काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं उपत्यकामा बढेको मानिसहरुको अत्यधिक भिडले अधिकारीहरुको चिन्ता बढाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिइरहेको समयमा कोरोना सङ्क्रमण समेत बढिरहेको छ । भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अब अनुगमन टोली नै खटिने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ… Continue reading उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने
Category: फिचर
अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको… Continue reading अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो आधिकारिक सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । पारस १० वर्ष भन्दा बढी समय नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । उनले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा गरेका छन् । अकस्मात आएको उनको सन्यासले… Continue reading पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको… Continue reading सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु
आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो भनाई आलोचित बनेपछि माफी मागेका छन् । उनले केही दिन अगाडी राजिनामा घोषणा गरेका थिए । त्यसअगाडी उनले नेपालमा खेलाडी र पदाधिकारीमा राजनीतिक मानसिकता रहेको भन्दै आलोचना गरेका थिए । यो अभिव्यक्तिको आलोचना भएसँगै उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । मुख्य प्रशिक्षकले आफ्नो जिम्मेवारी… Continue reading आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे
अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?
काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?
सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार
काठमाडौं । सर्वोच्च अदालतबाट माओवादी केन्द्रले सांसद पदबाट निकालेका चार नेताको सांसद पद अन्ततः फिर्ता नहुने भएको छ । सर्वोच्च अदालतबाट उनीहरुको पद पुनर्बहाली गर्न अस्वीकार गरेको हो । आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेज गरी सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका थिए ।… Continue reading सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार
नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३१२५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ ।… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन
युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा
काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख पदबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ। गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई गत जेठमा युनिफाइड अस्पतालमा… Continue reading युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा
यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता
काठमाडौं । यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्। विशेषगरी बाढीपहिरोका कारण ५५ जिल्लामा अकल्पनीय क्षति भएको छ। जेठ मसान्तदेखि हालसम्म बाढीपहिरोमा घटनामा परेर ६७ जनाले ज्यान गुमाएको राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बताए । जसमा ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाईते भएका छन् । सबैभन्दा… Continue reading यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता
स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। सार्वजनिक कार्यक्रममा उनले असोज महिनाको अन्त्यसम्म २ करोड ४३ लाख डोज खोप आपूर्ति हुने सुनिश्चित भएको जनाकारी दिए । कोभ्याक्स सुविधा अन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड… Continue reading स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित
अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?
काठमाडौं । अब नेपालमा समेत ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने भएको छ । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या भएको अवस्थामा सबै बालबालिकालाई आमाको पोशिलो दुध खुवाउन सक्ने अवधारणासहित नेपालमा ‘मिल्क बैंक’ स्थापना हुने भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने… Continue reading अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?
विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने
काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा… Continue reading विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने
भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा
काठमाडौं । १ असारको प्रलयकारी बाढी र त्यसमा शनिबार राती थपिएको पहिराले काठमाडौं उपत्यकामा पानी ल्याउन ३० वर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्यौलमा परेको छ । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा आइतबार हेलिकोप्टरबाट दृष्य हेरिएको छ । जहाँ मेलम्चि खोलाको अधिकांश स्थानमा पहिरो झरेको छ । यो पहिरोले ल्याएको माटो खोलाले तत्काल बगाउन सक्ने… Continue reading भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा
ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले… Continue reading ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल… Continue reading गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई कोरिया पठाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र… Continue reading इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन
शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पुरस्कार राशी बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यसअघि ए डिभिजन लिग विजेता क्लवको पुरस्कार राशी ५० लाख थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने निर्णय गरेको हो । नयाँ सिजनको… Continue reading शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो
पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।… Continue reading पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त
कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयले आइतबार परिपत्र जारी गरेको हो । केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले उक्त निर्देशन दिएको हो । वैदेशिक रोजगारी तथा… Continue reading कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन
कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली… Continue reading कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता
भुटानबाट आउने भयो ३ लाख डोज खोप
काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन । यो… Continue reading भुटानबाट आउने भयो ३ लाख डोज खोप
सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको निर्णायक भनिएको शनिबारको बैठक सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको थियो । सो बैठक पुनः आज ३ बजे बस्ने गरि बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको टकरावले पछिल्लो एक वर्षयता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । एमाले ओली पक्षका केही नेता… Continue reading सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज
मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति
मेलम्ची । बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोकको मेलम्चीलाई पुनः बाढीले सताएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा गतरातीदेखि बाढी आउन थालेको हो । बाढीका कारण केही घर पुरिएका छन् । मानिसहरु भने सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन पाएन । तालामाराङस्थित प्रहरी चौकी समेत विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १ असारमा… Continue reading मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति
कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३… Continue reading कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकस्मात एक ट्वीट गरे । जसमा नेपाल समेत सम्बोधन भएको छ । उनले हिन्दी भाषामा भनेका छन्, ‘भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है। हम सभी सुख दुख के… Continue reading नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?
माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।… Continue reading माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा संसदीय दलको नेता उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो। बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएका हुन् । संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित थिए । २० जना प्रतिनिधिसभाका… Continue reading जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले… Continue reading दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा विवाद टुंग्याउने प्रयोजनका लागि निर्णायक भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । बैठकमा केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ… Continue reading निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै