मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन… Continue reading मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

एमाले नेताको आरोप- ‘रास्वपा भिजन,नीति नभएको भ्रम छर्ने पार्टी’

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय स्वतन्त्रता पार्टीमाथि खनिएका छन् । एमाले प्रथम गण्डकी अधिवेशनमा बोल्दै उनले रास्वपासँग भिजन,नीति नभएकोले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु… Continue reading एमाले नेताको आरोप- ‘रास्वपा भिजन,नीति नभएको भ्रम छर्ने पार्टी’

बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेशनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना… Continue reading बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेललको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान दिवसको अवसरमा हत्याको आरोपमा सजाय काटिरहेका व्यक्तिलाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललको ध्यानाकर्षण गराएको छ। हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाललाई आममाफी दिएको भन्दै आज बिहान राष्ट्रपति पौडेललाई भेटेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले तीन बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । पौडेलले सरकारले सबै प्रक्रिया… Continue reading आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेललको ध्यानाकर्षण

नेपालमा यस वर्ष बाढी-पहिरोबाट ६१ जनाको मृत्यु, २९ जना वेपत्ता

file

काठमाडौं । नेपालमा यस वर्षको मनसुनमा बाढी–पहिरोबाट ६१ जनाको मृत्यु र २९ जना बेपत्ता भएका छन्। मनसुन सुरू भएयताको बाढी पहिरोबाट ६९ जना घाइते भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले नियमित सूचनामार्फत् अद्यावधिक गरेको हो। बाढी–पहिरोबाट २ सय ४२ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको र ७ सय ११ घरमा आंशिक क्षति पुगेको शाखाले जानकारी दिएको… Continue reading नेपालमा यस वर्ष बाढी-पहिरोबाट ६१ जनाको मृत्यु, २९ जना वेपत्ता

सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

काठमाडौं । वित्तीय संकटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोत जुटाउन समस्या देखिएपछि यस्तो सुझाब दिइएको हो। पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन… Continue reading सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जु विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई हराए । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाए ।राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि… Continue reading मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । उनले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्… Continue reading मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

काठमाडौं । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक–दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ । अहिले बाग्मती,… Continue reading सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

file

काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा… Continue reading स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

दोलखाबाट पुनः चार किलो सुन बरामद

काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार चार केजी सुन बरामद गरेको हो। गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो। ‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो,… Continue reading दोलखाबाट पुनः चार किलो सुन बरामद

सिरहामा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए… Continue reading सिरहामा बस दुर्घटना, २ जनाको मृत्यु

एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

काठमाडौं । एक महिनाको अवधिमा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित… Continue reading एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

जलहरी काण्डमा भ्रष्टाचार ठहर, तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक… Continue reading जलहरी काण्डमा भ्रष्टाचार ठहर, तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा

केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। डाक्टरका अनुसार एक व्यक्ति बिरामी लिएर ओपिडिमा आएका थिए। खड्काले उनलाई लाइनमा बस्न… Continue reading केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । आजदेखि कारोबारमा आएको सिटिजन लाइफको… Continue reading शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय… Continue reading पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने

अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

ISRO\BBC

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए। उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ( जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो। तर आधा शताब्दीपछि नासाले अधिकांश… Continue reading अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ)… Continue reading रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

अफगानिस्तानको भारतस्थित दूतावास बन्द

Photo : DNA India

काठमाडौं । नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले लेखेको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन… Continue reading अफगानिस्तानको भारतस्थित दूतावास बन्द

पर्वतमा वेपत्ता जिप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा भेटिएको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव समेत भेटिएको प्रहरीले जनाएको छ । दुई जना अझै बेपत्ता छन् । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप… Continue reading पर्वतमा वेपत्ता जिप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

सरकार र चिकित्सकबीच सहमति

काठमाडौं । सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल ९पोखरा, माडी ९चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी… Continue reading सरकार र चिकित्सकबीच सहमति

बाढीले जिप बगाउँदा तीन जना वेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका… Continue reading बाढीले जिप बगाउँदा तीन जना वेपत्ता

विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए… Continue reading विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद

खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

photo : NY Times

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात्… Continue reading अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

प्रधानमन्त्री स्वदेश फर्किदैं

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । उनी स्वदेश प्रस्थान गरेका छन् । असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले… Continue reading प्रधानमन्त्री स्वदेश फर्किदैं

एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम… Continue reading एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

आजबाट सुरु भयो सोह्र श्राद्ध

काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण,… Continue reading आजबाट सुरु भयो सोह्र श्राद्ध

पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

REUTERS/FAYAZ AZIZ

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु