काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् ।… Continue reading भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार
Category: फिचर
आज कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ परिस्थितिबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछन् । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड,माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ परिस्थितिबारे छलफल हुने
सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका नागरिकको संख्या लुकाएको पुष्टी भएको छ । बुधबार एकै दिन ६१९ जना थप गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्या सच्याएको छ । यसअघि सरकारमाथि मृतकको संख्या लुकाएको आरोप लागेको थियो । तर, सरकारले भने प्रतिक्रिया दिएको थिएन । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य… Continue reading सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक
नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ । ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको… Continue reading नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा मात्र चल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने गरी समय तोकिएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा छन् । सोचेजति यात्रु र उडान नभएपछि विमाास्थलको संचालन अवधि घटाउन लागिएको हो ।… Continue reading त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने
अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जहलरी राखेकै दिन नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । सर्वोच्च अदालतको आदेश छल्न हतारमा सुनको जलहरी राखेकै दिन मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल… Continue reading अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जहलरी राखेकै दिन नराख्न सर्वोच्चको अन्तरिम आदेश
एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि
काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको सेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्। उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। जनवरीको शुरुवातको तुलनामा टेस्लाको सेयरमा २० प्रतिशतले गिरावट आएको छ।… Continue reading एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि
दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार
काठमाडौं । साताको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । छ । बुधबार नेप्से परिसूचक १२.४६ अंकले घटेर २५९९.०७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०४ कम्पनीको ६ अर्ब ७० करोड १५८ लाख ७२ हजार ४७२ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार
पशुपति मन्दिरको मुख्य शिवलिङमा राखियो सुनको जलहरी
काठमाडौ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङमा सुनको जलहरी राखिएको छ । राष्ट्र प्रमुखको हैसियतमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी स्थापना कार्य पुरा भएको हो । यसअघि त्यहाँ चादीँको जलहरी राखिएको थियो । तर चाँदीको जलहरी खिइसकेकोले फोहोर देखिनुका साथै पञ्चामृत लगायतका कतिपय पूजा सामग्री फोहोर हुने गरेको जलहरी… Continue reading पशुपति मन्दिरको मुख्य शिवलिङमा राखियो सुनको जलहरी
‘अवस्था मूल्यांकन गरेर प्रधानमन्त्रीको राजीनामा निर्णय हुन्छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ । संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने बारे छलफल र त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय… Continue reading ‘अवस्था मूल्यांकन गरेर प्रधानमन्त्रीको राजीनामा निर्णय हुन्छ’
आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक
काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम… Continue reading आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक
प्रचण्ड-नेपाल समुहले आज देशभर उत्सव मनाउँदै
काठमाडौं । सर्वोच्च अदालतबाट संसद विघटन बदर भएसँगै आज निर्धारित विरोध कार्यक्रमलाई नेकपा प्रचण्ड-नेपाल समूहले उत्सवका रुपमा मनाउने भएको छ । संसद विघटनविरुद्ध पार्टीको चौथो चरणका आन्दोलन जारी रहेका थिए । यसै सन्दर्भमा मंगलबार सर्वोच्च अदालतबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा फैसला आएसँगै विरोध सभा अब विजयी सभामा परिणत गर्न लागिएको हो । प्रचण्ड-नेपाल… Continue reading प्रचण्ड-नेपाल समुहले आज देशभर उत्सव मनाउँदै
काठमाडौंको जगडोलमा रावणको ४० फिट अग्लो मुर्तीसहित यज्ञ पार्क निर्माण शुरु
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकास्थित जगडोल हाईटमा रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो विशाल मुर्ती सहित सुविधा सम्पन्न पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको ११ नम्बर वडामा स्थानिय यज्ञडोल जगडोल युवा क्लबको संयोजनमा निर्माण हुन लागेको पार्कको मंगलबार नगर प्रमुख उद्धब खरेलले एक कार्यक्रमबीच निर्माण सुभारम्भ गरे । परापुर्ब कालमा रावणले यज्ञ गरेर थुप्रिएको… Continue reading काठमाडौंको जगडोलमा रावणको ४० फिट अग्लो मुर्तीसहित यज्ञ पार्क निर्माण शुरु
प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका… Continue reading प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने
संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् । सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय… Continue reading संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा
सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल
काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन । अदालतबाट ठूलो भरोसा… Continue reading सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल
देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’ देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली… Continue reading देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत… Continue reading प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको दाबी गरे । अदालतलाई राम्ररी थाहा छ नि पुनःस्थापना… Continue reading ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’
थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज
तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
काठमाडौं । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख… Continue reading तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
कंगोमा इटलीका राजदूतसहित तीनको हत्या
रोम । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओसहित तीन जनाको कङ्गोमा हत्या भएको छ। इटलीयन संचारमाध्यमहरुका अनुसार कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको थियो । सोही समयमा राजदूतमाथि समेत आक्रमण भयो । आक्रमण राजदूत, उनका अङ्ग रक्षक र चालक मारिएको पुष्टी भएको छ । अन्य केही… Continue reading कंगोमा इटलीका राजदूतसहित तीनको हत्या
विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ । यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको… Continue reading विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ । आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको… Continue reading संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी
अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने… Continue reading अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने
काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस… Continue reading साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने
गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला
गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा ८४ वर्षिय वृद्धसहित तीन जना मृत फेला परेका हुन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमा मृत फेला परेको प्रहरीको… Continue reading गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला
पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी
काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् । पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् ।… Continue reading पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी
थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा छ। फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच आकस्मिक भेट भएको छ। फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ। सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई… Continue reading प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता