धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

राससढोरपाटन, २९ असोजः बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह ९ताल०, काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् ।… Continue reading धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी, २९ असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाए । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरे । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल… Continue reading अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

राससमुस्ताङ, २९ असोजः मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब… Continue reading बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

राससकाठमाडौँ, २९ असोजः जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः००… Continue reading काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

राससभोजपुर, २९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ ।नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि… Continue reading कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौँ, २९ असोजः बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ ९दोस्रो संशोधन०’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका… Continue reading बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत… Continue reading बझाङमा भूकम्पको धक्का महसुस

अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

वाशिङ्गटन डिसी, २९ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका… Continue reading अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

काठमाडौँ, २९ असोजः सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरिएको जनाएको छ । घरजग्गा कारोबार गर्ने… Continue reading महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

राससफिक्कल, २९ असोज । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो… Continue reading इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

राष्ट्रिय समाचार समितिपाँचथर, २९ असोज । पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले… Continue reading खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

काठमाडौँ, २९ असोजः उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौसम्म विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा… Continue reading विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

A resident of Antananarivo watches Madagascar President Andry Rajoelina’s address to the nation via the official Facebook page of the Presidency of Madagascar, from her home in Antananarivo on October 13, 2025. Madagascar's embattled President Andry Rajoelina said on October 13, 2025 he was sheltering in a "safe space" after an attempt on his life. "I was forced to find a safe place to protect my life today. In all this, I never stop looking for solutions," the 51-year-old leader said in a live address on Facebook, without revealing his location. (Photo by RIJASOLO / AFP)

एन्टानानारिभो, २९ असोज (रासस÷एएफपी) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक… Continue reading जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

स्कोप्जे, उत्तर म्यासेडोनिया, २९ असोज (रासस\एएफपी) । उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ । देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए । यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप… Continue reading उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

Israeli police officers escort the coffins of four deceased hostages to the National Centre of Forensic Medicine in Abu Kabir for identification. Photo: Courtesy of Israel Police

महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित… Continue reading पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौँ, २९ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । आजदेखि रिट निवेदन दर्ता र… Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौँ, २९ असोजः विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको… Continue reading विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको… Continue reading राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

सुबास ढुंगाना/रासस

२८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ… Continue reading चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

काठमाडौँ, २८ असोजः गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा… Continue reading मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

सभापति देउवा ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति शेरबहादुर देउवा । तस्बिरः गोपाल दाहाल÷रासस

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सार्वजनिक स्थलमा देखा परेका छन् । जेन जी आन्दोलनका दौरान देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन उनी आन्दोलनमा जलाइएको पार्टी कार्यालय पुगे । त्यहाँ उनले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।… Continue reading सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन… Continue reading दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

काठमाडौँ, २८ असोजः स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू… Continue reading सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

AI Generated Image

चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का… Continue reading मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

Photo : The Rising Nepal

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर… Continue reading कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा… Continue reading तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य… Continue reading विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

काठमाडौँ, २८ असोज स् राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले… Continue reading नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

सिड्नी, २८ असोज (रासस\सिन्ह्वा) । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२।४ प्रतिशत… Continue reading अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?

स्टकहोम, २७ असोज (रासस\एपी) । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै… Continue reading तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?