भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा… Continue reading भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। उनी कांग्रेसमा संस्थापनइत्तर पक्षका उम्मेदवार हुन् । लम्सालले ७४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन्। अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले मात्र १२ मत पाए । अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन्। हेटौंडामा साउन ६ र… Continue reading कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि… Continue reading अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

Photo : Gorakhapatra

बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय… Continue reading ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्। बन्दीलाई प्रजनन अधिकार नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको… Continue reading कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट… Continue reading पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश… Continue reading बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो । मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय… Continue reading बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए… Continue reading सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८… Continue reading भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

rss

काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज… Continue reading नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

काठमाडौं । नेपालमा अब कैदि बन्दीको प्रजनन अधिकार सुनिश्चित हुने भएको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत… Continue reading कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन । महाशाखाका… Continue reading देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत

काठमाडौं । गैरआवासयि नेपाली संघले प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताएका छन्… Continue reading गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत

कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले… Continue reading कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै… Continue reading मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

File

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन्… Continue reading सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए । तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर… Continue reading तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

नेपालमा ३३५ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading नेपालमा ३३५ जनामा कोरोना पुष्टि

गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो… Continue reading गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

संसदबाट पारित भयो नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१… Continue reading संसदबाट पारित भयो नागरिकता विधेयक

घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ। गत वर्षदेखि नै घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ गर्दै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत थप कडाइ गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा,… Continue reading घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

उत्पादनमुलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक तोक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्य पालन, निर्यातजन्य र शतप्रतिशत… Continue reading उत्पादनमुलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक तोक्ने

नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६८ नमूनाको पीसीआरमा ३८४ र १६७० नमूनाको एन्टिजेनमा ७२ जना गरी कूल ४५६ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार १०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ((पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन्। राष्ट्र बैंकले समग्रमा कसिलो मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको छ। मौद्रिक नीति मार्फत कर्जा विस्तारमा कडाइ गरिएको छ… Continue reading यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ((पूर्णपाठसहित)

गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्। ‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा… Continue reading गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’