जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु

काठमाडौं । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको जानकारी दिएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी… Continue reading जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु

पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई… Continue reading पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

रिसोर्ट सञ्चालन गर्न नदिएकाे भन्दै मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसदको घोषणा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको उनको आरोप छ । आफ्नो काम अझै पनि हुन… Continue reading रिसोर्ट सञ्चालन गर्न नदिएकाे भन्दै मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसदको घोषणा

उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक… Continue reading उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत पुस ५ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३०.५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँ बराबरको १ करोड ११… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै

एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ

काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार ४२५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका… Continue reading एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ

नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव

काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ । आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । गत… Continue reading नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव

रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका तप तीन युवाको मृत्यु भएको छ । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका जनाइएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १०… Continue reading रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?

काठमाडौं । डेनमार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गरेकी छिन् । नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्। उनी जनवरी १४ मा राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ। “म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा… Continue reading डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई जेल सजाय सुनाइएको छ । देशको श्रम कानुन उल्लंघन गरेको आरोप उनीमाथि लागेको छ । उनलाई ६ महिनाको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको… Continue reading बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?

एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

file

काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी… Continue reading एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो । उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही… Continue reading काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी… Continue reading हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।… Continue reading सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

REUTERS\BBC

काठमाडौं । नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको… Continue reading नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौं । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज सोमवार मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत… Continue reading बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति

अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।… Continue reading अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.७७ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको हो । यसदिन ३०६ कम्पनीको ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि घटनामा न्यूनतम बल प्रयोग गर्नु आफूहरूको सिद्धान्त भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले प्रहरी सकभर संयमित हुने गरेको स्पष्ट पारे । “न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो । कहिलेकाहीँ न्यूनतम क्षति र अधिकतम क्षति सिचुएसन (अवस्था)मा भर पर्छ,”… Continue reading ‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

काठमाडौं । बुटवल–पोखरा सडक खण्डमा रहेको सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । यसबीचमा माघे सङ्क्रान्ति पर्वको… Continue reading सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुगेका सीके राउतसहित पक्राउ

काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले… Continue reading आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

कांग्रेसले आज एकता दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा… Continue reading कांग्रेसले आज एकता दिवस मनाउँदै

सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।

बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल… Continue reading बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको… Continue reading एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

GETTY IMAGES

काठमाडौं । भारत छत्तीसगढको दुर्ग जिल्लाको एउटा फास्ट-ट्र्याक कोर्टले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भनेर पतिलाई कठोर श्रमसहित नौ वर्षको कारावास र दश हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा एक वर्षको थप कैद र एक हजार भारतीय रुपैयाँ जरिवाना पनि पतिले तिर्नुपर्नेछ। भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक… Continue reading भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाल वायु सेवा निगमको… Continue reading ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास… Continue reading सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

गाजामा फैलन थाल्यो संक्रामक रोग

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । राष्ट्रसङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा… Continue reading गाजामा फैलन थाल्यो संक्रामक रोग