२५ असार, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो… Continue reading बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
Category: फिचर
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
२५ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की… Continue reading बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?
२५ असार, काठमाडौं । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०÷२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान
२५ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… Continue reading गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान
चट्याङ लागेर एक जनाको मृत्यु
२४ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो । त्यसैगरी,… Continue reading चट्याङ लागेर एक जनाको मृत्यु
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
२५ असार, ढोरपाटन । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उहाँले पानी… Continue reading पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले
२५ असार, बनियानी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको… Continue reading ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले
गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
२५ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिनसमेत आदेश गरेको छ । यो… Continue reading गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता
२४ असार, काठमाडौं । रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको… Continue reading रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता
यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता
२४ असार, रसुवा । गत रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २०… Continue reading यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता
प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह,… Continue reading प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन परिषद्को निर्देशन
२४ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका… Continue reading रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन परिषद्को निर्देशन
रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू
२४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै आज आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ… Continue reading रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू
नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार
काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सो स्थानमा ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ । पहिलो… Continue reading नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार
रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति
२४ असार, काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि… Continue reading रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति
रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो
२४ असार, रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै… Continue reading रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो
समर क्याम्पमा तीन सय बालबालिका सहभागी
ड्यालस । नेपाली मूलका बालबालिकाहरुलाई हिन्दू धर्म, संस्कार–संस्कृति र नैतिक शिक्षा सिकाउने उद्देश्यले आयोजित समर क्याम्प ड्यालसमा सम्पन्न भएको छ । नेपाली समाज टेक्सासद्वारा आयोजित समर क्याम्प शनिबार सम्पन्न भएको हो ।समर क्याम्प उमेर समूहअनुसार सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरिएको थियो । गत साता जुनियर समर क्याम्प सम्पन्न भएको थियो । शनिबार… Continue reading समर क्याम्पमा तीन सय बालबालिका सहभागी
संकटमोचक होमनाथ –खाडीका नेपालीको हिम्मत
२४ असार, काठमाडौं । पोखरा महानगरपालिका–३३ बाघमारामा जन्मिएका होमनाथ गिरीको जीवन यात्रा संघर्ष, बलिदान र अन्ततः सफलतासँग जोडिएको छ । सामान्य ग्रामीण परिवेशमा हुर्किएका उनले बाल्यकालमै जिम्मेवारीको भारी काँधमा बोक्न थालेका थिए । गिरीले माध्यमिक शिक्षा परीक्षा ‘एसएलसी’ सकेपछि आइए अध्ययन थाले । तर, पढाइभन्दा बढी उनको ध्यान घरको आर्थिक अवस्थाले तान्यो । उनका बुवा… Continue reading संकटमोचक होमनाथ –खाडीका नेपालीको हिम्मत
नियात्रा : उडानसँगै खुल्दुलिएको मन
भीमनारायण श्रेष्ठ एउटा देशको भाषा र लिपि अर्को देशका मान्छेले सहजै बुझ्न र पढ्न नसक्नु स्वाभाविकै हो । सबै सर्वविज्ञ हुन सक्दैनन् । त्यसैले अरुको भाषा नबुझ्ने मान्छे लाटोसरह नै हुने रहेछ भने त्यहाँको लिपि नजान्ने त झन् अन्धोसरह नै हुने रहेछ । यस्तै अनुभव यसपालिको विदेश भ्रमणका क्रममा स्वयम् आफंैले व्यहोर्नु प¥यो । यहाँ… Continue reading नियात्रा : उडानसँगै खुल्दुलिएको मन
आइफल टावरको आँगनमा नेपाली साहित्य, प्रवासीको मातृभूमी प्रेमको बिम्ब बनेका छन् प्रशान्त
विश्वन्यूज प्रतिनिधि यूरोप २३ असार, पेरिस । पेरिसको आइफिल टावर वरिपरि सदा भीडभाड नै हुन्छ । पर्यटकको लहर, सेल्फीको माहौल अनि विश्वकै प्रतिष्ठित गन्तव्यको मोह । त्यही भीडमा आइतबारको दिन नेपाली ढाका टोपी र नेपाली पहिरनमा सजिएर उभिन्छन्– प्रशान्त उप्रेती । जो आफैंलाई ‘भुइँमान्छे’ भन्न रुचाउँछन् ।प्रशान्त त्यहाँ सेल्फी खिच्न आएका होइनन्, न त अरुको सेल्फी… Continue reading आइफल टावरको आँगनमा नेपाली साहित्य, प्रवासीको मातृभूमी प्रेमको बिम्ब बनेका छन् प्रशान्त
गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि….
२३ असार, काठमाडौं । “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।” गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका… Continue reading गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि….
टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल
२३ असार, काठमाडौं । टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसँै–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न… Continue reading टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल
तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ
२३ असार, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । वडामा सञ्चालित विभिन्न… Continue reading तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ
२३ असार, जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिए । कार्यकारी निर्देशक पासवानले गत… Continue reading बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
२३ असार, कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ । सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै… Continue reading थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै
२३ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका… Continue reading प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
२३ असार, काभ्रेपलाञ्चोक । काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बागमती प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा आइतबार सदरमुकाम धुलिखेलमा घोषणा गरियो । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख… Continue reading काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना
२३ असार, फुङ्लिङ । सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ । स्थानीय असलबहादुर राईले भने,… Continue reading ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना
आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?
२३ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक,… Continue reading आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?
प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका
२३ असार, भजनी । यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०८० निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी थालेको हो । “वातावरणीय हिसाबले प्लास्टिक हानिकारक छ”, नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले भने, “यसको नियमनले नगरपालिकालाई ठूलो राहत हुनेछ भने प्लास्टिककै कारण हुने जोखिम… Continue reading प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका