कास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाए । लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । निर्वाचित गुरुङ २०७४ लमजुङ… Continue reading देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद
Category: फिचर
रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
गौर । रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गौरमा गतराती यस्तो घटना भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको… Continue reading रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद
काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापा हार नजिक पुगेका छन् । मत गणना जारी रहँदा उनले हार स्वीकारसमेत गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापाको क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९… Continue reading कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद
गोरखा २ बाट प्रचण्ड विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेका अब्दुस मिया तेस्रो स्थानमा रहे । प्रचण्डले २६ हजार १०३ मत… Continue reading गोरखा २ बाट प्रचण्ड विजयी
ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो
काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पारिन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत… Continue reading ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो
ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचित
काठमाडौं । ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडालाई हराएका हुन्। खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएको आयोगको तथ्यांकमा राखिएको छ।
बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित
काठमाडौं । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्। २०७४ सालमा २८ हजार… Continue reading बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित
सप्तरी-२ बाट उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी
काठमाडौं ।सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् । राउतले निकटतम् प्रतिद्वन्द्वी यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले… Continue reading सप्तरी-२ बाट उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी
रोकिएन् शेयर बजारको ओरालो यात्रा
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनबेच… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा
काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी
काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरे । बिहानसम्म १ हजार… Continue reading ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी
गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले गरे ‘ह्याट्रिक’
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनको साथ लिएर उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्। बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात… Continue reading गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले गरे ‘ह्याट्रिक’
अमेरिकी ‘द भ्वाइस’को टप १० मा परिजिता बास्तोला
काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १० मा प्रवेश गरेकी छिन् । १७ वर्षीया बास्तोलाले २२औं संस्करणको ‘द भ्वाइस’को टप १० मा प्रवेश गर्न सफल भएकी हुन् । मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी… Continue reading अमेरिकी ‘द भ्वाइस’को टप १० मा परिजिता बास्तोला
सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् । यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । एमालेका… Continue reading सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो
गोरखा–१ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंको फराकिलो अग्रता
काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ । ३३ हजार ३२५ गणना हुँदा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले १९ हजार ३११ मतका साथ अग्रता लिएका हुन् । नेकपा एमालेका रामशरण बस्नेतले ९ हजार १६१ मत पाएका छन् । घण्टीले २३०१ मत ल्याएको छ । १५७६ मत बदर भएको छ । उत्तरी क्षेत्रबाट मतपेटिका… Continue reading गोरखा–१ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंको फराकिलो अग्रता
विश्वकप : फ्रान्सको दमदार जित
काडमाडौं । फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दमदार जित निकालेको छ । समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलले हराउँदै सानदार सुरूवात गरेको हो। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए। तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए। ३२ मिनेटमा ओलिभर जिरुडले गोल… Continue reading विश्वकप : फ्रान्सको दमदार जित
राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित
काठमाडौं । रवी लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा सानदार इन्ट्री गरेको छ । पहिलो प्रयासमै यो पार्टीले काठमाडौंका तीन क्षेत्रमा जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भए । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित
बाँकेबाट राप्रपाले खोल्यो जितको खाता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट राप्रपाले जितको खाता खोलेको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भए । उनी २९ हजार ५७७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२०… Continue reading बाँकेबाट राप्रपाले खोल्यो जितको खाता
गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु
काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा कम्तिमा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । दुर्घटननामा सत्यवती गाउँपालिका ३ का जीप धनी ५१ वर्षका झलक… Continue reading गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु
काठमाडौं १० मा राजन केसीको सान
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन)ले विजयको ह्याट्रिक गरेका छन् । उनी लगातार तेस्रो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस… Continue reading काठमाडौं १० मा राजन केसीको सान
एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित बनेका छन् । मंगलबार राति सम्पन्न मत गणनामा पौडेलले काठमाडौं क्षेत्र नं ५ बाट नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाए । पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा… Continue reading एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित
सुर्खेत २ मा कांग्रेसका थानी विजयी
काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी सांसद बनेका छन् । उनले ३४ हजार ६२५ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत पाएका छन् । थानी तीन पटक संसदीय निर्वाचनमा निर्वाचित बनेका छन् । उनी ०७४ भने नेकपा एमालेका नवराज रावतसँग पराजित भएका… Continue reading सुर्खेत २ मा कांग्रेसका थानी विजयी
रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद
काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।… Continue reading रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद
विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित
काठमाडौं । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । अर्जेन्टिनाले कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १–२ को पराजय भोगेको छ । लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा… Continue reading विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित
समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?
काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ३५२ मतसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा… Continue reading समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?
शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच… Continue reading शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा
काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी
काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले… Continue reading काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी
एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि परेका छन्। अहिलेसम्म २८ हजार ७३ मतगणना भएकोमा नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ९६ मत ल्याएका छन्। पोखरेलले भने ६ हजार ३ सय ७० मत मात्रै ल्याएका छन्। २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका पोखरेलले २०६४ र २०७०… Continue reading एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि
गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन्। चितवन छोडेर गोरखा पुगेका दाहालले १२ हजार २१७ भोग गन्दा ७०७५ मत पाएका छन्। उनलाई स्वतन्त्र पार्टीका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। एमाले उम्मेदवार अब्दुस मियाँभन्दा स्वतन्त्र पार्टी अगाडि देखिएको छ। स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले… Continue reading गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि
सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’
काठमाडौं । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका हुन् । उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् । उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद… Continue reading सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’