काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमण २५ हजारभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा पनि नेपालका तीन जिल्ला भने अहिले पनि संक्रमण मुक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् । अन्य हिमाली भेगमा समेत संक्रमण न्यून छ । तर, काठमाडौं उपत्यकासहित… Continue reading २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित
Category: फिचर
चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
काठमाडौं । गत चैतयता रोकिएका सबै प्रकारका परीक्षा अब संचालन हुन भएका छन् । सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।… Continue reading चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?
काठमाडौं । आमरण अनसन शुरु भएको २५ दिनपछि आज पहिलो पटक सरकारलले डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । त्यसका लागि सरकारले केसी पक्षधर दुबैले वार्ता टोली गठन गरेका छन् । सरकारले अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। यसअघि मङ्गलबार… Continue reading सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?
अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं । २४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । चर्को जनदवाव, नेकपाका शीर्ष नेताको दवाव, विपक्षी नेपाली कांग्रेसको दवाव र चिकित्सकहरुको आन्दोलन घोषणासँगै सरकारले डा. गोविन्द केसीका मागका सम्बन्धमा छलफल गर्न समिति गठन गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता… Continue reading अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु
जाजरकोट । जाजरकोटमा जीप दूर्घटनामा ५ जनाको मृत्यु भएको छ । जाजरकोट, जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको हो । दुई जना वेपत्ता छन् । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटनामा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट… Continue reading जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु
शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यले आयोजना भएको विश्व ज्ञान सम्मेदन शुक्रबारबाट शुरु हुने भएको छ । दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना थालिएको हो । यसको निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म… Continue reading शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने
नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैकूल संक्रमितको संख्या ९४ हजार २३५ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ११२६ जना कोरोना… Continue reading नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि
सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई
काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ। बोर्डले बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे दीर्घकालीन रणनीतिक योजना पेस गरेको हो । योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको… Continue reading सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई
सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर पछिल्लो ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक दोहोरो अंकले बढेर १६०० विन्दू पार गरेको छ । यो २०७६ फागुन यताकै उच्च विन्दु हो । गत फागुन १७ गते नेप्से सूचक साढे दुई वर्ष यताकै उच्च १६३२ विन्दुमा पुगेको थियो । पछिल्लो समय बजार क्रमशः उकालो लाग्दै गएपछि… Continue reading सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता
कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले कोरोना भाइरसका कारण रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो । परीक्षासम्वद्ध… Continue reading कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय
दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल
काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन्… Continue reading दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल
डा. केसीसँग वार्ता गर्ने प्रधानमन्त्रीको संकेत
काठमाडौं, २१ असोज । मंगलबार धेरै पछि नेकपा सचिवालय बैठक बस्यो । यो बैठकले मन्त्रिपरिषद्का सदस्य परिवर्तनको विषय टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर, बैठकमा नेताहरुले डा. गोविन्द केसी अनसन बसेको २३ दिन पुग्दासमेत किन वार्ता नगरेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न राखेका थिए । त्यसपछि छलफल केसीको मागकै सम्बन्धमा केन्द्रित भएको नेकपा स्रोतले बताएको छ… Continue reading डा. केसीसँग वार्ता गर्ने प्रधानमन्त्रीको संकेत
ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो । ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो… Continue reading ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
दाङमा दिपावली र हर्षोलास, बुटवल निरास
भालुबाङ, २१ असोज । एकसाता अगाडी सम्म बुटवलको पहिचान प्रदेश ५ को अस्थायी राजधानीको थियो । प्रदेशका महत्वपूर्ण गतिविधि बुटवललाई केन्द्रित हुने गरी भइरहेका थिए । तर, मंगलबारबाट बुटवलको पहिचान पुरानै अवस्थामा फर्किएको छ । यो अब लुम्बिनी क्षेत्रको एक पुराना शहर मात्र बनेको छ । उता, दाङले भने अब नयाँ पहिचान पाएको छ ।… Continue reading दाङमा दिपावली र हर्षोलास, बुटवल निरास
अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे । उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित… Continue reading अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही
काठमाडौं । नेपालबाट नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ यात्रुमा कोरोना पुष्टी भएपछि नेपाल एयरलाइन्सलाई हङकङले कारवाही गरेको छ । कारवाहीस्वरुप काठमाडौं हङकङ रुटको उडान दुई साताका लागि रद्द भएको छ । नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको नेपाल एयरलाइन्सका अधिकारीले जानकारी दिएका छन् । नेपाल एयरलाइन्सका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर… Continue reading ६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही
नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैकूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। पछिल्लो २४ घन्टामा थप २३४० जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो
प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास
काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ रहने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले… Continue reading प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास
रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा
काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गर्दै २३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन् । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै राजीनामा बुझाएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग… Continue reading रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा
बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै
काठमाडौं । बहराइनका राजकुमार नासिर बीन हमदसहित बहराइन रोयल फोर्सको टोली हिमाल आरोहणका सिलसिलामा नेपालमा रहेको छ । सोलुखुम्बुस्थिति लोबुचे हिमाल आरोहण गरि काठमाडौं फर्किएको यो टोलीले मंगलबारबाट मनास्लु आरोहण अभियान थाल्नेछ । मनास्लु आरोहणमा लामो समय लाग्नेछ । रोयल फोर्सको टोली २ महिना लामो नेपाल बसाईका क्रममा आएको हो । यो कोरोना भाइरसपछिको पहिलो… Continue reading बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै
विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
विराटनगर । आज मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनीहरु दुबै जना मोरङका बिरामी हुन् । अस्पतालका अनुसार रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजे र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएकोहो । दुबै पुरूष… Continue reading विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
वासिंगटन डिसी । कोरोना भाइरसको संक्रमण बोकेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनी तीन दिनसम्म अस्पतालमा बसे । तर, जीउमा सक्रिय भाइरस नभएको भन्दै उनी निवास फर्किएका हुन् । अब उनको विशेष निगरानीमा ह्वाइटहाउस मै उपचार हुने भएको छ । ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै आफु छिट्टै चुनावी अभियानमा फर्कन बताएका थिए… Continue reading कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु
काठमाडौं । एक आमाको कोखबाट जुम्ल्याहा शिशु जन्मनु समेत ठूलै कुरा मानिन्छ । कँही कतै तीन या चार जना शिशुु सम्म जन्मेको सुनिन्छ । तर, आज नेपालमा एक आमाले ५ शिशुलाई एकै पटक जन्म दिएकी छिन् । यी भाग्यमानी आमा हुन, नुवाकेटकी २८ वर्षिया सोमिका तामाङ । उनले थापाथलीस्थित प्रसुती गृहमा एकै पटक पाँच शिशुुलाई… Continue reading प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु
प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेश सभामा आज पार्टीका सांसदले देखाएको अराजक गतिविधि पार्टीको नीति विपरित भएको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै यो घटना पार्टीको नीति विपरित भएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली… Continue reading प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस
२२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता
काठमाडौं । डा. गोविन्द केसी पछिल्लो २२ दिनदेखि आमरण अनसनमा छन् । उनी गलिसकेका छन् । बोल्न नसक्ने अवस्थामा पुगेका छन् । तर, सरकार भने उनको मागमा कानमा तेल हालेर बसिरहेको छ । सोहीकारण उनीसँग वार्ता गर्ने र समस्या समाधान गर्नेतर्फ सरकारले कुनै चासो दिएको छैन । डा. गोविन्द केसीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य अवस्था… Continue reading २२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता
नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ११३३ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो
विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या
काठमाडौं । विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्। मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर सोमबार बिहान हामफालेका हुन्। गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।… Continue reading विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या
प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश भएको छ । सभामुखले दोस्रो पटक बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले… Continue reading प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड
भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक
काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको चपेटमा छ । अहिले यहाँ कन्ट्राक्ट ट्रेसिंग बन्द भएको छ । लक्षण देखिएका मानिसमै गरिएको परीक्षणबाट समेत दैनिक २ हजार हाराहारीमा संक्रमण पुष्टी हुने गरेको छ । यो अवस्थाबाट अब उच्च नेतृत्व पनि अछुतो छैन । प्रधानमन्त्री निवास बालुवाटारको किचेन क्याविनेटकै सदस्यमा कोरोना पुष्टी भयो । त्यतिमात्र होइन, ६३… Continue reading भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक
काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा
काठमाडौं । दशैं नजिकिएसँगै बजारमा प्रशासनको सक्रियतासमेत बढेको छ । बजार अनुगमन तीव्र भएको छ । यसै सन्दर्भमा उत्पादनपछि प्रयोग गर्ने अवधि सकिएका खाद्य पदार्थको प्याकेटमा नयाँ मिति राखेर बजारमा पठाउने धन्दा नै चलेको पाइएको छ । यसले काठमाडौंको बजारमा म्याद गुज्रेका सामानको विगविगी रहेको खुलेको छ । आइतबार केक र बेकरीका कच्चा पदार्थको म्याद… Continue reading काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा