Category: फिचर

  • युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…

    युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…

    काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।

    बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए।

    गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ।

    पूर्वघोषणाबिना किएभ पुगेका जोनसनले जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन्।

    बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किएभका सडकमा घुमाएको थिए। दायाँबायाँ हतियारधारी सैनिकहरूका बीच जोन्सन र जेलेन्स्की किएभका सडकमा हिँडेका थिए। त्यो क्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेको भिडिओमा देखिन्छ।

    बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्थे। रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हुन्छन्। प्रायस् भिडिओमा उनले टिसर्टमात्र लगाएको देखिन्छ।

    जोन्सन किएभ पुग्नु अघिल्लो दिन युरोपियन आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयनले पनि किएभको भ्रमण गरेकी थिइन्।

  • फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

    फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तोलामा ८ सयले बढेर सुनको मूल्य तोलामै एक लाख नाघेको हो । ।

    महासंघका अनुसार साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ रहेको छ ।

    तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ रहेको छ । गत शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६५ रुपैयाँ कायम गरिएको छ ।

  • इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

    इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् ।

    खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो ।

    संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ । संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

    पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् ।

    पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो ।

  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

    वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

    काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

    वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरेको हो।

    तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणापत्र अनिवार्य रुपमा भर्नुपर्ने विभागमा महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

    वैदेशिक रोजगारीमा व्यक्तिगतरुपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ। उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ। विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो।

    व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ।

    रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारादता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृतिपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ।

    व्यक्तिगत श्रममा जाने व्यक्तिले रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत अङ्ग्रेजी भाषामा अनुवाद गरिएका कागजात प्रमाणीकरणका लागि दूतावासमा दिनुपर्नेछ।

  • सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती, रेमिट्यान्स  बढाउन  नयाँ नीति

    सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती, रेमिट्यान्स बढाउन नयाँ नीति

    काठमाडौं । सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।

    सरकारले आर्थिक संकट टार्नका लागि भन्दै इन्धन उपभोगमा कटौतीको निर्णय गरेको हो । पछिल्लो समय मुलुकमा आर्थिक संकट पदैृ गएपछि सरकारले यस्तो नीति अपनाएको हो ।

    प्रधानमन्त्री कार्यालय स्रोतको अनुसार सरकारले औपचारिक माध्यमबाट आउने रेमिट्यान्सको बचत र सटही दरमा पनि सुविधा दिने निर्णय गरेको छ ।

    रेमिट्यान्स बचतमा अन्य बचतको तुलनामा अहिले एक प्रतिशत बिन्दूले बढी ब्याज पाइन्छ, अब त्यसलाई दुई प्रतिशत बिन्दू बनाउने निर्णय भएको छ । यसका साथै सटही दरमा पनि प्रचलित दरमा केही थपिने बताइएको छ ।

    विदेशी मुद्रा संचिति घट्दै गएपछि सरकारले रेमिट्यान्स बढाउन यस्तो नीति लिएको हो । सरकारले यसअघि गैरआवासीय नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्नका लागि गरेको व्यवस्थाले भने प्रभावकारी परिणाम दिन सकेको छैन ।

  • राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई

    राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई

    काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । अर्थतन्त्रमा नकारात्म असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो ।

    तत्कालीन केपी ओली सरकारले २०७६ चैत्र २७ गते अधिकारीलाई गर्भनर नियुक्त गरेको थियो । कार्यकाल सकिनु अगावै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएको हो ।

    सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

    आज मात्र राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई राष्ट्र बैंकबाट असहयोग भएको बताएका थिए । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

  • बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

    बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

    बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो ।

    जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

    यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३३ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

    ५ किलोमिटर दुरीसम्मको भाडा २० कायम गरिएको छ भने १० किलोमिटरसम्म २५ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

    यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १८ रुपैयाँ लिँदै आएका थिए ।

  • बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

    बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ ।

    बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले शुक्रवार अन्तरकालीन आदेश दिएको हो ।

    बतास समूहका तर्फबाट अञ्जली रायमाझीले दिएको निवेदनमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलालसले मुद्दाको टुंगो नलागेसम्म व्यवसायमा असर पर्ने काम नगर्न आदेश दिएको हो।

    पर्यटन मन्त्रालयको निर्देशनमा पशुपति क्षेत्रविकास कोषले बताससँग गरेको सम्झौता रद्द गर्दै खाली गराउन ताकेता गरेपछि रायमाझी अदालत पुगेकी हुन्।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको मूल गेटमा शुक्रवार बिहान ताला लगाएको थियो ।

    यसरी करार भङ्ग भएको भन्दै ताला लगाइएपछि अदालतले कोषलाई त्यस्तो गैर कानुनी कार्य नगर्न भन्दै करार भङ्ग गर्नुको कारण सहित उपस्थित हुन आदेश दिएको छ ।

    जिल्ला अदालतले जारी गरेको आदेशमा उल्लेख गरिएको छ, ‘निवेदकले अन्तरकालिन आदेशको समेत माग गरेको सन्दर्भमा विचार गर्दा, लिखित जवाफ परी प्रस्तुत निवेदनको ढुंगो नलागेसम्मको लागि निवेदकको व्यवसायमा गैरकानूनी रुपमा असर पर्नेगरी कुनै पनि कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम विपक्षीहरुमा नाममा अन्तरकालिन आदेश जारी गरीदिएको छ।’

  • बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

    बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

    काठमाडौं । नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।

    लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो ।

    घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्।

    घिमिरेको प्यालनमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुनव्यवसायीहरु थिए ।

    घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकबाट राजीनामा दिएर बारमा चुनाव लडेका थिए ।

    अधिकारीको प्यानलमा एमालेसहित राप्रपा र अन्य राजनीतिक दल निकट कानुन व्यवसायीहरु आवद्ध थिए ।

    उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्री विजयी भएका हुन्। खत्रीले ४ हजार ४ सय २९ मत ल्याएका छन्।

    कोषाध्यक्षमा भरत बहादुर राउतले ४ हजार ३६ मत ल्याएर विजय भएका हुन्।

    महासचिव पदमा भने अन्जिता खनाल विजयी भएकी छिन्। उनले ३ हजार ६८२ मत प्राप्त गरेकी हुन्।

    बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन भएको थियो।

  • राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार

    राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

    राप्रपा नेपालले शुक्रवार घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ ।

    योसँगै राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बनेको छ । सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने आधारहरूका रुपमा ५ कारण उल्लेख गरेको छ ।

    राप्रपा नेपाल स्थानीय धार्मिक–साँस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ ।

    राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।

    स्थानीय चुनाव सम्बन्धीे नीति तथा कार्यक्रम
    निर्वाचन घोषणा पत्र

    आदरणिय दिदीबहिनी तथा दाजुभाइहरु !

    सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा मध्ये एक हो । २०६३ सालको राजनीतिक परिवर्तन पश्चात निरन्तर राप्रपा नेपालले स्थानीय सरकारको अवधारणा अनुरुप अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन प्रणालीको पक्षमा सशक्त आवाज उठाउंदै आएको छ । त्यसर्थ, स्थानीय निकायको आवधिक चुनावलाई राप्रपा नेपालले उच्च महत्व र प्राथमिकता दिएको छ ।

    नेपालको राजनीतिमा फरक विचार, अलग पहिचान र राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र बोकेर २०६२ साल पौष २६ गते राप्रपा नेपालको स्थापना भएको हो । नेपाली जनताको विश्वास र अभिमतबाट २०७० सालको संविधानसभाको चुनावमा कँंग्रेस र कम्युनिष्ट पार्टी पछि तेस्रो शक्तिको रुपमा राप्रपा नेपालको उदय भयो । तर पार्टी ठूलो बनाउने नाममा २०७३ सालपछि हामीले गलत प्रवृत्ती र असहज मान्यतास“ग सम्झौता गर्न पुग्यौ । पछिल्लो स्थानीय र संसदीय चुनावमा निराशाजनक परिणाम भोग्नु पर्‍यो । फलस्वरुप २०७८ सालसम्म हामी राष्ट्रिय राजनीतिमा महत्व र भूमिका विहिन हुन पुग्यौं । यसरी पाँच वर्षको अलमल पछि विगतका त्रुटी र कमजोरीहरु सच्याउंदै २०७८ फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिनबाट राप्रपा नेपाल पुनःजागृत गरेका छौं । राप्रपा नेपाल सम्बर्द्धनवाद, सुशासन र समृद्धीका वैचारिक आधारस्तम्भ मार्फत नयॉ सोच र कार्यशैलीका साथ भरपर्दो राजनीतिक दलका रुपमा खडा भएको छ ।

    क. बैचारिक र राजनीतिक परिदृष्य

    १. राप्रपा नेपालको वैचारिक अवधारणा र कार्यनीति :

    परम्परागत मुल्य, मान्यता, धर्म, संस्कृति, इतिहासको संरक्षण र सम्बद्र्धनबाट मात्र सुशासन र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ । वर्तमान विश्वमा उदार लोकतान्त्रिक मान्यतामा आधारित यही सम्बद्र्धनवाद नै उग्रसाम्यवाद र सबै प्रकारका निरंकुशताको सही प्रत्युत्तर हो भन्ने तथ्य स्थापित भइसकेको छ । नेपाली माटोमा प्रवद्र्धन भएको सम्बर्द्धनवादी दर्शनका आधारमा राष्ट्रिय पहिचानका लागि हिन्दूराष्ट्रको पुनस्र्थापना गर्ने राप्रपा नेपालको प्राथमिक कार्यभार रहेको छ । यसका लागि राप्रपा नेपालले धर्मसंस्कृती, परम्परा, मूल्यमान्यता र रीतिरिवाजलाई आत्मसात गरी राष्ट्रिय एकता, सामाजिक सहअस्तित्व र राष्ट्रियतालाई सवल तुल्याउने छ ।

    धर्मनिरपेक्षताको आडमा अहिले योजनावद्ध ढंगबाट लोभलालच, भ्रम र त्राश देखाई धर्म परिवर्तन गराउने कार्य भइरहेको छ । धर्म परिवर्तनको निशानामा अहिले सबैभन्दा बढी आदिवासी, जनजाती र उत्पीडित समुदायका व्यक्तिहरु परेका छन् । कतिपय स्थानमा कानुनदारा निषेधित गौहत्या समेत भैरहेका छन् । जसको परिणामस्वरुप नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने टडकारो खतरा देखिन्छ । यसकारण अध्यात्मिक पूर्वीय दर्शनमा आधारित स्थानीय पहिचान सहितको सनातन धर्म तथा स‘स्कृतिको रक्षा समाजको आधारभूत तह जस्तै वडा तथा पालिका स्तरबाटै गर्नु पर्ने अवस्था आएको छ ।

    सुशासनको कायम गर्न मानव अधिकारको सम्मान, विधीको शासनको सुनिश्चितता, लोकतन्त्रको सुदृढीकरण, पारदर्शीताको प्रवद्र्धन र सार्वजनिक प्रशासनको क्षमता विकास गर्नु राप्रपा नेपालको एक प्रमुख कार्यभार हो । सुशासन प्रवद्र्धनका लागि वैधानिक प्रतिनिधीका माध्यमबाट जनताले आफ्ना आकांक्षाहरु प्रकट गर्ने, मानव अधिकार, कानुन र अन्य कानुनी संरचनाको निष्पक्ष कार्यान्वयन, समुदायको हितका लागि सामुहिक सहमती, समता र समावेशीता, स्रोतहरुको सदुपयोग गरी समुदायका लागि उत्तम प्रतिफल प्राप्त गर्ने, जवाफदेहीता, सूचनामा सर्वसाधारणको सहज पहु‘च तथा संस्थागत प्रक्रियाबाट सबै हिस्सेदारहरु लाभान्वित हुने वातावरण निर्माण गरिनेछ ।

    दिगो विकासबाट जनताको जीवनस्तर उठाएर परिवार र समाजमा सुखशान्ति कायम गराउनु र समग्रः समृद्धी हासिल गर्नु राप्रपा नेपालको अर्को प्रमुख कार्यभार रहनेछ । सुशासन, आर्थिक विकास र समृद्धीका लक्ष्यहरु हासिल गरी जनताको जीवनस्तर उच्च बनाउन राप्रपा नेपालले जनता केन्द्रीत राजनीति, शोषणरहित समाजको सिर्जना र जनकल्याणकारी राज्य व्यवस्था अपनाएर राष्ट्रवादी लोकतान्त्रिक शक्तिको रुपमा स्थापित हुने परिकल्पना गरेको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, देशभक्ती, एकता, सनातन धर्म, समावेशी प्रजातन्त्र, सामाजिक सदभाव र आत्मनिर्भर तथा उदार राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण राप्रपाको उद्देश्य हुनेछन् ।

    हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई–मधेशका जनताका आआफ्नै किसिमका समस्या र दुख पीडाहरु छन् । स्थानीय तहका निर्वाचित प्रतिनिधीहरुको कार्यकाल पॉच वर्ष अवधीको हुने संवैधानिक व्यवस्था भएकोले राप्रपा नेपालले आगामी पॉच वर्षे अवधीमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रमहरुलाई मात्रै जनतामाझ प्रस्तुत गर्दा त्यो बढी उपयोगी र वस्तुनिष्ट हुने ठानेको छ । तसर्थ, यही आधारभूत मान्यताका आधारमा छिटोभन्दा छिटो स्थानीय जनताको जीवनस्तर माथि उठाउने संकल्पका साथ राप्रपा नेपालले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धी सुशासन, विकास र समृद्धीका नीति तथा कार्यक्रम तयार पारेको छ । यी नीति तथा कार्यक्रमहरु, राप्रपा नेपालको सम्वद्र्धनवादी दर्शनमा आधारित रहेर नेपाल र नेपालीको पहिचान एवं राष्ट्रिय एकताका लागि हिन्दूराष्ट्र« पुनःस्थापना, भ्रष्टाचाररहित आर्थिक सामाजिक रुपान्तरणका लागि सुशासनको बलियो जग तथा जनताका आधारभूत आवश्यकता परिपूर्ति गरी समृद्धशाली जीवनस्तर कायम गर्ने आधारशिला स्थानीय तहबाटै खडा गर्ने हाम्रो पार्टीको स्पष्ट धारणा रहेको छ ।

    २. राप्रपा नेपालको बाटो :

    देशमा यावत् समस्याहरुका बाबजूद पहिलो पटक नेपाली जनताले आफैं बनाएको संविधानबाट मुलुक परिचालित छ । तथापि, वर्तमान संविधान पनि शतप्रतिशत पूर्ण छैन, यसमा थुप्रै कमीकमजोरी र अपूर्णताहरु छन् । यसो भएता पनि वर्तमान संविधानले जनताको अभिमतबाट प्रजातान्त्रिक ढंगमा आआफ्ना मान्यताहरु स्थापित गर्न मौलिक हक र स्वतन्त्रताहरु सुनिश्चित गरेको छ । अब यही संविधानबाट आफूले चाहेको नीति, प्रणाली र व्यवस्था स्थापित गर्ने अधिकार जनता र दलहरुमा निहीत छ । तसर्थ, अव राजनीतिक विवादमा समय खेर फाल्नु जरुरी छैन । यसैले अबको प्राथमिकता भनेको सुशासन, आर्थिक विकास र समृद्धी हो, जसका लागि शान्ति र स्थिरता आवश्यक पर्छ । शान्ति र स्थिरताका लागि जनताको घरदैलो मै सुशासन, विकास र समृद्धीले छुन सक्नुपर्छ । यही उद्देश्य प्राप्तीका लागि बिगत ५ वर्ष आफ्नै कमीकमजोरी र गल्तीका कारण सुसुप्त रहेको राप्रपा नेपाललाई राष्ट्रनिर्माणका लागि वैकल्पिक विचारधारा, बाटो र संवाहक खोजी गर्ने क्रममा नयॉ सो‘च र राष्ट्रिय आवश्यकता अनुरुप गत २०७८ फागुन ७ गतेबाट पुनः जागृत गरी एक सशक्त राष्ट्रवादी लोकतान्त्रिक शक्तिका रुपमा स्थापित गर्ने उद्देश्य राखिएको हो ।

    यस पटकको स्थानीय तहको निर्वाचनमा मतदाताले परिपक्व सो‘च र विवेक प्रयोग नगरी लहडका भरमा मतदान गरेमा हाम्रो मुलुक र जनताले आगामी केही वर्षमै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । लामो समय राजनीतिको केन्द्रमा रहेर पटक पटकको विध्वंश र हिसात्मक द्वन्द्व तथा राज्य आतंकलाई राप्रपा नेपालका नेता कार्यकर्ताहरुले राम्ररी बुझेकोले राप्रपा नेपाल नितान्त पृथक वैचारिक तथा विकासवादी धारणा बोकेर जनताको अमूल्य मत मॉग्न आएका हौं ।

    ३. देशको बिग्रदों परिस्थिति :

    पटक पटक भएका आन्दोलनहरु, राजनीतिक व्यवस्थाहरुमा भएका परिवर्तनका साथै विगत ७० वर्षमा ७ किसिमका संविधानहरु लागू गरिए पनि एकातिर राष्ट्रिय एकता कमजोर हु‘दैगएको छ भने अर्कोतिर बाह्य चलखेल बढ्दै गएको छ । फलस्वरुपः कमजोर विधीको शासन, राजनीतिक अस्थिरता, सर्वसत्तावादी प्रवृत्ती, न्यायीक अस्तव्यस्तता बढेको, अति राजनीतिकीकरण, आर्थिक विकास फितलो भई परनिर्भरता बढेकोे, आन्तरिक रुपमा उत्पादनमुलक कृषी र औद्योगिक उत्पादन—उत्पादकत्व घट्दैगएको जवकि आयात र निर्यात ब्यापार बीचको फराकिलो ब्यापार र शोधान्तर घाटा निरन्तर बढिरहेको, आन्तरिक रोजगारीको अभाव र गरिबीका कारण वैदेशिक रोजगारीमा जाने युवापुस्ताको बढ्दो संख्या, पछिल्लो समयमा राज्यको खर्च गर्ने क्षमताको खस्क‘दो अवस्थाका साथै वित्तीय असन्तुलन र तरलता अभाव जस्ताले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिस्थिति जटिल र गम्भीर मोडमा आइपुगेको छ ।

    उपरोक्त कारणहरुले गर्दा आम मानिसमा निरासा र असन्तुष्टी बढिरहेको छ । शहरी क्षेत्रहरुमा आयक्षेत्रको संकुचन र महंगी लगायतका कारणबाट जीवनस्तर धान्न धौ—धौ पर्न थालेकाले विदेश पलायन हुने क्रम बढिरहेको छ । दूर्गम तथा ग्रामीण क्षेत्रमा अवसर र आधारभूत सेवाको अभावमा शहरी क्षेत्रतर्फ मानिसहरुको चाप बढेकाले ग्रामीण र दुर्गम बस्तीहरु उजाडिन थालेका छन् । यसका बाबजूद, प्रमुख राजनीतिक दलका नेताहरुले यी यावत समस्याहरुलाई आत्मसात गर्न सकेका छैनन, जसका कारण सुशासन, आर्थिक विकास र समृद्धीका आधारहरु तयार हुन सकेको छैन । यस विपरित सुशासनको नाममा भागवण्डा तन्त्र निहित कुशासन र उदारीकरणको नाममा प्रतिस्पर्धा विरोधी सिण्डिकेट तन्त्रले स्थायीत्व पाएकाले अर्थतन्त्र लङ्गडो भएकोले यसको प्रतिस्पर्धा र कार्यकुशलताको क्षमतामा व्यापक ह«ास आएको छ । यो प्रक्रियाले देशको ग्रामीण र शहरी दुवै क्षेत्रमा रोजगारीको विस्तार रोकेको छ । यसैकारण लाखौं लाख नेपाली देशभित्र रोजगारी नपाएर दुईछाक खान र एकसरो लुगा लगाउन पनि नसक्ने भएपछि बाध्य भएर देश छोडी थोरै ज्यालामा विदेश जान बाध्य भएका छन् । यसरी सिमित रुपमा प्राप्त राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरु पनि गुम्न जाने घनचक्करमा मुलुक अहिले परेको छ ।

    राप्रपा नेपाल जनताको सर्वोच्चता, स्थानीय धार्मिक सॉस्कृतिक पहिचानसहितको हिन्दूराष्ट्रको पुनस्र्थापना, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र जनकल्याणकारी उदार अर्थतन्त्रको मजबुत जग बसाल्ने प्रणका साथ क्रियाशील छौं । वर्तमान संविधानसंग सहकार्य गरी राप्रपा नेपाललाई आगामी १० वर्षभित्र देशको अग्रणी राष्ट्रवादी लोकतान्त्रिक शक्ति बनाइसक्ने हाम्रो लक्ष्य छ । आसन्न स्थानीय तहको निर्वाचनमा जनताले परिपक्व विचारका साथ हाम्रो पार्टी राप्रपा नेपाललाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने अपेक्षा गरेका छौं, जनतामाथि हाम्रो ठूलो भरोसा छ ।

    ख. राप्रपा नेपालको योगदानः स्थानीय सुदृढ स्वायत्त शासन

    १. स्थानीय सुदृढ स्वायत्त शासन सम्बन्धी राप्रपा नेपालको अवधारणा :

    संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्छ । केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा अधिकारसम्पन्न सुदृढ स्थानीय सरकार उपयुक्त हुन्छ भन्ने राप्रपा नेपालको अवधारणा रह‘दैआएको छ । हाल विद्यमान राजनीतिक प्रकृतीको प्रदेश सरकार सुशासन र समृद्धीका दृष्टिमा ठोस उपलब्धीमूलक देखिन छोडेको र खर्चालू समेत साबित हुनथालेको छ । यसर्थ, नेपाली परिवेश र हाम्रा बिशिष्ट चुनौतीहरुलाई जनताको घरदैलोमा नै समाधान गर्नसक्ने मौलिक अवधारणामा आधारित सुदृढ स्वायत्त स्थानीय शासन प्रणाली समयको मॉग भएको छ, जसले स्थानीय लोकतन्त्र, सुशासन र समृद्धीको बलियो जग समाजको आधारभूत तहबाटै निर्माण गर्न सकियोस् । हाम्रो सो‘च, राष्ट्रवादी लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्‍याउनुका साथै राष्ट्रको विकासमा जनतालाई निर्णायक शक्तिको रूपमा स्थापित गर्ने रहेको छ ।

    संघीय प्रणाली लागू भएपछिका बिगत पॉच वर्षको अनुभवलाई आंकलन गर्दा केन्द्रमा निहित रहेका वित्तीय, प्रशासनिक, विधायिकी, विकास, सुरक्षा र न्यायिक अधिकारहरू अझै पनि स्थानीय तहमा पूर्ण रूपमा प्रत्यायोजित हुनसकेको छैन । फलस्वरूप केन्द्रीकृत शासन व्यवस्थाका कतिपय दुर्गुणहरू हालसम्म पनि कायमै छन् । त्यसैले अब दलगत नभई जनताकेन्द्रीत अधिकार र सहकार्यमा आधारित स्थानीय स्वायत्त शासन पद्धती व्यबहारिक रूपमा तत्काल अपनाउनु पर्ने देखिन्छ । यस्तो मान्यताले स्थानीय पहिचान सहितको धार्मिक, सॉस्कृतिक, जातीय र भाषिक अधिकारको संरक्षण तथा सम्बद्र्धन गरी राप्रपा नेपाल समग्रः राष्ट्रिय एकता, अक्षुणता, देशभक्ती र राष्ट्रिय पहिचानलाई सवलीकरण गर्न चाहन्छ ।

    राप्रपा नेपाल केन्द्र सरकारमा रहेको समयमा प्रारम्भ भएको विकेन्द्रीत स्थानीय सुदृढ शासन प्रणालीको व्यवस्थित कार्यान्वयनबाट केन्द्रमा संकेन्द्रीत रहेका राज्यका अधिकार र निर्णय प्रक्रियालाई अहिले देशभरका नगर तथा गाउ‘पालिकाका जनताको हातमा पुर्‍याउने सफलता मिल्दै गएको छ । अब काठमाडौंको सिंहदरबारमा मात्रै सिमित नेपाल सरकार, नेपाली जनताको घरदैलो सम्मै पुगेर त्यसका उपलब्धीहरू स्थानीय तहमा देखिन थालेको छ । तर भ्रष्टाचार, आर्थिक स्रोतहरूको अपव्यय, जनतामाथि दोहोरो तेहोरो करका भारहरू पार्ने जस्ता दुर्गुणहरू पनि केन्द्रबाट स्थानीय तहसम्म बिस्तारित भएको धेरै पालिकाका जनताहरूको गुनासो सुनिएकाले स्थानीय तहमा यसलाई नियन्त्रण गर्ने सक्षम संरचनाको आवश्यकता महसुस गरिएको छ । स्थानीय तहहरूमा सुशासन र समृद्धीका लागि स्थानीय स्तरमै बलिया र अधिकारसम्पन्न आधारभूत संरचनाहरूको पनि तत्कालै विकास गर्नुपर्ने देखिएको छ ।

    २. आधारभूत मान्यता :

    हाम्रा गाउँ-नगर पालिकाहरुमा विविध जातजाती तथा धर्म स‘स्कृती अपनाउने बासिन्दाहरु बसोबास गर्दछन् । तसर्थ, स्थानीय परम्परा र प्रचलनलाई बस्ती, वडा वा पालिका स्तरमा प्रवद्र्धन र संरक्षण गर्ने राप्रपा नेपालको नीति रहेको छ । नेपाली जनतालाई केन्द्रविन्दूमा राखेर नेपालको सुदृढ राष्ट्रियताको जगमा आत्मनिर्भर आधुनिक समाज र स्थानीय उदार अर्थतन्त्रको विकास गर्ने अभिभारा मतदाताले राप्रपा नेपालका वडा र पालिका तहका उम्मेदवारहरुलाई सुम्पिएमा हामी त्यो दायित्व इमान, निष्ठा र पारदर्शिताका साथ बहन गर्न प्रतिबद्ध छौं ।

    साथै, प्रत्येक पॉच वर्षमा अनिवार्य रूपमा नगरपालिका र गाउँपालिकाको निर्वाचन गर्नका लागि संघीय मंत्रीपरिषद्लाई नभई निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनु पर्दछ भन्ने राप्रपा नेपालको ठहर छ । ताकि, निर्वाचित जनप्रतिनिधित्व प्रणालीलाई कसैले पनि लहडमा भताभुङ्ग र लथालिङ्ग पार्न नपाओस् । स्थानीय तहमा निर्वाचित राप्रपा नेपालका पदाधिकारी तथा सरकारहरु स्थानीय तहको स्वायत्त शासनको सुदृढीकरण र जनकल्याणकारी विकासका लागि निम्न आधारभूत मान्यतालाई उच्च प्राथमिकता दिई क्रियाशील हुनेछन्ः

    क) संविधानको भावना अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र हित तथा राप्रपा नेपालको सम्बद्र्धनवादी दर्शनअनुसार सवै धर्म–स‘स्कृति, परम्परा, रीति रिवाज लगायत सॉस्कृतिक तथा प्राकतिक सम्पदाको प्रवद्र्धन तथा संरक्षण गरिने छ ।
    ख) स्थानीय तहमा समावेशी आर्थिक तथा सामाजिक विकासको मान्यताका आधारमा स्थानीय लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी रुपमा अगाडि बढाइने छ ।
    ग) स्वदेशी उत्पादनको प्रयोगमा विशेष सुविधा सहुलियत दिई आम स्तरको उत्पादनमा जोड दिइनेछ ।
    घ) स्थानीय तहको पूर्वाधार विकास र स्थानीय जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरुलाई स्थानीय तहमा निर्वाचित राप्रपा नेपालका पदाधिकारी तथा सरकारहरुले उच्च प्राथमिकता दिनेछन् ।
    ङ) पूर्वाधार विकास र जनताको जीवनस्तर अभिवृद्धी हुने कुनै पनि योजना तथा कार्यक्रमहरुमा राप्रपा नेपालले सबै दलहरु र स्थानीय नागरिक समुदायसँग समन्वय गरी जनसहभागितामा योजना तर्जूमा र योजना कार्यान्वयन गरिनेछ ।
    च) राप्रपा नेपाल स्थानीय विकासका कार्यक्रमहरु दलगत राजनीतिबाट प्रभावित हुनुहु‘दैन भन्ने मान्यताप्रति सदा प्रतिबद्ध रहनेछ । स्थानीय तहका योजना तथा कार्यक्रमहरुमा राजनीतिकीकरण गरिने छैन ।
    छ) स्थानीय तहका बस्ती, टोल र वडा भेलाहरुमा बहुसंख्यक जनताले प्रस्तुत गरेका योजना र कार्यक्रमहरुका लागि बजेट ब्यवस्था गरी स्थानीय तहबाट कार्यान्वयन गरिने छ ।

    ३. राप्रपा नेपालकै उम्मेदवार नै किन छान्ने ?

    प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको नितान्त आबश्यकता परेको स्पष्ट महशुस हुन्छ । हाल देशमा विद्यमान राजनीतिक दलहरु भन्दा राप्रपा नेपालले पृथक पहिचान बोकेको हु‘दा राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरु यस प्रकार छन् :

    क) राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल हो ।
    ख) राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा हुने छैन ।
    ग) राप्रपा नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्शपुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मानेको छ भने अरु कुनै पनि पार्टीहरुले उक्त मान्यता दिएका छैनन् ।
    घ) राप्रपा नेपालले नेपालको माटोमा प्रवद्र्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको छ भने अरू पार्टीहरुले माक्र्सवाद, लेनिनवाद, माओवाद, पूंजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएका छन् ।
    ङ) नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएका हुन् भने राप्रपा नेपाल एक यस्तो दल हो, जुन नेपाली पहिचान सहित हाम्रो आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएको हो ।

    ४. स्थानीय तह निर्वाचन घोषणा पत्रको रुपरेखा :

    स्थानीय तहको निर्वाचन प्रयोजनका लागि स्थानीय स्तरबाटै आआफ्ना पालिकाका घोषणा पत्र तयार पारि‘दा त्यो बढी बस्तुपरक र यथार्थ हुन्छ भन्ने राप्रपा नेपालको विश्वास रहेको छ । तर स्थानीय तहको निर्वाचनका लागि छोटो समय रहेको हु‘दा हाम्रा स्थानीय तहका उम्मेदवारहरुलाई प्रचार–प्रसार गर्न पर्याप्त समयको अभाव खट्किएकोले पार्टीका उम्मेदवारहरुको मार्गदर्शन तथा हाम्रा शुभचिन्तक र मतदाताहरु समक्ष राप्रपा नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका अवधारणा स्पष्ट पार्ने हेतुले समेत यसलाई हाम्रो सामुहिक घोषणा पत्रको रुपमा प्रस्तुत गरिएको छ ।

    देशभरी ७५३ वटा स्थानीय पालिकाहरु रहेका छन्, जुन हिमाल, पहाड, चूरेभावर र तराई–मधेस जस्ता आआफ्नै भौगोलिक अवस्थितिमा रहेकाले तिनको छुट्टाछुट्टै विशिष्टता रहेको छ । त्यस्तै यी पालिकाहरुमा १२५ जात–जाती र १०५ भाषाभाषी बोल्नेहरुको बसोबास छ । धर्मप्रतिको आस्थाका आधारमा पनि हाम्रा अधिकांश पालिकाहरुमा बहुसंख्यक हिन्दू संगै बौद्धमार्गी, किरात, जैन, इस्लाम, बोन, इसाई र प्रकृति पूजकहरु सदियौंदेखि मिलेर बसेका छन् । यसकारण विविधता तथा सामाजिक–आर्थिक विकासको अवस्थाका आधारमा प्रत्येक पालिकाको आफ्नै घोषणा पत्रबाट मात्रै स्थानीय भावना र आकांक्षालाई संबोधन गर्न सकिन्छ । आवश्यकता परेको खण्डमा स्थानीय तहका हाम्रा उम्मेदवारहरुले राप्रपा नेपालको यस घोषणा पत्रको मार्गदर्शनमा आधारित रहेर आ–आफ्ना प्रतिबद्धता पत्र मतदाता समक्ष प्रस्तुत गर्न सक्नेछन् ।

