नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ जना र ३४०८ एन्टिजेन परीक्षणमा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८२ जना पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय

काठमाडौं । सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)बीच सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो । एसएसबीको आयोजनामा दुई… Continue reading नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय

नेकपा एसमा मन्त्रीको टुंगो लगाउने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका नेपाल बालुवाटार पुगिसकेका छन् । गठबन्धनको बैठकमा सहभागी हुन उनी प्रधानमन्त्री निवास बालुवाटार गएको नेता विरोध खतिवडाले… Continue reading नेकपा एसमा मन्त्रीको टुंगो लगाउने जिम्मा माधव नेपाललाई

अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो

BRIAN ONGORO\BBC

काठमाडौं । अफ्रिकी मुलुकमा एक शताब्दीभन्दा लामो प्रयासमा तयार भएको मलेरिया विरुद्धको खोप वितरणको अनुमति प्राप्त भएको छ । यो ऐतिहासिक उपलब्धी भएको बीबीसीले लेखेको छ । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको हो । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि… Continue reading अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । बाग्मती प्रदेशका १३ जिल्लामा यो नियम लागु भएको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले… Continue reading काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा

आजबाट बडा दशैं शुरु, जमरा राखिँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरि जमरा राखिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री… Continue reading आजबाट बडा दशैं शुरु, जमरा राखिँदै

पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु

Photo : India Today

कराँची । पाकिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परि कम्तिमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । भुकम्पमा परि सयौं व्यक्ति घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि भागाभाग शुरु… Continue reading पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु

माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो, को-को बन्ने भए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि नारायणकाजी श्रेष्ठले समर्थन गरेका… Continue reading माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो, को-को बन्ने भए ?

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

काठमाडौं । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ। जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ । बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। लिस्ट… Continue reading रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

माइक्रोफाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । माइक्रोफाइनान्स र फाइनान्स कम्पनी चम्किँदा नेप्सेमा उच्च अंक्को बढोत्तरी आएको हो । सूचकमा उछाल आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छैन । आज कारोबार रकम साढे ४ अर्बमा सीमित भएको छ । बुधबार सेयर बजार मापक सूचक नेप्से ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा पुगेको छ ।… Continue reading माइक्रोफाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल

निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न आग्रह

काठमाडौं । निजी क्षेत्रका छाता संस्थाहरूले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् । संसदबाट अनुमोदन गर्नुपर्ने पूर्व शर्त… Continue reading निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न आग्रह

दशैंका लागि २० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी… Continue reading दशैंका लागि २० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब

बलिउडका चर्चित कलाकारहरु काठमाडौंमा, फिल्म उँचाईको छायांकन गरिँदै

काठमाडौं । बलिउडका केही चर्चित कलाकारहरु यतिबेला काठमाडौंमा छन् । फिल्म ‘उँचाई’को छायांकनका दौरान बलिउडका चर्चित अनुहारहरु यतिबेला काठमाडौं आइपुगेका हुन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका छन् । उनीहरुमध्ये अनुपम खेर पशुपतिनाथ दर्शनमा पुगेका छन् । उनले यो भूमिमा आउँदा आफुले शान्ती प्राप्त गर्ने बताएका छन् । यो… Continue reading बलिउडका चर्चित कलाकारहरु काठमाडौंमा, फिल्म उँचाईको छायांकन गरिँदै

अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने

काठमाडौं । अष्ट्रेलियाले यो वर्ष (सन् २०२१) भर विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले अहिलेसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी… Continue reading अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने

नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

काठमाडौं । दशैंमा घर जानेहरुलाई लक्षित गरि शुरु भएको अग्रिम टिकट नयाँ बसपार्कबाट १७ हजार टिकट मात्र जारी भएका छन् । व्यवसायीले टिकट सकिएको भन्दै रित्तो हात फर्काएसँगै यात्रु भने निरास बनेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेको तथ्यांक छ । गत वर्ष… Continue reading नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

काठमाडौं । सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले जनाएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको बताइएको छ । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालयमा कसलाई दिने भन्ने बारे अन्तिम रुप दिने र बिहीबार घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन् । २९ असारमा प्रधानमन्त्री… Continue reading दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं । यस वर्षको नोबेल पुरस्कारको घोषणा शुरु गरिएको छ । मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको हो । २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको छ । मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सले जापानका सुकोरो र जर्मनीका क्लाउसलाई आधा र बाँकी आधा इटलीका परिसीलाई भौतिकशास्त्रको २०२१ को… Continue reading भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

नेपालमा थप ९६८ जनामा कोरोना पुष्टी, १११४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार… Continue reading नेपालमा थप ९६८ जनामा कोरोना पुष्टी, १११४ जना संक्रमण मुक्त

संसदमा एमालेको नाराबाजीः ‘कालो धन चाँइदैन, देश लुट्न पाइँदैन’

काठमाडौं । प्रतिनिधिसभाको बैठक सकिएको छ । संसद बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक सुरु हुनासाथ रोष्टम घेराउ गरेको थियाे । एमाले सांसदहरुले ‘कालो धन चाँहीदैन, देश लुट्न पाइँदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए । साथै उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै सभामुखविरुद्ध चर्को… Continue reading संसदमा एमालेको नाराबाजीः ‘कालो धन चाँइदैन, देश लुट्न पाइँदैन’

३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ६ जनालाई जन्म कैदको फैसला

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ। मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ… Continue reading ३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ६ जनालाई जन्म कैदको फैसला

पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

काठमाडौं । पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाएका छन् । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा… Continue reading पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु

काठमाडौं । फेसबुक मानिसको जिवनशैली जस्तै बनेको छ । सोमबार रातीदेखि अवरुद्ध भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करीव ६ घण्टा लम्बियो । यस्तो अवरोध लामो समयसम्म रहेपछि फेसबुकले आफ्नो ट्वीटर ह्याण्डिलबाट माफी माग्नु परेको छ । विश्वव्यापी अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले लेखेको… Continue reading ६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु

२२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा श्रीलंकामाथि ३-२ गोलको सानदार जित दर्ता गरेको छ । नेपालले २२ वर्षपछि साफमा पहिलो पटक श्रीलंकालाई हराएको हो । लागता दोस्रो जितसँगै जारी प्रतियोगितामा नेपाल अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब भारत र… Continue reading २२ वर्षपछि साफमा श्रीलंकामाथि नेपालको सानदार जित

कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोरोना विरुद्धको खोप आविश्कार गर्ने व्यक्ति तथा संस्थाले पाउने अपेक्षा थियो । तर, शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । उनीहरुले स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेको नोबेल एसेम्बीले जनाएको छ । यी दुई वैज्ञानिक… Continue reading कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज

काठमाडौं । कतार सरकारले सो मुलुक प्रवेशका लागि ल्याएको नयाँ नियम सार्वजनिक गरेको छ । यो वैदेशिक रोजगारी तथा भ्रमणमा जाने नेपालीलाई समेत लागू हुने छ । कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारस्थित नेपाली दूतावासले जानकारी गराएको छ… Continue reading कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज

काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ… Continue reading काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?

File

काठमाडौं । गत साता काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको विषयमा कम्पनीले पाइलटको कमजोरी रहेको निष्कर्ष निकालेको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै पाइलटले विराटनगरमा पुगेर पनि जहाज काठमाडौं फर्काएका थिए । तर, इण्डिकेटरले संकेत गर्दा गर्दै जहाज अवतरण नगराएर बाह्य स्रोतमा भर पर्दा पाइलट अलमलमा परेको बुद्ध एयरले आन्तरिक रुपमा गरेको… Continue reading बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?

सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक’

काठमाडौं । सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘मन्त्रिपरिषद्मा भाग खोजेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ। प्रेस विज्ञप्ति जारी दाहालले भनेका छन्, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा… Continue reading सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक’

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो । सूचनामा २०७८ असार मसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ। वि।सं। २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग,… Continue reading केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

BBC

काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।… Continue reading ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?