काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको… Continue reading संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने
Category: फिचर
आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् । उनी निर्वाचनको तयारीका विषयमा बुझ्न आयोग जान लागेको बताइएको छ । यद्दपी उनको उद्देश्य भने आफुले नेतृत्व गरेको गुटलाई नेकपाको आधिकारिक मान्न दावि पेश गर्ने रहेको बताइएको छ । यसअघि नेकपाले गत १६ माघमा नेकपा विवाद र निर्वाचन तयारीलाई लिएर… Continue reading आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?
नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएसँगै भारतबाट व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । अभिषेक २०२०\२१ सिजनको बाँकी खेल खेल्न आबद्ध भएका छन् । अभिषेक यसअघि भारतकै मोहमेडन स्पोर्टिङ् क्लबमा थिए । तर, क्लवले उनको स्थानमा बंगलादेशका खेलाडी भित्राएपछि उनले खेल्ने मौका… Continue reading नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने
विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा बस्ने नेपालीले पछिल्लो ६ महिनामा करीव ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यसअवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको छ । कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा… Continue reading विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स
नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज
नेपाली सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लगानीकर्ता बैंकतिर आकर्षित
काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । सेयर बजारमा आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको त्यो रेकर्ड तोड्दै मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सोमबार नेप्से ३७.४८ ले बढेर २५६१.४७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ ।… Continue reading नेपाली सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लगानीकर्ता बैंकतिर आकर्षित
दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले हत्यामा संलग्न भएको आरोपमा दैलेखकै महाँबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई १६ वर्षपछ पक्राउ गरेको हो । पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको… Continue reading दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ
एयरलाइन्स कम्पनीलाई ३० दिन भित्र बक्यौता तिर्न निर्देशन, कुनले कति तिर्न बाँकी ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो ।क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११… Continue reading एयरलाइन्स कम्पनीलाई ३० दिन भित्र बक्यौता तिर्न निर्देशन, कुनले कति तिर्न बाँकी ?
नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन
काठमाडौं । नेपालमा नयाँ चालक अनुमतिपत्र लिन पाँच लाख भन्दा माथिको आवेदन परेको छ । नेपाली संचरमाध्यमहरुका अनुसार देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन उक्त सख्यामा आवेदन परेको हो । त्यसो त सरकारले एक वर्षयता लाइसेन्स वितरण गरेको छैन । ११ चैतमा लकडाउन शुरु भयो । त्यसपछि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम… Continue reading नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन
दक्षिण अफ्रिकामा रोकियो खोप अभियान, नयाँ भाइरस विरुद्ध काम नगरेको दावि
काठमाडौं । दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप अभियान रोकेको छ । त्यहाँ भएको एक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकी सरकारले रोक लगाएको बीबीसीले लेखेको छ । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित छन् । जसले गर्दा कोरोना भाइरसको खोपले काम… Continue reading दक्षिण अफ्रिकामा रोकियो खोप अभियान, नयाँ भाइरस विरुद्ध काम नगरेको दावि
दिगो विकास लक्ष्यको प्रगति मिश्रित, गरिबी निवारण लक्ष्य अनुसार नै
काठमाडौं । अहिले विश्वव्यापी प्रतिवद्धता अनुसार नेपालले समेत दिगो विकास लक्ष्य २०१६-२०३० कार्यान्वयन गरिरहेको छ । सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यका लक्ष्यहरुको प्राप्ती संतोषजनक नै रहेको बताएको छ । राष्ट्रिय योजना आयोगका अनुसार यसमा पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा नेपालको प्रगति राम्रो देखिएको छ । निरपेक्ष गरिबी र बहुआयामिक… Continue reading दिगो विकास लक्ष्यको प्रगति मिश्रित, गरिबी निवारण लक्ष्य अनुसार नै
सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले कोरोना खोप लगाउन पाउने
काठमाडौं । नेपालमा शनिबारबाट पहिलो चरणको खोप अभियान पुरा भएको छ । यस दौरान फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीले खोप लगाएका छन् । यसबाहेक वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई समेत कोरोना खोप दिइएको छ । दोस्रो चरणको अभियान भने सोमबारबाट शुरु हुने भएको छ । सरकारले सोमबारबाट पत्रकार, कूटनीतिक नियोग र संयूक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोना भाइरसविरुद्धको… Continue reading सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले कोरोना खोप लगाउन पाउने
कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघले यस्तो जानकारी दिएको हो । संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भएको छ । योसहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ३३३ जना पुगेको छ । गैरआवासीय… Continue reading कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो
मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी
पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो । यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत… Continue reading मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी
नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज
भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेको छ । बाँध भत्किएपछि ऋषिगंगा परियोजनालाई क्षति अनुमान गरिएको छ । उक्त घटनामा १५० जना भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ता हुनेहरु सबै ऋषिगंगा परियोजनामा काम गर्ने मजदुर रहेको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ प्रस्थान गरेका छन् । उनले… Continue reading भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता
नेपाली सेयर बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा आइतवार दुई नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । एकै दिनमा १० अर्ब बढीको रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । साताको पहिलो दिन आइतबार नेप्से ४८.७४ अंकले बढेर २५२४… Continue reading नेपाली सेयर बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड
सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै दायर गरेका मुद्दाको रिटमाथिको सुनुवाई आज हुँदैछ । नियुक्ति भएका सबैलाई विपक्षी बनाएर शुक्रबार दायर रिटको पेसीमाथिको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ । सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको हो। १९ पृष्ठ लामो निवेदनमा… Continue reading सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा
अमेरिकामा खोप अभियान सेनामार्फत
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ… Continue reading अमेरिकामा खोप अभियान सेनामार्फत
‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध… Continue reading ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’
आजबाट मौसम सुधार हुने, वर्षापछि काठमाडौंका अत्यधिक चिसो
काठमाडौं । आजबाट देशभरको मौसममा सुधार आउने भएको छ । शनिबार देशका विभिन्न स्थानमा पानी परेको छ । यसले हिमपात समेत भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा हिउँ परेको छ । सोहीकारण काठमाडौंमा आज बिहान अत्यधिक चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आजको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन… Continue reading आजबाट मौसम सुधार हुने, वर्षापछि काठमाडौंका अत्यधिक चिसो
बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी
बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ । यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स… Continue reading बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी
नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्यो, २४ घण्टामा कसैको मृत्यु भएन
काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्यो, २४ घण्टामा कसैको मृत्यु भएन
आइपीएल अक्सनमा नेपालबाट ८ खेलाडीको नाम गयो
काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपालबाट ८ जना खेलाडीको नाम पठाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइपीएलको तीन संस्करण खेलिसकेका सन्दीप लामिछानेसहित आठ जना खेलाडीको नाम पठाइएको हो । यसपटक दिल्लीले सन्दीपलाई रिलिज गरेको छ । अर्को कुनै टीमले उनलाई लिन्छ वा लिँदैन भन्ने चासो नेपाली फ्यानमा… Continue reading आइपीएल अक्सनमा नेपालबाट ८ खेलाडीको नाम गयो
काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुष्टी भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । राष्ट्रिय समाचार समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी गराएको हो । गत १६ माघमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण पुष्टी भएको थियो । सङ्क्रमण देखिएको स्थानबाट फैलन नदिन थप सतर्कता अपनाएको… Continue reading काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा यीले यस्तो घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताएको थियो । यो ५ लाख सोही ३ लाखमा… Continue reading चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा
प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको… Continue reading प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस
२४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस देखिएको छ । यस अवधिमा २७२ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४,… Continue reading २४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज
अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो। अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १.९ ट्रिलियन राहत… Continue reading अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका छन् । नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए। बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’… Continue reading ‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’