर पोखरेलको आरोप : बालेन एमालेविरुद्ध परिचालित छन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् । आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको… Continue reading शंकर पोखरेलको आरोप : बालेन एमालेविरुद्ध परिचालित छन्

दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको… Continue reading दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता

काठमाडौं । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेको स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन । स्पेश एक्सका कम्पनीका मालिक समेत… Continue reading अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता

काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २… Continue reading काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा… Continue reading उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश

हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो । कम्पनीका अनुसार… Continue reading हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

२०८४ मङ्सिर सम्म यहि समीकरण रहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’… Continue reading २०८४ मङ्सिर सम्म यहि समीकरण रहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । जसलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । बिहान साढे ११ बजे… Continue reading प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?

काठमाडौं । भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर भएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप छ । उनीमाथि न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको छ । उनी र उनका भतिज… Continue reading भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?

पाकिस्तानमा बसमा अन्धाधुन्ध आक्रमण, कम्तिमा ४१ जना मारिए

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२… Continue reading पाकिस्तानमा बसमा अन्धाधुन्ध आक्रमण, कम्तिमा ४१ जना मारिए

सभामुख घिमिरे आज कम्बोडिया जाने

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश… Continue reading सभामुख घिमिरे आज कम्बोडिया जाने

मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल… Continue reading मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् ।… Continue reading भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन… Continue reading विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक… Continue reading नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवा गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ । आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट… Continue reading रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित

इजरायली प्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

Photo : CNN

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा… Continue reading इजरायली प्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

नेपालको पहिलो कन्ट्रि रेटिङ, आयो सकारात्मक नतिजा

काठमाडौं । इतिहासमै पहिलोपटक भएको सार्वभौम रेटिङ सम्पन्न भएको छ । जसमा नेपालले ऐतिहासिक सकारात्मक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको छ । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो यद्दपी अन्य दक्षिण एसियाली मुलुकमा नेपाल अगाडी भएको छ । नेपालमा विदेशी… Continue reading नेपालको पहिलो कन्ट्रि रेटिङ, आयो सकारात्मक नतिजा

अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ उपलब्ध गराउने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङ दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार… Continue reading अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ उपलब्ध गराउने

उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा… Continue reading उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह

चार महिनामा कामको खोजिमा विदेशिए साढे २ लाख युवा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिक अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो आवको यसै अवधिको तुलनामा १५ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आवको कात्तिकमा सबैभन्दा बढी ७० हजार… Continue reading चार महिनामा कामको खोजिमा विदेशिए साढे २ लाख युवा

‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

काठमाडौं । ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्ने गरेको भेटिए पछि एक जना डाक्टर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले भोजपुर घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानागाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई पक्राउ गरेको हो। उनी पेसाले एमबिबिएस डाक्टर हुन्। उनले कुनै समय पाटन अस्पतालदेखि क्लिनिकहरूमा पनि काम गरिसकेका छन्। पछिल्लो समय भने… Continue reading ‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

काठमाडौं । नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् ।… Continue reading नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

काठमाडौं । युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ । दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ… Continue reading युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान… Continue reading दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो सारिँदै

काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ । निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको हो… Continue reading निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो सारिँदै

चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो ।… Continue reading चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात