काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको परीक्षणमा ९९०१ नमुनाको पीसीआर परीक्षणमा २८७४ र ५ ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३७४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १… Continue reading नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टी, ५२९३ जना संक्रमण मुक्त
Category: फिचर
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो। सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे। प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेकाे थियाे।
झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन विहिबार नेप्से १.८ अकले घटेको २९४४.७८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता
मन्त्रिपरिषद् विस्तार , यी हुन् प्रधानमन्त्री ओलीका नयाँ सारथी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्र छाडेका तथा मावध नेपाल पक्ष छाडेर ओलीपक्षमा लागेकालाई पनि मन्त्रिपरिषद्मा समावेश गरेका छन् । एमालेको खनाल–नेपाल समूह छाडेका नेता तथा सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । उनी प्रधानमन्त्री… Continue reading मन्त्रिपरिषद् विस्तार , यी हुन् प्रधानमन्त्री ओलीका नयाँ सारथी
शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना
काठमाडौं । नेपालमा शुक्रबार साँझ वा शनिबारबाट मनसुन सक्रिय हुने भएको छ । मौसमविद्ले यो वर्ष औसतमा बढी पानी पर्ने चेतावनी यसअघि नै दिएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभावका कारण बिहीबारबाटै वर्षा भने हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।… Continue reading शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना
अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने
लण्डन । अमेरिकाले विश्वका करीव १ सय मुलुकलाई कोरोना खोप अनुदानमा दिने भएको छ । त्यसका लागि ५० करोड डोज खरीद गर्ने घोषणा खबर सार्वजनिक भएको छ । अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने छ । बीबीसीका अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ… Continue reading अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने, मनाङे निर्णायक
पोखरा । गडकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिँदैछन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभाबाट बहुमत पुर्याउन ३१ जना सांसदको साथ हुनुपर्छ । मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेमा २७ सांसद छन् । अन्य प्रदेशमा जस्तै यहाँ पनि फ्लोर क्रसको सम्भावना भने छ । उता, विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्पमा नेपाली कांग्रेस संसदीय… Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने, मनाङे निर्णायक
भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् । भेटमा भारतीय… Continue reading भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग परामर्श गर्ने भएका छन् । उनले शुक्रबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र पठाएर बैठकमा बोलाएका छन् । बैठक समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ । संघीय संसद… Continue reading सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए
महाधिवेशन भदौमै गर्ने कांग्रेस सभापतिको प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमै आयोजना हुने सभापति शेरबहादुर देउवाले बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभई महत्वपूर्ण राजनीतिक अभियान समेत भएको आफुले बुझेको बताएका हुन् । उनले पार्टीको जिवन्तताका लागि महायज्ञ भएकाले महाधिवेशन तोकिएको समयमै हुने उनले उल्लेख गरेका छन् । देउवाले… Continue reading महाधिवेशन भदौमै गर्ने कांग्रेस सभापतिको प्रतिवद्धता
नेपालमा थप ८१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१७९ पुगेको छ।
नेपालमा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टी, ५७६८ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार,कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा… Continue reading प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार,कारण देखाउ आदेश जारी
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १३.५६ अकले घटेको २९४६.५८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० हजार ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३ समूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार
एमाले एकताका बाधक तीन शीर्ष नेता हुन् : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका युवानेता योगेश भट्टराईले एमालेको एकता हुन नसक्नुमा एमालेका तीन शीर्ष नेताको हात रहेको बताएका छन् । बुधबार बिहान सामाजिक संजालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् । एमालेलाई एक बनाउन उनी दोस्रो तहका नेतासँगै लागि परेका बेला शीर्ष नेता नै यसमा बाधक देखिएको आरोप लगाएका हुन् । अध्यक्ष… Continue reading एमाले एकताका बाधक तीन शीर्ष नेता हुन् : योगेश भट्टराई
आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने
काठमाडौं । आजबाट श्रम स्वीकृति खुला भएको छ । वैदेशिक रोजगार कार्यालयले हरेक बुधबार मात्र अन्तिम श्रम स्वीकृति लिन सकिने गरि सेवा प्रारम्भ गरेको हो । सरकारले अन्तर्राष्ट्रिय गन्तब्यतर्फ कतारमा नियमित उडान खुला गरेसँगै सो मुलुकमा जाने कामदारको बाटो समेत खुलेको छ । सोहीकारण कार्यालयले आफ्नो सेवा शुरु गरेको हो । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट… Continue reading आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने
नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी
काठमाडौं । नेपालमा निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा गत वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । यसबीचमा महामारीको संक्रमण दर केही कम भएपनि अपेक्षित कम भने हुन सकेको छैन । तर, जनजिविकामा असर गरेको भन्दै सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको हो । राससले… Continue reading नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी
भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए
कानपुर । भारतको भारत उत्तर प्रदेश राज्यको कानपुरमा भएको भयानक सडक दुर्घटनामा कम्तिमा १७ जना मारिएका छन् । कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मंगलबार साँझ भएको यो दुर्घटनामा थप ६ जना गम्भीर घाइते रहेको समाचारमा उल्लेख छ । घटनाप्रति भारतीय प्रधानमन्त्री… Continue reading भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए
विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु
इलाम । इलाममा विषालु च्याउ सेवनबाट दुई जनाको मृत्यु भएको छ । राससका अनुसर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा ज्यान गएको हो । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका… Continue reading विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु
अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ । विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ… Continue reading अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । यो घटना मंगलबार भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलवार फ्रान्सको दक्षिण पूर्वी इलाकामा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका थिए । सोशलमा भाइरल भएको एक भिडियो अनुसार सार्वजनिक स्थलमा रहेका समर्थकलाई अभिवादन गर्ने क्रममा एक व्यक्ति उनको नजिक आउँछन्, त्यसपछि… Continue reading फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०८ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०९८ पुगेको छ।
नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार ६५ जनाको पिसिआरमा ३८७० जना र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा १२८३ जनामा संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४पुगेको छ… Continue reading नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त
नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९६० विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९६० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २९०६ विन्दु चुमेको थियो । यसदिन नेप्से ५३४४ अकले बढेर २९६०. १४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,खनाल-नेपाल समूहले जोगाइदियो पद
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । प्रदेशसभामा भएको मतदानमा नेकपा… Continue reading मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,खनाल-नेपाल समूहले जोगाइदियो पद
चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति
काठमाडौं । चीनले तीन वर्षमाथिका सबै बालबालिकामा कोरोना विरुद्धको खोप लगाउने भएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकामा समेत लगाउन सकिने गरि अनुमति प्रदान गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले यसअघि १८ वर्ष भन्दा माथिकाले मात्र खोप लगाउन सक्ने अनुमति पाएका थिए । तीन वर्षमाथि उमेर… Continue reading चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति
सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ… Continue reading सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु
काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको खोप लगाउनु शुरु भएको छ । सरकारले विभिन्न उमेर समूह तोकेर सोही अनुसार खोप लगाउन थालेको हो । स्वास्थ्य सेवा विभागका अनुसार सात वटै प्रदेशमा खोप लगाइने छ । चीनको सीमाना जोडिएका जिल्लामा १८ वर्षमाथिका मानिसहरुले यो खोप पाउने छन् । सबै हिमाली जिल्लामा भने ५५ वर्षदेखि ५९… Continue reading आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु
विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित
काठमाडौं । नेपालले सन् २०२२ को विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएसँगै विश्वकपको ढोका बन्द भएको हो । सोमबार राती कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान… Continue reading विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित
८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीलाई इतिहासकै सबैभन्दा खराब महामारी भन्दै गरिब नागरिकका लागि ऐतिहासिक घोषणा गरेका छन् । उनले राहतस्वरुप आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाद्यान्न दिने घोषणा गरेका हुन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । कोरोना महामारीका कारण ठूलो मानवीय क्षति भएपछि… Continue reading ८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा