दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन्… Continue reading आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

Photo courtesy Sri Lanka Brief

कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका… Continue reading श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् । सत्तारुढ भारतीय जनता… Continue reading भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन ठूलो वर्षाको सम्भावना छैन । प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन (आइतबार)सम्म हल्कादेखि मध्यमसम्म वर्षा भने हुने छ । मनसुनको न्यून चापीय रेखा सरदर… Continue reading केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी

कंचनपुरमा विमानस्थल माग

काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि… Continue reading कंचनपुरमा विमानस्थल माग

नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा… Continue reading नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् ।… Continue reading आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ह्वाइट हाउसले यो खबरको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको पूर्ण खोप र बुस्टर डोज समेत लगाइसकेका थिए । ह्वाइटहाउसबाट जारी विज्ञप्ती अनुसार राष्ट्रपतिमा हल्का लक्षण देखिएका छन् । उनको उपचार शुरु भइसकेको छ । उनी… Continue reading राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले… Continue reading इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम… Continue reading बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो… Continue reading एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो । आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने… Continue reading वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ नमूनाको पीसीआरमा ३१७ र १९०२ नमूनाको एन्टिजेनमा ११८ जना गरी कूल ४३५ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवाली सरकारले आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप लगाएका छन । बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। संसदमा बोल्दै ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारको ध्यान दिनुको सट्टा आफ्नो फोटो ट्रोल बनाउन लागेको आरोप लगाए । उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा… Continue reading ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँ बराबरको ३९ लाख ८ हजार… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो । उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका हुन् ।… Continue reading पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा,… Continue reading राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट… Continue reading बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

File Photo : The Kathmandu Post

ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी… Continue reading अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

Efrem Lukatsky–AP

काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्। पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए। अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनु पर्ने उनको… Continue reading युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको… Continue reading स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाकामा फोहर व्यवस्थापनको बिहीबारबाट फेरी रोकिएको छ । महानगरपालिकाका निर्वाचित भएपछि निकै प्राथमिकताका साथ काम गरिरहेका बालेनले फोहोर व्यवस्थापनलाई सहज बनाउन भने सकेका छैनन् । महानगरले १ साउनबाट कुहिने र नकुहिने फोहोर छु्टयाएर राख्न आह्वान गरेको थियो । सो फोहोर नै काठमाडौंका अधिकांश स्थानमा उठेको छैन । अर्कोतर्फ यसअघि फोहर व्यवस्थापन गर्दै… Continue reading बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए… Continue reading देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन्… Continue reading काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने… Continue reading परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न… Continue reading भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टामै उनलाई क्रिकेट क्यानडाले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो। पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै… Continue reading नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

काठमाडौं । ओटीटी डिजिटल प्लेटफर्म नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको छ । कम्पनीले पछिल्लो दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । १० वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो । नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने… Continue reading नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा सहज गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा सहज गरेको हो। नयाँ व्यवस्था अनुसार अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर… Continue reading विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने