प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न… Continue reading प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’

महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका महाधिवेशन प्रतिनिधिहरुसँग चियापन–छलफलको आयोजना गरेका छन् । पार्टीको जारी १४औं महाधिवेशनको क्रममा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै महाधिवेशनको प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका नेता पौडेलले भोलि ९मंगलबार० महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने भन्दै चियापानको कार्यक्रम आयोजना गरेका छन् । पौडेलले महाधिवेशनमा मतदान पनि बहिष्कार गरेका छन् ।… Continue reading महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम

पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई… Continue reading पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हुने मतदानमा नजाने भएका छन् । उनले जारी १४औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्र्धी शेर बहादुर देउवा विरुद्ध विपक्षीको साझा उमेदवार उठाउन चाहेका थिए । तर, नेताहरुको अडानका कारण त्यो सम्भव नभएपछि निरास बनेका उनले मतदान प्रक्रिया नै बहिष्कार गर्ने भएका… Continue reading रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने

बालुवाटारमा प्रधानमन्त्री निवासका लागि तयार भयो अत्याधुनिक भवन, आज वास्तु पूजा

Gorakhapatra

काठमाडौं । बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा नयाँ संरचना निर्माणको काम सम्पन्न भएको छ । कुल ४० करोड रुपैयाँ लागतमा नयाँ संरचना बनेको हो । अत्याधुनिक सेवा सुविधा सम्पन्न निवासमा बङ्करसमेत राखिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बालुवाटारमा रहेको पुरानो… Continue reading बालुवाटारमा प्रधानमन्त्री निवासका लागि तयार भयो अत्याधुनिक भवन, आज वास्तु पूजा

कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

रासस

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ नेतृत्वको होडमा छन् । बिहान ८ बजेबाट मतदान सुरू भएको हो ।मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल… Continue reading कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र… Continue reading एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

दाङमा जिप दुर्घटना, तीनको मृत्यु

दाङ । दाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्काको मृत्यु भएको… Continue reading दाङमा जिप दुर्घटना, तीनको मृत्यु

अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

Photo Credit: Chip Somodevilla Getty Images

कन्टकी । संयुक्त राज्य अमेरिकाका छवटा राज्यमा शुक्रवार राति आएका विनासकारी आँधीबेहरीले ठूलो मानवीय क्षति पुगेको छ । आँधीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको र यस्तो आंकडा १ सय नाघ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी… Continue reading अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

अमेरिकी डलरको भाउ १७ महिना यताकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ डेढ वर्ष यताकै उच्च भएको छ । पछिल्लो समय डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएसँगै डलरको भाउ आकाशिएको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको विक्रीदर १२१.५३ रुपैयाँ तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १२०.५३ रुपैयाँ छ ।… Continue reading अमेरिकी डलरको भाउ १७ महिना यताकै उच्च

नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ गरी २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ जना… Continue reading नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीको ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ रुपैयाँ बराबरको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो । एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने… Continue reading एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् । आइतवार दिउँसो एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता नभएको निर्वाचन समितिले जनाएको छ… Continue reading कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई टक्कर दिन आफुलाई सभापतिको उमेदवार मान्न आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै समूहमा बढी आकंक्षी देखिएपछि चित्त दुख्यो । त्यसो नभए आफ्नो समूहबाट सर्वसम्मत नेतृत्वको उमेदवार छान्ने उनको चाहना थियो । सोहीकारण उनले आफु सभापतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले शेखर कोइरालालाई… Continue reading कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

Photo : TKP

काठमाडौं । आइतबार बिहान काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आइतबारको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसम्म मात्र रहने छ । न्यूनतम… Continue reading आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको मतदानमा झण्झटिलो प्रक्रियाका कारण लामो समय लाग्ने भएको छ । एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि कुल २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । सोहीकारण एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने छ । निर्वाचन समितिका अनुसार ूसभापति, हरेक… Continue reading कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति… Continue reading कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो… Continue reading नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

कांग्रेसको चुनावी होडमा विनोद चौधरी पनि

काठमाडौं । नेपाली कांग्रेसको चुनावी होडमा विनोद चौधरी समेत होमिएका छन् । अर्वपति उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी पहिलो पटक पार्टीको आन्तरिक राजनीतिमा निर्वाचनमा लड्दैछन् । उनी मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । कांग्रेसमा आज मनोनयन दर्ता सम्पन्न भएको हो । कांग्रेसको १४ औं महाधिवेशनका… Continue reading कांग्रेसको चुनावी होडमा विनोद चौधरी पनि

कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । यसका लागि आज भएको उम्मेदवारी मनोनयनमा कुल ६ जनाले सभापतिका लागि आवेदारी दिएका छन् । शनिबार अपरान्ह ५ बजेसम्म मात्र उम्मेदवारी दर्ता गर्न पाउने समय थियो । त्यसअवधिसम्म सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले… Continue reading कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्

युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

File Photo : AFP\TET

लण्डन । बेलायतले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन् । बीबीसीका अनुसार यो साता लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम चालेमा रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी… Continue reading युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

कांग्रेसमा आज १३४ पदमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चुनावी प्रंक्रिया शुरु भएको छ । यसअन्तर्गत नेतृत्व चयनको प्रक्रियामा आज मनोनयन दर्ता समेत हुँदैछ । अर्थातः उमेदवारको टुंगो आज लाग्दैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका छ… Continue reading कांग्रेसमा आज १३४ पदमा मनोनयन दर्ता

पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

काठमाडौं । श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको हो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको छ । गत सेप्टेम्बरमा डेभ… Continue reading पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

कांग्रेसमा देउवा इत्तर समूहमा जुटेन सहमति, प्रकाशमानले छुट्टै दावेदारी दिने

काठमाडौं । नेपाली कांग्रेसमा सभापति देउवा इत्तर समूहले सभापतिको साझा उमेदवार खडा गर्न नसक्ने भएको छ । नेता प्रकाशमान सिंहले आज उमेदवारी दर्ता गराउने तयारी गरेका छन् । उनले नेत्री सुजाता कोइरालालाई उपसभापतिमा राखेर आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेको बुझिएको छ । यसअघि देउवा इत्तर समूहले छुट्टाछुट्टै लड्दा स्वतः देउवाले जित्ने भन्दै उमेदवारी साझा… Continue reading कांग्रेसमा देउवा इत्तर समूहमा जुटेन सहमति, प्रकाशमानले छुट्टै दावेदारी दिने

भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

ANI

नयाँ दिल्ली । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार अन्तिम संस्कार गरिएको छ । रावत पत्नी मधुलिका रावतको समेत एक साथ अन्त्येष्टी गरिएको छ । दिल्लीस्थित बरार स्क्वायरमा रावत दम्पित्तिका दुई छोरी कृतिका र तारिणी रावतले बुबा तथा आमालाई दागवत्ती दिएका छन् । अंतिम संस्कार सैनिक सम्मानका… Continue reading भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनपछि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने खावि गरेका छन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दावि गरेका हुन् । आफ्नो सरकार बनेपछि जनताले ओली शासनबाट मुक्ति पाएको प्रसंग निकाल्दै उनले निर्वाचनपछि सबै तहमा कांग्रेसको सरकार हुने दावि गरेका हुन् । कांग्रेसको उत्साह… Continue reading अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा

पूर्वराजालाई माधव नेपालको चेतावनी:’राजतन्त्र फर्किदैन्, शक्तिमा आउने भए पार्टी खोल्नुस्’

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका गरे । महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘राजाले पनि… Continue reading पूर्वराजालाई माधव नेपालको चेतावनी:’राजतन्त्र फर्किदैन्, शक्तिमा आउने भए पार्टी खोल्नुस्’

‘नेपालका नेताको जस्तो संस्कार अन्यत्र देख्न पाइन्न’-भाजपा नेता हर्ष वर्धन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारले धेरै पाठ सिकाउने बताएका छन् । उनले नेपालमा राजनीतिक दलहरुबिचको सम्बन्ध एकदमै राम्रो भएको बताउँदै उक्त सम्बन्ध संसारका कुनै देशमा नभएको दाबी गरे । उनले भने, ‘म यस्ता धेरै राजनीतिक… Continue reading ‘नेपालका नेताको जस्तो संस्कार अन्यत्र देख्न पाइन्न’-भाजपा नेता हर्ष वर्धन

एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला… Continue reading एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा