Category: फिचर

  • गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले गरे ‘ह्याट्रिक’

    गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले गरे ‘ह्याट्रिक’

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

    उनले सत्ता गठबन्धनको साथ लिएर उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।

    बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् ।

    बिष्टले ७० र ७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।

    गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्।
    २०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए। हाल उनी एमालेकै सचिव रहेका छन्।

    विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन्। विष्ट ऊर्जा र श्रम तथा रोजगार मन्त्रीसहित २ पटक मन्त्री भइसकेका छन्।

  • अमेरिकी ‘द भ्वाइस’को टप १० मा परिजिता बास्तोला

    अमेरिकी ‘द भ्वाइस’को टप १० मा परिजिता बास्तोला

    काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १० मा प्रवेश गरेकी छिन् ।

    १७ वर्षीया बास्तोलाले २२‌‌औं संस्करणको ‘द भ्वाइस’को टप १० मा प्रवेश गर्न सफल भएकी हुन् ।

    मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् ।

  • सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो

    सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।

    यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

    एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

    यस्तै सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशतर्फका दुबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

  • गोरखा–१ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंको फराकिलो अग्रता

    गोरखा–१ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंको फराकिलो अग्रता

    काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ ।

    ३३ हजार ३२५ गणना हुँदा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले १९ हजार ३११ मतका साथ अग्रता लिएका हुन् । नेकपा एमालेका रामशरण बस्नेतले ९ हजार १६१ मत पाएका छन् । घण्टीले २३०१ मत ल्याएको छ । १५७६ मत बदर भएको छ ।

    उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।

  • विश्वकप : फ्रान्सको दमदार जित

    विश्वकप : फ्रान्सको दमदार जित

    काडमाडौं । फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दमदार जित निकालेको छ । समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलले हराउँदै सानदार सुरूवात गरेको हो। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए। तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए।

    ३२ मिनेटमा ‌ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलले अघि रहेको फ्रान्सका लागि एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए। ७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए। समूहको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडे ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित

    राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित

    काठमाडौं । रवी लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा सानदार इन्ट्री गरेको छ । पहिलो प्रयासमै यो पार्टीले काठमाडौंका तीन क्षेत्रमा जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भए ।

    काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भइन् । यस क्षेत्रमा गठबन्धन चौथो स्थानमा रह्यो । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो भएकी हुन् । दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पाए ।

    काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मात्र मत पाइन् ।

    काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मात्र मत पाए ।

  • बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

    बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट राप्रपाले जितको खाता खोलेको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भए ।

    उनी २९ हजार ५७७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएका छन् । राणा सो क्षेत्रमा चर्चित राजनीतिज्ञ हुन् ।

  • गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

    गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

    काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा कम्तिमा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ ।

    दुर्घटननामा सत्यवती गाउँपालिका ३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

  • काठमाडौं १० मा राजन केसीको सान

    काठमाडौं १० मा राजन केसीको सान

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन)ले विजयको ह्याट्रिक गरेका छन् । उनी लगातार तेस्रो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाए । रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाए । २०७० सालमा उनले माओवादीका अध्यक्ष प्रचण्डलाई यसै क्षेत्रमा हराएर चर्चामा आएका थिए ।

  • एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित

    एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित बनेका छन् । मंगलबार राति सम्पन्न मत गणनामा पौडेलले काठमाडौं क्षेत्र नं ५ बाट नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाए । पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी समेत बने । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।

    विद्यार्थी राजनीतिबाट आएका पौडेल यस अघि २०७० को निर्वाचनमा प्रदेश सभामा तनहुँमा हारेका थिए । २०७४ र यस पटक पनि पनि उनी तनहुँ(२ बाटै प्रतिनिधिसभा सदस्य लड्न चाहेका थिए । तर, नेतृत्वले व्यवस्थापनका क्रममा उनलाई काठमाडौं ल्याएको हो । यस पटक उनलाई गठबन्धनको समेत गसितलो साथ रह्यो । यससँग काठमाडौं ५ मा पोखरेलको दवदवा तोडिएको छ ।

  • सुर्खेत २ मा कांग्रेसका थानी विजयी

    सुर्खेत २ मा कांग्रेसका थानी विजयी

    काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी सांसद बनेका छन् । उनले ३४ हजार ६२५ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत पाएका छन् ।

    थानी तीन पटक संसदीय निर्वाचनमा निर्वाचित बनेका छन् । उनी ०७४ भने नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । उनी ०५६ र ०७० सालमा निर्वाचित भएका हुन्

  • रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद

    रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद

    काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए ।

    उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ । २०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

  • विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

    विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

    काठमाडौं । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

    अर्जेन्टिनाले कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १–२ को पराजय भोगेको छ । लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए।

    सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो।

    साउदीका लागि दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन्। यसअघि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए।

    पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ। अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो।

  • समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?

    समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?

    काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ३५२ मतसहित तेस्रो स्थानमा रहेको छ।

    चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३८ हजार २८८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ९९८ मत ल्याएको छ। अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।

    नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्।

  • शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा

    शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा

    काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जानकी फाइनान्स कम्पनीको शेयरमुल्य ६.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज १२ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावर कम्पनीको ८ करोड ६७ लाख बढीको कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ ।

  • काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

    काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

    काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ ।

    काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्।

    उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् ।

    ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

  • एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि

    एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि परेका छन्।

    अहिलेसम्म २८ हजार ७३ मतगणना भएकोमा नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ९६ मत ल्याएका छन्।

    पोखरेलले भने ६ हजार ३ सय ७० मत मात्रै ल्याएका छन्। २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका पोखरेलले २०६४ र २०७० को निर्वाचन हारेका थिए।

  • गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि

    गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि

    काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन्।

    चितवन छोडेर गोरखा पुगेका दाहालले १२ हजार २१७ भोग गन्दा ७०७५ मत पाएका छन्। उनलाई स्वतन्त्र पार्टीका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्।

    एमाले उम्मेदवार अब्दुस मियाँभन्दा स्वतन्त्र पार्टी अगाडि देखिएको छ। स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १९२९ मत पाउँदा एमालेका मियाँले १६७६ मत पाएका छन्।

  • सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’

    सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’

    काठमाडौं । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका हुन् ।

    उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् ।

    उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद दिएका छन् । यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन् ।

    ‘मैले जिल्लाबाट सम्मानजनक मत पाएको छु । अहिले सामाजिल सञ्जालबाट यहाँका स्थानीयलाई गाली आइरहेको छ । त्यस्तो नगरिदिनुहोला । उहाँहरूले मलाई साथ दिनुभएको हो’, उनले भने । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ ।

    उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

  • काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक, राजन भट्टराई भारी मतले पराजित

    काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक, राजन भट्टराई भारी मतले पराजित

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

    महामन्त्री थापा नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । थापा २१ हजार २९३ मतसहित विजयी भएका हुन्।

    भट्टराईले १३ हजार ८३७ मत पाएका छन्। २०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन पराजित भएका थिए ।

    काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् । आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।

  • काठमाडौं– ४ बाट ह्याट्रिक नजिक गगन थापा, मत गनिनसक्दै जित पक्का

    काठमाडौं– ४ बाट ह्याट्रिक नजिक गगन थापा, मत गनिनसक्दै जित पक्का

    काठमाडौं । काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ।

    ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्।

    ४३ हजार ३९६ मत गन्दा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। गगनले २० हजार ४१७ मत पाउँदा भट्टराईको १३ हजार ३२ मत पाएका छन्। यस क्षेत्रमा ४८ हजार ८५९ कुल मत खसेको थियो।

    २०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन पराजित भएका थिए ।

    काठमाडौं– ४ बाट ह्याट्रिक गरेका गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका छन् । आइतवार मतदान गरेलगत्तै गगनले निर्वाचित भएको भोलिपल्टदेखि नै संसदीय दलको नेता बन्न पहल गर्ने बताएका थिए ।

  • विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । दुबैले अक बाँडे । मंगलबार विहान सम्पन्न खेलमा अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए।

    वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो। यो समूहको अर्को खेलमा सोमबार इंग्ल्यान्डले इरानमाथि ६–२ को जित निकालेको छ । आज पहिलो खेलमा साउदी अरेवीया र अर्जेण्टिना मैदानमा उत्रिँदैछन् ।

  • काभ्रे २ मा गोकुल बास्कोटाललाई कांग्रेसका हुमागाईंको चूनौति, यस्तो छ मतान्तर

    काभ्रे २ मा गोकुल बास्कोटाललाई कांग्रेसका हुमागाईंको चूनौति, यस्तो छ मतान्तर

    काठमाडौं । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायम राख्दा एमालेका गोकुल बास्कोटाको सांसद पदमा दोहोरिने चाहनामा ब्रेक लोग्ने सम्भावना बढेको छ । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए । एमाले भित्र उनी अध्यक्ष ओलीका निकट मानिन्छन् ।

  • जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

    जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

    काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

    नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् । जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका थिए । स्थानीय तहमा समेत यो क्षेत्रमा माओवादी पहिलो पार्टी हो ।

  • ललितपुर २ मा एमाले विजयी, गठबन्धनका उम्मेदवार चौथो

    ललितपुर २ मा एमाले विजयी, गठबन्धनका उम्मेदवार चौथो

    काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन विजयी भएका छन् । सोमबार राति सम्पन्न मत गणनामा उनी ९ हजारभन्दा बढी मतान्तरले विजयी भए । गठबन्धन यो क्षेत्रमा चौथो बनेको छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाए ।

    दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले मात्र ९ हजार ५३९ मत पाए ।

  • काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र

    काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र

    काठमाडौं । काठमाडौं क्षेत्र नं १ को नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रवीन्द्र मिश्रलाई हराउन सके । रवीन्द्र राप्रपाबाट उठेका थिए । प्रकाशमानले ७,१४३ मत ल्याए । रवीन्द्रको ७०१८ मत आयो ।

    घण्टी चिन्हबाट उठेका पुकार बमले ४११५ भोट ल्याए । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार धेरै हुँदा गठबन्धनलाई जितमा सहज भएको । अन्य धेरै स्थानमा भने गठबन्धनलाई अन्य उम्मेदवारहरुले चूनौति दिइरहेका छन् ।

  • अधिकांश ठूला नेता सुरक्षित, पार्टीको मत जोगाउन चूनौति

    अधिकांश ठूला नेता सुरक्षित, पार्टीको मत जोगाउन चूनौति

    काठमाडौं । रवि लामिछानेले पार्टी गठन गरी चूनाव होमिनु र आक्रामक चूनाव प्रचारका कारण अन्तिम समयमा दलहरु आत्तिएका थिए । त्यसलाई नतिजाले समेत पुष्टी गरिरहेको छ । यस माहोलका बीच अधिकांश ठूला दलका नेतृत्वमा रहेका नेता भने सुरक्षित नै रहने देखिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा आफ्ना निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल भन्दा दोब्बर मतले अगाडी छन। झापामा केपी शर्मा ओली समेत कांग्रेस उम्मेदवार भन्दा निकै अगाडी बढेका छन् । गोर्खा २ मा भर्खरै मतगणना शुरु भएको छ ।

    जहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो अन्तरले अग्रता लिएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा समेत प्रतिस्पर्धीको तुलनामा निकै अगाडी छन् । नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत अग्रता लिँदा समाजवादीका अर्का वरिष्ठ नेता झलनाथ खनाल भने पछाडी छन् । एमालेका सुवाश नेम्वाङ र शंकर पोख्रेल भने पछाडी छन् । विष्णु पौडेलाई समेत स्वतन्त्र पार्टीका उम्मेदवारले उछिनेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।

  • जनताको अभिमत : पार्टी होइन पात्र

    जनताको अभिमत : पार्टी होइन पात्र

    काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले पत्याएनन् । जसका कारण माओवादी केन्द्र र समाजवादी पार्टीले सोचेजति मत नपाएको देखिएको छ ।

    सोमबार सम्मको ट्रेण्ड अनुसार यस पटक जनताले पार्टी भन्दा पात्र हेरेको पाइएको छ । यसअघि पदमा नबसेका, जनताबाट आलोचित नभएका र परीक्षण नै हुन बाँकी व्यक्तिहरुले पार्टी भित्र र स्वतन्त्रमा समेत भोट पाइरहेको मत परिणामले देखाएको छ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचनले २९ वर्षको उमेरमै सांसद जित्न सफल भएका छन् । यो नै यस चुनावको पहिलो परिणाम हो । तराईमा सीके राउतलेजनमत पार्टीमार्फत जसपाका उपेन्द्र यादवलाई कडा टक्कर दिइरहेका छन् । उनको पार्टीले सप्तरीसहित तराईका विभिन्न जिल्लामा अग्रता लिएको छ ।

    काठमाडौं उपत्यकासहित शहरी इलाकामा समेत जनताले नयाँ स्वाद चाख्न चाहेको सन्देश दिएका छन् । जसको नतिजा ब्यालेटमा देखिन थालेको छ । यस पटक विभिन्न पेशा, व्यवसायमा दक्षता हाँसिल गरेका उम्मेदवारले संसदमा प्रतिनिधित्व गर्ने संकेत समेत देखिएको छ । ललितपुर ३ बाट अग्रता लिइरहेकी तोसीमा कार्की डाक्टर हुन् । काठमाडौं २ बाट अग्रता लिइरहेकी सोविता गौतम वकिल हुन् । यद्दपी सोमबारसम्म प्रारम्भिक नतिजा मात्र आएको हो । देशैभरबाट आउने परिणामले मात्र जनमतलाई अझ स्पष्टसँग विश्लेषण गर्न सकिन्छ ।

  • सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत तेब्बर मतले अगाडि

    सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत तेब्बर मतले अगाडि

    काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्।

    राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले ३ हजार १६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत मात्र ल्याएका हुन्।

    यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ६६१ मत ल्याएका हुन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ छ।

  • चितवन-२ मा ७ सय मत गन्दा रवि लामिछानेलाई ४३ मत, एमालेका कृष्णभक्तको अग्रता

    चितवन-२ मा ७ सय मत गन्दा रवि लामिछानेलाई ४३ मत, एमालेका कृष्णभक्तको अग्रता

    काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

    चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्।