सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

काठमाडौं । सुनकोशी नदीमा आज बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा… Continue reading सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा… Continue reading इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत

सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये… Continue reading सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

Photo courtesy Sri Lanka Brief

काठमाडौं । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो… Continue reading श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

दरबार हत्याकाण्डको २२ वर्ष पुरा

काठमाडौं । शुक्राबर दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन… Continue reading दरबार हत्याकाण्डको २२ वर्ष पुरा

भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र… Continue reading भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले बिहीबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको हो । सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि… Continue reading सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी बिहान ८ बजे नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो करिब एक बजे प्रधानमन्त्री प्रचण्ड इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ । दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम छ । उनले… Continue reading भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने

अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट… Continue reading अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध… Continue reading भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे । “यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका… Continue reading प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?

कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक… Continue reading कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड… Continue reading नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ । राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । यद्यपि प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र… Continue reading भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो। कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ। भेटवार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य,… Continue reading प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ। सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।… Continue reading नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

काठमाडौं । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको… Continue reading देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका… Continue reading अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । यो प्रावधानले अब गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले… Continue reading नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

विदेशमा बस्ने नेपालीको अधिकार संरक्षण गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आएका उनले नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकाहरुलाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन… Continue reading विदेशमा बस्ने नेपालीको अधिकार संरक्षण गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री

प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड आज महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने छन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच… Continue reading प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने

नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले… Continue reading नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार… Continue reading नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र… Continue reading विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित बिपरीतको कार्य भनेका छन् । ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत,… Continue reading नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीस्थित विमानस्थलमा राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् । चार दिनको भारत भ्रमणका लागि गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय सरकारका अधिकारीहरू र नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यो नै हालसम्मकै उच्च मूल्य हो । यस्तै, तेजाबी सुनको मूल्य… Continue reading तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ ।बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो । एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो । जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा… Continue reading कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्। प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्। प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा नेपाली… Continue reading कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।