काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको हो । उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो
Category: फिचर
नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ६ सय २२ नमुना परिक्षणमा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७… Continue reading नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको… Continue reading प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती
काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता होटेल तथा रेष्टुरेन्टले बढी कर्मचारी कटौती गरेको पाइएको छ । देशभर २२ दशमलव ५ प्रतिशत कर्मचारी तथा कामदारको जागिर गएको पाइएको छ । यसमा बढी होटेल र रेष्टुरेन्टका कर्मचारी रहेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना र त्यसपछि भएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ… Continue reading लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती
आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक
काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यका सहित कोरोना भाइरसको संक्रमण बढेका जिल्लामा सवारी साधन चलाउन जोर विजोर प्रणाली शुरु गरेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंका उपत्यकाका तीन जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू भएको हो । अब जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका… Continue reading आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक
लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५
बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा ज्यान गुमाउने मानिसको संख्या १ सय ३५ पुगेको छ । यो घटनामा चार हजारभन्दा बढी घाइते छन् । ७० जनाको घटनास्थलमै मृत्यु भएको थियो । इतिहासकै ठूलो गैरआणविक विष्फोट मानिएको यो घटनामा कैयौं मानिस घाइते भएका कारण हताहती अझै बढ्न सक्ने बताइएको छ । राजधानीमा असुरक्षित रूपमा… Continue reading लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोना आंशका गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी करिब… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति
न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै
न्युयोर्क अमेरिकामा कुनै दिन महामारीको केन्द्र बिन्दु बनेको न्युयोर्क सहरमा लगातार तीन दिनदेखि कोरोनाको कारण कसैको मृत्यु भएको छैन । यद्यपी सिंगो न्युयोर्क राज्यमा भने तीन दिनअघि सोमबार ३ जनाको मृत्यु भएको कुरा न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले बुधबार बताएका छन् । गभर्नर कुमोले न्युयोर्क राज्यमा कोरोना संक्रमणमा नाटकीय सुधार हुँदै गएपनि न्युयोर्कबासीलाई कोरोना भाईरसलाई… Continue reading न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै
एक लाख नाघ्यो सुनको भाउ
काठमाडौं । नेपालमा सुनको मूल्यले अन्ततः चार अंकको आंकडा पार गरेको छ । अर्थातः अब प्रतितोला सुनको भाउ १ लाखभन्दा माथि पुगेको हो । बुधबार सुनको मुल्य तोलामा १६ सयले बढ्यो । अब प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला… Continue reading एक लाख नाघ्यो सुनको भाउ
बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु
काठमाडौं । बिहीबारबाट काठमाडौंसहित बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली शुरु हुने भएको छ । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि जोर विजोर प्रणाली लागू गरिएको हो । अब काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला र र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना… Continue reading बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु
नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति
काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । आज मात्र ५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । अब नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौंमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो… Continue reading नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति
नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ३५९नमुना परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको… Continue reading नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
१४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?
काठमाडौं । सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ । लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो। गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर… Continue reading १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?
विस्फोटले बेहाल लेवनान (फोटो फिचर)
बेरुत । मंगलबार राती लेवनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट भयो । एक गोदमघरममा भएको विस्फोटमा ७० भन्दा बढी मानिसको ज्यान गएको छ । ४ हजार भन्दा बढी घाइते छन् । त्यसकारण पनि मृतकको संख्या बढ्ने बताइएको छ । लेवनानका अस्पतालहरु भरिभराउ छन् । मानिसहरुमा त्रास व्याप्त छ । बेरुतका हरेक नागरिकले भयानक विस्फोटको अनुभूति गरेका… Continue reading विस्फोटले बेहाल लेवनान (फोटो फिचर)
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् । उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते
बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट भएको हो । मंगलबार राती यस्तो दूर्घटना भएको हो । गोदामघरममा शुरुमा आगो लागेको थियो… Continue reading लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते
प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब… Continue reading प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?
कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत… Continue reading कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६८७ नमुना परिक्षणमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ… Continue reading नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो
काठमाडौं । नेपालमा लकडाउनको अत्यसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गर्दै स्वाब संकलनमा सहयोग गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी… Continue reading काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी
वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना… Continue reading पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी
आज गाइजात्रा, उपत्यकामा बिदा
काठमाडौं । आज नेपालका विभिन्न स्थाना गाइजत्रा पर्व मनाइदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आजबाट शुरु हुन लागेको हो । सोही अवसरमा हरेक वर्ष उपत्यकामा भने सार्वजनिक बिदा दिइन्छ । यो पर्वका दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने प्रचलन… Continue reading आज गाइजात्रा, उपत्यकामा बिदा
विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो
काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई… Continue reading विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन
विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो । दिउँसो… Continue reading नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन
नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।… Continue reading नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि
काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ । गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान… Continue reading मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि
नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ… Continue reading नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार
आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै
काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न… Continue reading आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै
मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो ।… Continue reading मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार
वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा… Continue reading वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै