काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो । दूर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन… Continue reading बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता
Category: फिचर
हमासले शनिबार तीन बन्दी छाड्दै
काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन… Continue reading हमासले शनिबार तीन बन्दी छाड्दै
कक्षा १२ को परीक्षा १२ वैशाखबाट
काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले… Continue reading कक्षा १२ को परीक्षा १२ वैशाखबाट
सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु
काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। मृतक उदयपुर गढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्दै आएका २२ वर्षीय प्रदीप तामाङ छन्। यो सँगै मृत्यु हुनेको संख्या तीन… Continue reading सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु
भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको दावि गरेका छन् । उनले मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् । बंगलादेशमा शेख हसिनाको सत्ता उल्टाउने गरी ठूलो हिंसात्मक आन्दोलन भएको थियो । हसिनालाई अहिले भारतले शरण दिइरहेको छ । बंगलादेशमा अहिले मोहम्मद… Continue reading भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन
ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । ह्वाइट हाउसमा भएको भेटपछि दुबै नेताले प्रेस कन्फ्रेन्समा बोलेका छन् । उनीहरुले एक अर्काको तारिफ गरे । दुई नेताबीचको भेटमा व्यापार मुद्दामा बढी कुराकानी भएको समेत उनीहरुले बताए । ट्रम्पले भारतबाट आउने सामानमा बराबरको आयात शूल्क लगाउने घोषणा गरे… Continue reading ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी
पोखराबाट चीनमा नियमित उडान थाल्दै हिमालय एयरलाइन्स
काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले अब पोखरा–चीन नियमित उडान गर्ने भएको छ । कम्पनीले आगामी महिनाबाट पोखरा–ल्हासा रुटमा नियमित उडान गर्ने घोषणा गरेको छ । यद्दपी मिति भने तय भएको छैन । मार्च २०२५ बाट कम्पनीले नियमित उडानको योजना बनाएको बताएको छ । हिमालयले विभिन्न चिनियाँ शहरलाई काठमाडौंसँग सिधा उडानमा… Continue reading पोखराबाट चीनमा नियमित उडान थाल्दै हिमालय एयरलाइन्स
नेपाली कामदारले अब यूएईबाट समेत श्रम स्वीकृति लिन सक्ने
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई… Continue reading नेपाली कामदारले अब यूएईबाट समेत श्रम स्वीकृति लिन सक्ने
काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ। कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण… Continue reading काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल
म्यानमारमा किन फसिरहेका छन् नेपाली ?
काठमाडौं । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न स्क्याम सेन्टरमा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन्। म्यान्मारको स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो। उनीहरू सबै जनालाई थाईल्यान्ड ल्याइएको छ।मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९… Continue reading म्यानमारमा किन फसिरहेका छन् नेपाली ?
ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई लैनचौर बस्ने… Continue reading ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिँदै
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा… Continue reading अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई विजयी
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएका छन् । भट्टराई ६८८ मतान्तरले विजयी भए । कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान… Continue reading नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई विजयी
रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं… Continue reading रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
अमेरिका पठाउने भन्दै २१ लाख ठगी, दुई पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ का २९ वर्षीय विशाल ठाकुर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै उनीहरूले दुई जनाबाट… Continue reading अमेरिका पठाउने भन्दै २१ लाख ठगी, दुई पक्राउ
११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप
काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले… Continue reading ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप
अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्श्कीबीच फोनवार्ता भएको छ । यसअघि ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच समेत फोनवार्ता भएको थियो । ह्वाइट हाउसले यी वार्ताबारे जानकारी गराएको छ । दुई नेताबीचको वार्ता सकारात्मक रहेको समेत ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बताएकी छिने । उनका अनुसार जेलेन्श्किीसँग ट्रम्पले युद्ध रोक्न… Continue reading अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?
अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । सन् २०२४ मा ४० लाख ८० हजार टन स्टिल उपलब्ध गराउने ब्राजिल क्यानडापछि संयुक्त राज्य अमेरिकालाई इस्पातको दोस्रो ठुलो निर्यातक हो । करको सम्भावित प्रतिशोधको बारेमा सोधिएको प्रश्नमा… Continue reading अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल
ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी
काठमाडौं \बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार वाशिङ्टन डीसी पुगेर राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दा न्यानो स्वागत पाउने छन्। तर उनको भ्रमण त्यतिमा मात्र सीमित हुने छैन। पछिल्ला वर्षहरूमा ट्रम्प र मोदीले बलियो व्यक्तिगत सम्बन्ध विकास गरेका छन्। दुई देशबीच उच्चस्तरीय भेटघाटहरू भएका छन् र उनीहरू सँगसँगै देखा पनि परेका छन्। सन् २०१७ मा वाशिङ्टनमा… Continue reading ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी
काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा… Continue reading काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो
३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाइरहेका छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउने गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका… Continue reading ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश
इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की
काठमाडौं । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले गाजामा पुनः आक्रमणको चेतावनी दिएका छन् । गाजामा अहिलेसम्म ४४ हजारभन्दा माथि निहत्था मानिसको ज्यान गइसकेको छ । इजरायली बन्धकको रिहाई हमासका तर्फबाट रोकिएसँगै इजरायली प्रधानमन्त्रीको यस्तो धम्की आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सोही धम्की दिइसकेका छन् । इजरायली प्रधानमन्त्रीले आफ्नो सेनालाई गाजा आसपास तैनाथ… Continue reading इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की
स्वस्थानी व्रत कथा आजबाट समापन
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले… Continue reading स्वस्थानी व्रत कथा आजबाट समापन
झापामा एक महिला मृत फेला
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी… Continue reading झापामा एक महिला मृत फेला
रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला
काठमाडौं । रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति समेत मृत भेटिएका छन् । अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१… Continue reading रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला
धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
काठमाडौं । धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिएको छ । प्रहरी स्रोतका अनुसार डिउटीमा… Continue reading धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भएको छ । मंगलबार राति अबेर मतदान सकिएको हो । ‘राति १२ बजे तिर मतदान सकिएको थियो । नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा… Continue reading नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै
चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा इनार खन्ने क्रममा पुरिएर एक जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत… Continue reading चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु
भ्रष्टाचार सूचकांकमा खस्कियो नेपालको स्थिति
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालको अवस्था गतवर्षभन्दा खस्किएको छ । गत वर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपाली ३४ अंक सहित १०७ औ स्थानमा छ । गत वर्ष नेपालभन्दा राम्रो अवस्था भएका केही मुलुकहरुको अवस्था खस्किएकाले वरीयताक्रममा मात्रै नेपाल एक… Continue reading भ्रष्टाचार सूचकांकमा खस्कियो नेपालको स्थिति
अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत र यसअघि सचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव उपाध्यायलाई अर्थमा र अर्थ सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले… Continue reading अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई