एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।… Continue reading एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग

काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो। लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न… Continue reading माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग

गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलाएर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बु र भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम छन्। उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए । गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर… Continue reading गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु

नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत… Continue reading नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा म‌गलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । म‌गलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका… Continue reading रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए। आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे,… Continue reading संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ । मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई… Continue reading परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् ।  संसद्‌ भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे । ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री… Continue reading संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री

संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासोन्मुख देशको प्रतिनिधित्व हुनेगरी राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार हुनुपर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई… Continue reading संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

काठमाडौं । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट… Continue reading हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशल मल्लले ६५ रन कुशल भुर्तेलले ४३ रन बनाए । पहिलो खेलमा नेपालले सिंगापुरलाई… Continue reading मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

नेपालका ६० प्रतिशत घर एक तले

काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ… Continue reading नेपालका ६० प्रतिशत घर एक तले

नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ । विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली… Continue reading नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने

काठमाडौं । अब सवारी चालकहरुले चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको हो । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे छ । ​ ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन… Continue reading ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने

शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित

काठमाडौं । शेयर बजारझिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको हो । यसदिन २८७ कम्पनीको ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँ बराबरको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ… Continue reading शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित

बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या

काठमाडौं । बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकारको मृत्यु भएको छ । सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको उपचारको… Continue reading बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या

विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए… Continue reading विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं । लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो । घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले… Continue reading लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ

काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले… Continue reading मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ

विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै

काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् ।… Continue reading विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै

इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९… Continue reading इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा… Continue reading संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्। गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।गुटेरेसको सम्बोधन हुनु भन्दा १५… Continue reading सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् । चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो । ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त… Continue reading शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै… Continue reading गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही… Continue reading बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । घाइते सैनिकको नाम खुलाइएको छैन । लेबनानमा हाल ८७४ नेपाली शान्ति… Continue reading लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते

मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

file Photo source : AP Photo/Erik De Castro

काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह… Continue reading मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन्। परराष्ट्र मन्त्रालयका… Continue reading नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव