नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको… Continue reading नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१

आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान

काठमाडौं । आजदेखि नेपालमा चार दिनसम्म लगातार पानी पर्ने भएको छ । सोहीकारण सचेत रहन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहने उल्लेख गरेको छ । यस्तो समयमा सर्तकता अपनाउन प्राधिकरणले आग्रह गरेको… Continue reading आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान

सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाह्रबिसे क्षेत्रमा गएको बाढी र पहिरोमा भएको क्षति न्यूनिकरण तथा उद्दारमा युद्धस्तरमा खटिन माग गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका छन् । सरकारले छिटोभन्दा छिटो उद्धार टोली परिचालन गरी उद्दारमा खटिनु पर्ने उनको माग रहेको छ । देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोकका कांग्रेसका… Continue reading सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग

सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो मानवीय षति निम्त्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा मात्र बाढीले करिब एक दर्जन घर बगाएको छ । यहाँ कम्तिमा १६ जना मानिस वेपत्ता रहेको अनुमान प्रहरीले गरेको छ । यस क्षेत्रमा रहेको जलविद्यूत आयोजनामा समेत बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको नदी… Continue reading सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले… Continue reading डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।… Continue reading हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा… Continue reading के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ… Continue reading अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति उत्तरदायी बन भन्दै केही दिन अगाडी एक स्वतन्त्र अभियान शुरु भयो । इनफ इज इनफ अभियानबाट युवाहरु स्वतःस्फुर्त रुपमा सडकमा आइ सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसबेला सरकारले प्रहरी लगाएर शान्तीपूर्ण आन्दोलनमा दमन गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा हानेर तमासा देखाइएको थियो । उक्त आन्दोलनको… Continue reading सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

काठमाडौं । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण… Continue reading उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको… Continue reading नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । २ असारमा घुससहित रंगेहात पक्राउ परेका ६ जना कर्मचारीको बयानपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । २ असारमा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।… Continue reading मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो । नेकपाका अध्यक्षद्वय… Continue reading नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

प्रभात भट्टराई /अमेरिका अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस महामारी माथिको सुरु देखिको वेवास्ता र काला जातीका नागरिक माथि सामाजीक न्यायका लागि भएका आन्दोलनप्रतिको… Continue reading दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

न्यूयोर्क ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले… Continue reading कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश… Continue reading प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। पार्टी… Continue reading सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना… Continue reading पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ । महामारीबाट बच्ने हो… Continue reading विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले यो नीति सार्वजनिक गरेको हो । एजेन्सीका अनुसार त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता… Continue reading अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नक्कली नोटको प्रयोग नहोस भन्ने उद्देश्यले पुरानो नोटमा परिमार्जितसहित नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको बैंकको भनाई छ । नोटसँग राष्ट्रबैंकले नयाँ नोटका विशेषता समेत सार्वजनिक गरेको छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको… Continue reading आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

काठमाडौं । केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ढलमा कोरोना भाइरसको नुमना भेटियो । यो खबरले सरकारलाई झस्काएको छ । कतै समुदायमा कोरोना त फैलिएन ? सोहीअनुसार सरकारले अब समुदायमा कोरोना परीक्षणको दायरा बिस्तार गर्न लागेको छ । सोहीअनुसार काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता… Continue reading के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै

काठमाडौं । नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अन्य ७ जनाको समेत पिसिआर पोजेटिभ आएपनि पुनः परिक्षण गरिदैछ । नेपाल एयरलाइन्सले ७ जनामा पुष्टी भएको र ७ जनामा पुष्टी हुन बाँकि रहेको बताएको छ । तर, स्रोतका अनुसार १४ जनामै पिसिआर पोजेटिभ आएको छ । ७ जनाको… Continue reading पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै

मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो… Continue reading मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।… Continue reading नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

६ महिनापछि खुल्यो रसुवागढी नाका

file

रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार… Continue reading ६ महिनापछि खुल्यो रसुवागढी नाका

आज निक्लेला नेकपा विवादको समाधाान ?

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा… Continue reading आज निक्लेला नेकपा विवादको समाधाान ?

नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने… Continue reading नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन