१८ साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी… Continue reading सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए
Category: फिचर
दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ
१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेशनमा यी मजदुरहरू पक्राउ परेका हुन् । खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।… Continue reading दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ
बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने
१८ साउन, काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले विगतको निरंकुश शासन सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने शनिबार जनाएको छ । करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीतिक परिवर्तन ल्याएको हो । सन् २०२४ अगष्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख… Continue reading बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने
अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र
एजेन्सी१५ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो । आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा… Continue reading अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र
‘अत्यन्त्यै कम’ सहायता मात्र गाजा प्रवेश : जर्मनी
१८ साउन, काठमाडौं । सीमित सुधारका बाबजुद गाजामा प्रवेश गर्ने सहायताको रकम ‘अत्यन्त अपर्याप्त’ रहेको जर्मन सरकारले शनिबार बताएको छ । विदेशमन्त्री जोहान वेडफुलले बिहीबार र शुक्रबार यस क्षेत्रको भ्रमण गरेपछि र जर्मन सेनाले गाजामा आफ्नो पहिलो खाद्य हवाई अवतरण गरेपछि जर्मनीले आलोचना गरेको हो । गाजामा सहायताका लागि काम गर्ने निकायहरूले २० लाखभन्दा बढी… Continue reading ‘अत्यन्त्यै कम’ सहायता मात्र गाजा प्रवेश : जर्मनी
मेदवेदेव पश्चिमाविरोधी कट्टरपन्थी रूसी नेता भएको आरोप
१८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बी सार्न उक्साएका पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ । कुनै समय उहाँलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो । सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ५९ वर्षीय मेदवेदेवले आफ्नो एकल कार्यकालमा युरोप र… Continue reading मेदवेदेव पश्चिमाविरोधी कट्टरपन्थी रूसी नेता भएको आरोप
उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र
१७ साउन, काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको… Continue reading उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र
विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ
१७ साउन, काठमाडौं । वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल… Continue reading विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ
काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
१७ साउन, काठमाडौं । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत… Continue reading काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
मधेशमा भयो वर्षा, किसानलाई राहत
१७ साउन, धनुषा । लामो समयको पर्खाइपछि वर्षा हुँदा यहाँका किसानलाई राहत भएको छ । पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो । क्षीरेश्वरनाथ नगरपालिका—४ हरैयाका किसान दिपो यादवले रोपाइँको बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताए । धनुषामा ४८… Continue reading मधेशमा भयो वर्षा, किसानलाई राहत
विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान
१७ साउन, काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाको गोनरपुरा गाउँमा जन्मिएका विकल झा अहिले ओमानमा ‘एभियसन’ तथा ‘एयरपोर्ट म्यानेजमेन्ट’का एक स्थापित अन्तर्राष्ट्रिय विज्ञ हुन् । नयाँ–नयाँ प्रविधिका कारण तीव्र गतिमा दौडिरहेको हवाई उडड्यन क्षेत्रभित्र आफूलाई दक्ष, प्रभावकारी र सफल नेपालीका रुपमा स्थापित गर्न सक्नु आफैंमा गौरवको विषय हो । र, विकल झा त्यही गौरवको नाम… Continue reading विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान
अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें
आरएल श्रमजीवी अमेरिकी सपना त्याग्नु परेको परिस्थितिको निरन्तरता स्वरुप मामाले मलाई न्यूयोर्कको जेएफके एयरपोर्ट जाने एयर ट्रेनमा बिदाइ गरेपछि म एक्लै भएँ । सकी–नसकी लगेज घिसार्दै एयरट्रेन समातेर टर्मिनल ८ मा उत्रिएँ । धेरै बेर लगाएर आफैंले अनलाइनबाटै बर्डिङ्ग पास निकालेर चेक इन गर्न लाइनमा बसेको मात्रै थिएँ । अचानक बनेपाको राधाप्यारी नकर्मीको स्वर जस्तो… Continue reading अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें
थर परिवर्तन : परम्परा कि पहिचानमाथि हस्तक्षेप ?
डा. तारू कार्कीविवाह हाम्रो समाजमा जीवनको अत्यन्तै महत्वपूर्ण मोड हो । विवाह पद्धति समाजले स्थापना गरेको संस्था हो । विवाहसँगै नयाँ नाता, नयाँ जिम्मेवारीको सुरुवातहरु जीवनमा जोडिन्छन् । यिनै सुरुवातहरुसँगै आइरहन्छन् केही पुराना परम्पराहरु पनि– जसमध्ये एउटा हो, महिलाले विवाहपछि आफ्नो थर परिवर्तन गर्नुपर्ने चलन । तर, के थर परिवर्तन वास्तवमै आवश्यक छ ? के… Continue reading थर परिवर्तन : परम्परा कि पहिचानमाथि हस्तक्षेप ?
न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार
कुमार न्यौपानेन्यूयोर्क सहर पाँचवटा बोरो (क्षेत्र)हरु मिलेर बनेको छ । यो शहरलाई धेरैजसो मानिसहरुले गगनचुम्बी भवन, व्यस्त सडकहरु र चम्किलो जीवनशैलीका रुपमा चिन्छन् । तर, यो विशाल शहरको अर्को पाटो पनि छ, त्यो हो प्रकृति र वातावरणको विविधता । जुन हरेक न्यूयोर्कवासी र पर्यटकका लागि एक आश्चर्य पनि हो । न्यूयोर्क सिटीलाई प्रायः गगनचुम्बी भवन,… Continue reading न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार
दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
१६ साउन, लोथर । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ… Continue reading दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
१६ साउन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप… Continue reading विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु
१६ साउन, त्रिशूली । विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको… Continue reading पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु
इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता
१६ साउन, फिक्कल । आर्थिक वर्ष २०८१–८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन… Continue reading इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता
चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति
१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका… Continue reading चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
१६ साउन, काठमाडौँं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन्… Continue reading नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
१६ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि… Continue reading उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ
१६ साउन, ढोरपाटन । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार… Continue reading भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
१६ साउन, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताए । दिगो… Continue reading नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
१६ साउन, काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक… Continue reading आज राष्ट्रिय कोदो दिवस मनाइँदै
दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित
१६ साउन, वाशिङ्टन डिसी । नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ । ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत… Continue reading दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
१६ साउन, वीरगञ्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै… Continue reading पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
१६ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै… Continue reading आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…
१६ साउन, काठमाडौं । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।” यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित… Continue reading अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…
महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस
१५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि… Continue reading महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस
प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको… Continue reading प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