थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार  थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।

शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय… Continue reading शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा लकडाउन जारी छ । लकडाउनपछि बन्द रहेका कर्मचारी संचय कोषका सेवा अब शुरु हुने भएका छन् । अहिलेलाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने लागिएको कोषले जनाएको छ । कोरोनाका कारण ११ चैतदेखि सरकारले लकडाउन शुरु गरेको हो । त्यसपछि कोषका सबै सेवा बन्द थिए… Continue reading कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

भारतमा १ लाख २५ हजारलाई कोरोना

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार… Continue reading भारतमा १ लाख २५ हजारलाई कोरोना

काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको… Continue reading काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो

प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ९५ हजार र संक्रमित १६ लाख नाघेका छन् । विश्वको सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउने मुलुकको रुपमा दर्ज भइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ भाइरसलाई आफ्नो राजनीतिक लाभमा उपयोग गर्न लिप्त छन् । सुरुमा अमेरिकामा भाइरसले कुनै असर नपार्ने दावी गरेका ट्रम्पले लामो समय त्यही भनाइ… Continue reading ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो

नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ । शुक्रबार एकैदिन ५९ जना नयाँ बिरामी थपिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रवार साझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । बाराको… Continue reading नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज

पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो । उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।… Continue reading पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३… Continue reading नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् ।… Continue reading साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर

रौतहट । रौतहट क्षेत्र–२ बाट निर्वाचित भएपनि फौजदारी अभियोगका कारण निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा हानेको छ । हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि उनी नख्खु कारागारमा छन् । यसै अवस्थामा प्रहरीले उनको रौतहटस्थित घरमा छापा मारेको छ । उनी काङ्ग्रेसका नेता हुन् । घरमा छापा मार्न प्रदेश २ का… Continue reading आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर

नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् । संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको… Continue reading नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै

नेपालगन्ज । आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुने भएका छन् ।  नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनालाई डिस्चार्जको तयारी गरिएको नेपालको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ । राससका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोनालाइ जितेका छन् । उनीहरु… Continue reading आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै

दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्‍यु भयो ।  अमेरिकामा मात्र १५ लाख… Continue reading दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा… Continue reading ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

न्युयोर्क      अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्‍यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्‍यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा  कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू… Continue reading यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

नेपालमा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा… Continue reading नेपालमा ९ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल… Continue reading नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ । अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने… Continue reading अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । बिहिबार बिहानसम्मको आङ्कडा अनुसार ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् । महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । २० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६… Continue reading विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि

उपत्यका र दार्चुलामा भुकम्पको झट्का

काठमाडौं । बिहिवार काठमाडौं उपत्यका र दार्चुला केन्द्रबिन्दु भएर छुट्टाछुट्टै समयमा भुकम्पको झट्का महसुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास रहेको छ । बिहिवार नै बिहान २ बजेर ४१ मिनेट… Continue reading उपत्यका र दार्चुलामा भुकम्पको झट्का

नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

काठमाडौं । नेपालमा बिहिवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो । नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२,… Continue reading नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

न्युयोर्क       कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ । विश्व बैंकले… Continue reading विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

काठमाडौं नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो । भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले… Continue reading नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरिन् । यसको विरुद्ध भारतीय मिडिया तल्लो स्तरमा झरेर उनको आलोचनामा लागेको छ । भारतका ठुला र चर्चित भनिएका एबिपी न्युजसहितका मिडियाले भारतको नुन खाएर चीनको समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् । मनिषाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सासम्बन्धित टुइटमा कोट गर्दै… Continue reading मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

काठमाडौं । सरकारले नेपालमा हवाई उडान माथिको प्रतिवन्ध जेठ मसान्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड १९ सङ्ग सम्बन्धित उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यसअघि १८ जेठसम्म उडानमाथि प्रतिवन्ध थियो । नेपालमा जेठ २० सम्म लकडाउन जारी छ । पछिल्लो दिनमा लकडाउन कडा गरिएको छ । हरेक दिन औसत ५० भन्दा बढी कोरोनाका… Continue reading नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा… Continue reading नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

अब यस्तो हुने भयो नेपालको नक्सा

काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको एक साता नबित्दै सरकारले नक्सा सार्वजनिक गरेको उल्लेख गरिन् । सबैको साझा प्रयासबाटै यसमा सफलता मिलेको उनको भनाई छ । उनका अनुसार अब नेपालको औपचारिक प्रयोगमा यही… Continue reading अब यस्तो हुने भयो नेपालको नक्सा

नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

फाइलफोटो

काठमाडौं । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी… Continue reading नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज