धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं । नेपाली नागरिक बढी संख्यामा रहेका दुई मुलुक जापान र दक्षिण कोरियामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टी भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टी भएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि… Continue reading धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रथाबाट न्यायाधिशहरुको पेशी तोकिने भएको छ । विहान १० बजे सबै न्यायाधीश भेला हुने र गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात हुने गरि प्रक्रिया बनाइएको छ । यसअघि प्रधानन्यायाधीयको तजविजी अधिकारको आधारमा पेशी तोक्ने प्रचलन रहेको थियो । बुधबारदेखि शुरु हुने नयाँ पेसी… Continue reading सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

REUTERS

लण्डन । क्यारेबियन टापु मुलुक बार्बेडोस विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै यो देश विश्वकै कान्छो गणतन्त्र बनेको हो । राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ। बीबीसीका अनुसार ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ… Continue reading बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

GETTY IMAGES

काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन… Continue reading कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा पास्चरमाथि दुई वर्ष जेल

डोल्पा । धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको हो। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो… Continue reading जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा पास्चरमाथि दुई वर्ष जेल

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशसभाका मुख्यमन्त्री जीवन बहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको… Continue reading कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

काठमाडौं । एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा १९ जना निर्वाचित भएका छन् । एमालेले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । तर, भिम रावल सहितका नेताको अडानका कारण चुनाब भएको हो ।  सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भयो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याएर विजयी भए… Continue reading एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

एमाले पदाधिकारीमा ओलिकै सुचि अनुमोदन, कुन नेता कुन पदमा विजयी ?

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैन सकिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा ओलिले भिम रावललाइ हराए । उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भए ।  महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भए… Continue reading एमाले पदाधिकारीमा ओलिकै सुचि अनुमोदन, कुन नेता कुन पदमा विजयी ?

सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा भेहिकल ट्र्याकिङ सिस्टम जडान शुरु गरिएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा यस्तो प्रणाली जडान गरिसकेको जनाएको छ । पहिलो चरणमा एक सयवटा सवारीमा निःशुल्क जडानको योजना विभागको छ । त्यसपछि सबै सार्वजनिक गाडीमा यो प्रणाली जडान गरिने भएको छ । विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका… Continue reading सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट विश्वभर सङ्क्रमणको उच्च जोखिम बढेको बताएको छ । सोमवार डब्लुएचओले नयाँ भेरियन्टले विश्वभर नै गम्भीर परिणाम ल्याउन सक्ने बताएको हो । बीबीसीका अनुसार सङ्गठनका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउन पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको… Continue reading ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

लियोनल मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डिओर अवार्ड

पेरिस । संसारका उत्कृष्ट फुटबल खेलाडीबाट सर्वोकृष्ट एक जनालाई प्रदान गरिने प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जिते । यस्तो रेकर्ड बनाउने उनी एक्ला खेलाडी हुन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गई व्यवसायी फुटबल खेलिरहेका मेसीले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी… Continue reading लियोनल मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डिओर अवार्ड

केन्द्रिय सदस्यसम्म सर्वसम्मत गराउने रातभरको एमालेको प्रयास असफल, बिहानबाट मतदान शुरु

काठमाडौं । नेकपा एमालेमा पदाधिकारीमा सर्वसम्मत नभएपछि रातभर केन्द्रिय सदस्यका लागि प्रयास गरिएको थियो । तर, केन्द्रिय सदस्यमा समेत सहमत नजुटेपछि अन्ततः निर्वाचन शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनमा मतदान सुरु भएको हो । अहिले आधा भन्दाबढी भोट खसिसकेको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु… Continue reading केन्द्रिय सदस्यसम्म सर्वसम्मत गराउने रातभरको एमालेको प्रयास असफल, बिहानबाट मतदान शुरु

म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीदाई उदृत गर्दै स्थानीय संचारमाध्यमले… Continue reading म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

केन्द्रिय सदस्यमा सर्वसम्मत गराउने प्रयासमा एमाले, निर्वाचन प्रक्रिया पर धकेलियो

चितवन । एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया राती ९ बजेबाट शुरु गर्ने भनिए पनि अझै शुरु हुन सकेको छैन । सकेसम्म केन्द्रिय सदस्यहरुमा सर्वसम्मत गराएर पदाधिकारीमा मात्र निर्वाचन गराउने रणनीतिका साथ नेताहरुलाई मनाउने क्रम जारी रहेको छ । सोहीकारण निर्वाचनको प्रक्रिया समेत पर धकेलिएको हो । निर्वाचन तालिका अनुसार राति ९ बजे उम्मेदवारको अन्तिम नामावाली… Continue reading केन्द्रिय सदस्यमा सर्वसम्मत गराउने प्रयासमा एमाले, निर्वाचन प्रक्रिया पर धकेलियो

कांग्रेसको महाधिवेशनमा निर्वाचन तालिका सार्वजनिक, २७ गते मतदान

काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि मंसिर २७ गते निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना भने स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि शुरु हुँदैछ । कार्यतालिकाअनुसार अब २४ गते नै… Continue reading कांग्रेसको महाधिवेशनमा निर्वाचन तालिका सार्वजनिक, २७ गते मतदान

विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध… Continue reading विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

महाधिवेशन छाडेर काठमाडौं हान्निए लालबाबु पण्डित, केन्द्रीय सदस्य परित्याग

काठमाडौं । यतिबेला नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ । निर्वाचन हुने भएसँगै उम्मेदवारीको दाबी विरोध चलिरहेको छ । राति ९ बजेदेखि मतदान हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र डा. भीमबहादुर रावल आमने सामने भएका छन् । तर ओलीका प्रियपात्र नेता लालबाबु पण्डित भने महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी… Continue reading महाधिवेशन छाडेर काठमाडौं हान्निए लालबाबु पण्डित, केन्द्रीय सदस्य परित्याग

मौद्रिक नीति समीक्षाको प्रभाव: रोकिएन् नेपाली शेयर बजारको पहिरो

काठमाडौं । शेयर बजारमा मौद्रिक नीति समीक्षाको प्रभाव दोस्रोदिन पनि परेको छ । जसको कारण साताको कारोबारको दोस्रोदिन शेयर बजारमा दोहोरो अंकले घटेको छ । मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दोस्रोदिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.५१ अंकले घटेर २६२९.९८ विन्दुमा रहेको छ । आइतवार नेप्से ८०.२९ अंकले घटेको थियो । नेपाल स्टक… Continue reading मौद्रिक नीति समीक्षाको प्रभाव: रोकिएन् नेपाली शेयर बजारको पहिरो

ओलीका विश्वास पात्र पोखरेलद्वय निर्विरोध निर्वाचित, अध्यक्ष, उपाध्यक्ष र सचिवमा भिडन्त

काठमाडौं । नेकपा ‘एमाले’मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । बन्दसत्रमा उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेपछि अध्यक्षमा ओली–रावल भिडन्त हुने भएको हो एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले… Continue reading ओलीका विश्वास पात्र पोखरेलद्वय निर्विरोध निर्वाचित, अध्यक्ष, उपाध्यक्ष र सचिवमा भिडन्त

कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँले जित हाँसिल गरेका छन् । उनले उपेन्द्र कार्कीलाई ८६८ मतको फराकिलो अन्तरले हराउँदै जिल्ला सभापति बनेका हुन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाए । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । कार्की भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थनमा… Continue reading कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ विजयी

रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्ष ओलीले आफुले प्रस्ताव गरेका नाममा सहमति जनाउन गरेको आह्वान अस्वीकार गरेका नेता भीम रावलले अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । उनले उम्मेदवारी दर्ता गराए । रावल पार्टीमा यसअघि उपाध्यक्ष छन् । उता, नेता घनश्याम भुसालले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्… Continue reading रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा, आज निर्वाचन

चितवन । नेकपा एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका अध्यक्ष ओलीले रावललाई उपाध्यक्ष बस्न भन्दै पदाधिकारीको सूचिमा राखेका थिए । तर, यसअघि नै अध्यक्षमा उमेदवारी घोषणा गरेका रावलले ओलीको प्रस्ताव स्वीकार गरेनन् । चितवनको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्रमा ओलील ३०१ जना केन्द्रीय सदस्य र… Continue reading एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा, आज निर्वाचन

मध्यराती ओलीले घोषणा गरे एमालेका पदाधिकारी, कुन नेता कुन पदमा ?

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र आइतबार रातीभर जारी रह्यो । यसै दौरान अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरे । उनको चाहना कुनै पनि हालतमा निर्वाचन नगराउने थियो । तर, पदाधिकारीको टीममा भीम रावल असन्तुष्ट रहे । फलस्वरुप आज अध्यक्ष पदका लागि भने निर्वाचन हुने । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले… Continue reading मध्यराती ओलीले घोषणा गरे एमालेका पदाधिकारी, कुन नेता कुन पदमा ?

तोकिएको समयभन्दा १२ घण्टापछि शुरु भयो एमालेको बन्दसत्र

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र तोकिएको समय भन्दा १२ घण्टा पछि सुरु भएको छ । महाधिवेशनको तेस्रो दिन बिहान १० बजेबाट कार्यक्रम थाल्ने कार्यतालिका थियो । अध्यक्ष केपी शर्मा ओली भर्खरै बन्दसत्र भएको हलमा छिरेका छन् । आज दिनभरको कसरतपछि एउटा खाका बनाएर आएका ओलीले पदाधिकारीको नाम पढ्ने भएका छन् । जसलाई… Continue reading तोकिएको समयभन्दा १२ घण्टापछि शुरु भयो एमालेको बन्दसत्र

महिला विश्वकप छनोट : यूएईसँग पराजित भएसँगै नेपाल बाहिरियो

यूएई । टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल असफल भएको छ । लीग चरणको अन्तिम खेलमा आइतवार यूएईसँग नेपाल ४८ रनले हार्यो । यससँगै नेपालको ग्लोबल क्वालिफायरको ढोका बन्द भएको छ । यूएईमा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक मानिएको खेलमा नेपाललाई १० बल बाँकी रहँदै जित्नुपर्ने बाध्यता थियो। त्यसो भएमा मात्र नेपाल रन… Continue reading महिला विश्वकप छनोट : यूएईसँग पराजित भएसँगै नेपाल बाहिरियो

अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुक दक्षिण अफ्रिकासहित सो महादेशबाट नेपाल आउन रोक लगाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन नामक नयाँ भेरियन्ट देखिएको छ । यस्तो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मका लागि लगाइएको हो । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश… Continue reading अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

नेपालमा थप १५८ जनामा कोरोना पुष्टी, ३४२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना… Continue reading नेपालमा थप १५८ जनामा कोरोना पुष्टी, ३४२ जना संक्रमण मुक्त

मौद्रिक नीति समीक्षाको प्रभाव: नेपाली सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से ८० अंकले घटेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पनि सेयर धितो कर्जाको सीमा यथावत राखेपछि लगानीकर्ता निरुत्साहित हुँदा बजारमा ठूलो गिरावट आएको हो । लगानीकर्ताले मौद्रिक नीति समीक्षामा यसअघि व्यवस्था गरिएको एक व्यक्तिले एउटा बैंकबाट… Continue reading मौद्रिक नीति समीक्षाको प्रभाव: नेपाली सेयर बजारमा पहिरो

नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट

काठमाडौं । संसारलाई नयाँ भेरियन्टबारे पत्ता लगाएर सूचना दिने दक्षिण अफ्रिकालाई स्याबासी दिनुको साटो प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रीका भड्किएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रान मपहिलो पटक दक्षिण अफ्रिकामा पुष्टी भएको ओ । दक्षिण अफ्रीकाको विदेश मन्त्रालयले एक बयान जारी गरि यस्तो बताएको हो । ज ुन मुलुकले नयाँ भेरियन्ट पुष्टी गरि संसारलाई सचेत… Continue reading नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट