Category: फिचर

  • अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

    अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

    म्याग्दी, २९ पुसः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख खर्च गरेका थिए ।

    उपभोगविहीन बाँझो सार्वजनिक भिरालो पाखामा डोजर परिचालन गरेर सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष श्याम खड्काले बताए । फुटबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने खेलमैदानमा पर्खाल, प्यारापिट र घेराबारका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको निर्माण समितिले जनाएको छ ।

    यसअघि खेलमैदान अभावमा विद्यालय परिसरमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन हुने गरेको थियो । विद्यालयमा हुने खेलकुद गतिविधिका कारण बालबालिकाको पठनपाठन प्रभावित भएपछि छुट्टै ठाउँमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले बताए ।

  • रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    नारायणगढ (चितवन), २९ पुसः खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी छिन् ।

    विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिएकी उनले भनिन्, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”

    ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छिन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छिन् । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ ।


    चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोरेका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”

    सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।

    “आर्ट भनेको प्यासन हो”, उनले भनिन्, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छिन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छिन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।

    चौधरीले भनिन्, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।

  • कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः जारी रहने जानकारी दिए ।

    उनले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियासमेत जारी रहने बताए । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।

  • नुवाकोटमा आठ हजार मतदाता बढे

    नुवाकोटमा आठ हजार मतदाता बढे

    त्रिशूली (नुवाकोट) २९ पुसः आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।

    कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि नुवाकोटमा १३२ निर्वाचन स्थलमा २९३ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो चुनावभन्दा यस तीन मतदान केन्द्र बढाइएको छ ।

  • निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

    निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

    काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।

    आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् ।

    जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिमसूची सार्वजनिक हुँदा केही सङ्ख्या थप हुनसक्ने आयोगले प्रष्ट पारेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।

  • इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    दुबई, २९ पुस (रासस–एपी) । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् । तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् ।


    आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उनले भने । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उनले दिए । राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ ।

    तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उनले भने । यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।

    इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्‍यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ । मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

    विदेशमा रहेका विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रका कठोर धारलाई थप बल मिलेको आशङ्का गरिएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ ।

    इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन् । प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भएमा इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिए । संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले देखाएका छन् । मध्यपूर्वमा अमेरिकी सेनाले आफ्नो तथा सहयोगीहरूको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गरेका छन् ।


    भ्याटिकनमा पोप लियो चौधौँले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन् । डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्रको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ ।

  • अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    एयर फोर्स वन, २९ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन् । आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए ।


    राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण छ । “यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ”, उनले भने । यद्यपि, कुनै पनि देशले औपचारिक रूपमा उक्त विशाल टापुमा दाबी गरेको छैन ।

    उनले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भन्ने अभिव्यक्ति दिए । ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार अवस्थित छ ।

    सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्धलाई क्रमशः खुकुलो बनाउनेबारे बहस चलिरहेको छ । तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलहरूले आफूहरू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने यस दृष्टिकोणलाई पटक–पटक चुनौती दिँदै आएका छन् ।


    “ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन”, भन्दै उनले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गरे । ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उनले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’ भने । उनले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बीहरू छन्’ भन्ने दाबी गरे ।


    यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘यदि यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिने प्रयास गरे । उनले भने, “तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ ।”

  • बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडी, २८ पुसः जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परेर सिगास –१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर बैतडीको सिगास – १ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका– ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका– १ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन् । घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ ।

  • कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव

    कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा आज प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गरेका छन् ।


    “कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२–६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ”, महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । महामन्त्री थापाले पार्टीको नेतृत्वमा ऐतिहासिक संविधासभामार्फत बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्मलाई गम्भीरतापूर्वक आत्मसात गर्दै संविधानको समयानुकूल उदार र प्रगतिशील परिवर्तन आजको आवश्यकता भएको बताए । उनले संविधानको गतिशील कार्यान्वयनबाट मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउनु र समुन्ततितर्फ डोहो¥याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरे ।


    “आज देशको राजनीतिक गतिप्रति जनतालाई आशा र विश्वासको उत्साहजनक सन्देश प्रवाह गर्दै समुन्नत नेपाल निर्माणको अग्रणी शक्ति बनाउने घडी आएको छ”, प्रस्तावमा थापाले भनेका छन्, “यही ऐतिहासिक राष्ट्रिय दायित्वको सङ्कल्पसहित यो विशेष परिस्थितिमा विशेष महाविधशेन आयोजना गरिएको हो ।”

    राजनीतिक प्रस्तावमा महामन्त्री थापाले जेनजी प्रदर्शनपछिको अवस्थामा विशेष महाधिवशेनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र नेपाली कांग्रेसलगायत समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाविधेशनको नीतिगत सङ्कल्प समेटेका छन् ।


    महामन्त्री थापाले देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको विशेष महाधिवेशनले पार्टीलाई राजनीतिक शक्तिका रूपमा मात्रै सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसङ्कल्पित समुन्नत नेपालको नेतृत्वदायी र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने बताए ।

    राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आमकांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न १७ बुँदे विशेष सङ्कल्प समेटिएको छ ।

    प्रस्तावमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानुन निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउने सङ्कल्प गरिएको छ । प्रस्तावमा भनिएको छ, “निषेधको राजनीति नगर्न, संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै भयरहित निर्वाचनको पक्षमा आफ्नो दृढता प्रकट गर्दछ ।”

    विगतको कमजोरी र त्रुटीबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै प्रस्तावमा जनभावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ सङ्कल्प गरिएको छ ।

    योग्यता, क्षमतामार्फत नयाँ ऊर्जा र प्राण भर्दै ‘निरन्तरतामा नवीनता’को मान्यताअनुरुप कांग्रेसलाई आजको समयको चेतअनुसारको अब्बल, गतिशील र आधुनिक सङ्गठन बनाउने सङ्कल्प गरिएको छ । पार्टीका सिद्धान्त, विचार र नीतिलाई जनताको भावनाअनुसार अद्यावधिक, परिमार्जन, व्याख्या तथा पुनःव्याख्या गरी सैद्धान्तिक–वैचारिक रुपान्तरण गर्न आवश्यक भएको प्रस्तावमा उल्लेख छ ।

    विसं २०८० फागुनमा गोदावारीमा सम्पन्न महासमिति बैठकबाट पारित ‘निर्वाचन अगाडिको गठबन्धन’सम्बन्धी नीतिको स्मरण गर्दै प्रस्तावमा भविष्यमा हुने आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन (प्रि–इलेक्सन एलाइन्स) नगरिने प्रतिबद्धता जनाइएको छ । “हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौँ, आफ्ना मतदातालाई चुनाव चिह्न ‘रुख’ मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ”, प्रस्तावमा भनिएको छ ।

    प्रस्तावमा भ्रष्टाचारको आरोप लागेका नेता र सदस्यलाई आरोप लागेको मितिदेखि पदबाट स्वतः निलम्बन, कुनै पनि खालको भागबण्डामा भाग नलिने, राज्यका संस्थालाई दलीयकरणबाट मुक्त गर्ने, संसद्लाई केबल सरकार बनाउने सङ्ख्याको रूपमा मात्र नभइ नीति निर्माता र निगरानीकर्ताका रूपमा सबल, प्रभावकारी र सशक्त बनाइने सङ्कल्प लिइएको छ ।

    निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मतभारका आधारमा राजनीतिक दललाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने, दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिने, ‘नो भोट’को कानुनी सुश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ । महामन्त्री थापाको प्रस्तावमा देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)को दुई कार्यकाल मात्रै हुने, राज्य संयन्त्रको गैरदलीयकरण र संस्थागत सुधार, प्रियतावादको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा, राष्ट्रहित तथा राष्ट्रिय स्वार्थलाई सर्वोच्च प्राथमिकता दिइनेलगायत सङ्कल्प गरिएको छ ।

  • कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह

    कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेका हुन् ।


    कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् । “अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

    उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने उनले बताए । यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको बताउँदै उहाँले कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएकाले सबैले आपसी समन्वयसहित एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए । कांग्रेसले देशमा विषम् परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको कार्यवाहक सभापति खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


    “कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गरी नेतृत्व सहज रूपले परिवर्तन गर्न सक्ने अवस्था सुनिश्चित छ । तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक छ”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

    काठमाडौं, २८ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन जेन जी आन्दोलनमा जलेको छ । अब बैठक नयाँ संसद भवन सिंहदरबारमा बस्नेछ ।

  • कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

    कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।
    मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    काग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ ।

    “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने । उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए ।

  • नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

    नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

    काठमाडौँ, २८ पुस । नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ । आज दुई पार्टीबीच दुई बँुदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुङ्गो लगाउने सहमति भएको छ ।

    सहमतिपत्रमा भानिएको छ, “नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद वैज्ञानिक समाजवादलाई स्वीकार गर्दै लिम्बुवानको पहिचानको मुद्दालाई उठाइरहेको पार्टी लिम्बुवान क्रान्तिकारी पार्टीबीचमा दुई बुँदाहरूमा एकता गर्ने सहमति गरियो ।” यसैगरी लिम्बुवान पार्टीका सबै तहका समितिलाई सम्मानका साथ उपयुक्त ढङ्गले समायोजन गर्ने पनि सहमति भएको छ । नेकपाले प्रचण्डको नेतृत्वमा कम्यूनिष्ट घटकहरुलाई जोड्दै बलियो गठबन्धन बनाएको छ ।

  • खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    चौतारा, २८ पुसः चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए ।

    आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उनले बताए । प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ । आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।

  • तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ ।

    अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छभने तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।

    त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।

    पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्येनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

    पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ ।

    श्रेष्ठ÷साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताए । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको उनले बताए ।
    पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उनको भनाइ छ । त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ ।

    निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । १५ दशमलव ५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उनको भनाई छ ।


    महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताए । विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उनले बताए ।


    बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उहाँका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ ।

    त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उनले बताए । सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

  • आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

    आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

    गोदावरी (ललितपुर), २८ पुसः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ ।

    उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०ः१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०ः३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराए । ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।

  • विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो ।

    सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।

  • ढिक्री बनाउन व्यस्त थारू समुदाय

    ढिक्री बनाउन व्यस्त थारू समुदाय

    तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ ।उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

    कसरी बनाइन्छ ढिक्री ?

    चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन । किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने पौराणिक मान्यता रहेको छ ।

  • आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

    आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

    काठमाडौँ, २८ पुस । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।

    महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    दमौली (तनहुँ), २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

    उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    काठमाडौँ, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

    आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् ।

    कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।

  • ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

    ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

    संगीता राई–रासस
    धरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।

    ऐतिहासिक गढीको सम्बन्ध र भुमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताए । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उनले भने, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्व तथा भुमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”

    संक्षिप्त इतिहास
    धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

    विशेषगरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला÷गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।

    नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।

    विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने, “यस वर्षको कार्यक्रम विशेषगरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”

    विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवद्र्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।

    पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।

    दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

    हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।

    कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।

  • अल्पायुमै अस्ताए प्रशान्त….

    अल्पायुमै अस्ताए प्रशान्त….

    काठमाडौँ, २८ पुस । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थियो गायक तामाङ । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।

    गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए । नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । उनले ती दिन स्मरण गर्दै भने, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम ग¥यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौँ ।”

    उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए । तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए ।

    “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ । उहाँको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएँन”, निर्देशक श्रेष्ठले उहाँको स्मरण गर्दै भने ।

    पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाएका गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे । गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो।

    अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए ।


    सोही क्रममा दिल्लीमा रहेका उनको निधन भयो । कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए । निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे । श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनको थियो ।


    “आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे । छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने । कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी थिए । आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पिडा उनको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाइ समय दिने उनको स्वभाव थियो । उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका हुन् । सन् २०२२ मा उनको छोरी जन्मिएकी हुन् ।


    उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् ।

  • अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    काराकास, २८ पुस (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् । अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदुरोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दवाव दिइरहेको छ। भेनेजुएलाका दल तथा नागरिकहरू आइतवार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीहरूलाई रिहा गर्न सुरु गरेकी छिन् । भेनेजुयलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थापनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताइन् । यद्यपि, यसको श्रेय वाशिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्ताहरूलाई रिहाइका लागि वर्तमान् प्रशासनलाई दवाव दिइरहेको वाशिङ्टनले दावी गरेको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन् ।
    “भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद,” ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् । उनले लेखेका छन्, “मलाई आशा छ, संयुक्त राज्य अमेरिका भेनेजुएलामा आयो र जे गर्नुपर्ने थियो त्यो गर्यो भनेर ती कैदीहरूले सम्झनेछन् ।”

    अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ । पूर्व नेता मदुरो र उनकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको थियो।

    –कैदीबन्दीको चिन्ता–

    शनिबार साँझसम्म कैयौँ प्रमुख विपक्षी व्यक्तित्व, कैदीबन्दी अधिकार समूह र विपक्षीसहित २१ जनालाई मात्र रिहा गरिएको छ । भेनेजुएलाविरुद्ध ‘देशद्रोह’ को आरोप लागेका एक प्रहरी अधिकारीको पनि राज्यको हिरासतमा मृत्यु भएको विपक्षी र अधिकारवादी समूहहरूले शनिबार बताएका छन्। “हामी यस मृत्युको लागि डेल्सी रोड्रिगेजको शासनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउँछौं,” भेनेजुएलाको विपक्षी गठबन्धनको एक हिस्सा प्रिमेरो जस्टिसिया (जस्टिस फस्र्ट) ले एक्समा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ।

    प्रतिज्ञा गरिएका राजनीतिक बन्दीहरूकोे रिहाइको पर्खाइमा चिन्तित आफन्तहरू जेलबाहिर बसेका छन् । जेलमा रहेका पिडितका परिवारले काराकासको पूर्वमा एल रोडियो कारागार र गुप्तचर सेवाद्वारा सञ्चालित कुख्यात जेल एल हेलिकोइड बाहिर मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले जेलमा रहेका आफन्तहरूको नामसहित प्लाकार्डहरू पनि बोकेका थिए ।

    “म थाकिसकेको छु र आक्रोशित छु,” आफ्नो छोरालाई एल रोडियोबाट छुटाउन पर्खिरहेका बेला ५७ वर्षीया नेब्रास्का रिभासले भने । तर मलाई विश्वास छ, उनीहरूले छोरालाई चाँडै हामीलाई हस्तान्तरण गर्नेछन्,” दुई रात जेल बाहिर फुटपाथमा सुतेको बताउने उनले बताए ।

    –‘आँखा चिम्लेर विश्वास गर्नुहोस्’–

    राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले शनिबार सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन् ।
    करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए। “निकोलस र सिलिया नआउन्जेल म जति पटक मार्च गर्नेछु,“ ६९ वर्षीय प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भने ।
    “मदुरो र पत्नीलाई अपहरण गरिएको छ, म आँखा चिम्लेर विश्वास गर्दछु कि तिनीहरू फर्कनेछन् । जुलुशमा विगतमा मदुरोको शिविरले गरेको भन्दा प्रदर्शनहरू निकै साना थिए र उनको सरकारका शीर्ष व्यक्तिहरू उल्लेखनीय रूपमा अनुपस्थित थिए। रोड्रिगेजले कृषि मेलामा भाग लिएको तर जुलुशलाई सम्बोधन भने नगरेको देखिएको थियो। उनले शक्तिशाली मदुरो समर्थक आधारलाई शान्त पार्न भेनेजुएला वाशिङ्गटनको ‘अधीनस्थ’ स्वतन्त्र छ भनी आफ्नो देशभक्तिपूर्ण भनाईद्वारा समर्थकलाई शान्त पार्ने प्रयास गरेकी छिन् ।
    टेलिभिजन टिप्पणीहरूमा उनले भनिन्, ‘आफुले राष्ट्रपति फिर्ता नभएसम्म एक मिनेट पनि आराम नगर्ने’ प्रतिवद्धता गरेको छु ।” उनको सरकारका अन्य दुई कट्टरपन्थी शक्तिहरू गृहमन्त्री डियोस्डाडो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेज पनि र्‍यालीमा देखिएनन् ।

    –तेल वार्ता –

    मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रोड्रिगेजले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ह्वाइट हाउसले भनेको छ, “ट्रम्पले भेनेजुएलाको तेलको बिक्रीबाट प्राप्त हुने अमेरिकी स्वामित्वमा रहेको राजस्वलाई अदालत वा ऋणदाताहरूले जफत गर्नबाट रोक्ने एक आपतकालीन आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा शुक्रबार भएको बैठकमा ट्रम्पले भेनेजुएलाको सञ्चिति भण्डारमा लगानी गर्न शीर्ष तेल अधिकारीहरूलाई दबाब दिनुभयो तर सावधानीपूर्वक स्वागत गरियो। शेवरोन हाल भेनेजुएलामा प्रतिबन्ध छुटको माध्यमबाट काम गर्न इजाजतपत्र प्राप्त एक मात्र अमेरिकी फर्म हो।

    विज्ञहरूले वर्षौँदेखिको कुव्यवस्थापन र नाकाबन्दीपछि भेनेजुयलाको तेल पूर्वाधार जीर्ण भएको बताएका छन्। वासिङ्टनले अमेरिकी दूतहरूले शुक्रबार काराकासमा आफ्नो दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न भ्रमण गरेका पनि पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले रोड्रिगेजसँग भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा भेनेजुएला सरकारले कुनै प्रतिक्रिया दिएन। कोलम्वियास्थित अमेरिकी दूतावासले शनिबार ‘भेनेजुएलाको सुरक्षा अवस्था अझै कमजोर रहेको छ’ भन्दै व्यापारिक उडानहरू उपलब्ध भएलगत्तै अमेरिकीहरूलाई ’तुरुन्त’ देश छाड्न सुझाव दिएको छ ।

  • राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

    राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

    काठमाडौँ, २७ पुस । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् ।

    प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो ।

  • इण्डियन आइडल प्रशान्त तामाङको निधन

    इण्डियन आइडल प्रशान्त तामाङको निधन

    काठमाडौँ, २७ पुसः गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । उनको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ । सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय भएका थिए । उनले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोडेका थिए । उनको गायनसँगै अभियनसमेत दर्शकले मन पराएका थिए ।

    ‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभियन गरेर अझै लोकप्रियता कमाएका थिए । उनको अभियन यात्रा यसै चलचित्रबाट सुरु भएको थियो । अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी छिन् ।

    उनका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गरिन् । परदेशी–२ मा उहाँसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताइन् । अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छिन् । गायन, अभियन मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उनले प्रशंसा गरेकी छिन् । ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्र अभियन गरेका थिए ।

  • सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    काठमाडौँ, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ ।

    हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ । साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

  • कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

    कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

    काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् ।

    बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ । बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।

  • कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    काठमाडौँ, २७ पुसः काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भातृ, भेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।