Category: फिचर

  • जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

    जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

    काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित अढाई सय सक्रिय सदस्य रहेका छन् ।

    सामूहिक राजीनामा दिएका साहले स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले कांग्रेस सबै वडा सभापतिको समर्थनसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।

  • चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात

    चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो ।

    कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

    तथ्यांक अनुसार यस अवधिमा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

    विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कूल १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

    ९ महिनामै निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार हो ।

    चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

  • एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

    एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

    काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।

    शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।

    घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे ।’

    यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ।

    प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेले बताएको छ। ुसडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्नेु, घोषणापत्रमा उल्लेख छ।

  • एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

    एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।

    घोणणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ ,’प्रत्येक नागरिकका घरमा विद्युत् सेवा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलव्ध गराउने ।’

    बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा, लघु जलविद्युत्लगायत वैकल्पिक उर्जाको प्रयोगबाट सबै परिवारमा आधुनिक उर्जा पुर्याउने एमाले घोषापत्रमा उल्लेख छ ।

    त्यस्तै घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने उल्लेख छ ।

    आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।

  • अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने

    अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले ूकहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौूँ भनेका थिए।

    युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए। गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ। यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन्।

  • अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

    अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका सिलसिलामा शुक्रवार नेपाल आउने भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउने भएका हुन् । उनीहरुको साथमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने छन् । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो ।

    अमेरिकी संसदीय टोलीले नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमणलगायतका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीका सदस्य मार्क केली नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  • ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

    ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

    काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।

    बिहीबार बिहान १० बजे पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा अक्सिजन भर्ने क्रममा विष्फोट हुँदा भारतीय नागरिक वृहमोहन महतो र राजकुमार महतोको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

  • बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता

    बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा अर्थमन्त्रालय र योजना आयोगले मन्त्रालयगत छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बिहीबारबाट अर्थ मन्त्रालय र योजना आयोगले संयुक्त रुपमा मन्त्रालयहरुसँग छलफल गर्न थालेका हुन् । यसअघि योजना आयोगले पठाएको सिलिङ अनुसार मन्त्रालयहरुले आफ्नो कार्यक्रम र बजेट अनुमान अर्थमा पठाइसकेका छन् । सोही सिलिङमा आधारित रहेर मन्त्रालयहरुसँग अन्तिम चरणको छलफल गरिने भएको छ । संवैधानिक प्रावधान अनुसार १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नेपर्छ ।

    अर्थ मन्त्रालयका अनुसार मन्त्रालयगत छलफल १३ वैशाखसम्म चल्ने छ । यस क्रममा बिहीबार सहरी विकास, खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भएको छ । सबै बैठकमा योजना आयोगको अनिवार्य उपस्थिति गरिएको समेत मन्त्रालयको भनाइ छ । हरेक दिन बिहान नौ बजे, दिउँसो एक बजे र चार बजेलाई बैठक राखिएको छ । शुक्रबार, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बैठक राखिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिलाा तथा सामान्य प्रशाशन मन्त्रालयसँग बैठक राखिएको अर्थले जनाएको छ ।

    सोमबार वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग बैठक राखिएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल राखिएको अर्थले जनाएको छ ।

    १ चैतदेखि औपचारिक रुपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रकृयाका लागि सुझाव संकलन सुरु गरेको थियो । त्यसयता कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, बित्तीय संघीयता, बैंक, बित्तीय संस्था र बिमा, अर्थविद्, निजी क्षेत्र, युवा तथा विद्यार्थी, शिक्षालगायतका क्षेत्रसँग सरोकारवाला तथा विज्ञसँग छलफल गरी सुझाव संकलन सकिएको छ । त्यस्तै भौतिक रुपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्रि नम्बर ११३८ बाट ७ वैशाखसम्म सुझाव संकलनको व्यवस्था मिलाइएको थियो । टोल फ्रि नम्बर ११३८ बाट पनि उत्साहजनक रुपमा सुझावहरु प्राप्त भएको मन्त्रालयले जनाएको छ

  • आजबाट एसईई परीक्षा, दुई वर्षपछि भौतिक उपस्थितिमा

    आजबाट एसईई परीक्षा, दुई वर्षपछि भौतिक उपस्थितिमा

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट देशभर संचालन हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुने बताइएको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको छ । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । यस वर्ष देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् ।

  • डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटमा नेपाल र डब्लूएचओबीचको सहकार्यलाई थप बलियो बनाउने र कोरोना भ्याक्सिन सहयोग गर्ने विषयमा छलफल गरेका छन् । आजै उनले परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्काले डब्लूएचओले नेपाललाई कोरोना महामारी त्यसको भ्याक्सिन उपलब्ध गराएर गरेको सहयोगको सराहना व्यक्त गरे ।

    मन्त्री खड्काले दशकौंदेखि को सहकार्य र सार्वजनिक स्वास्थ्य संकट समाधानका लागि विभिन्न समयमा गरेको भ्याक्सिन र प्राविधिकलगायत सहयोगका लागि पनि धन्यवाद व्यक्त गरेका थिए । बिहीबार नै महानिर्देशक गेब्रेयससले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि भेट गरेका छन् ।

    अध्यक्ष तिमिल्सेनाले पनि डब्लूएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले कोरोना महामारीलगायत स्वास्थय समस्या समाधानका लागि हुने सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे । भेटपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशक गेब्रेयससको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गरेको छ । उनले नेपालमा रहँदा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेट्ने कार्यक्रम छ ।

  • सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

    सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

    काठमाडौं । सत्तारुढ गठबन्धनले देशका प्रमुख सहरमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् ।

    गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले विभिन्न सात सहरमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वैशाख १८ देखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरमा चुनावी सभा गर्ने निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार निर्वाचन प्रचारप्रसार वैशाख १७ गतेबाट सुरु हुने भए पनि गठबन्धनले १८ देखि २२ गतेसम्म संयुक्त चुनावी सभाहरू गर्ने तय गरेकाे हाे । गठबन्धनले वैशाख १८ गते धनगढी र सुर्खेत, १९ गते बुटवल र पोखरा, २० गते जनकपुर र विराटनगर तथा २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा हुने नेता गुरुङले बताए । काठमाडौंमा हुने संयुक्त चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

  • नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार

    नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार

    काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार २३१ कम्पनीको १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ५ परिसूचक राताम्मे भएको छ । भने ८ वटाको बढेको छ । अन्य समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.८५ प्रतिशतले घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार घम्मेदी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

    आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु

    ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

    भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको हो।

    घाइतेहरुको पाटन अस्पताल र बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’

    स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेकाले नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन आग्रह गरेको छ ।

    भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।

    ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

    साथै कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने सबैमा मन्त्रालयले आभार प्रकट गर्दै खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड-१९ विरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ।

  • निर्वाचन चिन्ह अंकित सामग्री उत्पादन गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

    निर्वाचन चिन्ह अंकित सामग्री उत्पादन गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

    काठमाडौं । स्थानीय तहलाई लक्षितथ गरि आचार संहिता अहिले लागु भइरहेको छ । यस दौरान निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने चेतावनी समेत आयोगले दिएको छ । राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै प्रकारको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुलगायतका प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण बन्द गर्न आयोगले निर्देशन दिएको हो ।

    निर्वाचन आचारसंहिता–२०७८ ले निर्वाचन चिह्न अङ्कित सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । तर निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका सामग्री प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले आचारसंहिताको उक्त व्यवस्थाबारे दल, उम्मेदवार र सर्वसाधारणलाई पुनः स्मरण गराएको हो ।

    निर्वाचन आयोग ऐनअनुसार आयोगको आदेश पालना नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने उल्लेख छ । आयोगले आचारसंहिताको उक्त व्यवस्था कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग वा व्यवसायलाई परिपत्र गर्न निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उपयोग एवं खरिद नगर्न सबैलाई आयोगले आग्रह गरेको छ ।

  • युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक

    युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक

    काठमाडौं । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार मारिऊपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन्। आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको भन्दै उनले ट्वीट गरेका छन्।

    लडाइँका कारण हप्तौँदेखि फसिरहेका कतिपय मानिसहरू बुधवार मारिऊपोलबाट निस्कन पाएका छन्। तर सुरक्षित रूपमा निस्कन पाएका मानिसहरूको सङ्ख्या अपेक्षा गरिएको भन्दा निकै नै कम रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्। रुसी गणतन्त्र चेचन्याका नेता रमजान कादिरोभले बिहीवार दिउँसोसम्म रुसले मारिऊपोललाई नियन्त्रणमा लिइसक्ने बताएका छन्।

    एकजना युक्रेनी मरिन कमाण्डरले आफूहरू अपर्याप्त सङ्ख्यामा रहेको, आपूर्तिका सामान सकिरहेको र अन्तिम दिन अथवा घण्टामा पुगेका बताएका छन्। आठ साताअघि अतिक्रमण थालेको रुसले मारिऊपोललाई नियन्त्रणमा लिनसके त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मारिऊपोलको अवस्थालाई साँच्चिकै डरलाग्दो भनेका छन्।

    उनले बाहिर निस्कन सक्ने सबैलाई मानव निकासमार्ग भएर निस्किहाल्न अपील समेत गरेका छन्। मारिऊपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह शहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ। मारिऊपोल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।

    मारिऊपोलमा एजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादीहरू छन्। युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ। मारिऊपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।
    मारिऊपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।

  • कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

    कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

    कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी शाहलाई उदृत गर्दै संचारमाध्यमले यसको पुष्टी गरेका हुन् ।

    राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको हो । उनको पेटमा दुई वटा गोली लागेको थियो । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

  • डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी समेत रहने छन् ।

    डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्नेछन् ।

  • गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?

    गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?

    काठमाडौं । पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो।

    सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन्।

    सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाएकाे छ।

    कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरकाे नेतृत्व​ पाएकाे छ। भने, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगको मेयर पाएको छ।

    नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिका, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका र जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।

  • ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने

    ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने

    काठमाडौं । अब ठेक्कापट्टामा जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी (ठेकेदार) ले निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन्।

    ठेक्कापट्टासँग जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नबाट नरोक्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि ठेकेदारलेले पनि उम्मेदवार बन्ने बाटो खुलेको हो।

    न्यायाधीश नहकुल सुवेदीको सोमबार बसेको एकल इजलासले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा स्थानीय तहको ठेक्कापट्टा वा अन्य चलअचल सम्पत्तिको व्यवहारमा संलग्न रहेका व्यक्ति उम्मेदवार निषेध नगरेको तर निर्देशिका वा कार्यविधि बनाएर लागु गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चले आदेशको व्यहोरा भने आज (बुधबार) मात्र सार्वजनिक गरेको हो।

    आयोगले उम्मेदवारका लागि तयार पारेको स्वघोषणामार्फत स्थानीय तहको ठेक्कापट्टामा जोडिएका वा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न रहेका निर्माण व्यवसायीले उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको थियो।

    आयोगले उम्मेदवारका लागि तयार पारेको स्वघोषणामा ‘कुनै स्थानीय तहको ठेक्का पट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको’ हुनुपर्ने व्यवस्था गरेको थियो ।

    कुनै पनि व्यक्ति आफ्नो व्यवसायिक कारोबार भइरहेको स्थानीय तहमा निर्वाचित हुँदा निर्णय प्रकृयामा स्वार्थ बाझिने अवस्था हुन सक्ने भए पनि सम्बन्धित स्थानीय तहमा उम्मेदवार हुन रोक लगाएको विषयलाई स्वीकार गरे पनि देशभर नै रोक लगाउने गरी निर्वाचन आयोगबाट भएको निर्णय तर्कमा आधारित नभएको भन्दै सर्वोच्चले सो व्यवस्थामा रोक लगाएको हो।

    कानुनले निषेध नगरेको, संविधानप्रदत्त पेसा, व्यवसाय र रोजगार गर्न पाउने हकअन्तर्गत ठेक्कापट्टा व्यवसाय गरेकै आधारमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन रोक लगाउने गरी भएको निर्णयबाट आधारभूत मौलिक हक अधिकारमा आघात पुगेको आदेशमा उल्लेख छ।

  • सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?

    सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?


    काठमाडौं । सत्तारुढ गठबन्धनले बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएका छन् ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागवण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

    दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

    सहमति अनुसार नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

    नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

    एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

    यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

    महानगरपालिका भागबण्डामा भने बुधवार नै सहमति जुटाएका थिए । जसमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको छ ।

    सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको स्रोतले जनाएको छ ।

    सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएको थियो।

    यस्तै, भरतपुरका नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।

  • जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ

    जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

    स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ।

    घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइनेछ । कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिनेछ ।

    यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ। कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइनेछ । आवश्यक सबै कर्मचारीलाई न्युनतम कम्प्युटर शिक्षाको तालिम दिइनेछ।’

    सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कार्वाही गर्ने उल्लेख गरेको छ। स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने न्यायिक मेलमिलाप तथा मध्यस्थतासम्बन्धी प्रक्रिया पारदर्शी, तटस्थ र निष्पक्ष बताउने बताएको छ।

    पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

    ‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरुमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ,’ घोषणापत्रमा भनिएको छ ।

    शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ। त्यस्तै सबै गाउँपालिकाहरुको विस्तृत भू–उपयोग योजना र नपा/उपनपा/मनपाहरुको गुरु योजना तयार गरी क्रमशः लागू गरिने जसपाको योजना छ। आगामी ५० वर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने भनिएको छ।

  • राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता

    राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ ।

    बुधबार सार्वजनिक घोषणापत्रमार्फत राप्रपाले कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा दिने घोषणा गरेको छ ।

    यस्तै स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

    घोषणा पत्रमा पहिलो प्रथामिकता सुशासलाई दिइएको छ । सुशासनभित्र भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने भनिएको छ ।

    साथै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि घोषणा पत्रमा भनिएको छ ।

    महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने घोषणापत्रमा उल्लेख छ ।

  • काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’

    काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’


    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् ।

    सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् ।

    फैसलासँगै पद पुनर्बहाली भएका अधिकारीले अर्थ मन्त्रालय र राष्ट्र बैंक समन्वय गरेर अघि बढेको बताए ।

    अधिकारीले विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउने तर आफूहरुले त्यसलाई पर हटाउँदै समन्वय गर्दै कामलाई जोड दिने गरेको बताए ।

    ‘हामी व्यक्तिभन्दा पनि गभर्नर संस्था नै हौँ । अर्थ मन्त्रालय अर्को संस्था हो । विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउँछन् । हामी आफ्नो जिम्मेवारीहरु पूरा गरिराखेका हुन्छौँ ।

    गर्नुपर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौँ नै । त्यसमा कुनै किसिमको आग्रह पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुन्न । हामी समन्वय गरेर काम गर्छौँ’, उनले भने ।

    कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने उनले प्रतिबद्धता जनाए । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा समन्वय गरेरै अघि बढ्ने उनको भनाइ छ ।

    त्यसैगरी भोलिको दिनमा जस्तो किसिमको सर्वोच्चको सुनुवाइ भइ कार्यान्वयन भएर जाँदा राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्वको सम्बन्धमा सकारात्मक सन्देशहरुको आशा गरेको समेत बताए ।

    ‘भोलिको दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ भई कार्यान्वयन भएर जाँदा यो राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्वको सम्बन्धमा यसरी नै सकारात्मक सन्देशहरु आउने आशाहरु राखेको छु’, उनले भने ।

    अर्थमन्त्री जनार्दन शर्माले आफूलाई असहयोग गरेको भन्दै गत बिहीबार निलम्बन गर्दै छानबिन समिति गठन गरेका थिए ।

    तर आफूमाथि लगाइएको आरोप गलत रहेको भन्दै गभर्नर अधिकारी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार अल्पकालिन अन्तरिम आदेश जारी गर्दै काममा फर्किन पाउने बाटो खोलिदिएको थियो ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता

    शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । धेरै गुमाउने फाइनान्स र अन्य समूहका लगानीकर्ता रहेका छन् यी दुवैको शेयर मूल्य ३.८२ र ३.५ प्रतिशत घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६४५.२० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १४ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा एनआनइसी एशिया बैंकको ५ करोड २ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

  • अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

    अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

    काठमाडौं । लामो खडेरीका कारण समस्यामा परेका पहाडी भेगका कृषकलाई मंगलबार अधिकांश स्थानमा परेको वर्षाले राहत दिएको छ । मंगलबार काठमाडौं उपत्यका, पोखरा तथा पहाडी भेगका अन्य इलाकामा समेत वर्षा भएको छ । यसले मकै तथा तरकारी बालीलाई फाइदा पुगेको छ । पहाडी केही ठाउँमा बुधबार समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाको भनाई छ । बुधबार पहाडी क्षेत्रमा मौसम आँशिक बदली हुने र केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । बुधबार प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

    अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा भने तापक्रम बढ्दो क्रममा रहेकाले जोगिन महाशाखाले अनुरोध गरेको छ ।

  • मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा

    मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी ११ वैशाखबाट काठमाडौंका धाराहरुमा वितरण गरिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले मंगलबार निर्देशन समेत दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेको छ ।

    गत वर्ष असार १ मा बाढीले मेलम्चीको मुहानमा ठूला ठूला ढुङ्गा ल्याएर पुरेको थियो । नेपाली सेनाको समेत सहयोगमा आयोजनाले मुहान सफा गरेपछि पुनः पानी आउने अवस्था बनेको हो । काठमाडौँ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न मन्त्रीले आह्वान गरे । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताए ।

    काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उनले बताए । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो। सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ। भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ।

    यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो। मेलम्ची आयोजनाले अहिले अस्थायीरुपमा पानी ल्याउन लागेको हो। वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ। वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ।

  • रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

    रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

    काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन्।

    बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ। त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरे।


    ब्रिटेनले चाहिँ पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ। रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ। तर रुसले किएभस्थित सरकारलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ। युक्रेनी अधिकारीहरूले डोन्बास क्षेत्रमा रुसले थालेको आक्रमणसँगै जारी युद्ध अर्को चरणमा प्रवेश गरेका बताएका छन्।

    रुसले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको पूर्वी डोन्बास क्षेत्रभित्रै लुहान्स्क र डोनेत्स्क पर्छ। युक्रेनका अनुसार सोमवारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन्। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताएका थिए। तर रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने प्रतिबद्धता उनले जनाए।

  • गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

    गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

    काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखमा करीव करीव सहमति जुटाएका सत्तारुढ गठबन्धनबीच महानगरपालिकाको उपमेयरमा समेत भागवण्डा मिलेको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरमा उपमेयर दिने गरि भागवण्डा गरेको छ ।

    सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट पाएको छ । पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने भएको छ । ललितपुरमा माओवादीले उपमेयर पाएको छ । बिराटनगरमा जसपालाई उममेयर बनाइने छ ।

  • ७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

    ७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

    काठमाडौं । महानगरपालिकामा भागवण्डा टुंग्याएका सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकामा समेत करीव करीव टुंगो लगाएको छ । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाका सन्दर्भमा अधिकांशमा सहमति जुटाएका छन् । जनकपुरमा भने नेपाली कांग्रेस र जनता समाजवादी दुबैले दावी गरेपछि विवाद कायमै छ ।

    यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका बाड्ने भनिएको थियो । पोखरा महानगरपालिका छोडेपछि कांग्रेसले सातवटा उपमहानगर पाउने भएको छ । घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने भएको छ ।

    हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ । इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले पाउने भएको छ ।