काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
Category: फिचर
राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो
काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ४२ बलमा… Continue reading राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल
काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो ।… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल
इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा
काठमाडौं । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले सिरियाको राजधानी दमास्कसस्थित आफ्नो कूटनीतिक नियोगको परिसरमा गरिएको हमलाको बदलामा इरानले इजरेलमा आक्रमण गर्न सक्ने भन्दै आफ्ना सुरक्षा बललाई ‘उच्च सतर्कता’ अवस्थामा राखिएको जनाएका छन्। इरानले पनि उसले सेनालाई ‘उच्च सतर्क’ अवस्थामा राखेको विवरणहरू आइरहेका छन्। गत सोमवार दमास्कसमा गरिएको आक्रमणमा रिभोल्युसनरी गार्ड्सका कमान्डरहरू मारिएका थिए र तेहरानले त्यसमा… Continue reading इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा
इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता
इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा… Continue reading इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता
इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका… Continue reading इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर
इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्… Continue reading इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर
सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी… Continue reading सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११… Continue reading नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती
काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा धेरै कर्मचारी कटौती गरेको छ । यो आइफोनको जनशक्तिमा कोरोना महामारीपछिको ठूलो सङ्ख्यामा कर्मचारी कटौती हो । एप्पलले छ सय १४ कर्मचारीलाई निकालेको हो । कोरोना महामारीपछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीमा पनि कर्मचारी कटौती गरिएको थियो । तर एप्पलले अहिलेसम्म महामारीको ठूलो असर… Continue reading एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन… Continue reading उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
आइपीएल : चेन्नईको लगातार दोस्रो हार
काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१,… Continue reading आइपीएल : चेन्नईको लगातार दोस्रो हार
इलाम-२ मा एमालेलाई माओवादीको साथ
काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र… Continue reading इलाम-२ मा एमालेलाई माओवादीको साथ
अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का महसुस भएको छ । शुक्रबार आएको भूकम्पको तिव्रता ४.८ रेक्टर स्केल मापन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा न्युयोर्कको आइकोनिक प्रतिमा स्टेचु अफ लिबर्टी समेत हल्लिएको पाइएको छ । न्यूयोर्कका गगनचुम्बी भवन समेत केही बेर हल्लिएका थिए । भूकम्पको केन्द्र न्यू जर्सी नजिकै रहेको पाइएको… Continue reading अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का
‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपि… Continue reading ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’
जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको… Continue reading जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व… Continue reading राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई
घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौं । सुँगुरको मृगौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा गरिएको शल्यक्रियाको दुई हप्तापछि ६२ वर्षीय उनलाई बुधबार घर पठाइएको थियो । आनुवंशिक रूपले परिमार्जित सुँगुरको अङ्ग प्रत्यारोपण विगतमा धेरै पटक असफल भएको थियो। तर यो प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा प्रशंसा गरेका छन्।… Continue reading घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो
सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त
काठमाडौं । सुनसरी प्रशासनले दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ । बिहीबार एसइईको परीक्षा हुँदै गर्दा सुनसरीको हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा भएको कुटपिटपछि दुई समूहबीच तनाव उत्पन्न भएको… Continue reading सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त
नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज
काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ । लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्यो। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन… Continue reading नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज
बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्। गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त… Continue reading बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन
गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र… Continue reading गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् । क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले… Continue reading क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित
काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा १७ बलमा ३… Continue reading आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित
भारतमा बरोडा र नेपाली टीम बीच आज खेल
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले… Continue reading भारतमा बरोडा र नेपाली टीम बीच आज खेल
नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल
काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम… Continue reading नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल
आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि अर्थमन्त्री पुनले… Continue reading आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल
८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई… Continue reading ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स
पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्रीसहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ… Continue reading पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा दायर
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १ हजार बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य… Continue reading सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार