कैलाली । कैलालीमा बस्तीमा बाढी छिरेको छ । जसले गर्दा चार जना मानिस वेपत्ता भएका छन् । यस भेगमा मङ्गलबारबाट अविरल वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रमा डुबान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । यसले कैयौं घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार… Continue reading कैलालीमा बस्तीमा बाढी चार वेपत्ता
Category: फिचर
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली
न्युयोर्क अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् । बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको… Continue reading अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली
कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण
काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना… Continue reading कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण
पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु
कैलाली । पश्चिम नेपालमा अविरल वर्षातका कारण प्राकृतिक विपत्तिका घटना बढेका छन् । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र डुबानका कारण विभिन्न स्थानमा १३ जनाको ज्यान गएको छ । केही मानिस घाइते छन् । गृह मन्त्रालयका अनुसार एक जना भने बेपत्ता छन् । विभिन्न स्थानमा १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । कालिकोटमा पहिरोमा… Continue reading पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु
कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले विभिन्न उपायबाट भइरहेको छ । यसै क्रममा बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । भारतबाट जहाजमा पहिलो पटक नेपालीको उद्दार भएको हो । यसअघि भारतबाट स्थलमार्ग हुँदै आएका नेपालीलाई मात्र घर पठाइएको थियो । बुधबार नेपाल एयरलाइन्सले बैलौंर आसपासमा रहेका ८०… Continue reading कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार
न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट
न्युयोर्क मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै… Continue reading न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट
अब विद्यालयमा क्वारेन्टिन नबन्ने
काठमाडौं । सरकारले अब विद्यालयसहितका शैक्षिक संस्थालाई क्वारेन्टिन वा आइसोलेसन भवन नबनाउने निर्णय गरेको छ । पठनपाठन शुरु गर्ने योजना अनुसार अब सरकारले विद्यालयलाई क्रमशः खाली गरेर त्यसलाई पूर्ण किटाणुरहित बनाउने योजना बनाएको हो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले गरेको निर्णय अनुसार शिक्षा मन्त्रालय यसको कार्यान्वयनमा जुटेको छ । क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग… Continue reading अब विद्यालयमा क्वारेन्टिन नबन्ने
नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु
वीरगन्ज । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको संख्या बढ्न थालेको छ । सरकारले मृत्युदर कम भएको भन्दै गौरव गरिरहेका बेला हरेक मृत्यु हुने मानिसको संख्या बढ्न थालेको हो । बुधबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।… Continue reading नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु
नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय… Continue reading नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण
कुवेतले २० मुलुकमा अन्तराष्ट्रिय उडान खोल्यो, नेपाल पनि सूचिमा
काठमाडौं । कुवेत सरकारले २० मुलुकका लागि अन्त्राष्ट्रिय उडान खुला गरेको छ । यो अगस्ट १ बाट लागु हुनेछ । कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय लिएको हो । अब कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन,… Continue reading कुवेतले २० मुलुकमा अन्तराष्ट्रिय उडान खोल्यो, नेपाल पनि सूचिमा
दाङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, कैलालीमा डुबान
दाङ । नेपालमा दोस्रो पटक मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको समस्या दोहोरिन थालेको छ । सोमबारबाट सक्रिय भएको मनसुनले बुधबार र बिहीबार अधिक वर्षासँगै क्षति पुर्याउने आंकलन गरिएको छ । यसैक्रममा दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ। वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली… Continue reading दाङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, कैलालीमा डुबान
एकै पटक १ सय ७६ जनाका लागि सरकारी सेवामा रोजगारी खुल्यो
काठमाडौं । कोरोना महामारीका कारण बेरोजगारी दर बढिरहेको बेला एकै पटक १७६ पदका लागि सरकारी सेवामा जागिरको अबसर खुलेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालन गर्न करारमा कर्मचारी मागेको हो । विभागले दर्ता अपरेटर पदमा कर्मचारी माग गरेको छ । यी कर्मचारीलाई… Continue reading एकै पटक १ सय ७६ जनाका लागि सरकारी सेवामा रोजगारी खुल्यो
नेकपा विवाद फेरी उत्कर्षमा, पारिवारिक भेट भन्दै ओली बामदेव निवासमा
काठमाडौं । सत्तारुढ नेकपाको विवाद पुनः उत्कर्षमा पुगेको छ । मंगलबार डाकिएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलील एकतर्फी स्थगित गरेपछि अर्को अध्यक्ष प्रचण्डले बैठक पुनः सूचारु गरे । आफ्नै निवासमा आयोजना गरिएको भएपनि पटक पटक बैठकलाई टार्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसमेत धोका दिएपछि कार्यकारी अध्यक्षको हैसियतमा स्थायी कमिटि बैठक संचालन गरे… Continue reading नेकपा विवाद फेरी उत्कर्षमा, पारिवारिक भेट भन्दै ओली बामदेव निवासमा
उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी
काठमाडौं । मंगलबार नेपालमा पछिल्लो दुई साता यताकै सर्वाधिक कोरोना संक्रमित बिरामी भेटिए । यस दिन २४ घण्टाको अवधिमा कुल ३ सय ११ जनामा कोरोनाका बिरामी थपिए । यसमध्ये काठमाडौंमा ४८ सहित उपत्यकामा मात्र ५३ जनाका कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसले मुलुकका अन्य भेगमा भन्दा अब कोरोनाको ज्वरो काठमाडौं उपत्यका भित्र चर्कने संकेत… Continue reading उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी
विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन
सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा… Continue reading विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन
कांग्रेस प्रवेश गरे सुनील थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पुत्र सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई मंगलबार नेपाली कांग्रेसमा प्रवेश गराइएको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका छन् । धनकुटा कांग्रेसका… Continue reading कांग्रेस प्रवेश गरे सुनील थापा
अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा
एजेन्सी फ्लोरिडास्थित एक ब्यक्तिले झुट्ठा विवरण पेश गरी झन्डै ४० लाख अमेरिकी डलर’पे चेक प्रोटेक्सन प्रोग्राम’ (पिपिपी) ऋण प्राप्त गरी ल्याम्बोर्गिनी गाडी किनेपछि संघीय अभियोजकले पक्राऊ गरेर मुद्दा चलाएका छन् ।कोरोना महामारीले गिर्दो अर्थ ब्यबस्था र रोजगारी सिर्जना गर्न अमेरिकी सरकारले ब्यबसायीहरुको राहतको लागि प्रदान गरेको पि पि पि ऋण प्राप्त गर्न २९ वर्षीय डेभिड… Continue reading अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा
नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको। नमुना परिक्षण गरिएकोमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले बताएको छ… Continue reading नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता
काठमाडौं । मनसुन शुरु भएसँगै (जेठ ३० गतेदेखि साउन ११ गतेसम्म) नेपालमा १४७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परी करिब डेढ महिनाको अवधिमा १४७ जनाको मृत्यु र ५१ जनाको बेपत्ता भएका छन् । पहिरोबाट सवैभन्दा धेरै १२७ जनाको मृत्यु भएको… Continue reading बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता
प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् । संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी… Continue reading प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि
नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव… Continue reading नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु
काठमाडौं । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ। साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो । पहिरोमा परि पालबहादुरकी श्रमती होमकुमारी गम्भीर घाइते भएकी छिन । निसीखोला गाउँपालिका–१ मा एक घर… Continue reading बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु
न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्यु
न्युयोर्क न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका… Continue reading न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्यु
अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु
टेक्सास अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ ।टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ… Continue reading अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु
मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन
काठमाडौं । मौद्रिक नीतिमा उल्लेख नीतिहरुको कार्यान्वयन शुरु गर्न नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न प्रकारका निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्था कार्यान्वयन गर्न त्यस्ता निर्देशनहरु जारी गरेको हो । बैंकको ऋण तिर्ने समय पर सार्ने देखि विभिन्न प्रकारका व्यवसाय संचालन गर्न लिन सकिने सहुलियतपूर्ण ऋणको समेत व्यवस्था गरिएको… Continue reading मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन
फैसलामाथि भएको आलोचनाप्रति सर्वोच्च असन्तुष्ट
काठमाडौं । आफ्नो फैसलामाथि भएको सार्वजनिक टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको भन्दै सर्वोच्च अदालतले असन्तुष्टी व्यक्त गरेको छ । खासगरी रन्जन कोइरालामाथिको फैसलामा चित्त नबुझाई आम मानिसले सर्वोच्चको फैसलामाथि चर्को आलोचना गरिरहेका छन् । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकोमा सर्वोच्च अदालतले भने असन्तुष्टि रहेको देखिएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार… Continue reading फैसलामाथि भएको आलोचनाप्रति सर्वोच्च असन्तुष्ट
नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी… Continue reading नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक
नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको. नमुना परिक्षण गरिएकोमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ ।… Continue reading नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज
नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?
काठमाडौं । नेपालमा सरकारले १ भदौबाट भर्ना अभियान संचालनको तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि १० चैतयता सबै विद्यालय तथा विश्वविद्यालय बन्द छन् । अनलाइनमाध्यमबाट केही पठनपाठन प्रारम्भ गरिएको भएपनि विद्यालयमा भने विद्यार्थी बोलाइएको छैन । शिक्षा मन्त्रालयका अनुसार १ भदौपछिको १५ दिनको अवस्था विश्लेषण गरी विद्यालय खोल्नेबारे तयारी भइरहेको छ । कोरोना भाइरसको… Continue reading नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?
१ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले… Continue reading १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु