काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग, सम्पर्क समिति र नीति प्रतिष्ठान गठन गरेको छ। बिहीवार पेरिसडाँडामा बसेको बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै ३५ सदस्य रहने गरि विभागका प्रमुख चयन गरेको हो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन्… Continue reading माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)
Category: फिचर
नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकक हस्तक्षेपपछि बुधबार ६० अंकले बढेको बजार आज फेरि दोहोरो अंकले घटेको हो । सूचकसँगै जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार करिब साढे २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर बजार मापक सूचक नेप्से आज १४.७०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट
फिफा बरियताः नेपाल एक स्थान तल झर्यो, बेल्जियम शीर्ष स्थानमा यथावत
काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो । दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५२ औं,… Continue reading फिफा बरियताः नेपाल एक स्थान तल झर्यो, बेल्जियम शीर्ष स्थानमा यथावत
प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने
काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । संयोजक मोहनबहादुर बस्नेतका अनुसार बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने भएको छ । कांग्रेसले यसअघि पनि… Continue reading प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने
आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान
काठमाडौं । नेपालमा आज अधिकांश स्थानमा बिहानैबाट घाम लागेको छ । तीन दिनसम्मको अविरल वर्षाले करीव १ सय मानिसको ज्यान लिएको मौसमले अब भने थामिने संकेत गरेको हो । गतराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको दुई\तीन दिन लगातार झरी पर्ने छैन । भारतको… Continue reading आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान
बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने
काठमाडौं । बुधबार बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल बिहीबार समेत नचल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार साढे ५ बजेसम्मका लागि विमानस्थल बन्द घोषणा गरेको छ । यसले करीव दुई दर्जन उडानमार्फत हरेक दिन यात्रा गर्ने सयौं यात्रु प्रभावित बनेका छन् । एयरलाइन्सहरुले आजका लागि निर्धारित सबै उडान रद्द भएको सूचना जारी… Continue reading बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने
कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई
काठमाडौं । खोप वितरणमा धनी र गरिब मुलुकबीचको असमानताका कारण कोरोना भाइरसको महामारी आगामी वर्ष समेत लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न मुलुकले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो । बीबीसीका अनुसार डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले… Continue reading कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई
बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे
काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार यसमध्ये बुधबार मात्र ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् । २७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । बुधबार साँझसम्म सबैभन्दा… Continue reading बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे
बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय
काठमाडौं । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका… Continue reading बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय
राष्ट्र बैंकको निर्देशनको सकारात्मक प्रभावले नेपाली शेयर बजार हरियाली
काठमाडौं । साताको कारोबार चौथो दिन आज शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंक र तेस्रोदिन ७७ ले घटेर बन्द भएको थियो । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.५६ अंकले घटेर २५७१.६६ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन… Continue reading राष्ट्र बैंकको निर्देशनको सकारात्मक प्रभावले नेपाली शेयर बजार हरियाली
नेपालमा बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो। यस्तै पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा… Continue reading नेपालमा बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता
यी हुन् देउवा नेतृत्व सरकारले १०० दिनमा गरेका २४ काम
काठमाडौं । : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको छ। यो अवधिमा… Continue reading यी हुन् देउवा नेतृत्व सरकारले १०० दिनमा गरेका २४ काम
मनसुन सकिएपछि आएको वर्षाले देशभर ३० को मृत्यु, ३२ बेपत्ता
काठमाडौं । मनसुन सकिएपछि देशभर आएको विनासकारी वर्षाले ३० जनाको मृत्यु भएको छ । यो तथ्यांक बुधबार बिहानसम्मको हो । यस अवधिका ३२ जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार मात्र ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र… Continue reading मनसुन सकिएपछि आएको वर्षाले देशभर ३० को मृत्यु, ३२ बेपत्ता
धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु
धनकुटा । पहिरोका कारण धनकुटामा घर भत्किदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । मंगलबार राति खसेको पहिरोमा परि ६ जना घाइते छन् मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ… Continue reading धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु
विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द
विराटनगर । अविरल वर्षापछि आएको बाढी विराटनगर विमानस्थलमा पस्दा विमानस्थल पुरै डुबानमा परेको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार अहिले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएकाे छ। बुद्ध एयरले विराटनगरको बुधवारका सवै उडान रद्द गरेको जानकारी गराएको छ । यतिको समेत सबै उडान रद्द भएको छ । यो विमानस्थल सन २०१७ मा पनि डुबानमा परेको… Continue reading विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द
आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान
काठमाडौं । नेपालमा जारी भारी वर्षाले आजबाट पुर्बी नेपालमा बढी प्रभाव देखाउने भएको छ । वर्षा अझै केही दिन कायम रहने र क्रमश पश्चिमबाट पुर्वतर्फ सर्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बुधबार पूर्वी नेपालमा भारी वर्षाको… Continue reading आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान
परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको… Continue reading परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता
काठमाडौं । नेपालमा जारी वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । सरकारी अधिकारीहरुले कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । बझाङमा दुई दर्जन मानिस बेपत्ता भएको खबर आएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको स्थानीय तहबाट रिपोर्ट सार्वजनिक भएको छ ।… Continue reading नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता
रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन
काठमाडौं । रुबी खानले सरकारसँग माग सम्बोधनको सहमतिभएपछि अनसन तोडेकी छिन् । उनका माग सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् । उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका छन्। खानले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरूको जित… Continue reading रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन
रोकिएन नेपाली शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक
काठमाडौं । साताको कारोबारको तेस्रोदिन पनि शेयर बजारमा पहिरो गएको छ । पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंकले घटेर बन्द भएको थियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२१ कम्पनीको ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६… Continue reading रोकिएन नेपाली शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक
अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?
काबुल । अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गरेका छन् । बिबिसीका अनुसार अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्। खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए।यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न नसकेको आरोप उनिमाथी लाग्छ । राजधानी काबुलमाथि… Continue reading अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?
आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
काठमाडौं । मंगलबार दशैको अन्तिम दिन अर्थात, कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गर्ने दिनका रुपमा कोजाग्रत पुर्णिमालाइ मनाउने प्रचलन रहेको छ ।५ दिन सम्म दशैको टीका जमरा लगाउने प्रचलन रहेको स्थानमा आज अन्तिम दिन टीका र जमरा लगाइन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल… Continue reading आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने
काठमाडौं । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गरिने भएको छ । बीबीसीका अनुसारसैन्य सरकारले यस्तो घोषणा गरेको हो । गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु… Continue reading म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने
भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु
उत्तराखण्ड । भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर तीन नेपाली श्रमिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा दुईजना घाइते छन् । जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएको संचारमाध्यमले लेखेका छन् । घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको… Continue reading भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु
हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण
काठमाडौं । हाइटीमा १६ जना अमेरिकन र एक जना क्यानेडिन धर्म प्रचारक (मिसनरी)को अपहरण भएको छ । अपहरण अत्यन्तै शक्तीशाली अपराधी गिरोहबाट भएको हुन सक्ने अनुमान गरिएको छ । अपहरण यही सप्ताहन्तमा गरिएको क्यारेबियन देशका सुरक्षा निकायको हवाला दिदै संचार संस्था सि एन एन ले जनाएको छ । अपहरणमा ‘४०० मोवजो’ नामक अपराधीक समुहले मिसनरीहरु… Continue reading हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण
अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन
काठमाडौं । अमेरिकी पूर्वविदेश मन्त्री कोलिन पावलको ८४ बर्षको उमेरमा निधन भएको छ । पावलको पारिवारिक श्रोतका अनुसार कोभिड संक्रमण पछी स्वास्थमा आएका जटिलाका कारण उनको निधन भएको हो । पावलको सोमबार बिहान निधन भएको उनको परिवारले फेसबुकमा लेखेको छ । उनको पारिवारिक श्रोतले फेशबुकमा लेखेको छ, ‘हामीले सम्झन लायक र प्रिय पती पिता र… Continue reading अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन
नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३ जना र २०४३ एन्टिजेन परीक्षण गर्दा ६८ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख… Continue reading नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन
रोकिएन नेपाली शेयर बजारको पहिरो, एकैदिन नेप्से ६९ अंकले घट्यो
काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको २ अर्ब ९६करोड ६८ लाख ९९ हजार ७९० रुपैयाँ बराबरको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading रोकिएन नेपाली शेयर बजारको पहिरो, एकैदिन नेप्से ६९ अंकले घट्यो
पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना
न्युयोर्क अमेरिकास्थित पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । मुत्र नलीमा सँक्रमण भई रगतमा फैलिएपछि क्लिन्टनलाई अस्पताल भर्ना गरिएको चिकित्सकको हवाला दिदै समाचार संस्था सिएनएनले जनाएको छ । पूर्व राष्ट्रपति क्लिन्टनको अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया अर्भिङ मेडिकल सेन्टरको आईसीयुमा भर्नागरी उपचार भैरहेको छ । क्लिन्टनलाई तरल रुपमा एन्टिबायोटिक दिईरहेको चिकित्सकद्वारा बिहीवार जारी बिज्ञप्तिमा… Continue reading पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना
अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास
न्युयोर्क अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने… Continue reading अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास