कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । ३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट… Continue reading कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा कामको सिलसिलामा पुगेका नेपालीमार्फत नेपालमा एक वर्ष (आव २०७६\७७) मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्दपी यो रकम अघिल्लो आव २०७५\७६ को तुलनामा भने सामान्य कम हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६ \७७ मा विप्रेषण… Continue reading विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स

मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने

काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ । बुधबार इत्तिहाद एयर आवुधाबी… Continue reading मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।… Continue reading नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८

उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला प्रशासन कार्यालयहरुले तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको किनमेलमा यसअघि निर्धारण गरेको समयमा बढी भिडभाड भएको भन्दै समय थप गर्ने निर्णय गरेका छन् । अब काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न… Continue reading उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने

सोमबार चितवनमा थपिए २० संक्रमित

भरतपुर । चितवनमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमित भेटिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । चितवनका १४ सहित २० जनामा कोरोना पुष्टी भएको हो । त्यसबाहेक नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक, एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु २०… Continue reading सोमबार चितवनमा थपिए २० संक्रमित

देशभर ३५ जिल्लामा निषेधाज्ञा

File photo

काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह मन्त्रालयका अनुसार देशव्यापी लकडाउन खुलेपछि विभिन्न स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । त्यसक्रममा अहिलेसम्म ३५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको मन्त्रालयले जनाएको छ । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा जारी गरिन्छ । आंशिक निषेधाज्ञा १२ जिल्लामा… Continue reading देशभर ३५ जिल्लामा निषेधाज्ञा

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए । मन्त्रालयले भने यस्तो काममा संलग्‍नमाथि कडा कारवाही चलाउन… Continue reading स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा… Continue reading बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ… Continue reading नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले ५ वर्षभन्दा माथिका सबै मानिसले मास्क लगाउनु पर्ने नियम ल्याएको छ । किशोरावस्थाका बालबालिका बाट वयश्क सरह कोरोना भाइरसको संक्रमण सर्ने भन्दै संगठनले ५ वर्षभन्दा माथिका बालबालिकाले मास्क लगाउनु पर्ने नियम ल्याएको हो । त्यो भन्दा साना बालबालिकालाई भने लगाउन अनिवार्य गरिएको छैन । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति… Continue reading ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

File

काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ । निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका… Continue reading मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने

काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङस्थित बाँसखर्क भन्ने स्थानमा सारिने भएको छ । सो स्थानमा अस्थायी वस्ती निर्माणको काम शुरु भइसकेको छ । टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम प्रारम्भ भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । चरणमा १ सय २१ परिवारलाई… Continue reading लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने

कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न… Continue reading कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या उकालो लागेको छ । सोहीक्रममा शुक्रबार र शनिबार गरी कुल २० जनाको निधन भएको छ । शुक्रबार ११ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा भने ९ जनाको मृत्यु भएको छ । आज सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी… Continue reading प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले… Continue reading के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ६३४ जनामा कोरोना भाइरस देखियो । उपत्यकामा देखिएको कुल संख्या देशभर देखिएको संख्याको तुलनामा एक चौथाई भन्दा बढी हो । यसले काठमाडौं उपत्यका भित्रको कोरोना भाइरसको जोखिमलाई स्पष्ट पारेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण… Continue reading उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७… Continue reading नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् । सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा… Continue reading कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ… Continue reading लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण… Continue reading शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपाल स्रोतले जानकारी दिएको छ । नेता नेपाल र उनको परिवारका सदस्यको… Continue reading पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार नाघेको छ । शुक्रबार एकै दिन ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३० हजारको आंकडा पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अब कुल ३० हजार ४ सय ८३ जनामा कोरोना पुष्टी भइसकेको छ । यसमध्ये सर्वाधिक संक्रमित… Continue reading नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

File Photo

काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ । पहिलो चरणमा अमेरिका,… Continue reading भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

काठमाडौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो । जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ ।… Continue reading पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा… Continue reading नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा… Continue reading विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने