काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक सूचक (नेप्से) २० अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेकको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि
Category: फिचर
धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौं । भरतपुरमा क्रिकेट रंगशाला बनाउन अभियान प्रारम्भ गरेपनि असफल भएका सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोप लगाउँदै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा… Continue reading धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी
संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी
काठमाडौं । संघीय संसदका २५ जना बढी सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका छन् । संसद सचिवालयकै ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै… Continue reading संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी
आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल
काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको… Continue reading आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल
सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो
काठमाडौं । नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेको समयमा सरकारले यी भूभाग नेपालको अभिन्न अंग रहेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । उनले महाकाली नदीको… Continue reading सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो
अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने… Continue reading अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो
काठमाडौं । नेपालमा हवाई यात्रुलाई पुनः फेससिल्ड अनिवार्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउने सन्दर्भमा सो निर्णय गरेको हो । हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ । वायुसेवा कम्पनीले हरेक उडानपछि… Continue reading हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो
नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान… Continue reading नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन
प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ । विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६… Continue reading प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित
रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै उक्त निर्णय गरेको बताएका हुन् । जसमा डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान… Continue reading रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । केहीदिन देखि लगातार उकालो लागेको शेयर बजार ६९ अंकले बढेको हो । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको ९ अर्ब ६७ करोड… Continue reading उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार
सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी… Continue reading सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
आजबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गर्दैछ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले… Continue reading आजबाट नेपालमा बुस्टर डोज दिइने
सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर… Continue reading सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
काठमाडौं । मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट… Continue reading अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट यसअवधिमा ४ जनाको मृत्यु भएको… Continue reading नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
आइएमएफद्धारा नेपालले पाउने ऋण स्वीकृत
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा नेपालले लिने २८२.४२ मिलियन एसडीआर (करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ । उक्त सहायताले कोभिड… Continue reading आइएमएफद्धारा नेपालले पाउने ऋण स्वीकृत
नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?
काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि… Continue reading नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?
आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने राससले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम… Continue reading आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने
आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो… Continue reading आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको… Continue reading तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका… Continue reading उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
काठमाडौं । नेपालमा २ माघबाट बुस्टर डोज दिइने भएको छ । अग्रपंक्तिमा खटिनेका लागि बुस्टर डोज खोप दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज… Continue reading नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा… Continue reading लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस
नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३… Continue reading नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?
काठमाडौं । नेपालमा सरकारले विद्यार्थीहरुलाई लक्षित गरि ‘पढ्दै कमाउँदै कार्यक्रम’को अवधारणा ल्याएको छ । यो कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा चालु आवको बजेटमै गरिएको थियो । सोही अनुसार कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको हो । पुस २७… Continue reading नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?
दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का शुक्रवारदेखि बजारमा चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याइएको हो । राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहिनले समेत सजिलै चिन्न सक्छन् । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो… Continue reading दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा
अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ ।… Continue reading अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको… Continue reading सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक
वासिंटन डिसी । अमेरिकामा बोइडेन सरकारले ल्याएको कोरोना खोप सम्बन्धी नीतिमा सर्वोच्च अदालतले रोक लगाएको छ । खासगरि ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको हो । बीबीसीका अनुसार देशकै माथिल्लो तहको अदालतका न्यायाधीशले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा… Continue reading बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक