Category: फिचर

  • नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

  • आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

    आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परे आफ्नो पार्टी तालमेल वा गठबन्धनमा जोडिन सक्ने संकेत गरेका छन् शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताए ।

    ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौं,’ उनले भने। लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने बताए ।

  • वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड

    वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड

    काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २(० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

    गोलकिपर हेनेसेले रातो कार्ड पाएपछि वेल्स दश खेलाडीमा समेटियो भने इरानले त्यसैको फाइदा उठायो । ८७ मिनेटसम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यसमा खेलमा नयाँ ट्वीस्ट आयो । हेनेसेले ८७ औं मिनेटमा इरानका मेहदी तारेमीलाई पेनाल्टी बक्स बाहिर आएर फाउल गरेपछि रातो कार्ड पाए । पहिला पहेँलो कार्ड देखाएका रेफ्रीले पछि भीएआरको सहयोगमा रातो कार्ड देखाए । त्यसपछि वेल्सले आरोन राम्सेको स्थानमा दोस्रो रोजाईँका गोलकिपर ड्यानी वाडलाई मैदान पठाएको थियो ।

    रातो कार्ड पाउनुअघि वेल्सका हेनेसेले केही राम्रा बचाउ पनि गरेका थिए । तर रातो कार्ड पाउँदै हेनेसेले भिलेन बन्दा वेल्सलाई घाटा लाग्यो । त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

    उनी ७८औं मिनेटमा अहमद नोयरोलाहीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै त्यसको दुई मिनेटपछि रेजाइएनले गोल गर्दै इरानलाई २–० को जित दिलाए । पहिलो खेलमा अमेरिकासँग पराजित भएको वेल्सको यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको वेल्सको नकआउट चरण पुग्ने सम्भावना यो हारले कमजोर बनेको छ । वेल्सले अब अन्तिम खेल इंग्ल्याण्डसँग खेल्नेछ भने इरानले अमेरिकासँग खेल्नेछ ।

  • प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

    प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

    भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।

    भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडि पार्दै विजयी भएका हुन् । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो ।

    त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

  • संसदमा नदेखिने भए ओलीका अर्का विश्वास पात्र शेरबहादुर तामाङ र शेरधन राई

    संसदमा नदेखिने भए ओलीका अर्का विश्वास पात्र शेरबहादुर तामाङ र शेरधन राई

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

    उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतसँग ११ हजार ८७४ मतान्तरले पराजित भएका हुन् ।

    तामाङले २७ हजार ४९३ मत ल्याए । यो क्षेत्रबाट विजयी भएका बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरे ।

    त्यस्तै पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरमा प्रदेश नं १ मा हारेका छन् । राईलाई सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीले हराएका हुन् ।

    किराँतीले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् । किराँती तेस्रो पटक सांसदमा विजयी भएका हु्न् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरे ।

    यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो ।

    यसअघि ओलीका विश्वास पात्र मानिले ईश्वर पोखरेल, शंकर पोखरेल, महेश बस्नेतहरु पराजित भैसकेका छन् ।

  • ११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)

    ११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)

    काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने १६५ जना सांसद मध्ये ११६ निर्वाेचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । सो पार्टीले ४० स्थानमा जित निकालेको छ । नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा जित निकालेका छन्। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

    कसले कहाँ जिते ?

    नेपाली कांग्रेस

    मुस्ताङ – योगेश शेरचन

    मनाङ – टेकबहादुर गुरुङ

    काठमाडौं १ – प्रकाशमान सिंह

    काठमाडौं ३ – सन्तोष चालिसे

    काठमाडौं ४ – गगनकुमार थापा

    काठमाडौं ५ – प्रदीप पौडेल

    रसुवा – मोहन आचार्य

    ललितपुर १ – उदय शमशेर जबरा

    तनहुँ २ – शंकर भण्डारी

    डडेल्धुरा – शेरबहादुर देउवा

    काठमाडौं १० – राजेन्द्रकुमार केसी

    पर्सा ४ – रमेशकुमार रिजाल

    सुर्खेत २ – हृदयराम थानी

    ओखलढुंगा – रामहरि खतिवडा

    झापा १ – विश्वप्रकाश शर्मा

    पर्सा १ – अजयकुमार चौरसिया

    गोरखा १ – राजेन्द्र बजगाँई

    म्याग्दी – खमबहादुर गर्बुजा

    अछाम २ – पुष्पबहादुर शाह

    कैलाली ४ – वीरबहादुर बलायर

    दार्चुला – दिलेन्द्र प्रसाद बडू

    कञ्चनपुर ३ – रमेश लेखक

    कञ्चनपुर २ – एनपी साउद

    दैलेख २ – दिक्पालकुमार शाही

    भक्तपुर २ – दुर्लभ थापा

    नवलपरासी पूर्व १ शशांक कोइराला

    तनहुँ १ रामचन्द्र पौडेल

    बाँके ३ किशोरसिंह राठोर

    रौतहट ४ देवप्रकाश तिमल्सिना

    सप्तरी ३ दिनेश कुमार यादव

    धादिङ २ राम नाथ अधिकारी

    सुर्खेत १ पूर्णबहादुर खड्का

    नवलपुर २ विष्णु कुमार कार्की

    सिन्धुली १ श्‍यामकुमार घिमिरे

    दाङ ३ दीपक गिरी

    बर्दिया १ सञ्जय गौतम

    नवलपरासी पश्चिम १ विनोद चौधरी

    धनुषा २ रामकृष्ण यादव

    सिन्धुपाल्चोक २ मोहनबहादुर बस्नेत

    मोरङ६ शेखर कोइराला

    नेकपा एमाले

    उदयपुर २ – अम्बरबहादुर रायमाझी

    काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

    ललितपुर २ – प्रेमबहादुर महर्जन

    गुल्मी २ – गोकर्ण विष्ट

    झापा २ – देवराज घिमिरे

    झापा ५ – केपी शर्मा ओली

    ताप्लेजुङ – योगेश भट्टराई

    पर्सा ३ – राजकुमार गुप्ता

    अर्घाखाँची – टोपबहादुर रायमाझी

    प्युठान – सूर्य थापा

    लमजुङ – पृथ्वीसुब्बा गुरुङ

    मकवानपुर २ – महेश बर्तौला

    सोलुखुम्बु ( मानवीर राई

    पर्वत पदम गिरी

    झापा ४ (लालप्रसाद साँवा लिम्बु

    रुपन्देही ५ बासुदेव घिमिरे

    धनकुटा (राजेन्द्रकुमार राई

    कास्की २ विद्या भट्टराई

    बाँके १ सूर्य प्रसाद ढकाल

    सिराहा १ राम शंकर यादव

    बैतडी दामोदर भण्डारी

    कञ्चनपुर १ तारा लामा तामाङ

    कपिलवस्तु १ बलराम अधिकारी

    पाँचथर वसन्तकुमार नेम्वाङ

    कास्की ३ दामोदर पौडेल ुवैरागीु

    सर्लाही ३ हरिप्रसाद उप्रेती

    बारा ३ ज्वालाकुमारी साह

    बारा १ अच्युतप्रसाद मैनाल

    धनुषा ३ ( जुली महतो

    नेकपा माओवादी केन्द्र

    सिन्धुली २ – लेखनाथ दाहाल

    सिन्धुपाल्चोक १ – माधव सापकोटा

    बाग्लुङ २ – देवेन्द्र पौडेल

    रोल्पा – वर्षमान पुन

    रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

    जाजरकोट – शक्तिबहादुर बस्नेत

    गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

    दाङ २ रेखा शर्मा

    खोटाङ रामकुमार राई

    भोजपुर सुदन किराती

    मोरङ ४ अमनलाल मोदी

    रूकुम पश्चिम जनार्दन शर्मा

    नेकपा एकीकृत समाजवादी

    अछाम १ – शेरबहादुर कुँवर

    बारा ४ – कृष्णकुमार श्रेष्ठ

    बझाङ – भानुभक्त जोशी

    दैलेख १ – अमरबहादुर थापा

    डोटी – प्रेम आले

    सल्यान – प्रकाश ज्वाला

    रौतहट १ माधवकुमार नेपाल

    डोल्पा धनबहादुर बुढा

    धादिङ १ राजेन्द्र पाण्डे

    दाङ १ मेटमणि चौधरी

    राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं ७ – गणेश पराजुली

    काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

    काठमाडौं २ – सोबिता गौतम

    काठमाडौं ६ – शिशिर खनाल

    चितवन २ रवि लामिछाने

    ललितपुर ३ डा तोसिमा कार्की

    चितवन १ हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    बाँके २ – धवलसमशेर जबरा

    जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

    मकवानपुर १ दीपकबहादुर सिंह

    झापा ३ राजेन्द्र लिङ्देन

    लोकतान्त्रिक समाजवादी पार्टी

    रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

    सर्लाही १ रामप्रकाश चौधरी

    जनता समाजवादी पार्टी ९जसपा०

    पर्सा १ – प्रदीप यादव

    सप्तरी १ नवलकिशोर साह सुडी

    नागरिक उन्मुक्ति पार्टी

    कैलाली १ गंगाराम चौधरी

    कैलाली १ रञ्जिता श्रेष्ठ

    नेपाल मजदुर किसान पार्टी

    भक्तपुर १ प्रेम सुवाल

    राष्ट्रिय जनमोर्चा

    बाग्लुङ – चित्रबहादुर केसी

    जनमत पार्टी

    सप्तरी २ सीके राउत

    स्वतन्त्र

    बर्दिया २ – लालवीर चौधरी

    मोरङ ५ योगेन्द्र मण्डल

    रौतहट ३ प्रभु साह

    सर्लाही ४ अमरेश सिंह

    रौतहट २ किरणकुमार साह

  • रुकुम पश्चिम माओवादीको ‘क्लिन स्वीप’,अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी

    रुकुम पश्चिम माओवादीको ‘क्लिन स्वीप’,अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी

    काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । यस क्षेत्रमा कुल ६० हजार ५६२ मत खसेकोमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको थियो।

    शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

    शर्माको यो चौथो जित हो। यसअघि ०६४, ०७०, ०७४ मा पनि उनी फराकिलो मतान्तरले निर्वाचित भएका थिए।

    यता प्रदेश सभाअन्तर्गत पनि माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। (क) र (ख) दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरू फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्।

    यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन्।

  • सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसका ‘विद्रोही’ उम्मेदवार अमरेश सिंह विजयी

    सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसका ‘विद्रोही’ उम्मेदवार अमरेश सिंह विजयी

    काठमाडौं । सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।

    सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।

    त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

  • लालबाबु पण्डितलाई हराउँदै मोरङ-६ बाट शेखर कोइराला विजयी

    लालबाबु पण्डितलाई हराउँदै मोरङ-६ बाट शेखर कोइराला विजयी

    काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन्।

    कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन्। उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन्।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन्।

    मतगणनामा डा. कोइरालाले सुरुवात देखिनै अग्रता कायम गरेका थिए।

    पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला ०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेका पण्डितसँग पराजित भएका थिए।

  • पूर्वअर्थमन्त्री र अर्थशास्त्री हराउँदै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित

    पूर्वअर्थमन्त्री र अर्थशास्त्री हराउँदै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित

    काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

    ढकाल ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

    उनले पटक पटक प्रतिनिधित्व गरेका तथा अर्थमन्त्री समेत भइसकेका सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोग छाडेर राजनीतिमा होमिएका अर्थशास्त्री विश्वनाथ पौडेल हराए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

    पाण्डे यसअघि २०७४ र २०७० सालको चुनावमा यहीं क्षेत्रबाट विजयी भएका थिए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी अर्थमन्त्री भएका थिए ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको कटाक्ष-‘हाहाहुहुमा देश चल्दैन, गन्तव्य, नीति के हो’ ?

    राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको कटाक्ष-‘हाहाहुहुमा देश चल्दैन, गन्तव्य, नीति के हो’ ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति कटाक्ष व्यक्त गरेका छन्।

    बिहीबार विजयी सभालगायतमा सहभागी हुन जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाहाहुहुमा देश नचल्ने भन्दै कटाक्ष गरेका हुन् ।

    रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।

    पार्टीको उदयलाई ठूलो कुरा नभएको टिप्पणी पनि गरे। ‘यो स्वभाविक कुरा हो। उदय भनेर जे प्रचार र प्रपागाण्डा गरियो, त्यो वास्तवमा तपाईंहरु (पत्रकार)हरुको कृपा हो। देशलाई गलत बाटोतिर लैजान खोज्दै हुनुहुन्छ नेपालका बौद्धिक जगतले’, उनको भनाइ थियो।

    ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो।

    देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

    उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए। ‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्‍याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ,’ उनले भने।

    उनले निर्वाचनलाई गम्भीर निर्णय गर्ने उत्सवको रुपमा लिन आग्रह गरे। ‘यो रमाइलो गर्ने उत्सवजस्तो होइन। गम्भीर निर्णय लिने उत्सव हो। यही निर्णयले भोलि देशलाई कता लैजान्छ भन्ने कुराको निर्क्यौल हुन्छ,’ उनले भने।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार २२३ कम्पनीको १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

  • खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई

    खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई

    खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

    २०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ। दुई कार्यकाल नै भट्टराईले जितेका हुन्। भट्टराई यसपटक जितमा ह्याट्रिक गर्ने तयारीमा थिए।

    निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन् ।

    पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र हो। राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ– १ बाट निर्वाचित भएका थिए। संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए।

  • शशांक कोइराला चौथोपटक विजयी

    शशांक कोइराला चौथोपटक विजयी

    काठमाडौं । नवलपरासी (पूर्व)- १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला विजयी भएका छन्।

    सम्पन्न मत गणनामा कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्।

    निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई २५ हजार ४४ मत प्राप्त भएको छ।

  • सत्ता र एमालेका गठबन्धन हराउँदै मकवानपुरमा राप्रपाकादीपक सिंहको ‘अप्रत्यासित’ नतिजा

    सत्ता र एमालेका गठबन्धन हराउँदै मकवानपुरमा राप्रपाकादीपक सिंहको ‘अप्रत्यासित’ नतिजा

    काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।

    नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

    एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे।

    सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय ३४ मत ल्याइन्। एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाए।

    दुई पटक समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी डिनाले प्रत्यक्षतर्फको चुनावमा चौंथो पटक प्रयास सफल हुन सकिनन् । तर, दीपकबहादुर सिंह भने पाँचौं प्रयासलाई सार्थक बनाउँदै सांसद बनेका छन् ।

    सिंहले हालसम्म जनप्रतिनिधिका रुपमा कुनै पनि निर्वाचन जितेका थिएनन्। २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भए।

    त्यस्तै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए ।

    अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।

  • रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी

    रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

    पौडेलले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् । पौडेलले २५ हजार ३ सय १३ मत पाए भने रानाले १९ हजार ९ सय २५ मत पाए ।

    यस्तै, नेपाली कांग्रेसका गोविन्दराज जोशी ६ हजार ८ सय ७७ मत पाउँदै तेस्रो भए ।

  • चितवन २ बाट रवि लामिछाने ठूलो मतान्तरले विजयी

    चितवन २ बाट रवि लामिछाने ठूलो मतान्तरले विजयी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका छन् ।

    लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्।

    दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।

  • विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल

    विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल

    काठमाडौं । फिफा विश्वकप २०२२ मा स्पेनले कोस्टारिकाविरुद्ध ७ गोल गरेको छ । समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो। मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे।

    टोरेशले ३१ मिनेटमा पेनाल्टी र ५४ मिनेटमा गरी दुई गोल गरे। ७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरे । बुधबार राती भएको अर्को खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो ।

  • समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

    समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

    काठमाडौं । एकीकृत समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित भएका छन् । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाहुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे ।

    एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए । उता, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । एमालेका उमेदवार राजेन्द्रवीर रायले तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाए ।

  • देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद

    देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद

    कास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाए । लम्जुङमा ८० हजार १९२ मत खसेको थियो ।

    निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत पाए ।

  • रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

    रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

    गौर । रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गौरमा गतराती यस्तो घटना भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

    आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् । प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो ।

    सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।

  • कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

    कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

    काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापा हार नजिक पुगेका छन् । मत गणना जारी रहँदा उनले हार स्वीकारसमेत गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापाको क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिइरहेकी छन् ।

    डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद दिएका छन् ।

  • गोरखा २ बाट प्रचण्ड विजयी

    गोरखा २ बाट प्रचण्ड विजयी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेका अब्दुस मिया तेस्रो स्थानमा रहे । प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।

  • ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो

    ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो

    काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पारिन् ।

    बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यो पम्फाले साविकमा जितिरहेको क्षेत्र हो ।

  • ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचित

    ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचित

    काठमाडौं । ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचित भएका छन्।

    निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडालाई हराएका हुन्।

    खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएको आयोगको तथ्यांकमा राखिएको छ।

  • बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

    काठमाडौं । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

    लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्।

    उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

    २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका थिए ।

  • सप्तरी-२ बाट उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

    सप्तरी-२ बाट उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

    काठमाडौं ।सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

    जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।

    राउतले निकटतम् प्रतिद्वन्द्वी यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

    राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा

    रोकिएन् शेयर बजारको ओरालो यात्रा

    काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

    काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।

    खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

  • ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

    ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

    काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

    बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।

    भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरे ।

    बिहानसम्म १ हजार बढिले अग्रता लिएका बुडाक्षेत्री फुङलिङ नगरपालिकाको मतगणनाबाट पछि परेका थिए ।

    भट्टराई अघिल्लो निर्वाचनमा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।