आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो ।… Continue reading आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

REUTERS

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ। उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ। पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको”… Continue reading डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् । करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको… Continue reading टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको… Continue reading नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ… Continue reading आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै… Continue reading टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध

टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई… Continue reading टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय… Continue reading नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने

काठमाडौं । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय विभूति शंखधर… Continue reading सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने

सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो । यसमा १ अर्ब… Continue reading सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन

File Photo

काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका… Continue reading फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन

बंगलादेशमा श्रमिकको आन्दोलन हिंसात्मक बन्दै, चार जना मारिए

AP Photo/Al-emrun Garjon\AL Jazeera

काठमाडौं । श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पोसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै आएका छन् । उचित पारिश्रमिकको माग गर्दै हिजो पनि उनीहरुले जुलुस निकालेका थिए । गएको महिना शुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या चार जना पुगेको… Continue reading बंगलादेशमा श्रमिकको आन्दोलन हिंसात्मक बन्दै, चार जना मारिए

विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएका छन् । आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो। जवाफी ब्याटिङ… Continue reading विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करणको उपाधी जित्न सफल भएका छन्। अल्ट्रा ट्रेल रेसमा ३ वर्षदेखि रुचि राख्दै आएका रमेश लिम्बू यस किसिमको रेसमा भने… Continue reading काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

तिहारको तेस्रो दिन आज गाई पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,… Continue reading तिहारको तेस्रो दिन आज गाई पूजा

लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको… Continue reading लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट

महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै बित्ने छ । हङकङमा कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने चार देशसम्मिलित टी–२० सिरिजका कारण नेपाली टोलीको तिहार खेल मैदानमै क्रिकेट खेलेर बित्ने भएको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले शनिबार सिरिज खेल्न लाने महिला टोलीको विदाइ गरेको छ । मुलपानीस्थित… Continue reading महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती आज

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्… Continue reading महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती आज

इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ। शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो। पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो। पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सम्भावित सेमिफाइनल यात्रा पक्का भयो। अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका… Continue reading इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा

आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण… Continue reading आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

लेवनानलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

Getty images \BBC

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् । रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले… Continue reading लेवनानलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ । तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगरका मेयर बालेनले जानकारी दिएका छन् । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र… Continue reading काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असूलउपर गर्नुपर्ने विद्युत्… Continue reading विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

GETTY IMAGES

काठमाडौं । पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन्। पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ। पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ। यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको… Continue reading पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

ठमेलमा सीसी क्यामरा जडान गरिँदै

file

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरू गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो। परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा… Continue reading ठमेलमा सीसी क्यामरा जडान गरिँदै

पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात

काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई… Continue reading पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात

सुरु भयो यमपञ्चक, आज कागतिहार

Photo : THT

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए… Continue reading सुरु भयो यमपञ्चक, आज कागतिहार

मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो । टोलीले घटनामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको… Continue reading मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी

किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो । अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी… Continue reading किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट (पेमेन्ट गेटवे) मा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार एक निर्देशन जारी गर्दै अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो। यसअघि पेमेन्ट वालेटहरुमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। व्यवस्थालाई परिमार्जन… Continue reading वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने