काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो । युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य… Continue reading सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान
Category: फिचर
प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगी व्यवसायीले सरकारबाट कर असुलीमा मात्र ध्यान दिइएको गुनासो गरेका छन् । अर्थ मन्त्रालय समेतको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीले आइतबार उद्योगी व्यवसायीलाई वालुवाटार बोलाएका थिए । उक्त छलफलमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी थिए । यसको मतलव अर्थ मन्त्रालय अप्रत्यक्ष रुपमा खतिवडाबाटै संचालन हुने संकेत देखिएको छ । अर्थ… Continue reading प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो
अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा
ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा… Continue reading अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा
कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द
काठमाडौं । वर्तमान मन्त्रिपरिषद्मा जनताले अलिबढी आशालाग्दो नेताका रुपमा हेरेका मन्त्री हुन कृषिमन्त्री घनश्याम भुसाल । तर, कार्यभार सम्हालेको पहिलो सिजनकै कृषि उपजका लागि बेलैमा मल उपलब्ध गराउन नसकेपछि नेतृत्वका रुपमा उनी असफल भएका छन् । अर्थातः कृषि मलको परीक्षणमा उनी फेल हुन पुगे । किनकी नेपालमा हरेक सिजन कृषि मलको यस्तै हाहाकार हुने गर्छ… Continue reading कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द
वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड… Continue reading वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट
काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्। मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ। काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको… Continue reading काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ४२ जनाको पीसीआर परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७
भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण
काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। भारत अहिले… Continue reading भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण
रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् । तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा… Continue reading रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति
काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् । ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा… Continue reading युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति
बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना
बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ । यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा… Continue reading बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना
नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि
काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिए । तर, यस अवधिमा भने १५ सय ६६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यसले कोरोना जित्ने मानिसको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता… Continue reading नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो । उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार… Continue reading नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज
अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव
ललितपुर । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या भएको छ । अस्पतालमा कार्यरत ३९ वर्षीय गीता केसीको हत्या भएको हो । प्रहरीका अनुसार उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलमा पर्ने लेलेको जंगलमा फेला परेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा केसीका भतिजा निर्मल केसी… Continue reading अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव
बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बुटवल । रूपन्देहीको बुटवलमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । बुटलवको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको हो । नवलपरासी घर भएकी एक महिला र रुपन्देही घर भएका पुरुषको ज्यान गएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का… Continue reading बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी
काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक हिमाल आरोहण अनुमति जारी भएको छ । यसलाई पर्यटनसँग सम्बन्धित सरोकारवालाले सुखद शुरुवातका रुपमा समेत लिएका छन् । गत चैतयता पर्यटनका सबै अवयवहरु शुन्य व्यापारमा छन् । सोहीकारण नेपालको यूनिक प्रडक्ट पर्वतारोहण र पदयात्राले छिटो पर्यटनलाई रिभाइभ गर्न सक्ने विश्वास लिइएको छ । सरकारले शरद ऋतुका लागि पर्यटकीय… Continue reading महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी
विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान
काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान रकम प्राप्ति सम्बन्धमा सम्झौता भएको छ । विश्व बैंकका अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) अनुदान सहायता सम्बन्धी सम्झौता सम्पन्न भएको… Continue reading विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान
अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण
न्यूयोर्क विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ । विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २०… Continue reading अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण
नेपालमा आज रेकर्ड ब्रेक संक्रमण
काठमाडौं । एकै दिन हुने कोरोना भाइरसको संक्रमणमा आज रेकर्ड ब्रेक भएको छ । अर्कोतर्फ मृत्यु संख्यामा समेत आज सबैभन्दा धेरै मानवीय क्षति भएको दिन बनेको छ । कोराना भाइरसको संक्रमण निको भएर घर फर्कनेमा समेत आज सबैभन्दा बढी संख्या बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाका धेरैजसो सूचकमा रेकर्ड… Continue reading नेपालमा आज रेकर्ड ब्रेक संक्रमण
अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासागै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले सम्हाल्ने गरी यी दुई मन्त्रालयको कार्यभार तोकिएको हो । शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले… Continue reading अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई
अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा
काठमाडौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ । उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणा गरेका थिए ।… Continue reading अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा
कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८,… Continue reading कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु
नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४… Continue reading नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज
अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने
वासिङ्टन । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कुल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको… Continue reading अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने
अब निजी प्रयोगशालामा पीसीआर जाँच गर्नेले कोरोना बीमा दाबी भुक्तानी नपाउने
काठमाडौं । अब निजी प्रयोगशालामा कोरोना पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् । बीमा समितिले कारोना बीमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिनबीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । पछिल्लो समय निजी प्रयोगशालाबाट नक्कली रिपोर्ट ल्याएर दाबी भुक्तानी गर्ने क्रम बढेको आशंका गर्दै समितिले यस्तो… Continue reading अब निजी प्रयोगशालामा पीसीआर जाँच गर्नेले कोरोना बीमा दाबी भुक्तानी नपाउने
बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी
बागलुङ । बुधबार राति आएको बाढी र पहिरोमा परी हराइरहेका बागलुङ, ढोरपाटन नगरपालिका–९ बोबाङका स्थानीयको खोजी आज पनि शुरु भएको छ । यस घटनामा १४ जनाको शव फेला परिसकेको छ । अझै २४ जना वेपत्ता छन् । त्यसमध्ये चार जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक,… Continue reading बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी
रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार दिनभर ललितपुर तनावग्रस्त रह्यो । मौलिक संस्कृति मनाउने सन्दर्भमा लामो समयदेखि रोक लागेपछि स्थानीय युवा आक्रोसित बनेका थिए । अब भने जात्रा छोटो विधिबाट सम्पन्न गर्ने विषयमा सहमति जुटेको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार साँझ बसेको बैठकमा सहमति जुटेको हो… Continue reading रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने
आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने
ललितपुर । बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने विषलाई लिएर भएको विवादले उग्र रुप लिँदा पुल्चोक र पाटन क्षेत्र तनावग्रस्त रह्यो । एक प्रहरीमाथि निर्घात कुटपिट भयो । अन्य स्थानीय र प्रहरीसमेत घाइते भए । यसै सन्दर्भलाई लिएर थप क्षति नहोस भनी आज भने ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र… Continue reading आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने
अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च
प्रभात भट्टराई/न्यूयोर्क अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् । दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका… Continue reading अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च