अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल

क्यालिफोर्निया । कोरोना भाइरसका कारण अमेरिकामा मात्र ११ जनाको ज्यान गएको छ । बिहीबार मात्र एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सानफ्रान्सिस्कोबाट मेक्सिको गएका यात्रु थिए । क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको हो । अमेरिकामा १६… Continue reading अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल

जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

जन्तीबस दुर्घटनामा ४ को मृत्यु

हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय… Continue reading जन्तीबस दुर्घटनामा ४ को मृत्यु

यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो । कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ । होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न… Continue reading यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो । ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो। यसअघि… Continue reading सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी… Continue reading विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

काठमाडौं । राजिनामा दिएको २४ घण्टा नबित्तै अर्थमन्त्री डा. युवराज खतिवडाको पदमा पुनबहाली भएको छ । उनले साविकमा जस्तै अर्थ र सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् । त्यसलगत्तै उनी मन्त्रालय पुगेर कार्यभार ग्रहण गरे । उक्त अवसरमा उनले… Continue reading अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो । अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा… Continue reading प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात

प्रभात भट्टराई/अमेरिका अमेरिकाका १४ राज्यमा सम्पन्न राष्ट्रपतिय प्राइमरी चुनावमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले चामत्कारिक जित हासिल गरेका छन् । बाइडेनले राती दुई बजेसम्ममा आठ राज्य जित हासिल गरि सकेका छन् भने थप दुई राज्यमा जित निकाल्ने निश्चित प्राय देखिएको छ । गतसातासम्म सुपर ट्युज्डेबाट प्रष्ट अगुवाइ लिने अनुमान गरिएका सिनेटर बर्नी स्यान्डर्सले तीन राज्य जितेका… Continue reading सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात

प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण… Continue reading प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाबारे सचेतना तीव्र बनाइएको छ । विभिन्न कार्यालयले आफ्ना कर्मचारीलाई भित्र प्रवेश गराउने बेला ज्वरो नाप्न थालिएको छ । मंगलबार धेरै जसो ठूला कार्यालयका कर्मचारीले ज्वरो नापेको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । यता, चपक्रथमा गुड्ने विजुली बसमा समेत यात्रुको ज्वरो नाप्न थालिएको छ । यो बस सुन्दर यातायातले चलाएको… Continue reading उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् । तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका… Continue reading कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती… Continue reading विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’

प्रभात भट्टराई/अमेरिका साउथ क्यारोलिना प्राइमरीमा बलियो जित सहित पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय होडमा ‘कमब्याक’ गरेका छन् । सुरुका तीन राज्यको प्राइमरी निर्वाचनको हारसँगै धेरैले बाइडेन क्याम्पेन पतन भएको लख काटेका थिए । तर, साउथ क्यारोलिनामा पाएको मतसँगै बाइडेनको पुनरोदय भयो । डेमोक्रेटिक पार्टीमा अहिले दुई धार छन् । सिनेटर बर्नी स्यान्डर्सले पार्टीका… Continue reading ‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’

कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि… Continue reading अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाली समुदायको हकहितमा कार्यरत सामाजिक संस्था अधिकारले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । अधिकारले आफ्नो १५ औं बार्षिकोत्सबका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच नारी दिवस मनाएको हो । ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ मनाइएको दिवसमा यसपाली अमेरिकी जनगणना(सेन्सस २०२०)मा सबैलाई… Continue reading सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

१८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ । ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ । १५ औं योजनामा समावेस… Continue reading १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु… Continue reading विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह

काठमाडौं । नेपाल सरकारले आफ्ना नागरिकलाई विदेश यात्रामा सचेत रहन आग्रह गरेको छ । नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो । कोरोना भाइरसले पछिल्लो समय बढी नेपाली बढी आवत जावत हुने देशमा संक्रमण बढाएको छ । सोहीकारण सरकारले विदेश यात्रामा सचेत रहन आग्रह गरेको हो । तत्कालका लागि… Continue reading नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह

चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

काठमाडौं । नेपालमा चीनबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । कोरोनाको प्रकोप फैलिएसँगै चीनबाट पर्यटक आवागमन करीव ठप्प प्राय छ । फेब्रुअरी महिनामा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को फेब्रुअरीमा चीनबाट करीव १४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष आएका चिनियाँमध्ये… Continue reading चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ । गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।… Continue reading ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको स्थानमा महेन्द्र पाण्डेलाई राजदूतमा नियुक्त गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेको छ । यद्दपी सरकारको यो निर्णयको भने आलोचना भइरहेको छ । आफ्नो नातागोता गर्ने मानिसलाई अवसर दिने र दक्ष कर्मचारीलाई भने फिर्ता बोलाएको भन्दै सरकारको आलोचना शुरु भएको हो । पूर्व मुख्यसचिव… Continue reading चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

भ्रमण वर्ष स्थगित गरिने

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् । अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ । आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ… Continue reading भ्रमण वर्ष स्थगित गरिने

मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा

न्यूयोर्क इन्डियानाको साउथबेन्ड सिटीका पूर्व मेयर पिट बुट्टिजजले राष्ट्रपतिय होड त्यागेका छन् । आईवा ककस र न्यू ह्यामसर प्राइमरीमा उत्साहजनक प्रदर्शन गरे पनि त्यसको प्रभाव बाँकी राज्यमा नदेखिएपछि उनले होडबाट बाहिरिने निधो गरेका हुन् । एउटा सानो सहरको मेयरबाट राष्ट्रपतिय होडमा जबरबस्त उपस्थिती देखाउने उनी पहिलो ब्यक्ति हुन् । सन् २०१९ को पहिलो त्रैमासिकमा ७०… Continue reading मेयर बुट्टिजजले छाडे राष्ट्रपतिय होड, बाइडेनलाई समर्थन गर्ने अपेक्षा

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन । राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए । भाषण मन नपरेका… Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको राजधानी टोकियो नजिकै रहेको नारिता विमानस्थलमा आजबाट उडान सेवा प्रारम्भ गर्दैछ । सोमबार बिहान १ बजेर २५ मिनेट जाँदा नेपाल एयरलाइन्सको जम्बो जहाज नारिताका लागि उड्दैछ । उक्त जहाजमा नेपालबाट २ सय ३७ जना यात्रु नारिताका लागि उड्दैछन् । जापानको नारिताबाट भने पुरै सीट भरेर यो जहाज नेपाल आउने भएको… Continue reading आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु