संघीय बजेट आज पास गर्ने तयारी, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९\८० को बजेट आज पास गर्ने तयारी छ । प्रतिनिधि सभा बैठक आज बोलाइएको छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा… Continue reading संघीय बजेट आज पास गर्ने तयारी, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिँदै

एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै… Continue reading एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण

आगामी आवका लागि प्रदेशले ल्याए ३ खर्ब भन्दा माथिको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार सात वटै प्रदेश सरकारले बजेट ल्याएका छन् । प्रदेश सरकारले कुल ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएका हुन् । ६ वटा प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएर ल्याएका छन् भने कर्णाली प्रदेशले भने बजेट घटाएर ल्याएको छ । प्रदेशहरुले कृषि, रोजगारी, उद्योग,… Continue reading आगामी आवका लागि प्रदेशले ल्याए ३ खर्ब भन्दा माथिको बजेट

देशभर २५ जना नयाँ संक्रमित थपिए, १५ जना संक्रमण मुक्त

काठमाडौं । देशभर पछिल्लो समय ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना मुक्त भएका छन्। यो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या शून्य छ। हाल ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट ११ हजार… Continue reading देशभर २५ जना नयाँ संक्रमित थपिए, १५ जना संक्रमण मुक्त

ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्दा खाँटी एमाले कार्यकर्ताले बान्ता नगरे, त्यसको योग्यता पुष्टि हुँदैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् । ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटोु शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै भुसालले ओलीमाथि व्यंग्य गरेका हुन् । ‘ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्नुभयो भने एमालेका खास खास कार्यकर्तालाई बान्ता नगरि सुखै छैन। कमरेडले कुल्ला गर्नुहुन्छ‚ कार्यकर्ताले… Continue reading ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्दा खाँटी एमाले कार्यकर्ताले बान्ता नगरे, त्यसको योग्यता पुष्टि हुँदैन : घनश्याम भुसाल

‘एसपीपी सम्झौताबारे कसको पालामा,कहाँबाट आयो ? प्रधानमन्त्रीबाट जवाफ चाँहियो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अमेरिकाको एसपीपी सम्झौताबारे सरकारसँग जवाफ माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्दै एसपीपी प्रस्तावबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा आएर जवाफ दिन सभामुखसँग माग गरेका हुन् । ‘नेपाली सेना… Continue reading ‘एसपीपी सम्झौताबारे कसको पालामा,कहाँबाट आयो ? प्रधानमन्त्रीबाट जवाफ चाँहियो’

स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकारको गठन गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने माग गरेका हुन् । साथै उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरे… Continue reading स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनको माग

नेप्सेमा गिरावट कायमै, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २९.८९ अंकले घटेर १९६६.३३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेप्सेमा गिरावट कायमै, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

काठमाडौं । सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विवाह गर्ने २० वर्षे प्रावधानले अपराध बढाएको र त्यसमा आफू पनि असहमत रहेको बताका हुन् । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले विवाह सम्बन्धमा… Continue reading ‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण

Photo source : AP News

काठमाडौं । बेलायतबाट मङ्गलवार शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयको कानुनी लडाइँपछि रद्द भएको छ । उक्त उडानमार्फत् सात जनालाई ब्रिटेनबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाउने तयारी थियो । तर युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि उक्त उडान रोकियो। ब्रिटेनकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू निराश भए पनि विचलित नहुने भन्दै अब अर्को… Continue reading अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण

आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

काठमाडौं । आजदेखि बिदा र कार्यालय समय पुर्ववत अवस्थामा संचालन हुने भएको छ । बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय… Continue reading आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

काठमाडौं । सिनियर खेलाडीसँग सामान्य विषयमा भएको विवादलाई उग्र रुप दिएका नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ जना सिनियर खेलाडीलाई टीम बाहिर राख्दै कुवेत पुगेका थिए । तर, तीन वटै खेलमा नेपालले खराब प्रदर्शन गर्दै प्रतियोगितामा लज्जास्पद हार बेहोरेसँगै प्रशिक्षक फेल भएका छन् । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले सबै खेलमा… Continue reading एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

काठमाडौं । सातवटै प्रदेशमा आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आउँदैछ । प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट सार्वजनिक गर्नुपर्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । त्यसमा आधारित रहेर बजेट ल्याउन लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । प्रदेश… Continue reading सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखलामा तेस्रो खेलमा नेपालले ओमानमाथि ७ विकेटको सानदार जित निकालेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेका छन् । ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा आज पनि भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासको क्षेत्रमा राती मेघ गर्जनसहित ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले सूचना निकाल्दै सतर्क रहन भनेको छ । बागमतीका सहायक नदी मनोहरा, हनुमन्ते, विष्णुमती लगायतको बहाव… Continue reading आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

बुधबारबाट मतदाता नामावली संकलन थालिने

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन… Continue reading बुधबारबाट मतदाता नामावली संकलन थालिने

प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी

File

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाई छ । मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन छन् ।… Continue reading प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी

आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । २०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको हो । त्यसपछि पनि आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो। निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नु… Continue reading आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो… Continue reading परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन

बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख… Continue reading बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण

काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने… Continue reading अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण

यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

file

काठमाडौं । मनसुन भित्रिएपछि देशभरबाट विभिन्न घटना सार्वजनिक हुन थालेका छन् । सो क्रममा सरकारले यस वर्ष २० लाख मानिस मनसुनका कारण प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । बाढीपहिरो, र डुबानमा यस्तो पुर्वानुमान गरिएको हो । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित… Continue reading यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?

काठमाडौं । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा जारी छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश,… Continue reading बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?

बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

काठमाडौं । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा खारेज गरेपछि बुधबारबाट नयाँ कार्यालय समय कार्यान्वयनमा आउने भएको छ । भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण भएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको जनाएको छ । जेठ २३ गते… Continue reading बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्। उनीहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गरेका थिए। उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा… Continue reading कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए

एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ । नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल… Continue reading एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान आज भिड्दैछन् । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमानले भने आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् । संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक… Continue reading कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण

कबड्डी ४ चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी

काठमाडौं । कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका छन् । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई… Continue reading कबड्डी ४ चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी

मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब पाउने गरी रोजगारीमा नेपाली नर्सहरु पठाउने भएको छ । सोमबार बजेटको मन्त्रालयतगत शीर्षकमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । मन्त्री… Continue reading मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी