काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले साउन २४ गतेसम्म एकताको काम सक्न वार्ता टोलीलाई निर्देशन दिएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमालेसँगको एकतालाई अन्तिम रुप दिन वार्ता टोलीलाई साउन २४ गतेसम्मको समय दिएको हो । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि… Continue reading नेपाल पक्षको शर्त:ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता
Category: फिचर
अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदूषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा… Continue reading अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने
उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोड रुपैयाँको लगानीमा १ हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख… Continue reading उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै
भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज कोभिडविरुद्धको खोप
काठमाडौं । भुटानले नेपाललाई अनुदानस्वरुप दिएको कोभिड खोप एस्ट्राजेनने शुक्रबार नेपाल ल्याइएको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो । भुटानले यसअघि आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर बाँकी रहेको खोप छिमेकी मुलुकलाई दिने घोषणा गरेको थियो । कोभिडविरुद्धको ३ लाख डोज खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।… Continue reading भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज कोभिडविरुद्धको खोप
२३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै
काठमाडौं । कोरोना भाइरस विरुद्ध जनस्तरबाटै समर्थन जुटाउन सरकारले मास्क अभियान चलाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ साउनबाट एक सातासम्म देशव्यापी मास्क अभियान चलाउने बताएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयले मास्क… Continue reading २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै
‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आज भन्सार विभागमा निरीक्षण तथा ब्रिफिङमा पुगेका उनले जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती नदिन आग्रह गरे । उनले भने… Continue reading ‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’
नेपालमा ३९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८७० पीसीआर परीक्षण गर्दा ३००७ र ६५३८ एन्टिजेन परीक्षणमा ९३१जना गरी ३९३८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा ३९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको निधन
स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना यो प्रक्षेपण पेश गरिएको हो । प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’
आजदेखि विदेश जानेलाई विद्युतीय खोप प्रमाणपत्र, अनलाइनबाटै यसरी लिनुहोस्
काठमाडौं । सरकारले आज (बिहीबार) देखि अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराएको छ । खोप प्रमाणीकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गर्दै साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिएको हो । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको… Continue reading आजदेखि विदेश जानेलाई विद्युतीय खोप प्रमाणपत्र, अनलाइनबाटै यसरी लिनुहोस्
नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर १४ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक सूचक नेप्से १२.६४ अंकले घटेर… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
यूएईले बालबालिकामा लगाउने भयो चिनियाँ खोप
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)ले बालबालिकालाई कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप वितरण गर्ने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने गरि निर्णय गरेको हो । युएईले ३ देखि १७ वर्षसम्मका बालबालिकालाई समेत सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि… Continue reading यूएईले बालबालिकामा लगाउने भयो चिनियाँ खोप
वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न जिल्लामा पुनः प्रतिवन्ध शुरु भएको छ । यस अवस्थामा आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । उनीहरुले उडान नियमित राख्न र नरोक्न समेत आह्वान गरेका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,… Continue reading वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ
आज बस्ने एमाले माधव समुहको बैठकमा पार्टीको नाम जोडेको भन्दै ओली समूहको आपत्ति
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बुधबारका लागि बोलाइएको थियो । तर, केही सदस्य उपत्यका भन्दा बाहिर रहेपछि बैठक आजका लागि सारिएको हो । यो बैटक बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बस्नेछ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने… Continue reading आज बस्ने एमाले माधव समुहको बैठकमा पार्टीको नाम जोडेको भन्दै ओली समूहको आपत्ति
एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरका ६० मुलुकमा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गरेको छ । संघका अनुसार आगामी २०२१,२०२३ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै निर्वाचन भएको हो । विश्वभर विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषद भने निस्क्रिय छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन… Continue reading एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो
कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरको निकै नजिक रहेको भन्दै सचेत रहन आह्वान गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका दौरान स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएका छन् । पछिल्ला दिनमा धेरै मानिसमा टाउको दुख्ने, सामान्य ज्वरो आउने वा कोरोनासँग मिल्दोजुल्दा… Continue reading कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने
काठमाडौं । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आक्रान्त बनेको छ । यसले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ । यहाँका बासिन्दाले आफ्नो जिवनकालमा यसअघि कहिल्यै पनि कल्पना समेत नगरेको यो विपदको कारण पत्ता लगाउन र भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली खटिने भएको छ । बिहीबार खानी विभागको प्राविधिकहरुको टोली सो क्षेत्रमा जाने… Continue reading मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने
सन्यासपछि पारसको स्पष्टीकरण : क्रिकेटमै रमाउँछु
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अकस्मात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । यो घोषणालाई लिएर क्रिकेट समर्थक निरास बने । यसबारे विभिन्न अड्कल बाजी समेत भए । नेपाली क्रिकेटलाई विश्वकपसम्मको यात्रा, वानडे मान्यता दिलाउनेसहित दर्जनौं उपाधी हात पारेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज आफ्नो सन्यासबारे थप स्पष्ट पारेका… Continue reading सन्यासपछि पारसको स्पष्टीकरण : क्रिकेटमै रमाउँछु
जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप शनिबार काठमाडौं आउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार शनिबार र आइतबार गरि पहिलो लटमा कुल ८ लाख डोज खोप काठमाडौं आउने भएको छ । यो खोप पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका जेष्ठ नागरिकका लागि उपलब्ध हुने छ । काठमाडौंस्थित जापानी दूतावासले… Continue reading जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित
एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले उच्च गति लिँदै गर्दा अस्पतालहरुमा भिडभाड बढेको छ । कतिपय सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि बेड पाउन मुस्किल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पीसीआर परीक्षण गर्दा… Continue reading एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?
तीन दिन भित्रै क्रियासिल सदस्यता विवाद टुंग्याउने कांग्रेस नेताहरुबीच सहमति
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताले आगामी तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंग्याउने सहमति गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार सम्पन्न छलफलमा यस्तो सहमति जुटेको हो । क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिइने भएको… Continue reading तीन दिन भित्रै क्रियासिल सदस्यता विवाद टुंग्याउने कांग्रेस नेताहरुबीच सहमति
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिँदै
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिने भएको छ । सत्ता गठबन्धनको कार्यदलको मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न आज पनि कार्यदलको बैठक बस्दैछ । गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता बनाइएको छ । बुधबार शीर्ष नेतासँगको परामर्शपछि साझा न्यूनतम कार्यक्रमलाई… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिँदै
मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीका कारण उच्च जोखिममा रहेका घरमा नबस्ने आह्वान गरेको छ । १ असारयता मेलम्चीमा ढुंगा र हिलोमाटोसहितको बाढीले नदीतटीय क्षेत्रका घरमा ठूलो क्षति गरेको छ । बस्ती क्षतिगस्त भएको र थप क्षतिको सम्भावना रहेको भन्दै मेलम्ची नगरपालिकाले यस्तो आह्वान गरेको हो । नगरपालिकाले असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र… Continue reading मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु
अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु
काबुल । अफगानिस्तानमा रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गरेका छन् । बीबीसीका अनुसार यो आक्रमणमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी भने घरबाहिर थिए । सोहीकारण उनी सकुसल रहेको समाचारमा उल्लेख छ । बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका… Continue reading अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु
माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल
काठमाडौं । सरकार गठन भएको तीन साता बितिसकेको छ । तर, प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । यसबाट उनको आलोचना बढेको छ । सत्ता साझेदार दलहरुमध्ये नेकपा एमालेको माधव नेपाल पक्षले ठोस निर्णय दिन सकेको छैन । सोहीकारण देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न नपाएका हुन् । माधव नेपाल पक्षमा दुई धार छ… Continue reading माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल
यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो… Continue reading यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध
अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने
काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको… Continue reading अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने
ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वको सरकारले एमाले नेता देवीप्रसाद ज्ञवालीलाई संयोजक राखेर आयोग बनाएको थियो । आयोगको देशका ७५ वटै जिल्लामा स्थानीय एमाले नेतालाई संयोजक तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै… Continue reading ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरेको छ । उनी प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएसँगै उनको नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको… Continue reading नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ… Continue reading लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारले ऐतिहासिक कीर्तिमान बनाएको छ । माइक्रोफाइनानस समूहको सेयरमा चमक आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । आज नेप्सेले ३१११ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि साउन १३ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०९४ विन्दुको… Continue reading नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल