दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । नेपालमा दशैं लगत्तै १८ वर्ष भन्दा मुनीका बालबालिकाले कोरोना विरुद्धको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको जानकारी… Continue reading दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनको तार काट्ने निर्णयबाट पछि हटेको छ । इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काट्न थालेको थियो । यसले उपभोक्ता मारमा परेको भन्दै आलोचना शुरु भएपछि प्राधिकरणले आफ्नो निर्णय सच्याएको हो । तर, उपभोक्ताबाट उठाएपनि इन्टरनेट सेवा प्रदायक र केबल… Continue reading इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

एक महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आए १८६४ पर्यटक

काठमाडौं । अमेरिकाबाट एक महिनाको अवधिमा १ हजार ८६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिना (सेप्टेम्बर २०२१)को अवधिमा सो संख्यामा पर्यटक नेपाल आएका हुन्.। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अवधिमा… Continue reading एक महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आए १८६४ पर्यटक

नेपालमा थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षण गर्दा ५४७ जना र ३८५० एन्टिजेन परीक्षण गर्दा १०५ गरी ६७९ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९७ हजार… Continue reading नेपालमा थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

रोकिएन् नेपाली सेयर बजारको पहिरो, सूचक ७ महिना अघिको विन्दुमा

काठमाडौं । सेयर बजारमा उच्चको अंकको गिरावट आएको छ । बजार खुले यता निरन्तर ओरालो लागेको बजार करिब ५६ अंकले घटेर बन्द भएको हो । नेप्से सूचक ७ महिना अघिकै बिन्दुमा आइपुगेको हो । गत चैतमा सूचक २६०० विन्दु तल रहेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाम कडाइ गरे यता ओरोला लागेको बजारको… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, सूचक ७ महिना अघिको विन्दुमा

गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन

एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै महिलाहरू प्रदर्शनमा उत्रिएका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका महिलाहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । गर्भपतनलाई कानुनी मान्यतालगायतका नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च… Continue reading गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन

एमालेको कार्यकारी पदमा उठ्न उमेर हद, ओलीलाई पूर्ण कार्यकाल अध्यक्ष हुने बाटो खुल्यो

काठमाडौं । नेकपा एमालेको कार्यकारी पदमा उठ्न उमेर हद निर्धारण तोकिएको छ। आइतबार ललितपुरको सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने व्यवस्था गरेको हो । पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने प्रस्ताव अघि… Continue reading एमालेको कार्यकारी पदमा उठ्न उमेर हद, ओलीलाई पूर्ण कार्यकाल अध्यक्ष हुने बाटो खुल्यो

एमाले विधान महाधिवेशनः वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने, स्थायी कमिटी ४५ सदस्यीय

काठमाडौं । नेकपा एमालेमा १५ जना पदाधिकारी हुने भएका छन् । आइतबार ललितपुरको सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको हो । एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए । उनले अध्यक्ष एक… Continue reading एमाले विधान महाधिवेशनः वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने, स्थायी कमिटी ४५ सदस्यीय

मनसुन अझै सक्रिय, हल्कादेखि भारी वर्षाको सम्भावना

Photo : wrightouttanowhere.com

काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा मनसुन लम्बिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय क्षेत्रको प्रभावले नेपालको अधिकांस स्थानको मौसम बद्ली भएको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र… Continue reading मनसुन अझै सक्रिय, हल्कादेखि भारी वर्षाको सम्भावना

पोल भाडा नतिर्ने कम्पनीको तार काट्न थालेसँगै दुई सरकारी प्राधिकरणबीच टकराव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल उपयोग गर्ने तर भाडा नतिर्ने कम्पीको तार काट्न थालेसँगै विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच टकराव शुरु भएको छ । दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान… Continue reading पोल भाडा नतिर्ने कम्पनीको तार काट्न थालेसँगै दुई सरकारी प्राधिकरणबीच टकराव

गैरआवासीय नेपालीको चूनावमा समन्वय गर्न कांग्रेसले नेतालाई दियो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन र निर्वाचनमा समनवय गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । निर्वाचनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउने भूमिका खेल्न भन्दै नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पत्र लेख्दै यस्तो जानकारी गराएका… Continue reading गैरआवासीय नेपालीको चूनावमा समन्वय गर्न कांग्रेसले नेतालाई दियो जिम्मेवारी

जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

GETTY IMAGES\BBC

टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह… Continue reading जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

फिलिपिन्सका राष्ट्रपतिले गरे सन्यासको घोषणा

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उनले आगामी वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । बीबसिीका अनुसार फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा… Continue reading फिलिपिन्सका राष्ट्रपतिले गरे सन्यासको घोषणा

८६७ जनामा कोरोना पुष्टी, ९ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यसअवधिमा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा… Continue reading ८६७ जनामा कोरोना पुष्टी, ९ जनाको निधन

डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वाधिक मानवीय क्षति भोगेको अमेरिकामा मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले शनिबार बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको तथ्यांक आएको छ ।… Continue reading डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक

नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

काठमाडौं । नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत पुगेको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६\७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७\७८ मा उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको पाइएको छ । परिसङ्घले त्रैमासिक… Continue reading नेपालमा औद्योगिक आय वृद्धिदर ८ प्रतिशत

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । शुक्रबारबाट शुरु भएको साफ चाम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले हराएको हो । नेपालले साफमा पहिलो पटक माल्दिभ्सलाई हराउन सक्यो । यो ऐतिहासिक जितको नायक बने मनिस डाँगी । उनले ८६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णय बन्यो । ६९औं मिनेटमा… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

काठमाडौं । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई भिसा दिने भएको छ । सो मुलुकले १८ महिनापछि यस्तो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको… Continue reading अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो । समितिका अनुसार नेपालमा भने असोज २९ गते… Continue reading नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?

नेपालमा थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३२५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १०६६ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार… Continue reading नेपालमा थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

चार पूर्वप्रधानन्यायाधीशले पाए अवहेलना मुद्दामा सफाइ, मागदाबी नपुगेको ठहर

काठमाडौं । सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई अवहेलना मुद्दामा सफाई दिएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा सफाई दिने फैसला गरेको हो । अधिवक्ताहरूद्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश… Continue reading चार पूर्वप्रधानन्यायाधीशले पाए अवहेलना मुद्दामा सफाइ, मागदाबी नपुगेको ठहर

एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ… Continue reading एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’

काठमाडौं जिल्ला प्रशासनले भन्यो-‘सभा सम्मेलन गर्न रोक लगाएको छैन्’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरेर आदेश जारी नगरिएको स्पष्ट पारेको छ । बिहीबारको सूचनामा सभा सम्मेलन गर्न रोक लगाएको विषयमा प्रशासनको चर्को आलोचना भएपछि आज पुनः एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै… Continue reading काठमाडौं जिल्ला प्रशासनले भन्यो-‘सभा सम्मेलन गर्न रोक लगाएको छैन्’

‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताएका हुन्। ओलीले अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटे भन्दै त्यसको बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताए । ‘अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटेको छ… Continue reading ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

काठमाडौं । दक्षिण एसियाली मुलुकको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । १३ औं संस्करणको प्रतियोगिताको आयोजक माल्दिभ्स हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । साफ च्याम्पियनसिपमा पाँच मुलुक उपाधीका लागि भिड्दैछन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता… Continue reading साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

GETTY IMAGES\BBC

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो । सरकारले खर्च गर्न नपाउने प्रावधान लागु… Continue reading अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । यो कार्यक्रममा एमालेले ६ हजार प्रतिनिधिलाई काठमाडौंमा बोलाएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमाले नेताहरुले बताएका छन् । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत… Continue reading एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक

File Photo

काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला-महोत्सव र सभा-जुलुस गर्न नपाउने गरि प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्म यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घर बाहिर मानिस जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न… Continue reading काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक

पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

Photo source : technotrenz.com

काठमाडौं । अब पर्यटक भिसामा खाडी मुलुक, सार्क मुलुक, मलेसिया र थाइल्याण्डमा घुमफिरमा जाने नेपालीले २५० डलर मात्र बोके पुग्ने भएको छ । सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम डलर घटाउने निर्णय गरेको हो । यसअघि यस्तो रकम ५ सय डलर थियो । यस्तो रकम डलर वा सोही मुलुकको… Continue reading पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

१०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको… Continue reading १०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु