काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र… Continue reading हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान
Category: फिचर
नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु
काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ । बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए… Continue reading नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु
बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
काठमाडौं । नेपाल विद्यूत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका छन् । उनलाई प्राधिकरणले मंगलबार औपचारिक बिदाई गरेको छ । उनले आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पार गरी बिदा भएका हुन् । नेपालमा १८ घण्टासम्म लोडसेडिंग भइरहेको समयमा नेतृत्व सम्हालेका उनले अन्धकारबाट नेपाललाई पार मात्र लगाएनन्, प्राधिकरणलाई वार्षिक ५ अर्ब मुनाफा कमाउने संस्थामा परिणत समेत गर्न… Continue reading बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने
काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए । तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको… Continue reading लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने
नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन्… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो
कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी
काठमाडौं । सरकारले कोरोना बीमाका नाममा फेरी झेल शुरु गरेको छ । यसअघि निजी ल्यावबाट भएको परीक्षण अमान्य हुने निर्णय गरेको बीमा समितिले त्यो निर्णय सच्याउँदै भुक्तानी हुने रकममा ७५ प्रतिशत कटौती गरेको छ । यसअघि कोरोना बीमा १ लाख रुपैयाँको थियो । अब २८ भदौयता हुने कोरोना बीमा एक लाख रुपैयाँकै भएपनि भुक्तानी भने… Continue reading कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी
कसले रोक्यो कुलमानको नियुक्ति ?
काठमाडौं । तीब्र जन दवावका बीच सोमबार मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुननियुक्ति दिने अपेक्षा धेरैको थियो । किनकी सरकारले जनप्रिय नियुक्ति दिएर पुनः एक पटक स्यावासी पाउने सम्भावना छ । तर, त्यस विपरित जनताले प्रत्यक्ष निर्वाचनमा हराएका बामदेव गौतमलाई सांसद बनाएर जनमतकै उपहास हुने निर्णय गर्यो, तर कुलमानको पक्षमा निर्णय… Continue reading कसले रोक्यो कुलमानको नियुक्ति ?
अन्ततः बामदेव गौतम बन्ने भए सांसद
काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो । उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।
५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने
काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका… Continue reading ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने
जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने सरकारी निर्णयमा रोक लगाएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासबाट जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी रीट दायर गरेका थिए । यो रीटमा… Continue reading जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक
मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश
काठमाडौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उता, उच्च अदालत पाटनले भने कारवाही तत्कालका लागि अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सम्झौता बमोजिम युरिया मल ल्याउन असफल भएका दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको थियो । शारदाप्रसाद… Continue reading मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश
एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको… Continue reading एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो
नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९… Continue reading नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो
नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण
काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ। कोरोना देखिएसँगै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।
निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने
काठमाडौं । निजी ल्यावमा गरिएको परीक्षणमा कोरोना पुष्टी भएमा समेत अब कोरोना बीमा दावि गर्न सकिने भएको छ । यसअघि बीमा कम्पनीहरुले सरकारी ल्यावको रिर्पोटलाई मात्र मान्य हुने बताएका थिए । बीमा समिति कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधन गर्दै यस्तो प्रावधान सुनिश्चित गरेको हो । कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि अब भने… Continue reading निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने
चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे
भरतपुर । आज चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । यससँगै चितवन जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । यसमध्ये १७ जना चितवनकै हुन भने १० जना भन्ने अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी हुन् । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको… Continue reading चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे
बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु
बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारार्थ एक महिलाको आज निधन भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालले पुष्टी गरेको हो । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आईसीयूमा… Continue reading बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु
विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक… Continue reading विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन
सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता
बाह्रबिसे । सिन्धुपाल्चोकमा शनिबार दोहोरिएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । रातमा गएको पहिरोमा परेर हराइरहेकाको खोजी शनिबार दिउँसो जारी रह्यो । यस क्रममा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेको पाइएको छ । गत राती आएको पहिरोले बाह्रबीसे नगरपालिका ७… Continue reading सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता
सकियो कुलमानको कार्यकाल, थप हुने-नहुने अन्यौल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका छन् । उनलाई तत्कालिन प्रधानमन्त्री प्रचण्डको सरकारले २०७३ भदौ २९ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सम्भवतः सार्वजनिक संस्थानमा नियुक्त भएपछि सबैभन्दा बढी वाहवाही पाएका कुलमानको पक्षमा ठूलो जनमत पुनः नियुक्ति गर्नुपर्ने रहेको छ । किनकी कुलमानले आफ्नो कार्यकालमा… Continue reading सकियो कुलमानको कार्यकाल, थप हुने-नहुने अन्यौल
सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै
काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने… Continue reading सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै
नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो
काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १सय १६५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना… Continue reading नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो
यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं… Continue reading यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता
जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..
काठमाडौं । त्रिभुवन विमानस्थलबाट ओर्लिएको जहाज तिनकुने, नयाँ बानेश्वरहुँदै बबरमहलतिर लाग्ने लागेपछि शनिबार बेलुका काठमाडौंको सडकमा यात्रा गरिरहेका धेरैलाई यो दृष्यले एकाएक अचम्मित बनायो । आकाशमा उड्ने र विमानस्थलभन्दा बाहिर नबस्ने ठूलो जहाज सडकमा गुडिरहेको थियो । त्यो पनि आर्मिको । ककपिटमा पाइलट पनि बसिरहेका थिए । धेरैले यो दृष्यलाई आफ्नो मोवाइलमा कैद गर्न समेत… Continue reading जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..
विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या कुनै समय शुन्यमा पुगेको थियो । तर, पछिल्ला दिनमा पुनः वृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जनाको मृत्यु भएको यो साता मात्र पुष्टी भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु… Continue reading विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर
सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता
बाह्रबिसे । सिन्धुपाल्चोकमा पुनः विनासकारी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्क भन्ने स्थानमा गएराति गएको पहिरोमा परी कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । अन्य २२ जना मानिस बेपत्ता रहेको प्रहरीको अनुमान छ । यद्दपी यकिन विवरण आउन बाँकि रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा कम्तिमा ७… Continue reading सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता
नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?
काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ । तर ठूला शहर… Continue reading नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?
कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यससँगै अब देशभर ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । सुनसरीका ४३ वर्षिय पुरुषको ज्यान गएको छ । यसअवधिमा पर्साकी… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो
नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना
काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो ।… Continue reading नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना