काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ । काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् । नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै… Continue reading लेविको विषयले कांग्रेसको नियमावली विवादमा
Category: फिचर
कोशी ब्यारेजका सबै ढोका खुला
काठमाडौं । सप्तकोशी नदीमा जलस्तर अधिक भएपछि कोशी ब्यारेजका सबै (५६ वटा) ढोका खोलिएको छ । आइतबार बिहानदेखि सबै ढोका खोलेर जल प्रवाहको व्यवस्था मिलाइएको ब्यारेज प्रहरी चौकी कार्यालयले जानकारी दिएो छ । सम्भावित जोखिम कम गर्न सबै ढोका खोलिएको कार्यालयको भनाई छ । एक दशक अगाडी पश्चिम कुशहामा बाँध फुटेपछि नेपाल र भारत दुबै… Continue reading कोशी ब्यारेजका सबै ढोका खुला
४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
न्युयोर्क संसार कै ब्यस्त मध्येको एक न्यूयोर्क स्थित म्यानह्याटन शहरमा शनिबार साँझ बिद्युत अबरुद्ध हुँदा पर्यटकीय क्षेत्र टाईम्स स्क्वायर रेष्टुरेण्ट क्षेत्र र हेल्स किचेन लगायतको ठुलो हिस्सामा अन्धकार हुन पुगेको छ । झण्डै ९० डिग्री तापक्रमले तातिएको न्युयोर्कमा एकाएक बिद्युत अबरुद्ध हुँदा जमिन मुनीबाट चल्ने रेल सेवा अबरुद्ध हुन पुगेको छ भने अग्ला भवनका एलिभेटरहरु… Continue reading ४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
डोल्पा । डोल्पामा खोलाले तीन घर बगाउँदा एक जनाको निधन भएको छ भने १० जना वेपत्ता भएका छन् । शनिबार डोल्पाको तल्लो भेगस्थित मुड्केचुला गाउँपालिका(१ मा औलमा पर्ने काचिला खोलामा बाढी आएछि ती घर बगाएको प्रहरीले जानकारी दिएको छ । तीन घरका १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको… Continue reading डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
बाढी पहिरोले ३२ को लियो ज्यान
काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् । पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास… Continue reading बाढी पहिरोले ३२ को लियो ज्यान
टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी
मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८… Continue reading टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी
पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
काठमाडौं । शनिबार पनि तराईका नदिहरुका जलस्तर बढ्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईका अधिकांश ठूला नदिहरुले खतराको सूचि पार गरिसकेका छन् । सप्तकोसी र कमला नदीमा बाढीका कारण खतराको स्तर माथि पुगिसकेको बाढी मापन केन्द्रले शनिबार सवेरै जानकारी गराएको छ । कमला नदी(धनुषा(तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा… Continue reading पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो
काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।
प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।
शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।
प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।
रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।
काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।
शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।
काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।
यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लएपछि बन्द भएको विमानस्थल ८ घण्टा पछि सूचारु भएको छ । त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान ११ बजे नेपालगन्जबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लएको थियो । उक्त घटनामा यात्रु र जहाज भने सकुसल रहे । तर, जहाजको पांग्रा हिलोमा भास्सिएपछि बेलैमा जहाज बाहिर निकाल्न सकिएको थिएन… Continue reading यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द
मनसुनले देशभरको जनजीवन प्रभावित
काठमाडौं । बिहीबारबाट निरन्तर परेको मनसुनले देशमा विभिन्न स्थानको जनजीवन प्रभावित पारेको छ । वर्षापछि आएको बाढीले रौतहटमा डुबान शुरु भएको छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्नुका साथै लाल बकैया नदी वस्तीमा छिर्दा डुबान शुरु भएको हो । प्रहरीका अनुसार चन्द्रपुर लच्कामा बाढी सडकमा पसेको छ, जसले गर्दा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको हो ।… Continue reading मनसुनले देशभरको जनजीवन प्रभावित
चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने
काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि सरकारले स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा हुने वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार चीन र नेपालबीचको… Continue reading चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने
हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं\ढाका\काठमाडौं रुटमा सीधा उडान गर्ने भएको छ । हिमालयले ६ साउनबाट काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्न लागेको हो । यस रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उडाउने बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । एयरलाइन्ससँग तीन वटा न्यारोवडी… Continue reading हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान
बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने सबै प्रकारको बाल विवाह रोक्न सरकार कट्टिवद्ध रहेको बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बाल विवाहलाई विकास प्रतिफलको नकारात्मक सूचकको संज्ञा दिँदै यसमा परिवर्तन ल्याउन प्रयास भइरहेको उल्लेख गरेका छन । ‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य… Continue reading बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्
प्रभात भट्टराई अमेरिका जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् । सकर भनेर चिनिने फुटबल अमेरिकामा सर्वाधिक लोकप्रिय खेल होइन । त्यसैले पनि रापिनोमा त्यसबेला त्यति धेरै नजर थिएनन् आज जति… Continue reading अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्
भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास
भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ । यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ… Continue reading भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास
न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो
म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो । न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो
ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो
ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्। झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित ओखलढुङ्गाको मानेभञ्ज्याङ, डडुवामा दुर्घटनामा परेको थियो । ओखलढुङ्गा प्रहरीका अनुसार मृत्यु हुने यात्रुको सनाखत भइसकेको… Continue reading ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो
विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो
विश्व न्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)का लागि प्रदान गरिने गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो अझै खुलेको छैन । नेपालको संविधान २०७२ ले व्यवस्था गरे पनि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकताको बाटो खुला भएको छैन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा… Continue reading विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता
काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका… Continue reading रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता
असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं
काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो । तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।… Continue reading असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं
एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव
विश्व न्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित… Continue reading एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव
मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठक मंगलबार बिहान पुनः बोलाइएको छ । सामान्यतया नेपालमा मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने प्रचलन छ । मंगलबार बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छ । पछिल्लाो समय तरकारी र फलफूलको विषादी परीक्षण सम्बन्धी विषय आलोचित बनेसँगै मन्त्रीहरुका फरक फरक धारणा आइरहेका छन् । सोमबार विभिन्न संचरमाध्यमले भारतले तरकारीको आयात नरोक्न… Continue reading मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य
काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए
काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ । अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकाभित्रका सम्पदालाई… Continue reading काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए
विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए
विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु बन्द गर्दै आएको थियो । गत ७ तारिख अाईतबारदेखि अलाबामा लाईनका २ वटा तट पनि… Continue reading विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए
कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्यो
न्युयोर्क एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ ।साथ साथै ती ब्यक्तिले सियोलस्थित बिमानस्थलमा जहाज कुरेर बसेका सबै यात्रुको होटल बसाई खर्च समेत… Continue reading कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्यो
महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती
न्यूयोर्क संयुक्त राज्य अमेरिकाले महिला विश्वकप फुटवलको उपाधि जितेको छ । आईतबार सम्पन्न फाइनलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले उपाधि हात पारेको हो । अमेरिकाका लागि ६१ मिनेटमा कप्तान मेगन रापिनोले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् । ६९ मिनेटमा रोज लाभेल्लेले अर्को थोल थपेर टोलीको जित निश्चित गरिन् । अमेरिकाले यसपाली लगातार… Continue reading महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती
कांग्रेस केन्द्रिय समिति बैठक शुरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो । बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक शुरु
पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् । आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण… Continue reading पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री
कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड
ब्राजिल । कोपा अमेरिका फूटलबको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । तर, यो खेल भने पूर्णतया विवादित भयो । ३७ औं मिनटमा कप्तान लियोनल मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएपछि खेल विवादित बनेको हो । मेसीले करियरकै दोस्रो रातो कार्ड पाए । आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका… Continue reading कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड
अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने
न्यूयोर्क न्यूयोर्कका ट्याक्सी लगायत सम्पूर्ण भाडाका कार सेवा प्रदायकहरुको नियमनकारी निकाय ट्याक्सी एण्ड लिमोजिन कमिशन (टिएलसी) का डाईरेक्टर माल्कम केनले भेदभावपूर्ण तवरले ग्राहक लिने र नलिने गर्ने ड्राईभरहरुलाई एकदमै कडा कदम चाल्ने भएका छन् । यसो त केन आफूसँग अनगिन्ती त्यस्ता तितो घटना स्मृतीमा रहेको बताउँछन् । यद्यपी उनी आफू ६ बर्षको उमेरमा अभिभावकसँग थ्याङ्क्सगिभिङ्स… Continue reading अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने