काठमाडौं । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको छ । सोमबार सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय समिति हेरफेरको सूचना पढेर सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ । कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त… Continue reading संसदीय सुनुवाई समितिमा हेरफेर, ७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सदस्य
Category: फिचर
नेपाली शेयर बजारले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । माइक्रोफाइनान्स समूहमा उछाल आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । गतसाता बिहीबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २६९१ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २६९० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि बिहीबार नेप्से इतिहासकै सर्वाधिक… Continue reading नेपाली शेयर बजारले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ताले कमाए
बुधबारबाट बन्द हुँदै नयाँ बसपार्क टिकट काउन्टर, कसरी काट्ने टिकट ?
काठमाडौं । नेपालको सबैभन्दा ठूलो बसपार्क गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर १ वैशाख ( बुधबार)देखि बन्द हुँदैछन् । राष्ट्रिय समाचार समितिका अनुसार बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा रुपान्तरण गर्ने काम भइरहेको छ । सोहीकारण केही समय बसपार्कको सबै टिकट काउन्टर बन्द गर्न लागिएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले संचालन, व्यवस्थापन… Continue reading बुधबारबाट बन्द हुँदै नयाँ बसपार्क टिकट काउन्टर, कसरी काट्ने टिकट ?
‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
काठमाडौं । विभिन्न ६ वटा हिमालको सफाई गर्ने उद्देश्यसहित सफा हिमाल अभियान २०२१ आजदेखि सुरु हुँदैछ । यो अभियानको अगुवाई नेपाली सेनाले गर्नेछ । प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर अभियानको थालनी गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले यो वर्ष सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरी ६ वटा हिमालमा सफाइ अभियान… Continue reading ‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको परीक्षणबाट १ लाख ७० हजार मानिसमा कोरोना देखिएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको गति तीव्र देखिएको छ । यो संक्रमण पहिलो वेवको तुलनाका बढी फैलावट भएको… Continue reading भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
धरहराको वैशाख ११ गते उद्घाटन हुने
काठमाडौं । भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा उद्घाटन गर्दैछन् । धरहरा पुनर्निर्माणका क्रममा पहिलो चरणमा टावर मात्र खडिएको हो । सो भागको उद्घाटन हुने छ । नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । अहिले रंग लगाउने… Continue reading धरहराको वैशाख ११ गते उद्घाटन हुने
चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु
चितवन । चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटनामा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको र एक दर्जन भन्दा बढी व्यक्ति घाइते रहेको बताइएको छ । आँपपानीमा रहेको राप्ती… Continue reading चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु
राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिपको अन्त्येष्टिमा प्रधानमन्त्री बोरिस जोन्सनले नजाने निर्णय लिएका छन् । आफु नजाँदा राजपरिवारका थप एक सदस्य अन्तिम संस्कारमा सहभागी हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएको बीबीसीले लेखेको छ । बेलायतमा कोरोना भाइरसको महामारीका कारण कडा प्रतिवन्ध छ । यहाँ सार्वजनिक स्थलमा ३० जना भन्दा बढी मानिस… Continue reading राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने
फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई
हेटौडा । फुजेल हत्याकाण्डका रुपमा परिचित गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोग लागेका १२ जनाले उच्च अदालतबाट समेत सफाई पाएका छन् । यसअघि उनीहरुले जिल्ला अदालत चितवनबाट सफाई पाएका थिए । २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको हो । उनको हत्या तत्कालिन द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि गरेको आरोप लागेको थियो । आफ्नो छोराको हत्यापछि… Continue reading फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो… Continue reading नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो
काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । कुखुराको मासुको खुद्रा मूल्य किलोको ४१० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले जनाएको छ । व्यवसायीहरुका अनुसार मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको पुगेको हो… Continue reading काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग
काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली… Continue reading शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग
कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?
लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो । बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक… Continue reading कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?
भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ । दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा… Continue reading भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान
म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु
काठमाडौं\एजेन्सी । म्यानमारमा सेनाको सैन्य कु विरुद्धको आन्दोलनमा त्यहाँको सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि हिंसा जारी राखेको सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा करीव १ सय मानिसको ज्यान गएको छ । त्यसमध्ये कम्तीमा एक दर्जन प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यस घटनामा कम्तिमा… Continue reading म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु
सिराहामा गोली हानेर एक जनाको हत्या
सिराहा । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ । प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गतराती १ बजे गोली चलेको हो । गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । उनीमाथि गोली र खुकुरी प्रहार भएको प्रहरीको… Continue reading सिराहामा गोली हानेर एक जनाको हत्या
राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ । तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति… Continue reading राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार… Continue reading नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना
नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । शुक्रबार सम्पन्न भई… Continue reading नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन । महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन… Continue reading विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित
सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो । ४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष… Continue reading सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेला जारी छ । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष सम्मान दिईंदै छ । ज्ञानेन्द्र शाही स्नानमा सहभागी हुनेछ । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको हो । नेपाली संचारमाध्यमहरुका अनुसार श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको निमन्त्रणमा उनी हरिद्धारमा शाही स्नानमा सहभागी… Continue reading हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदुषण हट्दै आकास खुल्ने क्रम शुरु भएको छ । शुक्रबार साँझ हावाहुरीसहित भएको वर्षाका कारण समेत शनिबार वायु प्रदूषण हट्न थालेको हो । शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वायु प्रदूषण मापन गर्ने इकाई अनुसार नेपालको एक्यूआई अहिले १५० भन्दा… Continue reading काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् । खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए… Continue reading विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो
बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार… Continue reading बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन
माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो । सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब… Continue reading माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् । देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा… Continue reading देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव
नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह
काठमाडौं । नेपालले भारतबाट खरीद गरेको गरेको कोरोना विरुद्धको खोप छिटो दिन भारत सरकारसँग आग्रह गरेको छ । भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग नेपालले कुल २० लाख डोज खोप किनेको थियो । तर, १० लाख डोज मात्र प्राप्त भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गगर्दै यस्तो आग्रह गरेका हुन्… Continue reading नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह
नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य
बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर
अमेरिकी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेको उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन । स्थानीयस्तरमा उत्पादन… Continue reading बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर