Category: फिचर

  • विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा प्रचण्डको जवाफ-‘संसद् विघटन सही थियो वा थिएन अहिलेको विषय होइन’

    विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा प्रचण्डको जवाफ-‘संसद् विघटन सही थियो वा थिएन अहिलेको विषय होइन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।

    विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा उनले भने, “हिजो संसद् विघटन गर्नु सही थियो/थिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन । हामी सबैलाई थाहा भएकै कुरा हो ।”

    ओलीले संसद् विघटन सही थियो भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटनबारे गठबन्धनको धारण के हो भन्दै सोधेका थिए ।

    उनले संविधान बनाउँदा विगतका विघटनको अनुभव गरिएको बताए । उनले अन्तिम समयसम्म संविधानको रक्षा गर्ने बताए ।

  • संसदीय व्यवस्था प्रतिपक्ष विहीन बनेकोप्रति चित्रबहादुर केसीको आक्रोश,सबै सरकारमा बस्ने यो कुन किसिमको समर्थन हो ?

    संसदीय व्यवस्था प्रतिपक्ष विहीन बनेकोप्रति चित्रबहादुर केसीको आक्रोश,सबै सरकारमा बस्ने यो कुन किसिमको समर्थन हो ?

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थामा प्रतिपक्ष विहीन अवस्था बनेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् ।

    ‘नेपालमा आज विचित्र के भयो भने भएभरको सबै सरकारमा बस्ने । सत्ता पक्षमा बस्ने यो भन्दा के आनन्द होला !,’ उनले भने, ‘यो कुन किसिमको समर्थन हो मैले नै बुझेको छैन ।’

    उनले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेपछि धेरै कुरा आएको बताए । ‘हुँदा हुँदा विगतका भएका संसद् विघटनका कुर आयो । संसद् विघटन गर्न पाउनुपर्छ भनेर कुरा आयो,’ उनले भने ।

    ओलीलाई संकेत गर्दै नेता केसीले भने, ‘संविधानमा व्यवस्था नै नभएको संसद विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक हक अधिकारी हो भन्दा मलाई अप्ठ्यारो पर्‍यो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष हुन्छ । त्यसो नभएर सरकार निरंकुश हुन्छ ।’

    सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको बताए ।

  • तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

    तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

    काठमाडौं । शेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । नयाँ सरकार बनेदेखि उकालो लाग्दै आएको शेयर बजा साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२१.३५ अंकले घटेर २१.९० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको कारोबार भएको थियो ।

  • कांग्रेसको निर्णयप्रति ओलीको व्यंग्य-‘माछा नभएको खोलामा कांग्रेसले जाल फ्याक्यो’

    कांग्रेसको निर्णयप्रति ओलीको व्यंग्य-‘माछा नभएको खोलामा कांग्रेसले जाल फ्याक्यो’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा आशंका गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

    धन्यवाद दिदै उनले भने कांग्रेसले कुनै जालसाक्षी नगरिकनै विश्वासको मत दिएको नै हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याकेको दाबी गरे ।

    ओलीले भने- यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।

    ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताए ।

    कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताए । उनले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

    कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्‍मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने छन् ।

    यस्तै, एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्‍त्री पुष्पकमल दाहालले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छन् ।

  • एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने

    एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने बताएका छन् ।

    प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता र एक वर्षभित्र राष्ट्रिय परियचयपत्र बाँडिने बताएका हुन् ।

    न्यायपालिकाको सुधार र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रणमा आफ्नो प्रतिवद्धता रहेको प्रचण्डले बताए।

    देशको आर्थिक वृद्धिदर २ अंकको बनाउने लक्ष्यका साथ काम गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग चाहिने बताए।

    उनले भने, ‘विश्व आर्थिक मन्दीको चपेडामा छ। हामी पनि यसको मारमा छौँ। स्वदेशकै आर्थिक सूचकांक पनि सकारात्मक छैनन्। राजश्व लक्ष्यको २५ प्रतिशतमात्र, वैदेशकि अनुदान २७ प्रतिशतमात्र प्राप्त भएको छ। वैदेशिक अनुदानको जम्मा लक्ष्यको ६ प्रतिशतमात्र पूरा भएको छ।’

  • विश्वासको मत माग्दै प्रचण्डले भने-‘सबै मिल्नुको विकल्प छैन’

    विश्वासको मत माग्दै प्रचण्डले भने-‘सबै मिल्नुको विकल्प छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

    प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए। यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए।

    प्रचण्डले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

    उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् ।

    प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।

    देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए। प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ।’

  • प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसद् बन्यो प्रतिपक्षीविहीन

    प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसद् बन्यो प्रतिपक्षीविहीन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय गरेको छ ।

    मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    उक्त निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

    प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।

    सोही अनुसार कार्यसूची तय भएको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सदनलाई जानकारी गराएका थिए।

  • अमेरिकी र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु

    अमेरिकी र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबार दुई मुलुकका सेनाबीच ‘एक्स–टेक नेल’ को आरम्भ गरिएको हो । नेपाली सेनाका अनुसार विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ सैनिक सहभागी छन् । माघ २० सम्म चल्ने उक्त संयुक्त अभ्यासमा उच्च क्षेत्रमा गरिने उद्धार, कम्ब्याट खोज र उद्धार, हवाई उद्धार, हाई अल्टिच्युट उद्धारलगायत विषयहरु समावेश गरिएको सेनाले जनाएको छ ।

    ‘यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुनुका साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए।

    इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ। भुकम्प लगत्तै सुनामीको चेतावनी दिए पनि हटाइएको छ । भूकम्पको केन्द्रबिन्दु वरिपरि चारवटा टाइड गेजको अवलोकनपछि त्यहाँ कुनै विपत्ती नभएको र समुद्रको सतहमा कुनै उल्लेखनीय परिवर्तन नभएकाले सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जानकारी दिएका छन्। भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

  • मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरेको थियो ।
    नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले भारतीय अधिकारीका तर्फबाट विमानमा बम रहेको सूचना दिएका थिए । अधिकारीहरू अनुसार बम रहेको धम्कीपछि विमानलाई सोमबार राति ९ः४९ बजे जामनगरको सेनाको ब्यारेकमा अवतरण गराइएको थियो। अहिले सबै यात्रु सुरक्षित छन्।

  • प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै

    प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय लिने छ । संसदीय दलका नेता सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।

    प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । यसका लागि उनले पार्टीबाट निर्णय गराउनु पर्नेछ । विश्वासको मत आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट लिने कार्यक्रम छ ।

  • वेल्सका कप्तान बेलले लिए सन्यास

    वेल्सका कप्तान बेलले लिए सन्यास

    काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’ उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’

    बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् । दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याए । १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्याए । लस एन्जलसका फरवार्ड रहेका उनी त्यसअघि साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडका लागि खेलिसकेका छन् । उनले अन्तिम खेल विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । यो बेलको १११ औं अन्तर्राष्ट्रिय खेल थियो ।

  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले एक महिना अगाडी नै विश्वासको मत लिन लागेका छन् । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिन आश्वासन दिएका कारण उनले समर्थन पाउने देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन ।

  • के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

    के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

    काठमाडौं । दुई ध्रुवमा बाँडिएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सभापति देउवाको निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेससँग समेत विश्वासको मत मागेको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् ।

    देउवा प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक देखिएको समेत बताइएको छ । यसअघि देउवा र प्रचण्डबीच गठबन्धन थियो । तर, देउवाले शुरुमा प्रधानमन्त्रीको दावि नछाडेपछि प्रचण्डले कम्युनिष्ट पार्टी र नयाँ पार्टीहरुसँगको गठबन्धनबाट सरकार बनाएका छन् । सरकारले मंगलबार संसदमा विश्वासको मत लिँदैछ । त्यसको पूर्वसन्ध्यामा भएको देउवा र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

    गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२–०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । यसवर्ष सरकार निर्माणका लागि महत्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । जसलाई सरकारले स्वीकार गरेको हो ।

