Category: फिचर

  • छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान

    छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान

    काठमाडौं । अभिनेता पल शाह माथि लागेको करणी मुद्दामा पीडित नाबालिगका बुबाले समेत बयान फेरेका छन् । यसरी पीडित नाबालिगले समेत बयान फेरिेकी थिइन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्ने बयान दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । यसअघि सरकारी वकिलसमक्ष बुबाले समेत करणी भएको बयान दिएका थिए ।

    बुबाले यसअघि दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका हु्न् । नाबालिगका बुबाले जबर्जस्ती करणी नभएको र आफुले पछि मात्र यसबारे थाहा पाएको बताएका हुन् । नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि उनका बाबु पनि ‘होस्टाइल’ भई बकपत्रका क्रममा जबर्जस्ती करणी नभएको भनेर बयान दिएका छन् ।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका हुन् । चैत १० मा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

  • कतारमा २१ जना नेपालीले पाए क्षमादान

    कतारमा २१ जना नेपालीले पाए क्षमादान

    काठमाडौं । कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५ जना दोषी ठहर भई सजाय भोगिरहेका थिए । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया शुरु भएको समेत दूतावासको भनाइ छ ।

  • अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

    अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

    काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको छ ।

    सोमबार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्रिभुवन विमानस्थल क्षेत्रमा अहिले सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले अहिले सञ्चालनमा रहेको पीओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने र आगमन कक्षतर्फ एक र प्रस्थान कक्षमा एक वटा एटीएम मेसिन थप गर्ने निर्णय समेत भएको छ ।

    भिसा शुल्क सम्बन्धमा पर्यटकलाई असुविधा परे नपरेको विषयमा अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डययन प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

    न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बैशाख १३ गते छलफलमा बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ।

    २४ चैत २०७८ मा मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेपछि राष्ट्र बैंक ऐन अनुसार उनी स्वतस् निलम्बन भएका थिए । गभर्नर अधिकारीले आफूमाथि जाँचबुझ र छानबिन गर्नुपर्ने कुनै कारण नभएको दावी गरेका थिए ।

    सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १३ वैशाखमा छलफलका लागि बोलाएको छ । जाँचबुझ समिति गठन गरी आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

  • महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

    महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको लागि महानगरपालिका भागबण्डामा सहमति जुटाएका छन् ।

    बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको हो ।

    सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको स्रोतले जनाएको छ ।

    ६ महानगर र ११ उपमहानगरको भागबण्डामा सहमति जुटाउन सोमवारदेखि गठबन्धनको बैठकमा छलफल भएको थियो।

    सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएको थियो।

    यस्तै, भरतपुरका नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।

  • नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट

    नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

    मंलगबार बजार मापक सूचक नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमबार कारोबारमा आएका १३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ । ग्रीन भेन्चर्सको शेयर मूल्य १० प्रतिशत बढेर २९८ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा हिमालय डिस्ट्रीलरीको ४ करोड ३५ लाखको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाखको कारोबार भएको छ ।

  • एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

    एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

    काठमाडौ । सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

    मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

    घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। घाेषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ नारा तय गरिएकाे छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ।

    घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

    त्यसैगरी घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौमहिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रम समावेश गरिएको छ।

  • चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

    चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

    काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ
    । बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो । तीनै जनाले कोभिडविरुद्ध खोप भने नलगाएको पाइएको छ । उक्त सहरमा सोमवार थप २२,२४८ जनामा कोभिड भेटिएको छ । मार्चयता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको पहिलो पटक स्वीकार गरेको हो।


    उता, भारतमा पछिल्लो २४ घण्टामा भारतमा २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकोमा २१४ जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको थियो । यसले चीन र भारतमा कोरोनाको बढ्दो संक्रमण र त्यसले विष्फोटक रुप लिएको देखिएको हो । यस्तो आंकडाका बीच नेपाल पुनः एक पटक जोखिममा पर्ने भएको छ । किनकी नेपालले पर्यटक आकर्षित गर्ने उद्देश्यले कोभिड विरद्धका धेरै प्रोटोकल सामान्य बनाइसकेृको छ । नेपालमा दैनिक परीक्षणको मात्रा समेत घटेको छ ।

  • चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

    चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

    काठमाडौं । एटीएम मेसिन र विद्युतीय भुक्तानीमा समस्या रहेको भन्दै अध्यागन विभागले अनअराइभल भिसा लिने पर्यटकलाक्षर्् नगद नै बोकेर आउनु पर्ने गरि ल्याएको प्रावधान खारेज गरेको छ । गत शुक्रबार विभागले यस्तो प्रावधानबारे सूचना जारी गरेपछि गृह मन्त्रालय र विभागको चर्को आलोचना भएको थियो । नेपाल आउँदा नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात् अनअराइभल भिसाका लागि दुई सय अमेरिकी डलर नगद साथमै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको हो ।

    विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटीएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो । अध्यागमन कार्यालयको सूचनाको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडान गर्न समेत थालिएको छ । अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गरिने भएको छ ।

  • पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

    पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

    काठमाडौं । पोखरा महानगरपालिका आफुले पाउनु पर्ने अडानका बीच नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको विवादमा अड्किएको चुनावी तालमेलको निर्णय सल्ट्याउन मंगलबार समेत सत्तारुढ दलको बैठक बस्ने भएको छ । दलहरुबीच ६ वटा महानगरपालिकाको बाँडफाँटको विषयलाई लिएर छलफल जारी छ । जसमध्ये ५ वटा महानगरपालिकामा सहमति जुटिसकेको र पोखरा महानगरको प्रमुखमा मात्र विवाद सल्टाउन बाँकि रहेको छ ।

    पोखरामा अघिल्लो चुनावमा नेकपा एमालेले जितेको हो । सोहीकारण पोखरा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान रहेको छ । यहाँ कांग्रेसले पनि नेतृत्व दावि गरेपछि विवाद निस्किएको हो । पोखराबाहेकमा भने तीन वटा (काठमाडौं, ललितपुर र विराटनगर) कांग्रेस, भरतपुर माओवादी केन्द्र र वीरगन्ज जसपाले लिने गरि सहमति जुटिसकेको छ ।

    केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिटमा पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति छ । अन्य पालिकामा भने स्थानीय आवश्यकताका आधारमा तल्लो तहले निर्णय लिनेछन । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तोकिएको छ । मंगलबार बिहान ११ बजे बस्ने भएको नेताहरुले बताएका छन् ।

  • मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै

    मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै

    काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङमार्ग हुँदै आजबाट बागमती खेलामा बगाउन थालिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ परीक्षण गर्न चैत २९बाट पानी पठाइएको थियो । उक्त पानी मंगलबारबाट बागमतीमा बगाउन थालिने भएको छ ।

    समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी बागमतीमा पठाइने भन्दै किनारमा बस्नेलाई सावधान रहन भनेको छ । समितिका अनुसार सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने छ । यसले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधान रहन भनिएको छ । सरकारले मेलम्चीको पानी वैशाख ११ गतेबाट धारामा पठाउने तयारी गरेको छ ।

  • आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

    आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

    काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

    स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने गरि व्यवस्थापन मिलाइएको छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

    ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

  • युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

    युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

    काठमाडौं । रुसले युक्रेनमाथि पुनः युद्ध शुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार उनले टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्। रुसले जतिसुकै सेना ल्याए पनि युक्रेन लडिरहने उनको भनाई छ । रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो।

    डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्क जस्तै भएको बताएका छन्। जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्धको शुरूवात गरेको बताएका छन्। यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्‌का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए। सोमवार युक्रेनका विभिन्न शहरमा रुसी फौजका बमबारीमा परी नौजना मारिएका थिए।

    रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेको बताएको छ। यसैबीच युक्रेनका अधिकारीहरूले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले तथाकथित बङ्कर विध्वंसक बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन्। नगर परिषद्‌का अनुसार भूमिगत आश्रयस्थलहरूमा एक हजार सर्वसाधारणले शरण लिइरहेका छन्।

    मारिऊपोलमा बाँकी रहेको युक्रेनी सेनाको अन्तिम जत्थाका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन एउटा भिडिओमार्फत् अपील गरेका छन्। फसेका मानिसहरूलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन।

  • भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

    भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्रामा च्यापिएर भएको घटनामा एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले च्यापेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनको उपचारका क्रममा ज्यान गएको हो । पाग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

    सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

    काठमाडौं । सत्ता गठबन्धनबीच देशभरका ६ वटा महानगरपालिकामा तालमेलको टुंगो सोमबार लाग्ने बताइए पनि आज टुंगो लाग्न सकेन । सोमबार दिनभर भएका विभिन्न चरणका छलफलमा समेत सहमति जुटेको छैन । मंगलबार विहान साढे ११ बजे बैठक पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिनेछ ।

    भरतपुरको मेयर माओवादी केन्द्र र वीरगञ्जको मेयर जनता समाजवादी पार्टीले पाउने गरि करीव करीव सहमती जुटेको समेत बताइएको छ । तर, पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुबैले दाबी गरेका कारण सहमति जुटिसकेको छैन । पोखरामा गत निर्वाचनमा एमालेले जितेको हो । सोहीकारण यो महानगर आफुले पाउनु पर्ने समाजवादीको दावि छ ।

  • नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से आज सोभन्दा धेरै ४१ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७० अंकले घटेको छ ।

    सूचकमा उच्च गिरावट आउँदा कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

    सोमबार नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह पनि ३ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएको २२९ कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी,हिमालयन डिस्ट्रीलरी पौन ५ करोड र महालक्ष्मी विकास बैंककको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर बैंकका सेयरधनीले सबैभन्दा धेरै ८.३३ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन ऊर्जा ७.५७, इमर्जिङ नेपाल ७.१०, ग्रीन लाइफ हाइड्रोपावर ६.०७, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी, हिमालयन पावर, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

  • ‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

    ‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्।

    ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, ‘भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा पर्ने होला। काठमाडौं, बिराटनगर, भरतपुर जे भए पनि हुन्छ भनेको छु।’

    उनले अहिले नेतृत्व लिइराखेको र अलि बढी सहज हुने भएकाले भरतपुर हुँदा सहज हुने उनको भनाइ छ।

    ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो,’ उनले भने, ‘मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

    यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ।

    मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।

    नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा जाँदा कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

  • नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

    नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

    काठमाडौं । नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो सेवा ८ देशको १० गन्तव्यमा विस्तार गरेको छ ।

    यही वैशाख ९ गतेदेखि साउदी अरबको रियाद उडान गर्ने भएसँगै विदेशी गन्तव्य संख्या १० पुगेको हो । निगमले यसअघि भारतका तीनसहित ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको छ ।

    निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

    यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

    निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ । देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

  • सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

    सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

    काठमाडौं । सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती भएको छ ।

    सरकारले आर्थिक संकट टार्नका लागि भन्दै इन्धन उपभोगमा कटौतीको निर्णय गरेको हो । उक्त निर्याण सोमवारदेखि कार्यन्वयनमा आएको छ ।

    ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालयरनिकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू नहुने ।’

    अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।

    तर वढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्येनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थि वर्ष २०७८/७९ मा इन्धन शिर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने निर्णय गरेको थियो ।

    ‘छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौति गर्न अनुरोध गर्ने,’ अर्थले भनेको छ, ‘यो कटौति हाललाई २०७९ असार मसान्तसम्म लागु हने ।’

    यो निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरु, सवै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थले जनाएको छ ।

  • बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

    बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

    काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ ।

    काठमाडौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सम्मान गर्नु भएको थियो ।

    सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

    ‘नेपाललाई पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन, तर मास्टर सेफ शाहले नेपाली खाना-परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनतव्य हो भन्ने सन्देश गएको छ’ उनले भने ।

    साथै सन्तोष सहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु-याएकोमा सम्मान गरेको जानकारी दिए ।

    सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफुलाई गर्व लागेको बताए ।
    नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए । आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे ।

    यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफुहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए ।

    उनीहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिंदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।

    वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किन लागेको अवस्थामा बीबीसी मास्टर सेफका बिजेताहरुको भ्रमणले पर्यटन तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् ।

    नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाह सहितको टोली अप्रिल ७ तारिख देखि नेपाल भ्रमणमा रहेको छ ।

    उक्त टोली नेपालका विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्न भएर काठमाडौं फर्किएको हो ।

  • एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

    एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

    काठमाडौं । मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ ।

    यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ हजार पनि नियन्त्रणमा लिइएको रोयटर्सले जनाएको छ ।

    सो संख्या अघिल्लो वर्षमा सोही महिनाको तुलनामा २४ प्रतिशतले बढि रहेको जनाइएको छ । रोयटर्सका अनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख ६९ हजार अवैध आप्रवासीलाई पक्राउ गरिएको थियो ।

    यसअघिको ट्रम्प प्रशासनले लागू गरेका कठोर आप्रवासन नियममा सुधार गर्ने बाचाका साथ राष्ट्रपति बनेका बाइडेनको प्रशासनले पनि अवैध आप्रवासनको नियन्त्रण गर्ने योजनालाई निरन्तरता दिएको आरोप लाग्दै आएको छ ।

    पछिल्लो समय मेक्सिकोसँगको सीमा नाघेर अवैध रुपमा अमेरिका प्रवेश गर्नेमा मध्य अमेरिकाका मेक्सिको सहित ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर, होण्डुरस लगायतका मुलकका साथै रुस र युक्रेनबाट आएका आप्रवासी समेत रहेको रोयटर्सले जनाएको छ ।

    आगामी केही साताहरुमा दैनिक १८ हजारभन्दा धेरै आप्रवासी अवैध रुपमा अमेरिका प्रवेश गर्ने अनुमानका साथ तयारी थालिएको अमेरिकी आप्रवासन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

    नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.३० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण भ्यालीको ४ करोड ८६ लाखको कारोबार भएको छ ।

  • अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

    अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

    काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।

    विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

    विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ।

    उक्त समस्या नआओस् भन्नको लागि विभागले सार्वजनिक सूचना नै जारी गरेको हो ।

    विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुँदै आएको छ ।

    साथमा डलर नभएका पर्यटकलाई प्रहरीसहित पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएरमात्रै भिसा दिनुपर्ने अवस्था रहेको विभानस्थल स्रोतले जनाएको छ ।

    पछिल्लो समय कोरोनाका कारण रोकिएको पर्यटक आवागमन बढेको छ। पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोगिरहेका छन् ।

  • निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

    निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

    मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाउने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।

  • क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

    क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ।

    क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ।

    उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो। मृतककी नाम मुना विष्ट नेपालमा रहेकी छन्। उनी बुवा अनन्त विक्रम विष्टसँगै १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए।

  • चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीइ तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ।

    आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको जनाएका छन्।

    आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ। वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन्। अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ।

  • चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

    चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ ।

    शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो ।

    संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर के सीको इजलासले यस्तो आदेश गरेको हो।

    गत १ फाुगनमा जबराविरूद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसद्हरूले हस्ताक्षर गरेर संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

    त्यसका विरुद्ध अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले ११ फागुनमा सर्वोच्चमा रिट दायर गरेका थिए । महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै उनीहरूले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ भएको हो ।

  • काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

    काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ।

    वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमै फर्काएर कारबाही स्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ।

    कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ।

    पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो।

  • सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

    सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

    काठमाडौं । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

    शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

    मन्त्रिपरिषद्‌ बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम पनि स्वीकार गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।

    यस्तै,सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

    भूमि व्यवस्था, सहकारी तथा कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका गरिबी निवारण मन्त्रालय लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

    त्यस्तै पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन विदा दिने विषयमा सरकार अन्योलमा परेको छ । विदा दिने विषयमा मन्त्रिपरिषदमा छलफल भएपनि अहिलेसम्म निर्णय नभएकाले कार्कीले बताए ।

    कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय मात्र भएको बताएका छन् । उनले बिदा दिनेबारे सरकार निर्णयमा नपुगेको बताए ।

    इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा भने पुगेको उनले बताए ।