वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ। नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग संवाद गरेका हुन्। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै… Continue reading वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

काठमाडौं । नेपाल सरकारले थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गरेको छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि… Continue reading थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

काठमाडौ । विहीवार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२७ कम्पनीको २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँ बराबरको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएका… Continue reading लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

काठमाडौं । भन्सार विभागले दुई दशकपछि ६६० जना भन्सार एजेन्ट थप गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार ६६० जनाको अन्तिम छनोट भएको हो । भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि… Continue reading दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

समाजिक सञ्जालमा स्टार फर्डिनान्ड बने फिलिपिन्सका नयाँ राष्ट्रपति

मनिला । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिने भएका छन् । धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरेका हुन् । उनको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गर्छ जुन सन् १९८६ मा भएको आम विद्रोह पछि पदच्युत… Continue reading समाजिक सञ्जालमा स्टार फर्डिनान्ड बने फिलिपिन्सका नयाँ राष्ट्रपति

नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

काठमाडौं । नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्ने नेपालका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। दुई खेलाडी अहिले त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्नेछन् । भरत पछिल्लो समय राष्ट्रिय टिममा हटाएका छैनन् । उनी आर्मी फुटबल टिमका भने कप्तान हुन्।… Continue reading नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका… Continue reading शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

File

काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । जसका कारण महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आह्वान गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई… Continue reading भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन्। स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्। जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी… Continue reading रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको… Continue reading निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो । १ हजार ८ पिसिआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… Continue reading नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण… Continue reading काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान

काठमाडौं । असार १५ गते धान दिवस । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो ११ महिनामा २७ अर्बको चामल र १५… Continue reading ११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान

कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

काठमाडौं । सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको छ । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ । अहिले कोसी… Continue reading कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बेवारिसे अवस्था फेला परेको लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुगेको छ । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्। टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा… Continue reading टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

काठमाडौं । बुधबार पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ । बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ । पछिल्ला… Continue reading देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

काठमाडौं । नेपाली कृषकको सम्मानमा १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं… Continue reading आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाईइन्फान्टिनोले पत्रमार्फत नेम्वाङको कार्यकालमा नेपाली फुटबलको थप विकास हुनेमा विश्वास समेत लिएका छन् । उनले भनेका छन्,  ‘तपाईको ज्ञान, क्षमता र अनुभवले सुन्दर… Continue reading फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् । मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई… Continue reading मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकोहो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले… Continue reading काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार… Continue reading दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने

काठमाडौं । फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो । खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड… Continue reading अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो । आज बिहान ६९ सदस्यीय केन्द्रीय… Continue reading वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

टेक्सास । अमेरिकाको टेक्सासमा ४० जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४० जना व्यक्ति मृत फेला परेको बीबीसीले लेखेको छ । अन्य १६ जनालाई अस्पताल लगिएको छ। मृतकहरू आप्रवासी हुन् । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक… Continue reading अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

Photo : Gorakhapatra

काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए। अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल… Continue reading एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

मनसुन सक्रिय, लगातार पानी पर्ने

काठमाडौं । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने भएको छ ।  मौसमविद् पुर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएको छ । यसले बाढी पहिरोको जोखिम धेरै रहेको छ । अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने… Continue reading मनसुन सक्रिय, लगातार पानी पर्ने

नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद्… Continue reading नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनगढी । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल… Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त… Continue reading वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती