पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

गजुरी । पेट्रोलियम पदार्थ बोकेको एक ट्यांकर त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गस्थित धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। बिहान तीन बजे तिर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परेको ट्यांकरमा आगो लागेको छ । नदीको बीच भागमा पुगेको ट्यांकरमा आगो बलेको हो । ट्यांकरले… Continue reading पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता

काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब यस्तो रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो रकम आइएमईबाट आउने गरिरहेको छ । राष्ट्र बैंकले ईकमर्स लगायत कारोबारवापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था समेत गरेको छ… Continue reading युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता

रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

काठमाडौं । रानीपोखरी अब सामान्य अवस्थामा फर्कन थालिसकेको छ । भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै रानीपोखरी ५ वर्षपछि पुनः भरिन लागेको हो । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भर्न थालेको हो । विसं २०७२ सालको भूकम्पले क्षति गरेको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले… Continue reading रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । एकै दिन ११ जना कोरोना संक्रमितको सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । शनिवार ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौमा ७७ वर्षीया महिला… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । एकैदिन १४४७ जना संक्रमणमुक्त भएका छन् । यो सहित… Continue reading नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं । नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय… Continue reading थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र… Continue reading काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ

काठमाडौं । संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लुएफपी)ले संसारभर ३० करोड मानिस भोकमरीमा रहेको भन्दै सहयोगको अपिल गरेको छ । कार्यक्रमका प्रमुख प्रमुख डेभिड बेस्लेले संसारभर अर्बपतिसँग यस्तो सहयोगको अपिल गरेका हुन् । उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोग आवश्यक रहेको बताए । संयुक्त राष्ट्र सुरक्षा परिषदमा उनले भोका व्यक्तिलाई समयमै सहयोग… Continue reading डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ

बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय

काठमाडौं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने निर्णयलाई औपचारिकता दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरी मल पैचौं मागेका थिए । प्रधानमन्त्रीको सहमतिसँगै मल ल्याउने बाटो खुलेको हो । अबको दुई महिना भित्र… Continue reading बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय

आज जनकपुर आउँदै नेपाली रेल

काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ । नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित… Continue reading आज जनकपुर आउँदै नेपाली रेल

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो । यसको लागि कार्यलयले कुन दिन कुन महानगरका… Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

काठमाडौं  । लकडाउनरनिषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन बिहीबारबाट सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु… Continue reading लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम

काठमाडौं । काठमाडौं उपत्यकाका जारी भएको निषेधाज्ञामा परिमार्जन गरिएको छ । स्थानीय प्रशासनले ३ भदौबाट निषेधाज्ञा थालेको थियो । यस्तो आदेश पुनः २४ भदौबाट ७ दिनका लागि हुने गरी तोकिएको थियो । एक साताअघि भने खुकुलो पारेको थियो । बुधबार रातिबाट यो समय समेत सकिदैछ । सोही सन्दर्भमा बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला… Continue reading काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम

५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

काठमाडौं । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान संचालन गर्न पाउने निर्णयको विरुद्धमा वायुसेवा संचालकहरु उभिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्दा भाडा बढाउनु पर्ने र भाडा बढाउँदा यात्रु जहाज चढ्न आउने अवस्था नभएको भन्दै वायुसेवा संचालकहरुले यो निर्णय मान्य नहुने निर्णय गरेका हुन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । शवबाट नमूना निकाली… Continue reading ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला रहेका छन् । त्यस्तै सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला,… Continue reading थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८… Continue reading नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् । यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति… Continue reading अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र… Continue reading हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ । बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए… Continue reading नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौं । नेपाल विद्यूत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका छन् । उनलाई प्राधिकरणले मंगलबार औपचारिक बिदाई गरेको छ । उनले आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पार गरी बिदा भएका हुन् । नेपालमा १८ घण्टासम्म लोडसेडिंग भइरहेको समयमा नेतृत्व सम्हालेका उनले अन्धकारबाट नेपाललाई पार मात्र लगाएनन्, प्राधिकरणलाई वार्षिक ५ अर्ब मुनाफा कमाउने संस्थामा परिणत समेत गर्न… Continue reading बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए । तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको… Continue reading लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन्… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

काठमाडौं । सरकारले कोरोना बीमाका नाममा फेरी झेल शुरु गरेको छ । यसअघि निजी ल्यावबाट भएको परीक्षण अमान्य हुने निर्णय गरेको बीमा समितिले त्यो निर्णय सच्याउँदै भुक्तानी हुने रकममा ७५ प्रतिशत कटौती गरेको छ । यसअघि कोरोना बीमा १ लाख रुपैयाँको थियो । अब २८ भदौयता हुने कोरोना बीमा एक लाख रुपैयाँकै भएपनि भुक्तानी भने… Continue reading कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

कसले रोक्यो कुलमानको नियुक्ति ?

काठमाडौं । तीब्र जन दवावका बीच सोमबार मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुननियुक्ति दिने अपेक्षा धेरैको थियो । किनकी सरकारले जनप्रिय नियुक्ति दिएर पुनः एक पटक स्यावासी पाउने सम्भावना छ । तर, त्यस विपरित जनताले प्रत्यक्ष निर्वाचनमा हराएका बामदेव गौतमलाई सांसद बनाएर जनमतकै उपहास हुने निर्णय गर्यो, तर कुलमानको पक्षमा निर्णय… Continue reading कसले रोक्यो कुलमानको नियुक्ति ?

अन्ततः बामदेव गौतम बन्ने भए सांसद

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो । उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका… Continue reading ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने