टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

तुलसीपुर (दाङ), २३ मङ्सिरः नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार… Continue reading टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

A general view shows the burned nightclub following a fire that broke out last midnight in Goa on December 7, 2025. A fire at a nightclub in the west Indian state of Goa has killed at least 23 people, Chief Minister Pramod Sawant and other officials said early December 7. (Photo by AFP)

नयाँदिल्ली, २ ३मङ्सिर (रासस–एएफपी) । भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गरेका छन् ।… Continue reading गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु

जेनेभा, २३ मङ्सिर (रासस–एएफपी) । सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालय (किन्डरगार्टन स्कूल) मा भएको आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जनाएको छ । कलोगी प्रशासनिक एकाइका प्रमुख स्थानीय अधिकारी इसाम अल–दिन अल–सइदले एएफपीलाई बताएअनुसार सेनाको नियन्त्रणमा रहेको शहरमा बिहीबार भएको ड्रोन आक्रमण… Continue reading सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु

जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी

High-rise buildings are seen in the Shinjuku business area of Tokyo on December 8, 2025. (Photo by Kazuhiro NOGI / AFP)

टोकियो, २३ मङ्सिर (रासस–एएफपी) । जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानका केही तटीय क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको र यसका कारण तटीइ क्षेत्रमा सुनामीका छालहरू आउनसक्ने जापानी मौसम विज्ञान निकाय (जेएमए) ले… Continue reading जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी

नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि… Continue reading नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ, २२ मङ्सिरः पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो… Continue reading गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

RSS

काठमाडौँ २२ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने… Continue reading नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छिन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको प्रधानमन्त्रीको… Continue reading प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

काठमाडौँ, २२ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी ‘प्रदर्शन’ का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको सञ्चार तथा… Continue reading सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

प्रधानमन्त्री कार्की-छलफल काठमाडाैँ, २२ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्की साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौँ, २२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएकी छिन् । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिइन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम… Continue reading प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनस्थापित गरिदिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै सर्वोच्च अदालतले उनलाई पदमा पुनर्बहाली गरेको हो । यससँगै कुलमानलाई भने धक्का लागेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई हटाउने सरकारको… Continue reading प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, २२ मङ्सिर । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

राससखलङ्गा (जुम्ला), २२ मङ्सिरः चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो । पसलको सामुन्नेकै चोकमा ‘फायर… Continue reading पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ, २२ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ… Continue reading मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ, २२ मङ्सिर । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।… Continue reading थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

हेमन्त जोशी\राससकाठमाडौँ, २२ मङ्सिर । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो… Continue reading सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त… Continue reading वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ, २२ मङ्सिर । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति… Continue reading नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज, २२ मङ्सिर ः निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको… Continue reading नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ, २२ मङ्सिर स् निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ । १२… Continue reading प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

राससत्रिशूली (नुवाकोट), २१ मङ्सिरः सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शीताको विरुद्धमा जेनेरेसन–जेड (जेनजी) युवाहरूले गत भदौ २३ मा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । उनीहरूको माग थियो ‘युवा पुस्ताको आवाजको सम्मान गरियोस्, देशमा पारदर्शीतासहित नागरिक अधिकार सुनिश्चित होस् ।’ आन्दोलनको पहिलो दिनमै राज्यले बर्बर दमन गर्‍यो । शान्तिपूर्ण विरोध… Continue reading जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

नेपालगन्ज, २१ मङसिर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम गरिरहेको बताउनुभएको छ । आज यहाँ भन्सार कार्यालयको भन्सार मूल्याङ्कन ‘डाटावेस’ प्रणालीको शुभारम्भ गर्दै उहाँले निर्वाचन, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सरकारका कार्यभार रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे । मन्त्री खनालले भन्सार कार्यालयमा सुरु भएको ‘डाटावेस’ प्रणालीले भ्रष्टाचार न्यूनीकरण र सुशासन… Continue reading सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

हेटौँडाको मुख्य सडक विस्तार रोकियो

बागमती, २१ मङ्सिरः सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक… Continue reading हेटौँडाको मुख्य सडक विस्तार रोकियो

पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । संस्कृति,… Continue reading पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित… Continue reading मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

एनपिएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौँ, २१ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर… Continue reading एनपिएल : चार टोली च्याम्पियन बन्ने दौडमा

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

RSS

राससकाठमाडौँ, २१ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गर्नुभएको छ । आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गर्नुभएको हो ।… Continue reading प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौँ, २१ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए… Continue reading एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २१ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विमानस्थल… Continue reading अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक, २१ मङ्सिरः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ… Continue reading साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु