नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

File

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३२ जना संक्रमितको निधन भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

काठमाडौं । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । चुनाव… Continue reading नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

काठमाडौं । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ? अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो… Continue reading वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो । यसअघि पनि… Continue reading वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

काठमाडौं । आइतबार बस्ने गरि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्म स्थगित गरेको हो । त्यसो त दलहरबीच सहमति नबन्दा एमालेले संसदमा लगातार अवरोध गरिरहेको छ । सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक अब माघ… Continue reading आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

CNN

न्यूयोर्क । अमेरिकामा भारी हिमपातपछि ५ राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएको हो । अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका छन् । हिमपातले सडक, विद्युत र हवाई उडान अवरुद्ध भएको अन्तरर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । शुक्रबारदेखि आइतबारसम्म करिब ६ हजार उडानहरु… Continue reading भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

काठमाडौं । नेपालमा आज शहीद दिवस मनाइंदैं छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेको सम्झनामा हरेक वर्ष १६ माघमा शहीद दिवस मनाइन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६… Continue reading आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन्… Continue reading मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो… Continue reading नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सत्तारुढ गठबन्धनमा रहेका दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।… Continue reading स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमा भएपनि पार्टी त्यसको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराउने बताए । चुनावसँग समाजवादी पार्टी नआत्तिएको भन्दै उनले भने, ‘चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना… Continue reading माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

REUTERS\BBC

काठमाडौं । पछिल्लो समय पश्चिमा मुलुकले युक्रेनमा रुसले आक्रमण गर्न थालेको भन्दै हरेक दिन बताइरहँदा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्। निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको भन्दै उनले आतंक सिर्जना नगर्न भनेका छन् । बीबीसीका अनुसार उनको भनाई… Continue reading पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा… Continue reading नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल… Continue reading नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

काठमाडौं । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने अनुमान गरिएको छ । फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहेको थियो । खगोलास्त्री जोनाथन म्याकडोवेललाई उदृत गर्दै… Continue reading इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

File RSS

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही… Continue reading स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

काठमाडौं । नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न सरकारले सचेत गराएको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना निकालेर यस्तो आह्वान गरेको हो । एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने भन्दै एक भन्दा बढी राहदानी हुनु गैरकानूनी… Continue reading हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न… Continue reading त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच… Continue reading माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको… Continue reading काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६०७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै… Continue reading नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

देउवाका पूर्व आर्थिक सल्लाहकार आचार्य बेलायतको राजदूतमा नियुक्त

काठमाडौं । नेपाल सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए । आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव… Continue reading देउवाका पूर्व आर्थिक सल्लाहकार आचार्य बेलायतको राजदूतमा नियुक्त

भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत

काठमाडौं । करिब ७ दशकपछि भारतीय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपको हातमा आएको छ । बिहीबार भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले स्वामित्व टाटा ग्रुपलाई हस्तान्तरण गरेको हो । सन् १९३२ मा एयर इन्डिया तत्कालीन टाटा ग्रुपका अध्यक्ष जेआरडी टाटाले स्थापना गरेका थिए । उक्त समयमा यो एयरलाइन्सको नाम टाटा एयरलायन्स रहेको… Continue reading भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत

तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ । बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो… Continue reading तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो । अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको  आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको… Continue reading अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

Photo source : AP News

लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि… Continue reading बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

Photo : ABC NEWS

काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना… Continue reading युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा  सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको… Continue reading प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

तेहरान । आगामी नोभेम्बरमा  कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ । तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।… Continue reading एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला

File Photo

काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप गर्न बाटो खुलेको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या… Continue reading नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला