५ तस्वीरमा बिहीबार नेपालका मूख्य समाचार

काठमाडौँको भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालको आयोजना ‘नेशनल हटिकल्चर एक्स्पो २०८१’ स्टलमा बिक्रीका लागि राखिएका फूल । तस्बिरः हरिराम भेटुवाल÷रासस

२८ चैत, काठमाडौं । बिहीबार नेपालमा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ । यसले मुलुकको संघीय राजधानी काठमाडौंदेखि देशैभरी राहत महसुस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा सहभागी भएका छन् । देशका विभिन्न स्थानमा सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको छ । यी समाचारहरुको साथमा आजका प्रमुख समाचार… Continue reading ५ तस्वीरमा बिहीबार नेपालका मूख्य समाचार

नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

२८ चैत, म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । नाय पिटाव अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी… Continue reading नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उनले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा… Continue reading उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

२८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए । उनी २०८० फागुनमा त्रिभुवन… Continue reading उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

२८ चैत, बाजुरा । बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते… Continue reading चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

File

२८ चैत, सुर्खेत । कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको पचालझर्ना गाउँपालिका–८ मा पहिरोका कारण कालीकोट–हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । कालीकोटको खाडाचक्र–८ सिम्लाघार्डमा ढुङ्गा खसेका कारण सुर्खेत सडक… Continue reading कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

२८ चैत, डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी… Continue reading डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ

२८ चैत, नयाँ दिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई… Continue reading भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ

गाजामा इजरायली आक्रमण, कम्तिमा २९ जनाको मृत्यु

Getty images \BBC

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए । फिलिस्तीनी सुरक्षा… Continue reading गाजामा इजरायली आक्रमण, कम्तिमा २९ जनाको मृत्यु

मेक्सिकोमा ११ जनाको हत्या

file

काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको स्थानीय अभियोजक र मिडिया स्रोतहरूले बुधबार जानकारी दिएका छन् ।अभियोजकहरूले बताएअनुसार यी शवहरू मङ्गलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका थिए । यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने सङ्गठित अपराध समूहहरू बीचको झडपमा भएको हो । गुएरेरो मेक्सिकोको दक्षिणी तटमा स्थित छ । यहाँको ६… Continue reading मेक्सिकोमा ११ जनाको हत्या

काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । मौसमविद ग‍ोविन्द झाका अनुसार लगातार भने पानी पर्ने छैन् । केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु… Continue reading काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

२८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे । प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य,… Continue reading माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

काठमाडौं । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उहाँका प्रबन्धकसमेत रहेको जनाइएको छ । मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त… Continue reading डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा

२७ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकालगाायत विभिन्न स्थानमा वर्षा भएको हो । उनका अनुसार बिहीबार बिहान र दिउँसो पनि वर्षा हुने सम्भावना छ । यसपालिको वर्षाले वायुु प्रदूषण घटने र किसानलाई राहत पुग्ने उनले बताए… Continue reading काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा

नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

काठमाडौं । मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो । नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव… Continue reading नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछमी ज्युला, सानीभेरी नदी, मध्यपहाडी सडक र आसपासका क्षेत्रहरू। तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची भ्रमणमा पुगे । आजै राजधानीसहित पूर्वी नेपालमा हल्का वर्षा भयो । यसले लामो प्रदूषण भोगिरहेका उपत्यकाबासीले केही राहत पाएका छन् । काठमाडौंमा बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । कृषि मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । यी नै घटनाक्रमसँग सम्बन्धित तस्वीरहरुको… Continue reading ५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । मन्त्री चौहानले नेपाल र भारतबीचको… Continue reading प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

काठमाडौं । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ । यसैगरी क्षेत्रीय कृषि व्यापार प्रवर्द्धन, सदस्य राष्ट्र बीच कृषि क्षेत्रको क्षमता विकास लगायत क्षेत्रमा विशेष पहल गर्ने सहमति भएको छ । बैठकमा सदस्य राष्ट भारतले… Continue reading बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०–८१ को तुलनामा ९.४ प्रतिशत बढी हो… Continue reading ८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् । यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ… Continue reading नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । आर्थिक… Continue reading नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ । ‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय… Continue reading अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडक योजना अन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुँदैछ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः००… Continue reading नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेका थिए । तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण… Continue reading दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको घोषणा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’… Continue reading इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

BBC

काठमाडौं । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए । “गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले… Continue reading गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

काठमाडौं । आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा… Continue reading देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

२७ चैत, काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको… Continue reading छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

काठमाडौं । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा… Continue reading डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?

२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र… Continue reading संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?