  • कालापानी,लिम्पियाधुरासहितको क्षेत्र फिर्ता ल्याउन सरकारले प्रभावकारी भूमिका खेल्ने

    कालापानी,लिम्पियाधुरासहितको क्षेत्र फिर्ता ल्याउन सरकारले प्रभावकारी भूमिका खेल्ने


    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

    ‘नेपालको सार्वभौमसत्ता खण्डता र सार्वभौमिकता, स्वाधिनतालाई थप सुदृढ बनाउने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तासहितको सम्पूर्ण भूभाग फिर्ता ल्याउन प्रभावकारी कुटनीतिक भूमिका खेल्ने ।’

    २०७७ जेठमा संविधान संशोधन गरेर लिम्पियाधुरा भूभागमा समेटिएको नक्सा संविधानको अनुसूचीमा राखिएको थियो ।

  • गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

    गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भएका छन् । । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् ।

    यसअघि अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए। अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् ।

    अधिकारीलाई स्वतन्त्र सांसद हैसियतले राजीव गुरुङले समेत समर्थन जनाएका छन्। आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो।

  • हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज एक दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, युनियन, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, राधी विद्युत्, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर र पञ्चकन्यामाइ हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • हामीले पाएको मत निराशाको होइन, यो मतलाई न्याय गर्नेछौँ

    हामीले पाएको मत निराशाको होइन, यो मतलाई न्याय गर्नेछौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् ।

    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए ।

    ‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ।

    कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।’

    ‘छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु,’ उनले भने।

  • बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

    बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

    हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् ।

    ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।

  • अमेरिकामा एक नेपालीको हत्या

    अमेरिकामा एक नेपालीको हत्या

    काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको हत्या भएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखे अनुसार कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समातेको छ ।

    सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।

  • पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड

    पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड

    काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ । इन्डोनेसियाको जकार्तामा सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्यो । उसले १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पुरस्कार भित्राएको छ । विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्यो ।

    यो टोलीले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । । त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।

  • नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

    नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । नयाँ संसदको पहिलो बैठक आज आह्वान गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नेछन्।

    सभामुख चयन नहुँदासम्म जबराले नै संसद बैठक चयन गर्नेछन्। मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन्। संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ। संसदमा १२ दलले प्रतिनिधित्व गर्दैछन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

    पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ। त्यसबारे आजै संसदलाई ज्येष्ठ सदस्य जबराले जानकारी गराउनेछन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।

  • नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

    नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

    काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

    नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले उल्लेख गरेको छ ।

    ‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाईन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्वन्धित वेभसाइट, एप, अनलाईन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेवसाइट, एप वा अनलाईन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ। प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने भएको छ ।

  • सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

    सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

    काठमाडौं । साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।

    बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो हुनेछ । यो सहमतिअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ भने सभामुख राप्रपाले पाउनेछ । एमालेले उपसभामुख लिने सहमति शीर्ष तहमा जुटेको छ । सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

  • ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

    ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

    काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै जनाएको छ ।

    ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् ।

    अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् । उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उता, अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।

  • राहदानी वितरण सहज भएको विभागको दावि

    राहदानी वितरण सहज भएको विभागको दावि

    काठमाडौं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएको जनाएको छ । अब पासपोर्ट वितरणको सेवा सुचारू भएको समेत विभागको भनाई छ । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने उल्लेख गरेकी छिन् ।

    पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो। यसको तीव्र आलोचना भएको थियो । सरकारले राहदानीमा हुने ढिलासुस्ती र सास्ती हटाउन निर्देशन दिएकै समयमा समस्या आएको हो ।

  • फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ)घटेको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन । यसअघि इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले आयल निगमलाई निर्देशन दिएका थिए ।

  • प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

    प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

    काठमाडौं । प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।

    सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आगामी मुख्यमन्त्रीका लागि ६० सांसदको समर्थनसहित दाबी पेश गरका हुन् ।

    कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्।

    पहिलो कार्यकाल अर्थात साढे २ वर्ष नेकपा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै बाँकी अर्को कार्यकाल अर्थात साढे २ वर्ष नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।

    कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।

    ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।