    भौगोलिक अवस्थिति र भूबनोट, मौसम र पर्यायवरण, जात जातीको जनसांख्यायिक संरचना, स्थान विशेषको तुलनात्मक लाभको क्षेत्र, सामाजिक विकासका साथै दूर्गम र सुगमताको दृष्टिमा समेत स्थानीय पालिकाहरुको प्राथमिकताहरु फरक फरक प्रकृतिका हुनु स्वभाविकै हुन्छ । यस अतिरिक्त आमा तथा नवजात शिशु, बालबालिका, युवावर्ग र जेष्ठ नागरिकका साथै महिला, विपन्नवर्ग, अपाङगता भएका व्यक्ति र उत्पिडित समुदायलाई अवसर र सहुलियत उपलब्ध गराउनु पनि त्यति नै जरुरी हुन्छ । यसैलाई दृष्टिगत गरी राप्रपा नेपालले यस घोषणा पत्रमा देशभरीका ७५३ पालिकाका लागि निम्नलिखित साझा प्राथमिकताहरु पहिचान गरेर यसमै आधारित रहेर घोषणा पत्रको रुपरेखा तयार पारेको छ ।

    राप्रपा नेपालको यस घोषणापत्रले निर्देशित गरेको मार्गचित्रमा हिड्न सक्दा नेपालको ग्रामीण तथा नगर पालिकाहरुमा स्थानीय तहको सबैभन्दा तल्लो तप्काबाटै स्थानीय सामाजिक–आर्थिक रुपान्तरणको लहर आरम्भ हुनेछ भन्ने हाम्रो विश्वास छ, जसले स्थानीय अर्थतन्त्रको सवल, दीगो र समृद्ध जगको निर्माण गर्नेछ ।

    राप्रपा नेपालको स्थानीय तहको सुशासन, विकास र समृद्धी सम्बन्धी नीति तथा प्राथमिकताहरु

    राप्रपा नेपालले प्रत्येक नगरपालिकालाई क्रमशः आधुनिक र सबै सुविधायुक्त शहर (“स्मार्ट सिटी”) को रुपमा योजनाबद्ध विकास गर्ने लक्ष्य लिएको छ भने प्रत्येक गाउ“पालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र ब्यवस्थित नगरोन्मुख गाउ“को रुपमा विकसित गराउने संकल्प बोकेको छ । राप्रपा नेपालले चुनाव जितेको गाउँ-नगरपालिकाहरुलाई हामी देशभरी मै नमुनालायक स्थानीय तहको रुपमा स्थापित र संचालन गर्नेछौ । राप्रपाले चुनाव जितेको गाउँ-नगरपालिकाहरुमा निम्न बमोजिमका कार्यहरु अनिवार्य रुपले संचालन गरिने छ ः

    क) मूल कार्यक्रम
    (१) राष्ट्रियताको सुदृढीकरण
    (क) राष्ट्रनिर्माता बडाहाराजाधिराज पृथ्वीनारायण शाहको आदर्श, मान्यता र योगदानको सम्मान गरिने छ । गाउँ-नगरपालिका अन्तर्गतका प्रत्येक कार्यालयमा राष्ट्रनिर्माताको तस्वीर अनिवार्य रुपमा राखिने छ । राष्ट्रनिर्माताको दिव्य उपदेशको व्यापक प्रचार प्रसार गरिने छ । पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका रुपमा विभिन्न कार्यक्रमहरु गरी भव्य रुपले मनाइने छ ।
    (ख) गाउँ-नगरपालिका भित्रका विद्यालयहरुको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिबृद्धी हुने विषयहरु समावेस गरिने छ ।
    (ग) राष्ट्रिय विभुती र महान शहीदहरुको सम्मानमा विभिन्न रचनात्मक कार्य संचालन गरिनेछ ।
    (घ) स्थानीय भाषा, स‘स्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ तुल्याइने छ ।

    (२) सनातन धर्मको संरक्षण र सम्बर्द्धन

    (क) सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता सुनिश्चत गरिनेछ ।
    (ख) लोभलालच र भ्रम सिर्जना गरेर संगठित, योजनाबद्ध र जबरजस्ती रुपमा धर्म परिवर्तन गराउन दिइने छैन ।
    (ग) गौहत्यालाई पूर्णत निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुन बमोजिम कडा कारवाही गरिने छ ।
    (घ) गौरक्षाको लागि प्रत्येक गाउ“÷नगरपालिकाहरुमा गौशालाहरु निर्माण गरिने छ ।
    (ड) हिन्दु, बौद्ध र किरात धर्मालम्बीहरुको मठ, मन्दिर, गुम्बा लगायत अन्य धर्म/आस्थाका पुजा आराधना स्थलको निर्माण, संरक्षण र संचालनमा सहयोग गरिने छ ।
    (च) बिद्यालयहरुको पाठ्यक्रममा संस्कृत, नैतिक र आध्यात्मिक शिक्षा समेत समावेश गरिने छ ।

    (३) सुशासन

    (क) भ्रष्टाचार र घुसखोरी विरुद्ध सशक्त कदम चाल्दै सुशासन र जवाफदेहिता बढाउने ।
    (ख) सुशासन अभिवृद्धी गर्न सूचनाको हक सम्बन्धी कानुनको कार्यान्वयनमा जनसहभागिता बढाउने ।
    (ग) गाउँ-नगरपालिकामा भ्रष्टाचारमुक्त प्रशासन कायम गरिने छ । यस प्रयोजनका लागि आवश्यक संरचनागत व्यवस्था र कानुनी आधार तयार गरिने छ ।
    (घ) गाउँ-नगरपालिकाको काम कारवाही पारदर्शी र उत्तरदायिपुर्ण बनाइने छ ।
    (ङ) गाउँ-नगरपालिकामा कानुनी राज्यको सिद्धान्तको परिपालना तथा अनुभूती हुने व्यवस्था लागु गरिने छ ।
    (च) गाउँ-नगरपालिकाहरुको सञ्चालन खुल्ला सरकारको अवधारणाअनुसार गरिनेछ । नगरपालिका र गाउ‘पालिकालाई “विकास र प्रगतिको केन्द्र” बनाइनेछ ।
    (छ) भ्रष्टाचारजन्य विकृती, कुशासन, सूचना प्रवाहमा अवरोध र जवाफदेहीता विहिनताको
    अवस्थाको अन्त्य गर्न “सूचनाको हक” र “तेश्रो पक्षको अनुगमन” (“थर्ड पार्टी मोनिटरि¨”)
    गराइने छ ।
    (ज) पालिकाहरुले प्रत्येक वडाका जनतासमक्ष बर्सेनि कम्तिमा दुई पटक आफ्ना कार्ययोजना प्रगति विवरण स्थानीय जनतालाई अनिवार्य जानकारी गराउने व्यवस्था गरिनेछ । (झ) आमसञ्चार माध्यमलाई नगरपालिकाहरुबाट नगरपालिका क्षेत्रका बासिन्दामा सचेतना जगाए वापत मासिक “सचेतन कोष” उपलब्ध गराइनेछ ।
    (ञ) महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउ‘पालिकाका कार्यालयहरु तथा अन्य स्थानीय सरकारी कार्यालयहरुमा ब्रोड ब्यान्डको पहु‘च बढाउदैं ती कार्यालय वरीपरीका क्षेत्रमा निशुल्क वाईफाई बाट इन्टरनेट, सामाजिक मिडिया र ईमेल चलाउने प्रबन्ध गरिनेछ ।

    (४) समृद्धीका लागि स्थानीय अर्थतन्त्रको विकास र पूँजी निर्माण
    (क) बढ्दो आय असमानता कम गर्ने गरी स्थानीय कर नीति लागू गर्ने । दोहोरो तेहोरो कर अन्त्य गर्ने ।
    (ख) लगानीमैत्री, उत्पादनमूलक तथा प्रतिस्पर्धात्मक अर्थनीतिको आधारमा स्थानीय तहको समग्र अर्थतन्त्रको विकास गर्ने ।
    (ग) स्थानीय तहमा एकीकृत भूउपयोग नीति तत्काल लागू गर्ने । खेतीयोग्य जमीनमा जग्गा प्लटिङ्ग, भौतिक संरचना निर्माण वा बस्ती विकास गर्न नपाइने ।
    (घ) स्थानीय तहमा भौतिक पूर्वाधार निर्माण, पर्यटन, उर्जा, कृषी र उद्योग क्षेत्रमा सार्वजनिक तथा निजी साझेदारीलाई उच्च प्राथमिकता दिने ।
    (ङ) ‘तुलनात्मक लाभ’ का क्षेत्रहरुको पहिचान गरी स्थानीय तहमै पूँजीको निर्माण गर्ने ।
    (च) प्रत्येक पालिकामा स्थान विशेषताका आधारमा हावा, पानी, सौर्य र जैविक उर्जाको विकास गर्ने । यसमा निजी क्षेत्र, स्थानीय तह र स्थानीय सामुदायिक लगानीकर्तालार्ई प्रोत्साहित गर्ने ।
    (छ) रोजगारी सिर्जनाका साथै स्थानीय पालिकाबाट अन्य पालिका र विदेशमा समेत स्थानीय उत्पादनहरुको निर्यात वृद्धी गर्ने ।
    (ज) स्थानीय पालिका भित्रका कुनै पनि सरकारी वा सार्वजनिक जग्गा भोगाधिकार बाहेक स्वामित्व हस्तान्तरण गरी नदिने, र यदि पहिल्ये त्यसरी दिइसकेको भए भोगाधिकार (लिज) मा रुपान्तरण गराउने ।
    (झ) स्थानीय पालिकामा सहकारी संस्थाहरु पूंजी निर्माणका आधार भएकोले यीनलाई नियन्त्रित प्रोत्साहन गर्ने ।

    (५) गरिबी न्यूनीकरण
    (क) गरिबी निवारणलाई बिशेष कार्य योजनाको रुपमा संचालन गरिने छ । त्यस क्रममा भोजन, आवास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता पॉच मुख्य प्राथमिकता निर्धारण गरी तत्काल कार्यान्वयन सुरु गरिने छ ।
    (ख) निर्वाचन सम्पन्न भएको एक महिना भित्र सबै पालिकाहरुमा प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरिने छ । त्यसरी गरिने सर्वेक्षणको आधारमा सबैभन्दा कमजोरबाट सुरु गरी क्रमशः सबैको आर्थिक स्थिति सुधार गर्ने कार्यक्रम संचालन गरिनेछ । ५ (पॉच) बर्ष भित्र सबैलाई उपरोक्त पॉच प्राथमिकता प्राप्त क्षेत्रको सुविधा पुर्‍याइने छ । १० (दश) वर्षमा भित्र सबै जनताको जीवनस्तरलाई गरिबीको रेखा भन्दा माथि पुर्‍याइने लक्ष्य राखिएको छ ।
    (ग) गरिबीको रेखामुनि रहेका समुदायलाई लाभ हुनेगरी शिक्षा र स्वास्थ्य उपचारमा सहुलियतपूर्ण सुलभ तथा सहज पहु‘च र हक अधिकार सुनिश्चित गरिने छ ।

    ख) जनता केन्द्रीत विशेष कार्यक्रम

    १. अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट दिइनेछ ।
    २. स्थानीय तहका परिवारका “आमा र नाबालक” लाई संयुक्त रुपमा शिक्षा, स्वास्थ्य र पोषणको ग्यारेन्टीका लागि मासिक रकम अनुदान उपलब्ध गराइने छ ।
    ३. पालिकाका वडाहरुमा फूसको छाना लगाएका घरहरुमा जस्ताको छाना लगाउन चाहने घरधनीलाई ५० प्रतिशत वा बढीमा २० हजार रुपैयॉ अनुदान दिने ।
    ४. गाउ“पालिकामा शौचालय नभएका घरमा शौचालय निर्माण गर्न ५० प्रतिशत वा बढीमा १० हजार रुपैयॉ अनुदान दिने ।
    ५. पालिकामा स्थायी बसोबास भएका तर अभिभावकविहिन बन्न पुगेका १८ वर्षमुनिका बालबालिकालाई पालिकाहरुलेले संरक्षकत्व ग्रहण गर्नेछ ।
    ६. गाउ‘पालिकाहरुबाट अनुदान प्राप्त गर्ने बिद्यालयहरुमा अति विपन्न परिवारका विद्यार्थीहरुलाई उच्च माध्यमिक तहसम्मको पढाई निःशुल्क गरिने छ ।
    ७. वैदेशिक रोजगारीमा जाने अति विपन्न परिवारका सदस्यहरुलाई स्थानीय पालिकाहरुको रोजगार कल्याण कोष वा वित्तीय संस्थाबाट सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराइने ।
    ८. स्थानीय पालिकाका गरिबीको रेखामुनि रहेका विपन्न परिवारका साथै तराई–मधेस वा अन्य क्षेत्रका उत्पीडितवर्गको परिवारका एक सदस्यलाई ‘एक परिवार, एक रोजगार’ कार्यक्रम अन्तर्गत रोजगारी दिइने छ ।
    ९. महानगरपालिका तथा उपमहानगर पालिकाहरुले ध्वनी तथा वायू प्रदुषणलाई नियन्त्रणलाई प्राथमिकता दिने ।
    १०. गाउँ-नगरपालिकाका सार्वजनिक स्थान र सघन बसोबास भएका सडक किनाराका क्षेत्रमा सोलार सडकबत्ती जडान गरिनेछ ।
    ११. ग्रामीण किसानको उत्पादनकत्व र मुनाफा अभिवृद्धी गर्न प्रत्येक पालिकाले आफ्नो क्षेत्रमा उत्पादन हुने कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्नेछ ।
    १२. पालिका भित्रका घरपालुवा पशुधनको बिमा गरिने छ ।
    १३. गाउँ-नगरपालिकाको तुलनात्मक लाभको संभाव्यता अध्ययन गरी सहकारीको अवधारणामा ‘एक गाउ“, एक उत्पादन’ अभियान संचालन गरिने छ ।
    १४. जनताद्वारा वडा स्तरीय सडक, ढल र बर्थिङ्ग केन्द्र सहितको स्वास्थ्य चौकी बनाउन चाहेमा स्थानीय पालिकाले ६० प्रतिशतसम्म रकम शोधभर्ना (म्याच) गर्न सक्नेछ ।

    (ग) क्षेत्रगत विकास नीति तथा कार्यक्रम

    (१) निजी क्षेत्रलाई प्रोत्साहन
    (क) स्थानीय तहमा कृषी, पुर्वाधार विकास, उद्योग, वाणिज्य, संचार, पर्यटन एवं उर्जा प्रबद्र्धन जस्ता क्षेत्रहरुमा निजी क्षेत्रको अग्रणी भूमिका सुनिश्चित गरिने छ ।

    (२) महिला सशक्तीकरण
    (क) गाउँ-नगरपालिकाको बजेटको १० प्रतिशत महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारी मुलक कार्यक्रममा बिनियोजित गरिने छ । महिलाहरुको शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारी उच्च प्राथमिकतामा रहने छ ।
    (ख) “आमा र नाबालक” लाई ५ वर्ष अवधीका लागि संयुक्त स्वास्थ्य बिमा उपलब्ध गराउने ।
    (ग) स्थानीय महिला उद्यमशीलता विकास विशेष कार्यक्रम लागु गरी एकल महिला, अपांगता भएका महिला, घरमूली महिला वा अतिविपन्न वर्गका प्रतिपरिबार एक महिला सदस्यलाई कुटिर उद्योग, माछा तथा पशुपक्षी पालन र तरकारी खेती जस्ता आय आर्जनका लागि ५० हजार रुपैयॉसम्मको ऋण स्थानीय पालिकाले विनाधितो सरल तरिकाले उपलब्ध गराउने ।

    (३) तराई मधेसको समुत्थान
    (क) तराई मधेशका पालिकाहरुमा यातायात र संचारको पुर्वाधार विकास एवं सिंचाई सुविधा बृद्धी गर्न ठोस कार्यक्रम संचालन गरिने छ ।
    (ख) आर्थिक दृष्टिकोणबाट पछाडी परेका तराई मधेसका विभिन्न समुदायको आर्थिक स्थितिमा
    सुधार ल्याउन आय आर्जन सम्बन्धी विशेष योजना कार्यान्वन गरिने छ ।
    (ग) तराई मधेशका पालिकाहरुमा औद्योगिक करिडोरहरु खडा गरी ती क्षेत्रहरुको
    औद्योगिकीकरण गर्ने कार्यलाई प्राथमिकता दिईने छ ।
    (घ) मिथिला, भोजपुरी र अवधी संस्कृतिहरुको संरक्षण र सम्बद्र्धनका लागि संस्कृती प्रवद्र्धन प्रतिष्ठान खडा गरिने छ ।
    (ड) थारु स‘स्कृतीको सम्बद्र्धन तथा थारु समुदायको हित र समुत्थानको लागि अलग योजना कार्यान्वन गरिने छ ।

    (४) आदिवासी, जनजाती, उत्पीडित, मुस्लिम समुदाय तथा दुर्गम क्षेत्रको उत्थान
    (क) पालिकाहरुमा जाती जनजाती, भाषाभाषी, धर्म र स‘स्कृतीले समान रूपमा विकास र आत्मोन्नती गर्ने अवसर सुनिश्चित गरिने छ ।
    (ख) आर्थिक, सामाजिक एवं राजनैतिक दृष्टिकोणबाट पछाडी परेका आदिवासी, जनजाती, उत्पीडित वर्ग, अल्पसंख्यक तथा मुस्लिम समुदायको हित, उत्थान र अधिकारको संरक्षण र सम्बद्र्धनका निमित्त बिशेष कार्ययोजना कार्यान्वन गरिने छ ।
    (ग) आदिवासी, जनजाती, अल्पसंख्यक र मुस्लिम समुदायको निमित्त शिक्षा, स्वास्थ्य, रोजगारी र जनप्रतिनिधित्वको क्षेत्रमा आरक्षण सहितको बिशेष व्यवस्था गरिने छ । यस्तो सुविधा आर्थिक सामाजिक दृष्टिबाट पछाडी परेका अन्य समुदायमा पनि विस्तार गरिने छ ।
    (घ) पालिकाहरुमा उत्पीडितहरुका लागि समेत शिक्षा, स्वास्थ्य, जनप्रतिनिधित्व र रोजगारीको क्षेत्रमा आरक्षण सहितको विशेष व्यवस्था गरिने छ ।
    (ड) कर्णाली, सदूरपश्चीम लगायत देशका अन्य अति दुर्गम क्षेत्रका पालिकाहरुमा बसोवास गर्ने जनताको जीवन स्तर अभिवृद्धी गर्न तथा ती क्षेत्रहरुको योजनावद्ध विकासको निमित्त एकिकृत दुर्गम क्षेत्र विकास परियोजना तयार गरी कार्यान्वन गरिने छ ।

    (५) बालबालिका तथा युवा लक्षित विकास
    (क) सामाजिक तथा निजी क्षेत्रसंगको समन्वयमा आर्थिक विकास तथा उत्पादनका कार्यक्रमहरुमा युवाहरुलाई समावेश गरिने छ । विशेष गरी सिमान्तीकृत, मधेशी, मुस्लिम, आदिवासी, जनजाती, पिछडिएका समुदायमा यु्वालक्षित कार्यक्रम सञ्चालन गरिने छ ।
    (ख) पालिकाहरुमा बाल मैत्री स्थानीय शासन अवधारणालाई थप प्रवर्धन गर्दै युवामैत्री स्थानीय शासनको अवधारणलाई समेत कार्यान्वन गरिने छ ।
    (ग) बालवालिका विरुद्ध हुने हिंसा, श्रमशोषण एवं बेचविखन पूर्णरुपमा अन्त गरिने छ ।
    (घ) बालबालिकामा कुपोषण रोकथामका लागि पोषण कार्यक्रमहरु अनिवार्य रुपबाट सञ्चालन गरिने छ ।

    (६) भाषा, साहित्य, कला, संस्कृती, खेलकूद तथा चलचित्र
    (क) गाउँ-नगरपालिकाहरुमा साहित्य, कला, संस्कृती तथा चलचित्रको विकास र प्रबद्र्धनका निमित्त कार्यक्रमहरु संचालन गरिने छ । यस्ता कार्यहरुका संलग्न संघसंस्थाहरुलाई प्रोत्साहित गरिने छ ।
    (ख) पालिकाहरुमा ५ बर्ष भित्र कम्तिमा एक खेलमैदान वा रंगशाला र कभर्ड निर्माण गरिने छ ।
    (ग) पालिकाहरु भित्र खेलकूदको विकासको निमित्त नियमित रुपले विभिन्न खेलहरुको प्रतियोगिता र प्रशिक्षण संचालन गर्न सम्बद्ध निकायहरुलाई सहयोग तथा प्रोत्साहन गरिने छ ।
    (घ) सबै जाती, जनजाती, आदिवासी र अल्पसंख्यक समुदायको संस्कृती, रीतिरिवाज, नाँचगान, चाडपर्व, जात्रा, मेला र परम्पराको सम्बद्र्धनका निमित्त स्थानीय तहको तर्फबाट विशेष कार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।
    (ड) जनकपुर, लुम्बिनी र विजयपुरलाई क्रमशः मिथिला, बौद्ध र किरात संस्कृतीको बृहद् केन्द्रका रुपमा विकास गरिनेछ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्न पहल गरिने छ ।

    आदरणिय दिदी बहिनी तथा दाजुभाइहर

    यो निर्वाचनको परिणामले स्थानीय तहमा संघीयताको वा सुदृढ स्थानीय स्वायत्त शासनको भावी स्वरुपको भविष्य निर्धारण गर्ने मात्र नभई मुलुकको समग्र राजनीतिक, आर्थिक तथा सामाजिक भविष्यमा नै दूरगामी प्रभाव पार्नेछ । आफ्नो मतको प्रयोग गर्दा यो गंभीर दायित्वलाई प्रत्येक मतदाताले हृदयंगम गर्नु पर्दछ । १० बर्षको सशस्त्र द्वन्द्व र अर्को १० वर्षको अस्थिरता र अराजकतापूर्ण संक्रमण र संविधान सभाबाट प्राप्त संविधानपछि हामी नेपाली जनता दोश्रो पटक स्थानीय तहमा जनप्रतिनिधी चयनका लागि आफ्नो मताधिकारको प्रयोग गर्न गइरहेका छौं । यो निर्वाचनले सबै समस्या र संकटको समाधान त दिन सक्दैन । तर यदी हामीले सही निर्णय गर्न सक्षम भयौं भने यो चुनावले मुलकमा न्युनतम शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढ पार्ने नयॉ वातावरण तयार गर्न सक्दछ । हाम्रो एउटा गलत निर्णयले देशमा फेरी अराजकता र संकटको श्रृंखलाको पुनरावृत्ति हुने खतरा पनि छ ।
    देशको आवश्यकता र जनताको चाहनालाई दृष्टिगत गरी राप्रपा नेपालले सम्वद्र्धनवादको धरातलमा सुशासनका माध्यमद्वारा समृद्धी हासिल गर्ने लक्ष्य लिएको छ । राप्रपा नेपालले जनतालाई राज्यको साझेदार बनाउन चाहेको छ । राज्यको नियमन सहितको उदार अर्थप्रणाली मार्फत समावेशी लोकतन्त्र, समावेशी विकास, शोषणरहित समाज र जन कल्याणकारी राज्यको स्थापना गर्नु राप्रपाको उद्देश्य रहेको छ ।
    राप्रपा नेपाल राष्ट्र निर्माणको फरक विचार र भिन्न मार्गचित्र बोकेर तपाईहरुको अगाडी खडा छ । हामीलाई विश्वास गर्नुहोस् हामी देश बचाउने र बनाउने संकल्प गर्दछौ । तपाईहरुको सहयोग, सदभाव र समर्थनको लागि अपिल गर्दछौं । हाम्रो चुनाव चिन्ह “तीर” हो । “तीर” मा अमुल्य मत दिई देश र जनताको सेवा गर्ने अवसर राप्रपा नेपाललाई दिनुहोस् ।

  • निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

    निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

    काठमाडौं । काठमाडौं, २५ चैत । नेपाल धितोपत्र बोर्डले थप ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ।

    बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।

    बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स र महालक्ष्मी विकास बैंक रहेका छन् ।

    यी ८ सहित बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या ९५ पुगेको छ। यसअघि ८७ कम्पनीले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका थिए ।

    यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

    बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

    खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।

    जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

    के हो बुक बिल्डिङ

    बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।

    यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

    प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

    बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

  • ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

    ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् ।

    शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

    ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ, किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ,’ उनले भने, ‘कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, त्यो सपना पूरा हुँदैन ।’

    नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ छ । ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायत तथ्यांक हेर्‍यौं भने श्रीलंकासँग हाम्रो तुलना नै हुन नसक्ने उनले बताए ।

    श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपील गरे ।

    ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउन बहस गरौं’ उनले भने ।

    क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट पूँजी पलायन भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ छ ।

    अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाइ छ ।

    मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

    वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनको भनाइ छ । कोभिड-१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनले भनाइ छ ।

  • बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

    बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन्। उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।’

    युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन्। उनका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन। रुसी सेनाले साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन् ।

    हालसालै जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका थिए। युक्रेनी राष्ट्रपतिले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए। उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिँदा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताएका थिए।


    अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट प्राप्त पछिल्लो विवरणबारे टिप्पणी गर्दै रुसको निन्दा गरेका छन्। यसैबीच स्काइ न्यूजसँगको अन्तर्वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले युक्रेनमाथिको आक्रमणलाई एउटा गम्भीर कारबाहीको संज्ञा दिएका छन्। उनले रुसतर्फ कति क्षति भयो भन्ने कुराको सङ्ख्या खुलाएनन् । हालसम्म मस्कोले १,३५० जनाको मृत्यु भएको पुष्टि गरेको छ जुन युक्रेन र उसका सहयोगी राष्ट्रले भन्ने गरेको भन्दा निकै कम हो।
    बीबीसी

  • पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

    पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

    इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

    तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ । साथै ९ अप्रिलमा अधिवेशन बोलाउन र अविश्वास प्रस्तावमाथि भोटिङ गराउन भनेको छ । अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झड्का हो । विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् । विपक्षी नेता मौलाना फजलुर्रहमानले जनताको जीत भएको बताएका छन् ।

  • आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

    आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

    काठमाडौं । आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि आजबाट आचार संहिता लागु हुँदैछ आज मध्यरातिदेखि लागु हुने भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार आजबाट मतदानको दिनसम्म यो आचार संहिता कार्यान्वयन हुने छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन ।

    स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पाइदैन । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ । योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

    दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ ।

    तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

  • काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

    काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

    काठमाडौं । काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोकर्ण नगरपालिका ६ स्थित जगडोल पार्क नजिकै जंगलमा महिलाको शव फेला परेको हो । महानगरीय परिसर काठमाडौंका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। महिलाको पहिचान भने खुलेको छैन । प्रहरीका अनसार ३०\३५ वर्ष उमेरको जस्तै लाग्ने महिलाको शव भेटिएको हो । महिलाको शरीरमा रगत समेत भेटिएका कारण हत्याको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान टोली घटनामा पुगेको र छानविन भइरहेको बताएको छ । थप विवरण आउन बाँक छ ।

  • रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    यस्तो छ मन्त्री श्रेष्ठले दिएका सुझाव

    वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने


    विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने


    विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने


    विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरे नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहनालगायतमा सहुलियत दिने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने

    वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउनेमध्येलाई राष्ट्रिय सम्मान गर्ने


    औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवामा ५० प्रतिशत सहुलियत दिने


    नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबर नै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने

    वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने


    सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने


    वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने

  • सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

    सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

    काठमाडौं । सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस गरेको छ ।

    दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी समेत राजदूत बनेका छन् । राजदूतमा सिफारिस भएकाको संसदीय सुनुवाइ सम्पन्न भएपछि नियुक्ती हुने प्रावधान छ ।

  • पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

    पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा ० गरी ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५४५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ८४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

    काठमाडौं उपत्यकामा एकजना कोभिड १९ संक्रमित थपिएका छन् ।
    उपत्यकामा सक्रिय संक्रमितको संख्या २१९ रहेको छ ।

    आजसम्म १५ जिल्ला कोभिड फ्री भएका छन् भने अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि १२० सम्म रहेको छ ।

    आज देशभर ७१७ जना होम आइसोलेसनमा, ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ११ जना आईसीयूमा र १ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन

    भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन

    काठमाडौं, २४ चैत । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने भएको छ ।

    ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

    यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ।

    वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर) मार्फत लिने अन्तिम श्रम स्वीकृतीलाई विभागले अनलाइन गरेको हो ।

    हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ।

    संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

    पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ।

    हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रम स्वीकृति जारी गर्दै आएको छ।

  • नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ

    नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ

    काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।

    संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

    राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

    दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    बुधवार १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ भने हिमालयन पावर पार्टनरकाे शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ र ६.६१ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढीनबिल बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, प्राइम बैंक ६ करोड ७१ लाख र हिमालयन डिष्ट्रिलरी लिमेटेडको ८ करोड १७ लाख बढीको कारोबार भएको छ ।

  • गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

    गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी) र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिलेन्द्र प्रसाद बडूलाई नियुक्त गरेकी छिन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दी र बडूलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

    यसअघि नेपाली कांग्रेसका नेता बडू देउवा क्याबिनेटमा कानुनमन्त्री थिए। देउवाले बडूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन्।

    आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए।

    तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नियुक्त भएको केही दिनमा नै राजीनामा दिएका थिए। हमाल पनि गैर सांसद थिए।

  • बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

    बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

    काठमाडौं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो ।

    ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवद्र्धनमा सहभागि गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए ।

    उनका अनुसार बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने छ । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा सेफ साहसहितको टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम छ ।

    नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गर्नेछन् । सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालका अनुसार मास्टर सेफ टोली आज काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ ।

    निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछन् ।

    १२ तारिखमा काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरशेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । १७ तारिखकमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ ।

  • बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेका हुन् । रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो।

    हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ। तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ। अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्। यूकेले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ। यूकेले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।

    युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै यूकेले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ। रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो। अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ।

    यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ। यो घटनाको केही महिनाअघि चीनले दुई वटा आणविक हतियारयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी गुप्तचरहरूले बताएका थिए। दुवै क्षेप्यास्त्रले जमिनको सतहभन्दा कम उचाइबाट पृथ्वीलाई फन्को मारेका थिए। दोस्रो क्षेप्यास्त्र निर्धारित लक्ष्यमा नपुगे पनि करिब ४० किलोमिटर नजिकसम्म पुगेको थियो।

  • अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

    रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई ूकिएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाू को संज्ञा दिएका छन्। बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको टिप्पणी गरेका छन्।

    अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने आफूहरूको बुझाइ रहेको बताएका छन् । अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ। रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ।

    रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ। युक्रेनका राष्ट्रपतिले रुस माथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गरेका छन्। तर त्यो अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे। आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे।

    रुस विरुद्ध प्रतिबन्ध लगाउने विषयमा तत्काल सहमति नजुटेका कारण थप युक्रेनीहरूले ज्यान गुमाइरहेको उनले बताएका छन्। जेलेन्स्कीले तेल निर्यातबाट राम्रो आर्जन गरिरहेका कारण रुसलाई शान्ति वार्ता गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्। उनले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए । बीबीसी

  • सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

    सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

    सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली हानि एक भारतीय नागरिकको हत्या भएको छ । प्रहरीका अनुसार सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    घाइते महतोलाई उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । महतोलाई बीआर ३० ए ८५४५ नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली प्रहार गरेर फरार भएका हुन् । महतो किन मलङ्गवा आइरहेको थिए भन्ने चाँही खुलेको छैन ।

  • भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कुल १.५ अर्ब डलर सम्पत्ति रहेको छ । चौधरी सन् २०२१ मा २१४१औं स्थानमा थिए ।

    एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको छ । म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक छन् ।

  • सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

    सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

    काठमाडौं । नेपालमा चालु आरोहण सिजनमा सगरमाथा चढ्न बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले अनुमति लिएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ । बुधबारसम्म ४२ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतबाट १५ र रुसबाट १४ जनाले अनुमति लिएका छन् ।

    नेपाल र क्यानडाबाट १०, १० जनाले अनुमति लिएका छन् । सगरमाथा चढ्न कुल ३८ मुलुकका नागरिकले अनुमति लिएका हुन् । सगरमाथासहित कुल १६ वटा हिमाल चढ्न बुधबारसम्म ५३ समूहका ४५१ जनाले आरोहण अनुमति लिएका छन् । यसममा कुल ५९ मुलुकबाट नागरिक नेपाल आएको विभागले जनाएको छ । सबैभन्दा धेरै अमेरिकाबाट ८१ जना आएका छन् ।

  • ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

    ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ।

    उदयपुरको वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो।

    घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
    बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् ।

    ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ ।

    सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।

    सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् ।

    हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।