संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । जनइच्छा विपरित र संविधानमा उल्लेख नै नभएको व्यवस्थालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विषय अदालत पुगेको हो । आम मानिसले संविधान विपरित रहेको मानेको यो कदम अदालतबाट उल्टने अपेक्षा समेत गरेका छन् । सर्वोच्चले… Continue reading संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न विज्ञले सिफारिस गरेका छन् । जिल्लाको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको हो । गत असार र साउनमा गएको भीषण पहिराले लिदीमा ३९ जनाको मृत्यु भएको थियो । सरकारले सो क्षेत्रलाई आधार बनाएर त्यस आसपासका… Continue reading सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

काठमाडौं । नेपाल खेलकुद पत्रकारले हरेक वर्ष प्रदान गर्ने विभिन्न खेल विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अनुसार चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक भएको छ । साविकमा जस्तै मञ्चले… Continue reading एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२२ कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ… Continue reading नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज

‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, ओलीले संसदको हत्या गरे’- माधवकुमार नेपाल

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टीले बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् । यस्तै प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने… Continue reading ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, ओलीले संसदको हत्या गरे’- माधवकुमार नेपाल

झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । हिजो करिब ६ अंकले घटेको बजारमा आज पनि न्यून अंकको गिरावट आएको हो । लगातार बजार घटेको आज दोस्रो दिन हो । पछिल्लो दुई दिनमा बजार करिब १० अंकले घटेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार… Continue reading झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ। वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको हो । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश मंगलबार पनि राम्रोसँग खुलेको छैन् । विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर… Continue reading काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल

कतारमाथिको साउदी नाकाबन्दी खुकुलो

काठमाडौं । कतारमाथि साउदी अरेबियाले पछिल्लो तीन वर्षयता लगाएको कडा प्रतिबन्ध खुकुलो बनाएको छ । बीबीसीका अनुसार गल्फ को–अपरेशन जीसीसी सम्मेलनका दौरान साउदी अरेबियाको यस्तो निर्णय सार्वजनिक भएको कुवेती परराष्ट्रमन्त्रीले जनाएका छन् । कतारमाथि साउदीले प्रतिवन्ध लगाएपछि सबैजसो छिमेकी मुलुकले प्रतिबन्ध घोषणा गरेका थिए । उसलाई त्यसपछि भने इरानले सहयोग गरेको हो । साउदी अमेरिका… Continue reading कतारमाथिको साउदी नाकाबन्दी खुकुलो

नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग

काठमाडौं । नेपाली सेनाले करीव तीन सय जनालाई एकै पटक भर्ना गर्ने गरी जागिर खुलाएको छ । आर्मीको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाका अनुसार धोवीदेखि पण्डितसम्मको माग आएको छ । लेखा जमदार, पूजारी हुद्दा, धोबीका लागि समेत विभिन्न पदमा दरखास्त आह्वान भएको हो । सेनाका अनुसार लेखा जमदारमा ५० जना भर्ना लिन थालिएको… Continue reading नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग

विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा… Continue reading विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास

काठमाडौं । काठमाडौं उपत्यकाको प्रदुषण लेवल मापदण्डभन्दा माथि पुगेको छ । जसले गर्दा काठमाडौंबासीले भारतको नयाँ दिल्लीबासीले भोगे जस्तै अनुभूति गर्नु परेको छ । कम भिजिविलिटीका कारण सडकमा चर्को जाम समेत भएको छ । सोमबार दिनभर काठमाडौंबासीले घाम पनि देख्न पाएनन् । कतिपयमा आखाँ पोल्ने समस्या समेत देखिएको गुनासो आएको छ । काठमाडौं उपत्यकामा न्यूनतम… Continue reading काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो । सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता… Continue reading कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । सोमबार दिउँसो श्री एयरलाइनसको विमानमार्फत काठमाडौंबाट भद्रपुर जान लागेका झापा मेचीनगर नगरपालिका–२ का वृजहाङ राईको साथबाट ५० राउण्ड गोली बरामद भएको हो । २० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए। विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि… Continue reading त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ

बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका… Continue reading बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

काठमाडौं । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म… Continue reading निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् । उनले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेकोे बताँउदै वैशाखमा तोकिएकै समयमै चुनाव गर्ने… Continue reading ‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’

नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक

काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत विहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २१७५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक

नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’

अर्घाखाँची । नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोडसेडिङ अन्त्य विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नभई आफूले गरेको जिकिर गरे । रायमाझीले आफू यसअघि उर्जामन्त्री भएको बेला लोडसेडिङ अन्त्य गर्न विभिन्न योजना बनाउने र कामहरु… Continue reading नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’

कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो। कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए । केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला… Continue reading कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हाे। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० देशमा कोरोना भाइरसबाट ३ सय १५ जना नेपालीकाे मृत्यु भइसकेकाे छ। संघको स्वास्थ्य समितिका संयोजक… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त

प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले आज लिखित जवाफ पेस गर्दैछ। यही पुस १० गतेको इजलासले यही पुस १९ गते भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। सोहि आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने गर्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच… Continue reading प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै

संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस ७ गतेदेखि केन्द्रीय समितिमा जुटेको हो। सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन तताउन नमिल्ने बताउँदै आएका छन्। यता देउवाइतर… Continue reading संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड

भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेका नटबोल्टको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् । । ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए ।… Continue reading भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?

नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्। संघर्ष समितिले घोषणा गरेको आन्दोलन पुस २० देखि माघ २३ गतेसम्मको लागि तय भएको छ । पुस २१ गते संघीय राजधानी र देशका विभिन्न… Continue reading प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीर स्वीकृत गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद बैठकले राहदानीको भित्री पानामा राख्ने गरी विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहने भएको छ । पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने भएको छ… Continue reading राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति

‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् । शुक्रबार अपरान्ह सुरू भएको राष्ट्रिय सभा बैठकमा बोल्दै शर्माले कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन नभएको दाबी गरे । पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ। मुटु फुटेको अनुभव गरेको… Continue reading ‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै… Continue reading फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति