२८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ । भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश… Continue reading दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
Category: फिचर
संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्यो
२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन… Continue reading संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्यो
मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास
२८ जेठ, मनाङ । मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ । मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार… Continue reading मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास
संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् । आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग… Continue reading संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध
प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार
२८ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ । कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो । अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र… Continue reading प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार
काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा
२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् । उनीसँगै मुद्दा दायर… Continue reading काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा
अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन
२८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको… Continue reading अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन
इजरायली आक्रमणमा गाजामा १६ हजार भन्दा बढी विद्यार्थीको मृत्यु
२८ जेठ, काठमाडौं । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ । मन्त्रालयले इजरायली हाक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा वेस्ट बैङ्कमा… Continue reading इजरायली आक्रमणमा गाजामा १६ हजार भन्दा बढी विद्यार्थीको मृत्यु
विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने
२८ जेठ, मस्को । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने जानकारी रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको छ। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ। प्योङयाङ–मस्को… Continue reading विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने
प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदा बजेट माथिको छलफल प्रभावित
२८ जेठ, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्न नसक्दा बजेट माथिको छलफल प्रभावित बनेको छ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको… Continue reading प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदा बजेट माथिको छलफल प्रभावित
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
२८ जेठ, दमौली । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् ।… Continue reading गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य
२८ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।… Continue reading नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२८ जेठ, दमौली । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको… Continue reading मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ
एजेन्सी२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिएका छन् । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन… Continue reading लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ
अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु
एजेन्सी२८ जेठ, काठमाडौं । अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ । गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् । अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका… Continue reading अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु
कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु
२८ जेठ, काठमाडौं । कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू… Continue reading कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु
नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र
२७ जेठ, काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । राष्ट्र बैङ्कका अनुसार… Continue reading नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र
विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स
२७ जेठ, काठमाडौं । एक महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा भित्रिएको सो रेमिट्यान्स हालसम्मको उच्च हो।यससँगै चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब… Continue reading विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स
काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने
२७ जेठ, काठमाडौं । काठमाडौंसहित पहाडी भूभागमा वर्षा भएको छ । केही दिनदेखि बढेको तापक्रमका कारण आजित भएकोमा आज राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । काठमाडौंसहितका भेगमा भने आजै वर्षा भएको छ । महाशाखाका मौसमविद् प्रतिमा मानन्धरका अनुसार देशको पश्चिम… Continue reading काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने
प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो
२७ जेठ, काठमाडौं । काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई… Continue reading प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो
देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्र्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति… Continue reading देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो
महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना
२७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने… Continue reading महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना
नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती
२७ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४… Continue reading नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती
एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित
२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक… Continue reading एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित
क्यानडाले अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने
२७ जेठ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पुरा गर्ने घोषणा गरेका छन् । उनले वर्तमान विश्वव्यापी परिस्थितिहरू अझ जटिल र चुनौतीपूर्ण हुँदै गएका कारण, क्यानडाले अमेरिकामा निर्भरता घटाएर आफ्नो सुरक्षा व्यवस्था सुदृढ बनाउनु आवश्यक रहेको औँल्याए । प्रधानमन्त्री कार्नीले भने, “म आज घोषणा… Continue reading क्यानडाले अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
२७ जेठ, पोखरा । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना… Continue reading गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो
२७ जेठ, काठमाडौं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको… Continue reading आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
२७ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान… Continue reading अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै
२७ जेठ, मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका थिए । रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै… Continue reading मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
२७ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने… Continue reading आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने