काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित हवाई उडानको लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो । मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृतगरेसँगै विमान कम्पनीहरुले अनुमति पाएका हुन् । नियमित उडानका लागि… Continue reading यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका
Category: फिचर
उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउन सिफारिस
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता लकडाउन बढाउन सिफारिस गरिएको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले काठमाडौं उपत्यकाभर लागु हुने गरी घोषित निषेधाज्ञा एक साता थप्न सिफारिस गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिससँगै अब लकडाउन एक साता लम्बिने निश्चित भएको हो ।… Continue reading उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउन सिफारिस
कोरोना संक्रमणबाट काठमाडौंमा तीनसहित थप सात जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका… Continue reading कोरोना संक्रमणबाट काठमाडौंमा तीनसहित थप सात जनाको मृत्यु
नेपालमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार ३ सय २७ पीसीआर परीक्षणमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको… Continue reading नेपालमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै
काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा १५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको अनुमानका आधारमा कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाइने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यसबाट कम्तिमा १५ हजार मानिस संक्रमित भेटिने अनुमान गरिएको छ । अहिले उपत्यकामा करीव २७ सय… Continue reading काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै
कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा
हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । ३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट… Continue reading कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा
विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा कामको सिलसिलामा पुगेका नेपालीमार्फत नेपालमा एक वर्ष (आव २०७६\७७) मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्दपी यो रकम अघिल्लो आव २०७५\७६ को तुलनामा भने सामान्य कम हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६ \७७ मा विप्रेषण… Continue reading विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स
मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ । बुधबार इत्तिहाद एयर आवुधाबी… Continue reading मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।… Continue reading नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८
उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला प्रशासन कार्यालयहरुले तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको किनमेलमा यसअघि निर्धारण गरेको समयमा बढी भिडभाड भएको भन्दै समय थप गर्ने निर्णय गरेका छन् । अब काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न… Continue reading उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने
सोमबार चितवनमा थपिए २० संक्रमित
भरतपुर । चितवनमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमित भेटिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । चितवनका १४ सहित २० जनामा कोरोना पुष्टी भएको हो । त्यसबाहेक नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक, एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु २०… Continue reading सोमबार चितवनमा थपिए २० संक्रमित
देशभर ३५ जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह मन्त्रालयका अनुसार देशव्यापी लकडाउन खुलेपछि विभिन्न स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । त्यसक्रममा अहिलेसम्म ३५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको मन्त्रालयले जनाएको छ । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा जारी गरिन्छ । आंशिक निषेधाज्ञा १२ जिल्लामा… Continue reading देशभर ३५ जिल्लामा निषेधाज्ञा
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए । मन्त्रालयले भने यस्तो काममा संलग्नमाथि कडा कारवाही चलाउन… Continue reading स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन
बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु
बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा… Continue reading बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु
नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ… Continue reading नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज
५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले ५ वर्षभन्दा माथिका सबै मानिसले मास्क लगाउनु पर्ने नियम ल्याएको छ । किशोरावस्थाका बालबालिका बाट वयश्क सरह कोरोना भाइरसको संक्रमण सर्ने भन्दै संगठनले ५ वर्षभन्दा माथिका बालबालिकाले मास्क लगाउनु पर्ने नियम ल्याएको हो । त्यो भन्दा साना बालबालिकालाई भने लगाउन अनिवार्य गरिएको छैन । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति… Continue reading ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस
मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने
काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ । निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका… Continue reading मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने
लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने
काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङस्थित बाँसखर्क भन्ने स्थानमा सारिने भएको छ । सो स्थानमा अस्थायी वस्ती निर्माणको काम शुरु भइसकेको छ । टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम प्रारम्भ भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । चरणमा १ सय २१ परिवारलाई… Continue reading लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने
कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव
काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न… Continue reading कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या उकालो लागेको छ । सोहीक्रममा शुक्रबार र शनिबार गरी कुल २० जनाको निधन भएको छ । शुक्रबार ११ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा भने ९ जनाको मृत्यु भएको छ । आज सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु
प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी… Continue reading प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन
के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस
काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले… Continue reading के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस
उपत्यकामा २१६ जनामा कोरोना पुष्टी
काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ६३४ जनामा कोरोना भाइरस देखियो । उपत्यकामा देखिएको कुल संख्या देशभर देखिएको संख्याको तुलनामा एक चौथाई भन्दा बढी हो । यसले काठमाडौं उपत्यका भित्रको कोरोना भाइरसको जोखिमलाई स्पष्ट पारेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण… Continue reading उपत्यकामा २१६ जनामा कोरोना पुष्टी
नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७… Continue reading नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् । सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा… Continue reading कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता
चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ… Continue reading लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता
शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु
वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण… Continue reading शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपाल स्रोतले जानकारी दिएको छ । नेता नेपाल र उनको परिवारका सदस्यको… Continue reading पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना
नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार नाघेको छ । शुक्रबार एकै दिन ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३० हजारको आंकडा पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार अब कुल ३० हजार ४ सय ८३ जनामा कोरोना पुष्टी भइसकेको छ । यसमध्ये सर्वाधिक संक्रमित… Continue reading नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?