सोमबारबाट खुल्ने भयो शेयर बजार

काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो । कोरोना महामारीका कारण गत… Continue reading सोमबारबाट खुल्ने भयो शेयर बजार

लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

काठमाडौं महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए । एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य… Continue reading लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो थाह नभएको बताएका छन् । ओलीले मदन भण्डारी फाउण्डेसनद्धारा आइतबार आयोजित कार्यक्रममा आफ्लाई नेपालमा १६ करोडको गाडी छ छैन त्यो पनि थाहाँ नभएको बताए । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालभरि विरोध भैरहेको बेला उनले उक्त कुराको… Continue reading ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३… Continue reading नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् । दैलेखको… Continue reading कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो । घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु… Continue reading स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको… Continue reading सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

न्युयोर्क अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका  ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार  न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार… Continue reading न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्‍यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना… Continue reading अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको… Continue reading अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्। देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्। नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप… Continue reading नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपालमा लकडान तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लाग्यो । त्यसकारण विदेशमा साढे तीन सय नेपालीको शव अलपत्र परेको थियो । यसरी अलपत्र परेका मध्ये शनिबारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ । शनिबार साउदी अरबबाट नेपाल एयरलाइन्सको जहाजले १५ वटा शव नेपाल ल्याएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती… Continue reading लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

शनिबार घर फर्किए करीव १ हजार नेपाली

काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो । हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं… Continue reading शनिबार घर फर्किए करीव १ हजार नेपाली

नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

भरतपुर । नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको निधन भको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसोलेनमा ५० वर्षीय पुरुषको शनिबार बिहान ज्यान गएको हो । यससँगै अब नेपालमा कोरोना भाइरसको संक्तमणबाट ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको हो । चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो । अस्पताल… Continue reading नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड… Continue reading सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ । आज मलेसियाबाट मात्र… Continue reading आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा… Continue reading रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो । यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा… Continue reading आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार… Continue reading नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो । बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख… Continue reading काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक… Continue reading ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ… Continue reading आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा… Continue reading अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए । यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा… Continue reading नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक… Continue reading कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।   त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो । खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ… Continue reading चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती